Wednesday, June 17News That Matters

Month: ४ वर्ष अगाडि

अध्यक्षमा परियारको दाबी कायमै

अध्यक्षमा परियारको दाबी कायमै

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, पुष २६ एमाले उदयपुरका नेता तथा जिल्ला समन्वय समिति उदयपुका प्रमुख खड्ग बहादुर परियारले आफ्नो दाबी कायमै राखेकेको छ । जिल्ला अधिवेशनको बन्द सत्रबाटै अध्यक्षको दावी घोषणा गरेको परियारले हाल सम्मै दावी कायम राखेको जनाए । अध्यक्षको लागि चार जनाको आकांक्ष रहेकोमा कुशल बाबु बस्नेत अध्यक्षबाट ब्याक हटेर सचिवमा दाबी गरेसँगै तीन जनाले अध्यक्षको लागि दाबी कायम रहेको छ । योसँगै परमेश्वर घिमिरे, कालु लामा र खड्ग परियारले भने अध्यक्षको दाबी कायमै राखेको जनाएको छ ।  ...
तिन दिनमा पनि एमाले उदयपुरले नेतृत्व टुँगो लगाउन सकेन, चुनावी प्रक्रिया लम्वीने संकेत

तिन दिनमा पनि एमाले उदयपुरले नेतृत्व टुँगो लगाउन सकेन, चुनावी प्रक्रिया लम्वीने संकेत

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, पुष २६ नेकपा एमाले उदयपुरले बन्द सत्रको तिन दिन बितिकस्दा पनि नेतृत्व छान्न सकिरहेको छैन् । आईतबार सम्म टुंगो लाग्ने भनिएको भएपनि सहमतिमा आउन नसकेपछि नेतृत्वको प्रक्रिया लम्वीएको छ । सहमतिमा समस्या आएपछि नेतृत्व छान्न लोकतान्त्रिक अभ्यासमै जानु पर्ने हो कि भन्ने कुराहरु वाहिर आईरहेको एमाले नेता तथा कार्यकर्ताहरुको भनाई छ । एमाले नेता तथा जिल्ला सचिव परमेश्वर घिमिरेले जुनसुकै प्रक्रिया बाट भएपनि सोमवार अर्थात (आज) भने नेतृत्वलाई टुंग्याउने जनाएको छ । त्यसको लागि छलफल तिव्र भईरहेको घिमिरेले जनाए । बिभिन्न चरणमा सहमति भईसकेको भएपनि केहि पदमा असहमतिको अवस्था आएपछि पदाधिकारीहरु चुन्न चुनावबै जान सक्ने संकेत देखिएको छ । यता सर्वसहमतिको नाम प्रकाशन गर्न अध्यक्ष मण्डललाई दिएको भएपनि तिन दिन सम्म पनि सर्वसहमतिको नाम तिन दिन सम्म पनि आउन सकेको छैन् । कतिपय आकांक्षीहरुले भने सर्व...
लागुऔषधसहित दुई जना पक्राउ

लागुऔषधसहित दुई जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष २६ झापाको मेचीनगर नगरपालिका–१० स्थितबाट लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । मेचीनगर–१० का ३२ वर्षीय बिक्रम प्रसाई र मेचीनगर–९ का ४४ वर्षीय संजय खडका पक्राउ परेका हुन् । हिजो बेलुका साढे ४ बजे इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले बिक्रम राईको घरको भान्सा कोठा भित्र बसिरहेको अवस्थामा दुवै जनालाई लागुऔषध ब्राउन सुगर ५ ग्राम, डिजिटल तराजु १ थान, नगद १९ हजार ५ सय रुपैयाँसहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका प्रसाई र खडकाको इलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भईरहेको छ ।...
उदयपुरगढीको नेपालटारमा व्यवसायिक तरकारी खेती तालिम सम्पन्न

