उदयपुरमा बालबालिकालाई “मोडना” खोप : आगामी दिनमा विद्यालय प्रवेश गर्न खोप कार्ड अनिर्वाय
पूर्णपुष्टि, माघ १०
जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले कोरोना भाइरस विरुद्धको मोडना खोप माघ १६ गतेबाट बालबालिकालाई लगाईने सूचना जारी गरेको छ । पुष महिनामा मोडनाको पहिलो मात्रा लगाएका १२ देखि १७ वर्षउमेर समुहका बालबालिकालाई दोस्रो डोज खोप लगाउन लागिएको हो ।
पहिलो मात्रको खोप नलगाएका विद्यार्थीलाई समेत मोडना खोप उपलब्ध भएको स्वास्थ्य कार्यालयले जनाएको छ । अधिकांश खोप केन्द्र विद्यालयमा सञ्चालन हुने छ । आगामी दिनहरुमा विद्यालय प्रवेश गर्नका निम्ती खोप कार्ड अनिर्वाय भएकोले सवै विद्यार्थीहरुलाई खोप लगाउन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।
त्रियुगा, चौदण्डीगढी, बेलका, रौतामाई र लिम्चुङबुङमा यही माघ १६ देखि १९ गतेसम्म खोप लगाईने स्वास्थ्य कार्यालयको तथ्याङकमा उल्लेख गरिएको छ ।
त्यसैगरी कटारी, ताप्ली र उदयपुरगढीमा २० गते देखि २३ गतेसम्म खोप सञ्चालन गरिने छ । दोस्रो मात्राको खोप लगाउन आउदा अ...









