Wednesday, June 17News That Matters

Month: ४ वर्ष अगाडि

एकै परिवारको ४ जना मृत भेटिए

एकै परिवारको ४ जना मृत भेटिए

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ २ एकै परिवारका चारजना मृत अवस्थामा भेटिएका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बुदबुदेमा एकै परिवारका चार जना मृत अवस्थामा भेटिएको हो । शिवालय गाउँपालिका ४, जाजरकोटकी ३५ वर्षीया कल्पा बुढासँगै उनका ९ वर्षीय छोरा निरज बुढा, अर्का ८ वर्षीय छोरा चिरञ्जिवी बुढा र कल्पाका दाइ मानबहादुर बुढाका छोरा पाँच वर्षीय सोमराज बुढा मृत अवस्थामा भेटिएका हुन् । मृतक कल्पाका श्रीमान कृष्ण बुढा जाजरकोटमा मेडिकल चलाउँदै आएका छन् । वीरेन्द्रनगरमा ७७ वर्षीय ससुरा वीरबहादुर बुढासँगै कल्पा, दुई छोरा र भदै बस्दै आएको प्रहरीले जनाएको छ । शुक्रबार बेलुका चारैजना खाना खाएर एउटै कोठामा सुतेका थिए । ससुरा बिहानै पूजाआजाका लागि मन्दिर गएर अराह्न चार बजे फर्किंदा कोही पनि उठेको नदेखेपछि शनिबार बेलुका ६ बजे प्रहरीलाई खबर गरेका थिए । उनीहरू कोठामा भित्रबाट चुक्कुल लगाएर खाटमा सुतेको अवस्थामा मृत ...
आजदेखि बुस्टर डोज खोप लगाईदैँ

आजदेखि बुस्टर डोज खोप लगाईदैँ

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ २ आजदेखि नेपाल सरकारले कोरोना विरुद्धको बुस्टर डोज खोप दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरुलाई पत्र लेखेर अग्रपंक्तिमा खटिनेहरुलाई माघ २ गतेदेखि बस्टर डोज लगाउन थालिएको हो । त्यसैगरी, ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई माघ १४ गतेदेखि बुस्टर डोज खोप दिन आग्रह गरेको थियो । सोही अनुसार आजदेखि पहिलो चरणमा अस्पताल तथा स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारी, सबै सुरक्षाकर्मी, सञ्चारकर्मी, सार्वजनिक फोहर संकलक, सरसफाइकर्मी, एम्बुलेन्स तथा शव वाहन चालक, महिला स्वास्थ्य स्वयंसेविका, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारीहरुले बुस्टर डोज पाउनेछन् । यस्तै सरकारी कार्यालय, सामुदायिक सेवा प्रवाह गर्ने संघ संस्था, बैंकिङ सेवा, सार्वजनिक यातायातका चालक तथा सहचालकलाई पनि बुस्...
कृत्ति दम्पत्तीको लकडाउन अवसर

कृत्ति दम्पत्तीको लकडाउन अवसर

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ २ कोभिड १९ को कारण भएको लकडाउनले सबैलाई नोक्सानी मात्र गर्यो भन्ने होइन, बरु त्यसको सदुपयोग गर्न जान्नेहरुलाई फाईदा पुगेको छ । त्यसको एक उदाहरण हो कलाकार गोपाल कृतिको दम्पत्ती । उदयपुरको त्रियुगा नगरपालिका–१२ का कृति रङ्गकर्मी हुनुहुन्छ । उहाँको परिवारमै कलाकारीता छाएको छ । कृति नाटक तथा अभिनयमा निपुण हुनुहुन्छ । उहाँकी श्रीमती नमु न्यौपाने नृत्यमा, ठूलीछोरी गायन, नृत्यमा र कान्छिछोरी अभिनय र नृत्यमा अब्बल हुनुहुन्छ । आफैमा सिमित यी कलाहरु लकडाउनपछि सबै माझ छाएको छ । सधै केही न केही सिर्जनशिल काम गर्नुपर्ने वा कार्यक्रममा सहभागि हुनुपर्ने परिवार लकडाउनले घरमै खुम्चिनु पर्दाको पिडा निकै तितो थियो । २०७६ सालको पहिलो लडकाउनमा घरमै खुम्चिएर रहेको कृति परिवारले २०७७ को दोस्रो लकडाउनलाई भने भरपुर सदुपयोग गर्यो । कतै केही गर्न नपाउने, घरमै बसिराखेको अवस्थामा कृतिले टिकटक एका...
१५ वर्षदेखि घाँस बेच्दै चौधरी दम्पत्ती, पक्कीघर बनाउन नियमित बचत