उदयपुरगढीको नेपालटारमा व्यवसायिक तरकारी खेती तालिम सम्पन्न

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष २५ उदयपुरगढी गाउँपालिकाको नेपालटारमा तीन दिने व्यवसायिक तरकारी खेती सम्बन्धी तालिम सम्पन्न भएको छ । गाउँपालिकाको कृषि विकाश शाखाको आयोजनामा कृषकहरुलाई सीप दिएर स्वरोजगार बनाउने उद्देश्यले सञ्चालित तालिम सम्पन्न भएको हो । जागरण पशुपंक्षी तथा कृषक समूहमा आवद्ध कृषकहरुलाई विभिन्न प्रजातिका तरकारी खेती सम्बन्धी तालिम दिईएको कृषी शाखा प्रमुख पारशमणी फुयलले बताउनुभयो । शाखा प्रमुख फुँयलका अनुसार बिहीबार सुरु भएको तालिममा कृषक समूहका कृषकहरु सहभागी छन । तालिममा प्रशिक्षक मोहनलाल फुँयलले कृषी तथा तरकारी खेतीको विभिन्न पक्षहरु, बाली क्यालेण्डर, विभिन्न रोग, किराले कृषकहरुलाई पार्ने समस्याको बारेमा प्रशिक्षण दिएका थिए । तालिमको संयोजक उदयपुरगढी गाउँपालिकाका कृषि विकास शाखाका प्रमुख पारसमणी फुँयलले गर्नु भएको थियो भने, व्यवस्थापकको जिम्मा शेरबहादुर कार्कीले लिनुभएको थियो । पालि...
घर भत्काउने क्रममा पर्खालले किचेर मजदुरको ज्यान गयो

घर भत्काउने क्रममा पर्खालले किचेर मजदुरको ज्यान गयो

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष २५ मोरङको बेलबारी नगरपालिका–१ पुरानो बेलबारीमा घर भत्काउने क्रममा पर्खालले किचेर एक जना मजदुरको ज्यान गएको छ । ऋषि साहको घरको पर्खाल भत्काउने क्रममा सुन्दरहरैचा नगरपालिका–१ का ४५ वर्षीय अशोक खवासको ज्यान गएको हो । घर भत्काउने क्रममा अचानक घरको पर्खालले किचिएर घाइते भएका खवासको उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लग्ने क्रममा बाटोमै ज्यान गएको जिल्ला प्रहरी मोरङले जनाएको छ ।...
बलात्कारको घटना लुकाउन खोजेको अभियोगमा जनप्रतिधिसहित ५ जना पक्राउ

बलात्कारको घटना लुकाउन खोजेको अभियोगमा जनप्रतिधिसहित ५ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष २५ बलात्कारको घटना लुकाउन खोजेको अभियोगमा कैलालीबाट जनप्रतिधिसतिह पाँच जना पक्राउ परेका छन् । ७७ वर्षीया एक वृद्धामाथि भएको बलात्कारको घटनामा जनप्रतिनिधिले नै मिलापत्र गराएको खुलेको छ । सो घटनामा मुछिएको भन्दै प्रहरीले वडा सदस्यसहित पाँच जनालाई पक्राउ गरेको हो । जिल्लाको घोडाघोडी नगरपालिका–४ का ३० वर्षीय प्रकाश सुवेदी, घटना मिलापत्र गराउने वडा सदस्य लक्ष्मीरुद्र न्यौपाने, शिक्षक होमप्रसाद सुवेदी, पूर्ववडा सचिव यज्ञराज आचार्य र स्थानीय राजु भट्टराई पक्राउ परका हुन् । ७७ वर्षीया बृद्धामाथि बलात्कार भएको घटना मिलापत्र गराउने वडा सदस्यसहितका पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले जानकारी दिनुभयो । प्रहरीका अनुसार कैलालीको घोडाघोडी नगरपालिका–४ मा गत मंसिर १५ गते स्थानीय ७७ वर्षीया वृद्धामाथि बलात्का...
नेपालमा फेरी कोरोना संक्रमणको संख्या बढ्न थाल्यो

