Thursday, August 6News That Matters

Month: ४ वर्ष अगाडि

सिग्देलका हत्यारा पक्राउ

सिग्देलका हत्यारा पक्राउ

Breaking News 2, समाचार
काठमाडौं, फागुन ११ । झापाको दमक–५ का दिनेश सिग्देलका हत्यारा पक्राउ परेका छन् । हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी मङ्गलबार सार्वजनिक गरेको छ । सुनसरीको धरान–४ स्थित जङ्गलमा विभत्स किसिमले हत्या गरी फालेको अवस्थामा ४३ वर्षीय सिग्देलको शव भेट्टिएको थियो । पक्राउ पर्नेमा सिग्देलकी कान्छी श्रीमती ३० वर्षीया अनिता केसी र उनका प्रेमी २९ वर्षीय सरोज भण्डारी रहेको प्रहरी उपरीक्षक संजयसिंह थापाले जानकारी दिनुभयो । प्रेमीसँग मिलेर श्रीमान्को हत्या गरी धरान–४ धरान भेडेटार सडकखण्डको जङ्गलमा जेब्रा झोलामा शव हालेर फ्याँकिएको पाइएको थियो । योजनाबद्धरूपमा अनिता र सरोजले सिग्देलको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थापाले जानकारी दिनुभयो । गत बुधबार टाउको र दाहिने खुट्टा जेब्रा झोलामा भेटिएको थियो । त्यसको भोलिपल्ट अर्को जेब्रा झोलामा बाँकी शरीर भेटिएपछि प्रहरीले अनुसन्धान अघि ब...
बाघको आक्रमणबाट महिलाको मृत्यु

बाघको आक्रमणबाट महिलाको मृत्यु

Breaking News 3, समाचार
काठमाडौं, फागुन ११ । बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–४ सैनवारकी ४१ वर्षीया लिली थारूको पाटेबाघको आक्रमणबाट मृत्यु भएको हो । मङ्गलबार बेलुकी आफ्नो घर नजिकको बङ्गुरको खोरमा चारो दिँदै गर्दा बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आधा खुट्टा, हात खाएको र क्षतविक्षत अवस्थामा थारुको शव फेला परेको शछ । रासस...
महोत्तरी कारागारका अधिकांश कैदी चर्मरोगबाट पीडित

महोत्तरी कारागारका अधिकांश कैदी चर्मरोगबाट पीडित

Breaking News 2, समाचार
काठमाडौं, फागुन ११ । नियमित सरसफाइ नहुँदा महोत्तरी कारागारका अधिकांश कैदी–थुनुवा चर्मरोगबाट पीडित छन् । कैदी–थुनुवा कक्षको नियमित सरसफाइ नहुँदा उनीहरुमा चर्मरोग ९छालासम्बन्धी रोग० को समस्या देखिएको हो । कारागारको क्षमताभन्दा बढी कैदी–थुनुवा हुँदा कोचाकोच भएर बस्नुपरेको छ । सानो ठाउँमा कुचुल्किएर बस्नुपर्ने र कैदी–थुनुवा कक्षमा फोहर बढेपछि चर्मरोगको समस्या बढेको कैदी–थुनुवा बताउँछन् । “राम्ररी कोल्टे फेर्न पनि ठाउँ छैन, कोचाकोच भएर बस्नुपरेको छ”, जिउभरि खटिरा देखाउँदै थुनुवाले भने, “कारागारमा मान्छे थपिएको थपियै छन्, नियमित सरसफाइ छैन ।” एक सय ३५ कैदी–थुनुवा राख्न मिल्ने क्षमताको कारागारमा अहिले १९४ कैदी र ३७६ थुनुवा छन् । पुरुष र महिलाको छुट्टाछुट्टै कक्ष छ । पुरुष कक्षमा १७९ कैदी र ३४६ थुनुवा छन् । महिला कक्षमा १५ कैदी र ३२ थुनुवा रहेका जेलर अशोककुमार क्षेत्रीले जानकारी दिनुभयो । म...
ट्रकले ठक्कर दिँदा साईकल यात्रीको मृत्यु