१५ वर्षदेखि घाँस बेच्दै चौधरी दम्पत्ती, पक्कीघर बनाउन नियमित बचत

Breaking News 2, आर्थिक, समाचार
पूर्णपुष्टि, माघ २ उदयपुरको त्रियुगा नगरपालिका–२ मोथियाहीका रामविलास चौधरीले घाँस बेचेर नियमित बचत गरिरहनु भएको छ । चौधरीले एकाविहानै गाईघाट बजारमा हरियो घाँस बेचेर दैनिक पाँचसय रुपैया बचत गर्दै आएको डेडवर्ष भयो । उहाँले घाँस बेच्न थालेको पन्ध्रवर्ष जति भइसके पनि बचतको ज्ञान भने डेडवर्ष अघिदेखि हो । गाउँकै एक सहकारी संस्थामा उहाँले नियमित बचत गर्दै आउनु भएको छ । आप्mनै छोराछोरीले बचतको ज्ञान दिएको उहाँले बताउनुभयो । “मैले घाँस बेचेर पैसा बचत गरेको एकवर्ष र आधा भयो” उहाँले भन्नुभयो –“बचत पैसाले पक्की घर बनाउने सोच छ ।” बचतले उहाँलाई काममा अझ उत्साह, विश्वास ल्याएको छ भने भविष्यप्रति ढुक्कता छ । घाँस बेचेको पैसाले उहाँलाई दैनिक पाँचसय बचत गर्न मात्र हैन खाद्यन्न तथा अन्य दैनिक उपभोग्य सामानहरु खरिद गर्न पुग्छ । छोराछोरीको पढाई, घरखर्चमा राम्ररी टेवा पुगेको छ । हरेक दिन एकाविहानै ३ः०० बजे ...
जंगली हात्तिले लियो सेनाको ज्यान

जंगली हात्तिले लियो सेनाको ज्यान

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ २ नवलपरासीमा गस्तीमा खटिरहेको सेनालाई जंगली हात्तिले आक्रमण गर्दा ज्यान गएको छ । जंगली बन्यजन्तुकै संरक्षणमा खटिने सेनाको जंगली हात्तिलेनै ज्यान लिएको हो । चितवन राष्ट्रिय निकु ञ्जमा गस्तीमा रहेका अवस्थामा ति सेनाको ज्यान लिएको जनाईएको छ । सैनिक स्रोतका अनुसार मृत्यु हुने ब्यक्तिको नाम उल्लेख गर्न नमिल्ने समेत जनाए । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टर अमलटारीका अनुसार शनिबार राति कसराको ध्रुवे पोस्ट नजिकै जंगली हात्तिले ढाडमा कुल्चिँदा सेना अमलदारको मृत्यु भएको हो । रात्रि गस्तीमा निस्केको सेनाको टोलीमा रहेका खडक दल गणका एक अमलदारको मृत्यु भएको हो । कसराबाट माडी जाने बाटोतर्फ गस्तीमा रहेका बेला नजिकै रहेको जंगली हात्तीले ती अमलदारको ढाडमा टेकेको र गम्भीर घाइते भएका उनको उपचारका लागि भरततर्फ लैजाँदै गर्दा मृत्यु भएको थियो ।...
आजबाट श्रम स्वीकृत अनलाईन बाट मात्रै जारी हुने

आजबाट श्रम स्वीकृत अनलाईन बाट मात्रै जारी हुने

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २ सरकारले श्रम स्वीकृतिलाई फेसलेस, पेपरलेस र क्यासलेस बनाइ छिटो, छरितो र पारदर्शी रुपमा गुनासोरहित सेवाप्रवाह गर्न अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृतिको काम गर्न लागेको छ । सेवा प्रवाहलाई सूचनाप्रविधि मैत्री बनाउँदै लैजाने क्रममा सरकारले आईतबार देखि पुनः श्रम स्वीकृतिको काम अनलाई माध्यम बाटै गर्न लागेको हो । वैदेशिक रोजगार विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालय काठमाडौँले पुनः श्रम स्वीकृति जारी गर्ने भएको छ। २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम हुँदै आएकामा आजदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृति जारी कार्यालयले जनाए। पुनः श्रम स्वीकृतिको अनलाइन सेवा लिन सेवाग्राहीले वैदेशिक रोजगार विभागको वेभसाइटको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमार्फत आवश्यक सबै कागजातसहित फाराम भर्नुपर्नेछ। यसका लागि सुरुमा विभागको ...
गाँजा र चरेससहित २ जना पक्राउ

