एमाले उदयपुरको मेजर पोष्टमा किन अटिनन् महिला नेतृत्व ?
पूर्णपुष्टि, पुष २६
नेकपा एमाले उदयपुरको आठौँ जिल्ला अधिवेशनको अध्यक्ष मण्डलले सोमवार साँझ अध्यक्ष सहितको पदाधिकारीहरुको नाम सार्वजानिक गरेको छ । अम्विका थापा मञ्जु चौधरी लगायतको अध्यक्ष मण्डलले बन्द सत्रको करिब ३ दिन पश्चात पदाधिकारीहरुको नाम सर्वसहमत सार्वजानिक गरेको हो । कुनै पनि आकांक्षीहरुमा फेरि पनि चित्त नबुझेको भए मंगलबार सम्म उम्मेदवारी मनोनयन दर्ता गराउन सक्ने भन्दै आफ्नो तर्फ बाट पदाधिकारीहरुको नाम सार्वजानिक गरिसकेको छ ।
अध्यक्ष मण्डलले कमिटी अध्यक्षमा परमेश्वर घिमिरे, उपाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ, सचिवमा कालु लामा र उपसचिवमा भरत थापा र टेक बहादुर राउतको नाम सार्वजानिक गरेको छ । यसरी ५ जनाको नाम सार्वजानिक हुँदै गर्दा कुनै पनि महिला नेतृको भने नाम आएन । यस्को मतलब मेजर पोष्टमा एकै जना महिला पनि आँटिनन् । त्यसोत मेजर पोष्टका लागि कुनै पनि महिलाहरुले दावी नगरेको पनि होईन ।...









