Wednesday, June 17News That Matters

Month: ४ वर्ष अगाडि

ह्वात्तै बढ्यो नेपालमा कोरोना संक्रमणदर

ह्वात्तै बढ्यो नेपालमा कोरोना संक्रमणदर

Breaking News 3, समाचार, साहित्य
पूर्णपुष्टि, पुष २७ नेपालमा आज कोरोना संक्रमणदर ह्वात्तै बढेको छ । देशभर थप दुई हजार चार सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १४ हजार ३३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट एक हजार नौं सया ८१ जना तथा एन्टिजेन विधिबाट चार सय ६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या नौं हजार पाँच सय २२ पुगेको छ । यही अवधिमा थप तीन सय १३ जना निको पनि भएका छन् । हालसम्म देशमा कूल संक्रमितमध्ये आठ लाख १४ हजार सात सय ९८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएको छ । हालसम्म देशमा ११ हजार छ सय सात जनाले ज्यान गुमाइसकेका छन् ।...
त्रियुगामा विद्यालयहरु बन्द नगरिने निर्णय

त्रियुगामा विद्यालयहरु बन्द नगरिने निर्णय

Breaking News 2, शिक्षा, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, पुष २७ कोरोना प्रभावित क्षेत्रको आधारमा त्रियुगा नगरपालिका ग्रिन जोनमै रहेको हुनाले सामाजिक विकासको निर्णय अनुसार नगर भित्रका विद्यालयहरुलाई बन्द नगरिने जनाईएको छ । कोरोना संक्रमण बढ्दै गएपछि सरकारले मंगलबारदेखि माघ १५ गतेसम्म देशभरका विद्यालयहरु बन्द गर्ने निर्णय गरे पनि उदयपुरको त्रियुगा नगरका विद्यालयहरु भने बन्द नहुने भएको छ । यसअघि कोरोना संक्रमणको हटस्पट बनेको त्रियुगा नगरपालिकाले अहिले त्रियुगामा कोरोना संक्रमणको स्थिति नियन्त्रणमै रहेकाले विद्यालयहरु नियमितरुपमै सञ्चालनमा रहने नगर सामाजिक विकास शाखा प्रमुख मान बहादुर राईले बताउनुभयो । ‘त्रियुगा अहिले ग्रिन जोनकै अवस्थामा छ । त्यसैले अहिले नै विद्यालय बन्द गरिहाल्नुपर्ने अवस्था छैन,’ उहाँले बताउनुभयो । विद्यालय बन्द गर्ने वा सञ्चालन गर्ने निर्णय स्थानीय तहको अधिकारभित्र पर्ने भएको भन्दै राईले बताउनुभयो, ‘जुन दिन त्...
विराटनगरको नोबेल मेडिकल कलेज अगाडि टायर बालेर विद्यार्थीको प्रदर्शन

विराटनगरको नोबेल मेडिकल कलेज अगाडि टायर बालेर विद्यार्थीको प्रदर्शन

Breaking News 3, शिक्षा, समाचार
पूर्णपुष्टि, पुष २७ विराटनरको नोबेल मेडिकल कलेज अगाडि विद्यार्थीहरुले टायर बालेर प्रदर्शन गरेका छन् । एमबीबीएसको अतिरिक्त शुल्क नलिन माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थी संगठनले आज कलेज अगाडि टायर बालेर प्रदर्शन गरेका हुन् । आइतबार रिले अनसनका लागि पुगेका विद्यार्थीहरुलाई नोबेल प्रशासनले रोकेपछि विद्यार्थीहरुले प्रर्दशनमा उत्रियका हुन् । यसअघि विद्यार्थीहरुले नोबेल मेडिकल कलेजमा तोडफोड गरेका थिए । प्रदर्शनपछि विद्यार्थी संगठनका नेताहरुले अतिरिक्त शुल्क मिनाहा नगरेसम्म आन्दोलनलाई जारी राख्ने बताएका छन् । अनेरास्वीयू केन्द्रीय सचिवालय सदस्य भाष्कर खनालले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क लिने निर्णय फिर्ता गरेर विद्यार्थीलाई पठन पाठन गर्ने व्यवस्था गर्न माग गरेका छन् । यस्तै नेविसंघका नेता जसवन्त पौडेल, अनेरास्ववीयूका नेता निर्मल भण्डारी, अखिल क्रान्तिकारीका नेता उमेश सेन...
जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत १८ जना प्रहरी जवान हल्दारमा बढुवा

जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत १८ जना प्रहरी जवान हल्दारमा बढुवा

