Thursday, August 6News That Matters

Month: ४ वर्ष अगाडि

झोलामा भेटिएको शव पहिचान

झोलामा भेटिएको शव पहिचान

Breaking News 2, समाचार
काठमाडौं, फागुन १० । कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडक खण्डमा पर्ने धरान– ४ स्थित आपगाछी क्षेत्रको जङ्गलमा भेटिएको शवको छ दिनपछि पहिचान खुलेको छ । दुई वटा झोलाभित्र टाउको, हात, खुट्टा शरीर छुट्टाछट्टै फेला परेको शव झापाको दमक–नगरपालिका–५ का दीपक सिग्देलको भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सञ्जयसिंह थापाले जानकारी दिनुभयो । दमक नगरपालिका– ५ का वडाध्यक्ष इन्द्र गुरुङका अनुसार सिग्देलले दकम–५ बाट राहदानी बनाएको र इलामको चुलाचुलीबाट नागरिकताको प्रमाणपत्र बनाएको खुलेको छ । प्रहरीले खोजी गरे पनि दमकमा उनलाई चिन्ने मान्छे नभएको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो । प्रहरीका अनुसार उनी दाजुको घरमा गएका र पारिवारिक कारणले हत्या भएको हुनसक्ने आशङ्का गरिएको छ । चाँडै घट्नामा संलग्न व्यक्ति सार्वजनिक गरिने निरीक्षक थापाले जानकारी दिनुभयो । गएको बुधबार र बिहीबार धरान ४ को आपगाँछी क्षे...
स्यालको टोकाइबाट १२ घाइते

स्यालको टोकाइबाट १२ घाइते

Breaking News 3, समाचार
काठमाडौं, फागुन १० । सर्लाहीको विष्णु गाउँपालिकाका विभिन्न स्थानमा स्यालको टोकाइबाट १२ घाइते भएका छन् । आज बिहान जङ्गलबाट बस्तीमा स्याल प्रवेश गरी स्थानीयवासीलाई टोकेको हो । स्यालको टोकाइबाट घाइते भएका सबैको प्रादेशिक अस्पाताल मलङ्गवामा समान्य उपचार गरिएको प्रहरीले जनाएको छ । घाइतेमध्ये ९ जनालाई काठमाडौँको टेकु अस्पतालमा पठाइएको छ भने तीन जनाको मलङ्गवा अस्पतालमै उपचार भइरहेको छ । स्यालको टोकाइबाट गहिरो घाउ लागेकाले घाइतेहरुलाई काठमाडाँै पठाइएकोे प्रादेशिक अस्पताल मलङ्गवाका डा गौतम झाले जानकारी दिनुभयो । स्यालले टोक्दा लगाउने ‘इम्युनोग्लोमिन भ्याक्सिन’ कामाडाँैमा मात्र पाइने भएकोले घाइतेलाई यहाँबाट काठमाडौँ पठाउनु परेको उहाँले बताउनुभयो । भारतीय सीमावर्ती सो विष्णु गाउँपालिकामा आज बिहान अचानक स्याल गाउँ पसेर जथाभावी टोक्न थालेपछि स्थानीयवासी आतङ्कित बनेका छन् । स्यालको टोकाइबाट वि...
प्रदेश नं १ प्रदेशसभाको बैठक फागुन १५

प्रदेश नं १ प्रदेशसभाको बैठक फागुन १५

Breaking News 2, समाचार
काठमाडौं, फागुन १० । प्रदेश नं १ प्रदेशसभाको बैठक फागुन १५ गतेदेखि सुरु हुने प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो । सो दिन दिउँसो १ बजे बस्ने बैठकमा प्रदेशसभाको नामकरणको विषय प्रस्ताव हुनसक्ने अनुमान गरिएको छ । सरकारले प्रदेशसभामा पेश गर्ने कुनै पनि बिजनेश नभएका कारण प्रदेशसभाको बैठक लामो समयदेखि स्थगन भएको थियो । अबको नियमति बैठकमा सरकारले कानुन संशोधनका प्रस्ताव ल्याउन सक्ने अनुमान छ । गएको मङ्सिर १ गते मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत लिएपछि बैठक अर्को सूचना जारी नभएसम्म स्थगन भएको सभामुख प्रदीपकुमार भण्डारीले उद्घोष गर्नुभएको थियो ।...
बस दुर्घटना हुदा १ जना मृत्यु, ४ जना घाईते

बस दुर्घटना हुदा १ जना मृत्यु, ४ जना घाईते

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन १० । इलाम नगरपालिका–१० स्थित मेची राजमार्गमा बस अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने चारजना घाईते भएका छन । बारा जिल्लाको सिम्राहागण नगरपालिका–७ का ३५ वर्षीय प्रदिप कुसुवाहको मृृत्यु भएको हो भने, अन्य चार जना घाइते भएका छन् । हिजो राती ९ बजे बारा जिल्लाबाट इलाम घुम्न आएका ४४ जना सवार ना.४ ख ६२४८ नम्वरको बस अनियन्त्रित भई सडकको नालीमा ठोकिएर दुर्घटना भएको थियो । सो दुर्घटनामा कुसुवाह झ्यालबाट हाम्फाल्ने क्रममा बसले चेप्पिई घटना स्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भिर घाईते भएका ४० वर्षीय धुरुप कुसुवाहको बि.एण्ड.सि. अस्पताल बर्तामोडमा र अन्य सामान्य घाईते तीनजनाको स्थानिय मेडिकलमा उपचार भइरहेको छ । दुर्घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट थप अनुसन्धान भईरहेको छ ।...
पानी जमेको खाल्डोमा डुबेर बालिकाको मृत्यु