नेपालमा फेरी कोरोना संक्रमणको संख्या बढ्न थाल्यो

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष २५ पछिल्लो समय कोरोना विश्वभरनै फर्किएको छ । यसै सन्दर्भमा नेपालमा पनि फेरी कोरोना संक्रमितहरुको संख्या उकालो लागेको छ । सुदुरपशिचममा मात्रै दैनिक कोरोनाको संख्याले दैनिक सय नाघ्न थालेको छ । सुदूूरपश्चिम प्रदेशमा भारतबाट फर्किनेहरूमा धमाधम कोरोना संक्रमण पुष्टि हुनथालेको हो । भारतमा दैनिक संक्रमणदर वृद्धि हुुँदै गएका बेला त्यहाँबाट फर्किने नेपालीहरूमा संक्रमण देखिनथालेको सुदूूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयको तथ्यांकअनुसार पछिल्लो केही दिनयता दैनिक कम्तिमा पनि १०० जनामा कोरोना संक्रमण पुुष्टि भइरहेको छ । उनीहरूमध्ये धेरैजसो भारतबाट फर्किनेहरू हुन् । प्रदेशमा शनिबार १३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये ८ जनाबाहेक १२५ जना भारतबाटै फर्किएका हुन् । कञ्चनपुरको गड्डाचौकी, कैलालीसँग जोडिएको गौरीफन्टा र बैतडीको झुला...
मोटरसाईकल दुर्घटना हुँदा चालकको ज्यान गयो

मोटरसाईकल दुर्घटना हुँदा चालकको ज्यान गयो

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष २५ सुनसरी ईटहरी उपमहानगरपालिका–४ भित्रि सडक खण्ड डिबिएम बेडिङ छेउमा मोटरसाईकल दुर्घटना हुँदा चालकको ज्यान गएको हो । झापा धुलाबारी घर भई हाल ईटहरी उपमहानगरपालिका–६ बस्ने २२ वर्षीय रोशन विश्वकर्माको मोटरसाईकल दुर्घटनामा ज्यान गएको हो । हिजो राती साढे ९ बजे पश्चिमबाट पुर्व तर्फ जादैँ गरेको मे १ प ५५९० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक रहेका विश्वकर्मा गम्भिर घाईते भएका थिए । उनको उपचारको लागी धरान घोपा पुर्याउन साथ ज्यान गएको अस्पतालले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
ब्राउन सुगर सहित एक जना पक्राउ

ब्राउन सुगर सहित एक जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष २५ झापाको मेचीनगर नगरपालिका–६ मेचि भन्सार कार्यालयको गेट अगाडीबाट लागूऔषध ब्राउन सुगर सहित एक जना लाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर फागुनन्द गाउँपालिका ३ गुफाडाँडाका २६ बर्षीय राकेश तामाङ रहेका छन् । शनिबार जिल्ला प्रहरी कार्यालय झापा, लागूऔषध नियन्त्रण ब्युरो काकडभिट्टा र ईलाका प्रहरी कार्यालय काकँरभिट्टाबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउन सुगर ५० ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका तामाङको ईलाका प्रहरी कार्यालय काकँरभिट्टाबाट थप अनुसन्धान भइरहेको छ ।...
एमोले अधिवेशन उदयपुर : सहमतिको प्रयास कायमै, आज निष्कर्षमा पुग्ने

एमोले अधिवेशन उदयपुर : सहमतिको प्रयास कायमै, आज निष्कर्षमा पुग्ने

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, पुष २५ एमाले उदयपुरले बन्द सत्रको दोस्र दिन पनि नेतृत्व छान्न सकिरहेको छैन् । बन्द सत्रको दोस्रो दिन चलिरहँदा सहमतिकै प्रयास भईरहेको पार्टीका जिल्ला सचिव परमेश्वर घिमिरेले बताए । घिमिरेका अनुसार सक्दो सम्म सहमतिमै नेतृत्व छान्नु पर्ने भएकाले केहि करसरतहरुले समय लागेको जनाए । उनले नेतृत्वको बिषयमा आजै निष्कर्षमा पुगिने र त्यसको लागि बिभिन्न छलफलहरु भईरहेको जनाए । घिमिरे आफैपनि अध्यक्षको दावेदार हुन । अधिवेशनको पूर्व सन्ध्या बाटै आफु अध्यक्षका लागि पहिलो र पूर्ण हक लाग्ने चरणको व्यक्ति रहेको समेत जानकारी दिएका थिए । ४ जना अध्यक्षको दावी बाट कुसल बाबु बस्नेत व्याक भईसकेको अवस्था छ । घिमिरेले पार्टीलाई सक्षम नेतृत्वलाई छानेर लैजानु पर्ने भएकाले यसको बारेमा पनि बिभिन्न बहस छलफलहरु चलिरहेको जनाए । उनले भने,” हामि सक्दो सहमतिमै जुटिरहेका छौँ केहि लागेना भने यस्को आफ्नै प्रक्रिय...