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष २७ जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत १८ जना प्रहरी जवानको हवल्दार पदोन्नति भएको छ । जिल्लाको बिभिन्न पालिकाहरुमा काम गर्दै आईरहेका जवानहरुको पद स्तरउन्नती हुँदै हवल्दारमा बढुवा भएको हो । प्रहरीको पेशा प्रतिबद्ध भई जनताको सुरक्षामा कर्तव्यनिष्ट भएर लागि परेको भन्दै उनिहरुको कामको उच्च मुल्याङकनका साथ जवान बाट हवल्दारमा बढुवा गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । बढुवा हुनेहरुमा भुवन राई, रुपाधन राई, केशर बहादुर बिक, ज्ञानी कुमारी चौधरी, रोशन श्रेष्ठ, बिशाल बिष्ट, मया बिष्ट, अम्बिका कार्की, सम्झना कुमारी लामा, गौरव लामा, खगेन्द्र तामाङ, तेज बहादुर चौलागाई मेघराज खतिवडा, अनिल कुमार मण्डल, बिरेन्द्र कुमार मण्डल, शत्रुधन ठाकुर, मिथिलेस कुमार यादव, र अनिल कुमार यादव रहेका छन् । उनिहरु सबैलाई जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्ष (एसपी) सुवास चन...
उदयपुर अस्पतालमै पाठेघर तथा एपेन्डिर्साटिक्सको सफल उपचार

उदयपुर अस्पतालमै पाठेघर तथा एपेन्डिर्साटिक्सको सफल उपचार

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, पुष २७ उदयपुर अस्पतालमै महिलाको पाठेघर तथा एपेन्डिर्साटिक्सको सफल उपचार भएको छ । पछिल्लो समय विशेषज्ञ चिकित्सहरु आएसँगै जिल्ला अस्पतालमा पाठेघर तथा एपेन्डिर्साटिक्सको सफल उपचार भएको हो । ४ दिनअघि आङ खसेकी एक महिलाको पाठेघरको सफल अप्रेसन भएको अस्पतालले जनाएको छ । विगत १२ वर्षअघिदेखि खसेको आङ बोक्दै हिँडेकी रौतामाई–७ मुर्कुचीकी ५५ वर्षीया सीता मगरको पाठेघरको सफल अप्रेसन भएको अस्पताल प्रमुख मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. मुकेश झाले जानकारी दिनुभयो । उनका अनुसार आफू र डा. रितेश कर्णको टिमले गत २१ गते मगरको सफल शल्यक्रिया गरेको हो । यो सेवा उदयपुर अस्पतालले दिएको पहिलो हो । ५ दशक पुरानो अस्प्तालले यसअघि जटिल खालका गर्भवतीको अप्रेसनद्वारा सुत्केरी गराउने (सिएस) सेवासम्म दिँदै आएको थियो । अहिले अस्पतालमा आङ खसेको महिलाको अप्रेसन पहिलो घट्ना भएको र अब यसलाई निरन्तरता दिइने मेसु...
घाँस काट्ने क्रममा करेन्ट लागेर एक प्रधानाध्यापकको ज्यान गयो

घाँस काट्ने क्रममा करेन्ट लागेर एक प्रधानाध्यापकको ज्यान गयो

समाचार
पूर्णपुष्टि, पुष २७ घाँस काट्ने क्रममा करेन्ट लागेर तेह्रथुममा एकजना प्रधानाध्यापकको ज्यान गएको छ । जिल्लाको फेदाम गाउँपालिका–१ का ५२ वर्षीय अम्बर बहादुर बस्नेतको घाँस काट्ने क्रममा करेन्ट लागी ज्यान गएको हो । हिजो मध्यान्न १२ बजे छिमेकी नन्द बहादुर बस्नेतको खेतमा रहेको पटमेरोको रुखमा चढी हाँगा झार्ने क्रममा हाईटेन्सन लाईनको तारमा हाँगा अल्झिदा कटेन्ट लागी घटनास्थलमै बस्नेतको ज्यान गएको थियो । मृतक स्थानिय महाकाली मा.बि. को प्रधानाध्यापक रहेको, घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट थप अनुसन्धान प्रहरीले जनाएको छ ।...
पाहुनाको हत्या गरेको अभियोगमा ८१ वर्षीय एक वृद्ध पक्राउ

पाहुनाको हत्या गरेको अभियोगमा ८१ वर्षीय एक वृद्ध पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष २७ घरमा आएको पाहुनाको हत्या गरेको अभियोगमा मोरङका एक ८१ वर्षीय वृद्ध पक्राउ परेको छ । जिल्लाको लेटाङमा ६० वर्षीय वृद्धको हत्या गरेको अभियोगमा डम्बरबहादुर भुजेललाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार लेटाङ नगरपालिका–२ फडानीमा प्रेमबहादुर बुढाथोकीको हत्या भएको थियो ।प्रहरीका अनुसार बुढाथोकी पक्राउ परेका भुजेलको घरमा पाहुना आएका थिए । सोमबार बेलुका भुजेलको आगन अगाडि बुढाथोकीको शव भेटिएको सूचना पाएपछि प्रहरी पुगेको थियो । प्रहरीका अनुसार मृतकको टाउकोमा बन्चरोले प्रहार गरेजस्तो देखिन्छ । वृद्धले शव घिसारेर घर नजिकैको बाँसघारी तर्फ लैजाँदै गर्दा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । सोमबार बेलुका मृतक र हत्या आरोपी बृद्धसँगै मदिरा सेवन गरेको स्थानीयले बताएका छन् । मदिरा सेवनपछिको विवादका कारण हत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय मोर...
मोरङमा लागुऔषध गाँजा सहित ३ जना पक्राउ