गाँजा र चरेससहित २ जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, पुष ३० झापामो दमक नगरपालिका–२ हुम्से दुम्से सामुदायिक जंगल स्थितमा चेकिङको क्रममा गाँजा र चरेससहित दुई जना पक्राउ परेका छन् । ईलाम माईसेबुङ गाउँपालिका–२ का ३२ वर्षीय दिपेन्द्र राई र १९ वर्षीय नुवसन मुखिया पक्राउ परेका हुन् । आज बिहान ४ बजे प्रहरी चौकी बागखोरबाट खटिएको प्रहरी टोलीले उनीहरु सवार मे ३ प ५६६२ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्दा उनीहरुको साथबाट प्रतिबन्धित लागुऔषध गाँजा १२ केजी र चरेस ६ ग्राम २६० मिलिग्राम फेला परेको थियो । लागुऔषध फेला परे पश्चात उनीहरु सवार रहेको मोटरसाईकलसहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।...
१८ वर्षीया किशोरीको हत्या गरि फरार रहेका प्रतिवादी २० वर्षपछि पक्राउ

१८ वर्षीया किशोरीको हत्या गरि फरार रहेका प्रतिवादी २० वर्षपछि पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष ३० एक १८ वर्षीया किशोरीको हत्या गरि फरार रहेका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय ईलामले २० वर्षपछि पक्राउ गरेको छ । किशोरीको हत्या गरि फरार भएका साबिक पशुपतिनगर–३ का ४१ वर्षीय गोरे भनिने मन कुमार राईलाई घटनाको २० वर्षपछि प्रहरीले पक्राउ गर्न सफल भएको हो । मन कुमारले २०५८ साल माघ ६ गते रोजिना राईको हत्या गरि फरार रहेका थिए । ईलामकै कन्यान घर भई आफ्नो माईती घर आएको समयमा खुर्र्पाले घाँटीमा प्रहार गरी हत्या गरेको खुल्न आएको छ । अनसन्धानको क्रममा घटनाको प्रकृति र पक्राउ परेका अभियुक्तले दिएको बयानको आधारमा मन कुमारले रोजिना को हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय ईलामले जानाएको छ । २०५८ साल काघ ६ गते राती ८ बजेको समयमा गाईगोठमा काम गरिरहेकी रोजिनालाई मन कुमारले आफुसंगै जान आग्रह गरेको र जान नमानेपछि जबरजस्ति तानेर लगेको तानेर लैजाने क्रममा रोजिना लडेर घाईते...
पेस्तोल र गोलीसहित ४ जना पक्राउ

पेस्तोल र गोलीसहित ४ जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, पुष ३० जिल्ला प्रहरी कार्यालय सुनसरीले २ थान पेस्तोल र ४ राउण्ड गोलीसहित ४ जनाको समुहलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा हरिनगर गाउँपालिका –७ घुस्कीका २० वर्षीय सबिर मिया, ३१ वर्षीय सवरेज मिया, सोही स्थानका २५ वर्षीय सिकन्दर मलाहा र हरिनगर गाउँपालिका–६ का २३ वर्षीय फरियाद अन्सारी रहेका छन् । जिल्लाको ईनरुवा नगरपालिका क्षेत्रमा हातहतियारसहित केही ब्यक्तिहरु रहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले बुधवार साझ र बिहिवार बिहान गरी ४ जनालाई पक्राउ गरेको हो । सबिर मियालाई बुधवार राती सुनसरीको महेन्द्र चोकबाट पक्राउ गरिएको थियो । मियाको साथबाट प्रहरीले कटुवा पेस्तोल १ थान, गोली १ राउण्ड, र उनले प्रयोग गर्ने १ थान मोटरसाईकल सहित पक्राउ गरेको हो । यसैगरी, मियाकै बयानका आधारमा अन्य व्यक्तिहरु समेत हातहतियारसहित घुमफिर ग...
धादिङ पहिरोमा परेको दुई जना अझै फेला पर्न सकेन

धादिङ पहिरोमा परेको दुई जना अझै फेला पर्न सकेन

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष ३० बाटो खन्ने क्रममा माथि बाट पहिरो खसी डोजर समेत पुरिएर बेपत्ता भएको दुईजना अझै फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी जागेश्वर भण्डारीले जानकारी दिएको छ । हिजो बिहान रुबी भ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा पहिरो खस्दा डोजरसहित तीन जना पुरिएका थिए । साँझसम्म खोज्दा नभेटिएपछि खोजी कार्य स्थगित गरिएको थियो । डिएसपी भण्डारीका अनुसार आज पनि बिहानै बाट बेपत्ताको खोजी कार्य जारी राखेको जनाएको छ । बेपत्ता भएकाहरुको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको संयुक्त टोलीले खोजी जारी राखेका छन् । ‘पहिरो खसेको ठाउँमा मेसिन औजार प्रयोग गर्न सकिने अवस्था छैन, मानिसले नै आफैं पहिरो पन्छाउनुपर्छ त्यसैले खोज्न कठिन भइरहेको छ’ डिएसपी भण्डारीले भने ।रसुवा–तिप्लिङ सडकखण्डमा जोडिने सडकमा पहिरो खस्दा डोजरसहित चालक आकाश तामाङ, सहचालक राजु तामाङ...