Wednesday, June 17News That Matters

Month: ४ वर्ष अगाडि

गाई काटेको अभियोगमा २ जना पक्राउ

गाई काटेको अभियोगमा २ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ ९ गाई काटेको अभियोगमा रोल्पामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला सुनिल स्मृति गाउँपालिका– ८ अरेश धाराखर्क बस्ने २९ वर्षीय दुर्गा पुनमगर र ४१ वर्षीय वल बहादुर पुनलाई गाई काटेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो। उक्त स्थानमा गाई काटी खाइरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा दुवैको घरबाट ४÷४ केजी मासु फेला पारी उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।...
एसईई र कक्षा १२ को परीक्षा हुने निर्णय

एसईई र कक्षा १२ को परीक्षा हुने निर्णय

Breaking News 3, समाचार
पूर्णपुष्टि,माघ ९ एसईई र कक्षा १२ को परीक्षा गरिने निर्णय भएको छ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाखमा र कक्षा १२ को परीक्षा जेठमा गरिने भएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार अहिलेसम्मको परिस्थितिमा एसईई वैशाखमा र जेठमा १२ को परीक्षा गरिएको हो । अब चाँडै परीक्षा तालिका सार्वजनिक गरिने उहाँले जानकारी दिनुभयो । कोभिडको कारण यो वर्षको शैक्षिक सत्रको पठनपाठन केही ढिला भएकोले परीक्षा केहीपछि गर्ने निर्णय बोर्डले गरेको छ । कोभिडको कारण विद्यालय बन्द भएकोले बोर्डले तोकेको समयावधिको अवस्था हेरेर कुन मोडालिटीमा परीक्षा गर्ने भन्ने निर्णय गर्ने शर्माले बताउनुभयो । यो वर्षको शैक्षिक सत्रलाई अप्ठ्यारो नपर्नेगरी विद्यार्थीको सुविधालाई ध्यानमा राखेर चैतभर पठनपाठन गर्ने र वैशाखमा परीक्षा गर्ने निर्णय बोर्डले गरेको जनाएको छ ।  ...
बहिनीको घर जाने क्रममा बाटो भुलेकी महिलालाई बन्धक बनाएर सामुहिक वलत्कार, अवस्था गम्भीर

बहिनीको घर जाने क्रममा बाटो भुलेकी महिलालाई बन्धक बनाएर सामुहिक वलत्कार, अवस्था गम्भीर

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ ९ मोरङमा एक महिला सामुहिक वलत्कारको सिकार भएकिछिन् । उनि पसल बाट बहिनीको घर फर्कने क्रममा बाटो भुलेर अलपत्र परेकी थिईन् । सोहि अवस्थामा महिलालाई होटलमा बन्धक बनाएर ३ युवाहरुले सामूहिक वलत्कार गरेको छ । सुन्दरहरैचा नगरपालिका(४ बलियामा इटहरीबाट बहिनीको घर गछिया जाँदै गरेकी ३० वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बेलबारी नगरपालिका(४ की ३० वर्षीया महिलाले शुक्रबारबाट इटहरीमा काम गर्न थालेकी थिइन् । काम सकेर साँझमा उनी गछियास्थित बहिनीको घर फर्कदै थिइन् । उनी इटहरीबाट बस चढेर शुक्रबार साँझ करीब ६ बजे गछियासम्म पुगिन् । तर बहिनीको घरसम्म पुग्ने बाटो बर्सिइन् । बाटो सोध्दा रामबहादुर नेपालीले बहिनीको घरसम्म पुर्‍याइदिने भन्दै प्रदेश २(०१(००१ च २२७ नम्बरको गाडीमा चढाए । तर उनले गाडी घुमाउँदै सुन्दरहरैचा(४ बलियामा रहेको श्रेष्ठ ...
उदयपुरमा घरदेखि करिब १ सय मिटरको दूरीमा राईको शव फेला

उदयपुरमा घरदेखि करिब १ सय मिटरको दूरीमा राईको शव फेला

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ ९ उदयपुरमा एक ५० वर्षीय पुरुषको शव फेला परेको छ । जिल्लाको त्रियुगा नगरपालिका–११ साकेला टोल बस्ने टलकुमार राईको शव उनको घरदेखि करिब १ सय मिटरको दुरीमा फेला परेको हो । शनिवार साढे १२ बजेको समयमा राईको शव घर नजिकैको पोथ्रा रुखमा झुण्डीएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । मृतक राई घर बनाउने मिस्त्री काम गर्दै आएको स्थानीयले जनाएको छ । घटनाको प्रकृति हेरेर पोस्टमार्टमपछि मृतक आफैले वा अरु कोहीबाट घटना भएको हो भन्ने तथ्य खुल्ने उदयपुर प्रहरी प्रवक्ता डीएसपी बेदप्रसाद गौतमले बताउनुभयो । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर लगिएको छ । यता मृतकका श्रीमतिले भने घरमा कुनै मन मुटाव नरहेको बताउनुभएको छ ।...
ओखलढुंगामा जिप दुर्घटना, ३ को मृत्यु