मोरङमा लागुऔषध गाँजा सहित ३ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष २७ मोरङको धनपालथान गाउँपालिका–२ स्थितबाट लागुऔषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनपालथान–२ बरियाती टोलका ४० बर्षीय बसन्त पासवान, सुनसरी धरान–१६ का ३६ बर्षीय रविन राई र २९ बर्षीय वचन राई पक्राउ परेका छन् । आईतवार बेलुकी सवा ३ बजे बिशेष सुचनाको आधारमा प्रहरी चौकी अमाहीबरियातीबाट खटिएको प्रहरीको टोलीले उनिहरुको साथ बाट लागु औषध गाजाँ ३ केजी १०५ ग्राम, नगद २० हजार ५ सय रुपैया र प्रदेश १–०२०–०४५ प २६९९ नंम्बरको मोटरसाईकल बरामद गरेको हो । पक्राउ परेका तीनै जनालाई सम्मानित मोरङ जिल्ला अदालतबाट लागुऔषध कसूरमा म्याद थप गरी अनुसन्धान गरिरहेकोरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...
फोनिजको प्रादेशिक अधिवेशन आज

फोनिजको प्रादेशिक अधिवेशन आज

Breaking News 2, समाचार
पूर्णपुष्टि, पुष २७ आदिवासी जनजाति पत्रकारहरुको छाता संगठन नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को १ नम्बर प्रदेशको दोस्रो प्रादेशिक अधिवेशन आज मोरङको पथरीमा हुनेछ । ‘समानुपातिक, सुशासन र समृद्धिको लागि हाम्रो कलम’ भन्ने मूल नाराकासाथ अधिवेशन हुने भएको हो । अधिवेशनको उद्घाटन आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङवोले गर्ने तय भएको अधिवेशन मूल आयोजक समितिले जनाएको छ । अधिवेशनमा १४ वटै जिल्लाका आदिवासी जनजाति पत्रकारहरुको उल्लेखनीय उपस्थिती रहने आयोजकले जनाएको छ । फोनिजले आदिवासी कलम सम्मान पत्रकारिता पुरस्कार कोष २०७८ को लागि अक्षयकोषको समेत स्थापना गरिएको छ । सो अक्षयकोषको लागि अहिले आर्थिक सहयोगहरुसमेत संकलन भइरहेको कोषाध्यक्ष सुसन राईले जानकारी दिएको छ । साउन २७ गते फोनिजको स्थापना दिवसको अवसरमा १० लाख पुरस्कार कोषको घोषणा गरेको थियो ।...
हजारौँ व्यवसायीहरुको सहभागितामा त्रियुगा उद्योग बाणिज्य संघको साधारणसभा तथा अधिवेशन सम्पन्न

हजारौँ व्यवसायीहरुको सहभागितामा त्रियुगा उद्योग बाणिज्य संघको साधारणसभा तथा अधिवेशन सम्पन्न

Breaking News 1, आर्थिक, समाचार
पूर्णपुष्टि, पुष २७ बिभिन्न अबरोध र समस्यालाई झेल्दै त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले छैँटौ बार्षिक साधारण सभा, अधिवेशन सँगै समिति चयनको काम सोमवार सम्पन्न गरेको छ । लामो समय सम्म विवादमा झेलिएको संघलाई संस्थागत बनाउन रमेश रसाईलीको नेतृत्वमा १२ सदस्यीय तयार भएको छ । केहि व्यक्तिहरुले साधारण सभा तथा अधिवेशनलाई असफल बनाउन अन्तिम सम्मै लागि परेपनि हजारौँ व्यवसायीहरुले साधारण सभा तथा अधिवेशनलाई साथ दिएको संघका वर्तमान अध्यक्ष रमेश रसाईलीले बताए । रसाईलीले अधिवेशन असफल बनाउन व्यवसायीहरु नभई व्यक्तिहरु लागि परेको भन्दै कुनै पनि क्षेत्रमा सामान्य तया यस्तो समस्या आउन स्वभाविक रहेको बताए । रसाईलीले यो व्यवसायीहरुको निष्पक्ष छाता संगठन रहेको हुँदा यहाँ व्यवसायीले अधिवेशनलाई साथ दिएमा अरु कुनै व्यक्तिहरुले प्रभाव नपार्ने बताए । उनले आफुले संघको नेतृत्व गर्दै गर्दा आउने दिनमा संस्था र व्य...