Wednesday, June 17News That Matters

Month: ४ वर्ष अगाडि

थाकसको निर्णय अनुसार उदयपुरमा माघी महोत्सव स्थिगित

थाकसको निर्णय अनुसार उदयपुरमा माघी महोत्सव स्थिगित

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, पुष २८ कोरोनाको जोखिम बढेसँगै थारु कल्याणकारिणी सभा उदयपुरले तेस्रो माघी महोत्सव स्थगित गर्ने निर्णय गरेको छ । आज (बुधवार) थाकसले गरेको निर्णयअनुसार थारु समुदायले धार्मीक तथा सांस्कृतिक महोत्सवको रुपमा मनाउदैँ आएको माघी पर्व यो वर्ष कोभिडको कारणले स्थिगित गरेको हो । जिल्ला प्रशासन कार्यालय उदयपुरले जारी गरेको पुष २७ गतेको सूचना अनुरुप कोरोनाले गर्दा जनस्वास्थ्यमा पर्न गएको प्रतिकुल असरलाई मध्यनजर गर्दै मेला महोत्सव गर्न रोक लगाएको हुदाँ तेस्रो माघी महोत्सव स्थिगित गरिएको थाकस उदयपुरका सभापती शिवकान्त चौधरीले बताउनुभयो ।...
उदयपुरमा मोटरसाईकल आपसमा ठोक्किएर दुर्घटना : घाइते २ को घोपामा उपचार हुँदै

उदयपुरमा मोटरसाईकल आपसमा ठोक्किएर दुर्घटना : घाइते २ को घोपामा उपचार हुँदै

Breaking News 2, समाचार
पूर्णपुष्टि, पुष २८ उदयपुरमा दुई मोटरसाईकल एक आपसमा ठोक्किएर दुर्घटना हुदा दुई जना घाइते भएका छन् । जिल्लाको बेलका नगरपालिकास्थित रामपुर बजारमा दुर्घटना हुदा २१ वर्षीय रुपेश राई र ३१ वर्षीय लोकेन्द्र राई घाइते भएका हुन् । दुबैलाई उपचारका लागि तत्काल सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपातर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता (डीएसपी) बेदप्रसाद गौतमले जानकारी दिनुभयो । पूर्वबाट पश्चिम दिशातिर जाँदै गरेको को. १ प. ८४९ नम्बरको मोटरसाईकल र प्र.१ –०२–०४१ प १००७ नम्बरको मोटरसाईकल आपसमा ठोक्किदा दुर्घटना भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । १००७ नम्बरको मोटरसाईकल चालक लोकेन्द्रको टाउँको र अनुहारमा चोट लागेकाले अवस्था गम्भीर रहेको बताइएको छ । त्यस्तै अर्को मोटरसाईकल चालक रुपेशको भने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको दुबै मोटर...
उदयपुरमा आजबाट २५ जना भन्दा बढी भेला हुन नपाउने, प्रशासनले यी कुराहरुमा लगायो रोक

उदयपुरमा आजबाट २५ जना भन्दा बढी भेला हुन नपाउने, प्रशासनले यी कुराहरुमा लगायो रोक

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, पुष २८ नयाँ भेरियन्टसहितको कोभिड–१९ संक्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय उदयपुरले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन नपाईने निर्णय गरेको छ । प्रशासनले बुधवारबाट जिल्ला भित्र २५ जना भन्दा बढी उपस्थित भएर सभा, जुलुस, सम्मेलन, प्रदर्शन, भेला, मेला, जात्रा, महोत्सव गर्न रोक लगाएको हो । गृह मन्त्रालयको निर्देशन अनुसार उदयपुर जिल्ला कोभिड–१९ व्यवस्थापन समितीको मंगलवार बसेको बैठकले यी विभिन्न कुराहरुमा रोक लगएको छ । मन्त्रालयले पुष २६ गते एक सुचना प्रकाशन गर्दै २५ जना भन्दा बढी उपस्थित भएर गरिने सम्पूर्ण गतिविधीलाई प्रतिबन्ध गर्न स्थानीय प्रशासनलाई अधिकार दिएको थियो । माघ ७ गतेबाट सार्वजनिक स्थलहरु (कार्यालय, होटेल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला) प्रवेश गर्दा र सार्वजनिक सेवा प्राप्त गर्दा कोभिड विरुद्धको खोप लगाएको कार्ड अनिर्वाय रहेको पनि प्रशासनको वि...
धान कुट्ने क्रममा मिलमा सल बेरिएर एक महिलाको मृत्यु

धान कुट्ने क्रममा मिलमा सल बेरिएर एक महिलाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष २८ धान कुट्ने क्रममा मिलमा सल बेरिएर एक जना महिलाको ज्यान गएको छ । अछाम जिल्लाको चौरपाटी गाउँपालिका–४ पायलकी ५१ वर्षीया सुन्तला बोहराको घटनास्थलमै ज्यान गएको हो । साँफेबगर नगरपालिका–१ बैजनाथमा रहेको आफ्नै कुटानी पिसानी मिलमा सल बेरिएर बोहराको घटनास्थलमै ज्यान गएको मृतकका श्रीमान शंकरमान बोहराले जानकारी दिए । धान कुट्ने क्रममा सल बेरिएको हो । मृतक बोहराको शरीर दुई भाग भएको छ ।...
पहिचानको आधारमै १ नं. प्रदेशको नाम राखिने : मन्त्री आङवो