ट्रकले ठक्कर दिँदा साईकल यात्रीको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन ११ सुनसरीको कोशी गाउँपालिका–८ भण्टावारी स्थित पूर्व पश्चिम राजमार्गमा ट्रकको ठक्कबाट साईकल यात्रीको ज्यान गएको छ । कोशी गाउँपालिका–८ का ६० वर्षीय भरत सहनीको ट्रकले ठक्कर दिँदा ज्यान गएको हो । हिजो बेलुकी पौने ५ बजे प्रदेश २–०३–००१ नम्बरको ट्रकको ठक्करबाट घाईते भएका साईकल यात्री सहनीको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा ज्यान गएको थियो । ठक्कर दिने ट्रक र चालक सर्लाही लालबंदीका ५४ वर्षीय लासाङ दोर्जे जिम्वालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।...
उदयपुरमा आफ्नै भारतीय सहकर्मीको हत्या गर्ने वि.क लाई पक्राउ गरी अदालतमा बुझाईयो

उदयपुरमा आफ्नै भारतीय सहकर्मीको हत्या गर्ने वि.क लाई पक्राउ गरी अदालतमा बुझाईयो

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन ११ भारतीय नागरिकको हत्या गरेको आरोपमा उदयपुर कटारी नगरपालिका २ वेलस्रोतका कमल वि.क लाई पक्राउ गरी जिल्ला अदालतमा बुझाईएको छ । वि.क लाई अदालतमा ५ दिनको म्याद थपी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । वि.क ले केहि दिन अघि मोरङ जिल्लाको पथरीमा पानी खन्ने बोरीङको काम गर्ने भारत राजस्थान अलवर, गाँउ दानपुर बस्ने बर्ष ५० को राम किसन मीनाको हत्या गरेको खुलेको छ । उदयपुरको कटारी नगरपालीका वडा न. ८ टोड्के मा अ. ३० मिटर तल भिरमा नाम थर वतन नखुलेको उक्त पुरुषको शव प्रहरीले केहि दिन अघि फेला पारी अनुसन्धान सुरु गरेका थिए । अनुसन्धानको क्रममा प्रहरीले फागुन ९ गते सोमवार मोरङ जिल्लाको पथरीबाट मोरङ प्रहरीको सहयोगमा विकलाई पक्राउ गरेका थियो । विकलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको जनाईएको छ । साथै मृतक राम किसन मीनाको मिति कटारी अस्पताल कटारीमा पोष्टमाटम समेतको कार्य ...
देशका केही ठाउँमा वर्षाको सम्भावना

देशका केही ठाउँमा वर्षाको सम्भावना

Breaking News 1, Breaking News 2, समाचार
काठमाडौँ, फागुन ११ देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भई सुदूरपश्चिम प्रदेशको पहाडी भेगका केही स्थानमा हल्का वर्षा भएको छ । बाँकी भू–भागमा आंशिक बदली रहेको महाखाशाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज...
लोकप्रिय कलकार  जयनन्द लामाको निधन

लोकप्रिय कलकार जयनन्द लामाको निधन

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन ११ नेपालका लोक प्रिय कलकार जयनन्द लामाको निधन भएको छ । हरेक विद्यामा उत्कृष्ट अभिनय र लोक गायक समेत रहेका उनीको अल्पायुमै निधन भएको हो । लामा पछिल्ला समय हास्य टेलीशृखला हल्का रमाईलोमा समेत अभिनय गर्दै आएका थिए । उनी अभिनित टेलिसिरियल हल्का रमाइलोका निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले लामाको निधन भएको जानकारी छ । सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनयसमेत गरेका छन् । उनले चलचित्र मनको बाँध, छक्कापञ्जा लगायत चलचित्रहरुमा पनि अभिनय गरेका थिए । उनका कलकत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता, मुलाको चाना, सलल पानीलगायत थुप्रै लोकगीतहरु चर्चित छन् । उनले नेपाली लोक दोहोरीको रियालिटी शो ‘नेपाल लोकस्टार’मा निर्णायकको भूमिका पनि निर्वाह गरेका थिए ।...
उदयपुरको चौदण्डीमा प्रदेश स्तरीय ह्याडवल प्रतियोगीता सुरु