ओखलढुंगामा जिप दुर्घटना, ३ को मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ ९ ओखलढुंगामा जिप दुर्घटनामा परी ३ जनाको ज्यान गएको छ । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका( १ मोलीदेखि ओखलढुंगा सदरमुकामतर्फ आइरहेको को १ ज ३५६९ नम्बरको यात्रु सवार बोलेरो जिपमा बाटो माथीबाट ढुंगा खसेर लागेको हो । जिपमा ६ जना सवार थिए । त्यसमध्ये सिद्धिचरण नगरपालिका( १ तलुवाका १० वर्षीय युसव कोइराला, ७ वर्षीया युनिशा कोइराला र मानेभन्ज्याङ गाउँपालिका(१ मोलीका ३० वर्षीय हेम मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । उनिहरुको घटचना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सिनपा(१ तलुवाकै लक्ष्मी कोइराला र मानेभन्ज्याङ गाउँपालिका(१ मोलीका देवबहादुर श्रेष्ठ र चालक सञ्जीव श्रेष्ठको अवस्था गम्भीर छ । उनीहरूको ओखलढुंगा सामुदायिक अस्पताल मिसनमा उपचार भइरहेको छ ।...
१६  नं वडाका जेष्ठ नागरिक र अपाङगता भएका व्यक्तिहरुलाई न्यानो कपडा वितरण

१६ नं वडाका जेष्ठ नागरिक र अपाङगता भएका व्यक्तिहरुलाई न्यानो कपडा वितरण

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ ८ त्रियुगा नगरपालिका वडा नं १६ ले वडाभित्र रहेका अति अशक्त जेष्ठ नागरिक र अपाङगता भएका व्यक्तिहरुलाई रु १ लाख बरावरको न्यानो कपडा वितरण गरेको छ । शुक्रबार वडा कार्यालय जाल्पा चिलाउने स्थित वडाका जेष्ठ नागरिक र अपाङगता भएका व्यक्रिहरुलाई सहभागी गराई न्यानो कपडा वितरण गरिएको वडा अध्यक्ष मान वहादुर राईले बताउनुभयो । अध्यक्ष राईका अनुसार वडामा रहेका करिब ३४ जना अपाङगता र ८० बर्ष भन्दा माथीका ३७ जना जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरिएको बताउनुभयो । वडाको लक्षित बर्ग कार्यक्र बार्षिक साामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत क र ख बर्गका अपाङगता तथा जेष्ठ नागरिकहरुलाई कपडा वितरण गरिएको अध्यक्ष राईले बताउनुभयो । वडाअध्यक्ष राई लगायत सम्पूर्ण वडा सदस्य, वडा कर्मचारी र स्थानीयहरु बिचको उपस्थितिमा कपडा वितरण कार्यक्रम गरिएको थियो ।...
एक महिला र एक पुरुष कोशी किनारमा लुगा छाडेर बेपत्ता

एक महिला र एक पुरुष कोशी किनारमा लुगा छाडेर बेपत्ता

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ ८ काभे्रपलन्चोक स्थित सुनकोशी नदी र इन्द्रावती नदीको दोभान किनारमा लुगा छाडेर एक महिला र एक पुरुष संकाश्पद तरिकाले बेपत्ता भएको छ । उनिहरु एक दिनको फरकमा बेपत्ता भएको काभ्रे प्रहरीले जनाएको छ । भुम्लु गाउँपालिका(८ इन्द्रावती नदी र सुनकोसी नदीको दोभानस्थित किनारमा आफ्ना लुगा–जुत्ता छाडेर उनिहरु संकास्पद तरिकाले बेपत्ता भएको हुँदा प्रहरीले आफ्नो तर्फबाट तिव्र खोजी कार्य राखेको जनाएको छ । काभ्रेका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार पनौती नगरपालिका(८ खरिबोटका ४० वर्षीय माधव फुयाँल र नमोबुद्ध नगरपालिका(५ की अन्दाजी ३० वर्षीया सिर्जना भण्डारी (कोइराला) दुवैले कालो जेन्ट्स ज्याकेट, गाढा सुन्तला रङ्गको लेडिज कोट, कालो र खरानी रङ्गका दुई जोर जुत्ता, कालो लेजिडज र जेन्ट्स पर्स, घडीलगायत सामग्री छाडेर बेपत्ता भएका हुन् । एक हप्ताअघि घरबाट बेपत्ता भएका उनीहरूको बाहिरी...
उदयपुर र सुनसरीका दुई युवा गाँजा बेच्ने क्रममा पक्राउ