पहिचानको आधारमै १ नं. प्रदेशको नाम राखिने : मन्त्री आङवो

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष २८ १ नम्बर प्रदेशको नाम अझै पनि टुङगो लागेको छैन । प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र आङ्वोले प्रदेशको नाम पहिचानको आधारमै राखिने बताउनुभएको छ । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) १ नं. प्रदेशको मोरङको पथरिमा मंगल्बार आयोजित दोस्रो प्रादेशिक महाधिवेशनलाई मंगलबार उद्घाटन गर्दै मन्त्री आङ्वोले सो कुरा बताउनुभएको हो । आदिवासी जनजातिको बाहुल्यता भएको क्षेत्रमा पहिचानलाई आधार मानेर सबैको भावानालाई समेटेर नाम राखिने उहाँले बताउनुभयो । अघिल्ला सरकारले छोडेका जनमुखी कार्यक्रम तथा योजनाहरुलाई पुनरावलोकन गर्दै आवश्यकताको अधारमा कार्यान्वयन गरिने बताउनुभयो । प्रदेश सरकारले जनभावना अनुसार नै काम गर्ने बताउदै फोनिजलाई सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत जाहेर गर्नुभएको छ । फोनिजका संघीय अध्यक्ष दण्ड गुरुङले बगतको दिनहरुलाई सम्झना गर्दा संगठनले निकै फड्को...
उर्लाबारीमा ट्याक्टर दुर्घटना हुँदा एक विद्यार्थीको घटनास्थलमै ज्यान गयो

उर्लाबारीमा ट्याक्टर दुर्घटना हुँदा एक विद्यार्थीको घटनास्थलमै ज्यान गयो

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष २७ मोरङको उर्लाबारी आज बिहान ट्याक्टरले ठक्कर दिँदा एक जना विद्यार्थीको ज्यानगएको छ । उर्लाबारी नगरपालिका–३ पूर्वपश्चिम राजमार्गस्थित सोल्टी पुलमा बिहान साढे पाँच बजे ट्याक्टरले ठक्कर दिँदा उर्लाबारीस्थित नेपाल दर्शन कलेजमा अध्ययनरत विद्यार्थी निश्चल बानियाँको घटनास्थलमै ज्यान गएको हो । पूर्वबाट पश्चिम जाँदै गरेको को २ त ८२९६ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १ – ०१०१२ प ७१५२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा उर्लाबारी–७ का २१ वर्षीय बानियाँको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...
लागुऔषध ट्याब्लेट सहित १ जना पक्राउ

लागुऔषध ट्याब्लेट सहित १ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष २८ सुनसरीको ईटहरी उप–महानगरपालिकाको बसपार्क एरियाबाट नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहाको लाहान नगरपालिका–१ का ४८ बर्षिय डोमा मण्डल रहेका छन् । बिशेष सूचनाका आधाररमा १ नम्बर प्रदेशको प्रादेशिक अनुसन्धान समुह RIT बाट खटिएको प्रहरी टोलीले कोरेक्स ५० बोतल तथा नाईट्रोसन ६०० ट्याब्लेट सहित मण्डललाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका मण्डलको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
सुनसरीमा सवरी दुर्घटना : चालकको मृत्यु

सुनसरीमा सवरी दुर्घटना : चालकको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष २८ सुनसरीको रामधुनी नगरपालिका–७ स्थितमा ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी रामधुनी–७ का २५ बर्षीय उमेश चौधरी रहेका छन । हिजो बेलुका पौने ४ बजे सेउती खोलामा को २ त ७६०४ नम्वरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुदा इन्जिनको भागले किचि गम्भिर घाईते भएका थिए । घाईते चौधरीको उपचारको क्रममा धरान घोपामा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय पकलीबाट थप अनुसन्धान भईरहको छ ।...
मोरङमा ब्राउनसगुर सहित एक महिला पक्राउ

मोरङमा ब्राउनसगुर सहित एक महिला पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष २८ मोरङको रतुवामाई नगरपालिका–३ महादेवाबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको गौरीगञ्ज गाउँपालिका–५ की ३५ बर्षीया सरस्वती शाह रहेकी छिन् । लागुऔषध ब्राउनसगुरको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीको टोलीले मंगलवार राती ८ बजे १८ ग्राम ब्राउनसुगर र ५ लिटर कोरेक्स सहित उनलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकी महिलाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
चौदण्डीको माध्यमिक विद्यालयमा अपराध न्युनीकरणका लागि विद्यार्थीहरुबीच सचेतनामूलक कार्यक्रम

चौदण्डीको माध्यमिक विद्यालयमा अपराध न्युनीकरणका लागि विद्यार्थीहरुबीच सचेतनामूलक कार्यक्रम

Breaking News 1, शिक्षा, समाचार
पूर्णपुष्टि, पुष २८ उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाईस्थित श्री माध्यमिक विद्यालयमा प्रहरीद्धारा अपराध न्युनीकरणका लागि विद्यार्थीहरुबीच सचेतनामूलक कार्यक्रम गरेको छ । प्रहरीले समाजमा हुने विभिन्न खाले घरेलु हिंसा र अपराधहरु न्यूनीकरणका गर्नका लागि कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुबीच सचेत गराउन सहजीकरण स्वरुप कार्यक्रम गरेकोे हो । ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत इलाका प्रहरी कार्यालय बेल्टारले आफ्नो क्षेत्रमा पर्ने विभिन्न निजी तथा सामुदायिक विद्यालयहरुमा गई लागुऔषध, सुरक्षा सचेतना, प्रबिधिको प्रयोगबाट निम्तीने बिद्युतीय अप राधलगायतको विषयमा सचेतानामूलक कक्षाहरु सञ्चालन गर्दै आएको छ । शिवाईको श्रीमाविमा पनि सोही कक्षा सञ्चालन भएको हो । ईलाका प्रहरी कार्यालय बेल्टारका निमित्त कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक यादवराज निरौलाले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्...