उदयपुरमा तामाङको हत्या गरि साउदी पुगेका मगर १७ वर्षपछि पक्राउ
पूर्णपुष्टि, पुष २९
उदयपुरमा हत्या गरि साउदी पुगेका एक युवा १७ वर्षपछि पक्राउ परेको छ । उदयपुरको बेलका नगरपालिका–६ कात्तिकेका ४० वर्षीय गोविन्द मगरलाई नेपाल प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा साउदीमा पक्राउ गरेको हो । मगरले १३ मंसिर २०६१ मा मानबहादुर तामाङको हत्या गरेको अभियोग छ ।
मृतकका आफन्त जीतबहादुर तामाङले मगरबिरुद्ध जाहेरी दिएका थिए । १७ वर्ष पुरानो केश पल्ट्याएर हेर्दा अभियुक्त मगर रोजगारीका लागि खाँडीमुलुक पुगेको पत्ता लागेपछि उदयपुर प्ररहीले प्रक्रिया अगाडि बढाएको थियो ।
उनलाई बुधबार राती इन्टरपोलको टोलीले साउदी अरबबाट सीधै नेपाल ल्याएको प्रहरीले जनाएको छ । उनलाई प्रक्रिया पु¥याएपछि जाहेरी दिइएको प्रहरी कार्यालय उदयपुरको बेलकास्थित इलाका प्रहरी कार्यालय रामपुरमा ल्याइने बताइएको छ ।
पक्राउ परेका मगरलाई हाल काठमाडौंमै राखिएको छ । उनलाई थप अनुसन्ध...