उदयपुर र सुनसरीका दुई युवा गाँजा बेच्ने क्रममा पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ ८ लागुऔषाध गाँजा सहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । उनिहरुलाई बाराहाक्षेत्र नगरपालिका ६ बाट प्रहरीले पक्राउ गरेको हो । उदयपुरको चौदण्डीगढी नगरपालिका १ का नवहाङ किराँती र सुनसरी बराहाक्षेत्र नगरपालिका ६ का नगेन राईलाई गाँजा बेच्ने क्रममा पक्राउ गरिएको प्रदेश प्रहरीले जनाएको छ । उनिहरुको साथ बाट प्रहरीले ६ किलोग्राम गाँजा र २ थान साइकल समेत नियन्त्रणमा लिएको छ । नगेन्द्र बाराहाक्षेत्र नगरपालिकाका ३ का स्थानीय हुन् भने किराँती चौदण्डीगढी १ का स्थानीय रहेको प्रहरीले जनाएको छ । उनिहरुलाई मंगलबार राती गाँजा बेच बिखन गर्ने क्रमम पक्राउ गरिएको थियो । २८ वर्षीय नगेन र ३२ वर्षीय नवहाङलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट नियमित गस्तीमा खटिएको टोलीले पक्राउ गरेको १ हो । उनिहरुलाई थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएर कार्वाहीको प्रक्रिया अगाडी बढाउने काम भईर...
त्रियुगा उद्योग वाणिज्य संघले व्यवसायी र सर्वसाधरणलाई मास्क वितरण गर्यो

त्रियुगा उद्योग वाणिज्य संघले व्यवसायी र सर्वसाधरणलाई मास्क वितरण गर्यो

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ ७ त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटले व्यवसायी तथा सर्वसाधारणहरुलाई मास्क वितरण गरेको छ । शुक्रबार बजारको बिभिन्न भिँडभाँड हुने स्थान तथा मुख्य चोकहरुमा मास्क वितरण गरिएको हो । मास्क विना हिड्ने सर्वसाधरण तथा पसल व्यवसायीहरुलाई मास्क वितरण गर्नुका साथै कोरोना बारे सचेतनाको पोस्टर समेत वितरण गगरिएको संघका अध्यक्ष रमेश रसाईलीले बताए । कोरोना संक्रमणलाई नियन्त्रण तथा रोकथाम गर्न उद्योगी व्यवसायीहरुको समेत दायीत्व रहेको भन्दै मास्क तथा पोष्टर वितरणको कार्यक्रम गरिएको अध्यक्ष रसाईलीले बताए । रसाईलीका अनुसार बजारको पिपलचोक, मेनचोक, टेम्पु चोक, विपि चोक, सँगै अत्यादिक भिँडभाँड हुने तरकारी बजारमा समेत मास्क वितरण गरिएको जनाए । उता मास्क वितरण सँगै कोरोना बारे सचेतना समेत फैलाउँदै सुरक्षित भएर व्यापार गर्न र हिडडुल गर्न अनुरोध समेत संघले गरेको अध्यक्ष रसाईलीको भनाई छ । ...
चौदण्डीमा कृषकको समस्यालाई समाधान गर्न ५७ लाख बराबरको सिंचाई शिलान्यास

चौदण्डीमा कृषकको समस्यालाई समाधान गर्न ५७ लाख बराबरको सिंचाई शिलान्यास

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ ७ उदयपुरको चौदण्डीगढीमा कृषकहरुको समस्यालाई समाधान गर्नका निम्ती ५७ लाख बराबरको सिंचाई कूलोको शिलान्यास भएको छ । बिहिवार चौदण्डीगढी नगरपालिका–४ बसाहा स्थित तीनदोभानने मुनी पहरेखोला जलस्रोत कुलो सिंचाईको शिलान्यास नगर प्रमुख खगेन्द्र राईले गरेको हो । बजेट भने नगरपालिका, १ नं. प्रदेश सरकार र संघीय सरकारको २०÷२० प्रतिशतको दरले ३४ लाख ५० हजार ४सय ८६ र बाँकी बजेट ३० प्रतिशत अर्थात २२ लाख ९९ हजार ८ सय ३८ रुपैयाँ साना सिंचाई कार्यक्रम अन्तर्गत स्वीज सरकारको रहेको छ । सो बजेटमध्ये १० प्रतिशत स्थानीय जनसहभागिता रहनेगरी कुल ५७ लाख ५० हजारको लागतमा पक्की कुलो निर्माण हुन लागेको हो । बसाहा क्षेत्रकै सबैभन्दा पुरानो कुलोको रुपमा चिनिएको उक्त सिंचाई कुलोको लम्वाई १९ सय मिटरमध्ये १३ सय मटरमात्र पक्की ढलाई हुने छ भने ६ सय मिटर कुलोको स्तरोन्नति गरिने छ । ४० सेन्टिमितर उचाई रहने कुलोक...