उदयपुरको चौदण्डीमा प्रदेश स्तरीय ह्याडवल प्रतियोगीता सुरु

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन १० उदयपुरको चौदण्डीगढी नगरपालिकामा प्रदेश स्तरीय ह्याण्डवल प्रतियोगिता सुरु भएको छ । मंगलबार खेलको उद्घाट नगर प्रमुख खगेन्द्र राईले गरे । ‘प्रथम चौदण्डीगढी खेलकुद महोत्सव’ अन्तर्गत मंगलबार उद्घाघाटनको लिग चरण खेलमा मोरङ, र उदयपुर ‘ए’ समूह छनोट भएको उदयपुर ह्याण्डबल संघका अध्यक्ष विदुर राईले जानकारी दिए । प्रतियोगितामा पुरुषको ५ समूह र महिलाको ३ समूहले सहभागिता जनाएका छन् । उद्घाटन कार्यक्रममा महिला अधिकारकर्मी कान्ता राई, शिक्षक जनक कार्की, प्रदेश नं। १ का खेलकुद विकास वोर्डका सदस्य शम्भू पौडेलले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा उप प्रमुख रिताकुमारी चौधरी, वडाध्यक्षहरु गडुलमान विक, रामकुमार खड्का, नगर कार्यपालिका सदस्यहरु प्रमिला दनुवार र जानुका कुँवर, ह्याण्डबल संघका केन्द्रीय प्रशिक्षक विन्दा थापा, उद्योग वाणिज्य संघका चौदण्डीगढी नगर अध्यक्ष पवन कार्की, न...
चौदण्डीगढी मेयरकपको उपाधी ७ नं वडाले जित्यो

चौदण्डीगढी मेयरकपको उपाधी ७ नं वडाले जित्यो

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन १० चौदण्डीगढी नगरपालिकामा जारी मेयरकपको उपाधी वाड नं ७ ले जितेको छ । ‘प्रथम ऐतिहासिक चौदण्डीगढी खेलकुद महोत्सव(२०७८’ अन्तर्गत शुरु भएको फुटबल प्रतियोगिता सोमबार वडा नम्बर १० हडियालाई ४–० को गोलान्तरले पराजित गर्दै ७ नम्बर वडा बिजयी भएको थियो । फागुन १ देखि नगरको वडा नम्बर ५ सुन्दरपुर मैदानमा जारी प्रतियोगितामा ह्याट्रीक गोलसहित ७ नं वडाले उपाधि चुमेको हो । ७ नम्बर वडाको तर्फबाट जर्र्सी नम्बर १६ का आसिस राईले २ गोल गर्न प्रहार गरेका थिए । त्यस्तै १७ नम्बर जर्सीका सागर राई र जर्सी नम्बर ५ का खेलाडी विशाल राईले १र१ गोल दिलाएपछि टीम निणरयक जिततर्फ लम्कीएको थियो । विजेता टिमले ७ नम्बर वडाका खेलाडीले ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै उपविजेता १० नम्बर वडा हडियालाई २५ हजार नगदसहित प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो ।  ...
उदयपुरको जंगलमा मृत फेला परेको भारतीय नागरिकको हत्या भएको पुष्टि, एकजना पक्राउ

उदयपुरको जंगलमा मृत फेला परेको भारतीय नागरिकको हत्या भएको पुष्टि, एकजना पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन १० उदयपुरमा जंगलमा फेला परेको एक पुरुषको बेवारीशे सवको हत्या भएको पुष्टि भएको छ । कटारी नगरपालिका( ८ श्रृष्टीको जंगलमा फागुन ७ गते मृत फेला परेका १ ब्यक्तिको हत्या भएको पुष्टी भए संगै हत्यामा संग्गल्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर बेल श्रोतका २८ बर्षीय कमल थापा भनिने कमल बि.क रहेका छन् । जंलगमा मृत फेला परेका ब्यक्ति भारतको राजस्थानका ५० बर्षीय राम किसन मिणा भएको खुल्न आए संगै बि।क. लाई पक्राउ गरिएको हो । बि.क.ले मिणालाई माघ २५ गते घाँटीमा डोरीले कसेर हत्या गरेको खुल्न आएको छ । मोरङको कानेपोखरी गाउँपालिका र पथरी शनिश्चरे नगरपालिका बिचको डास खोलामा निर्माणाधिन रहेको पुलमा पायलिङ मेशिनको काम गर्दै आएका भारतिय नागरीक मिणा माघ २६ गते देखी सम्पर्कमा नरहेको भनी पिडितका परिवारले ईलाका प्रहरी कार्यालय पथरीमा हुलिया निवेदन दिएका थिए । त्यस...