पानी जमेको खाल्डोमा डुबेर बालिकाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन १० सुनसरीमा पानी जमेको खाल्डोमा डुबेर एकजना बालिकाको ज्यान गएको छ । जिल्लाको हरिनगरा गाउँपालिका–३ की निलम कुमारी रामकी एक वर्षीया छोरी सुस्मिता कुमारी रामको पानी जमेको खाल्डोमा डुबेर ज्यान गएको हो । सोमबार दिउँसो २ बजेको समयमा घर छेउमा रहेको पानी जमेको खाल्डोमा डुबेर मृत अबस्थामा रहेको भन्ने खबर प्राप्त भएसंगै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटी गई घटना सम्बन्धमा थप अनुसान्धान भईरहेको छ ।...
चोरीमा संग्लग्न रहेका ३ जना पक्राउ

चोरीमा संग्लग्न रहेका ३ जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन १० । सुनसरी र मोरङका दुई छुट्टाछुट्टै स्थानबाट चोरीमा संग्लग्न रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बराहक्षेत्र–८ सुनसरीका २७ वर्षीय अटल राई, शिवसताक्षी नगरपालिका– ९ का २१ वर्षीय रोहित भण्डारी र मेचीनगर नगरपालिका –६ का २७ वर्षीय दिलिप लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो । राईलाई धरानकी टिनु बज्राचार्यको को ३१ प २४४ नम्बरको स्कुटर चोरी गरेको आरोपमा चोरी भएको स्कुटरसहित बराहक्षेत्र–६ बाट उनीहरु तीनै जना पक्राउ परेको प्रहरीले जनाएको छ । मंसिर ३ गते धरानबाट हराएको उक्त नम्बरको स्कुटर खोजतलास गर्ने क्रममा फाल्गुन ८ गते स्कुटरसहित राई पक्राउ परेका हुन् । यसैगरी माघ १८ गते मोरङको सुन्दरहरैचा नगरपालिका–९ मा सुर्य कट्टेलले संचालन गर्दै आएको किराना पसलमा चोरी गरी फरार रहेका भण्डारी र लिम्बुलाई ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले दुबै जनालाई पक्राउ गरेको हो...
उदयपुरमा जिल्ला स्तरीय शारीरीक सुगठन च्याम्पियनसिप हुने, प्रथम हुनेलाई ५१ हजार

उदयपुरमा जिल्ला स्तरीय शारीरीक सुगठन च्याम्पियनसिप हुने, प्रथम हुनेलाई ५१ हजार

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन ९ उदयपुरमा पहिलो पटक ठुलो राशी पुरस्कार सहित जिल्ला स्तरीय शारिरीक सुगठन च्याम्पियनसिप हुने भएको छ । यहि फागुन १४ गते गाईघाट स्थित टाउन होटलमा च्याम्पियन कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ । ईनर्जी फिटनेस क्लवको आयोजनामा २० जना भन्दा बढी पुरुष खेलाडीहरुको सहभागी रहने जनाएको छ । आयोजक कमिटीले जनाए अनुसार खेलमा करिब ६ लाख बराबर खर्च लाग्ने जनाएको छ । कार्यक्रमको मुख्य प्रायोजक फिनिक्स डिष्टीलरी र रिलायबल फुड एण्ड बेभरेजले गरेको छ । शनिवार हुने उक्त प्रतियोगितामा खेलका लागि बाहिर बाट जर्ज ल्याउने जनाईको छ । खेलमा उदयपुर जिल्लाका खेलाडीहरुले मात्र भाग लिन पाउने आयोजकले जनाएको छ । खेलमा सहभागी हुन उदयपुरकै हुनु पर्ने र त्यस ठाउँ भित्रको पहिचान खुलाउने प्रमाण हुनु पर्ने छ । उक्त च्याम्पियनमा ७ ओटा इन्टरनेशनल पोजिसनहरु प्रदर्शन गर्नु पर्ने आयोजकले प्रष्टाएको छ । ...
उदयपुरमा लगातार तीन बालिका बलात्कृत, दुई गर्भवती

उदयपुरमा लगातार तीन बालिका बलात्कृत, दुई गर्भवती

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन ९ । उदयपुरमा तीन दिनको अवधिमा लगातार तीन बालिका बलात्कृत भएको घटना सार्वजनिक भएका छन् । फागुन ५ देखिको लगातार तीनदिन यता बलात्कारको घटना सार्बजनिक भएका हुन् । तीन घटनामध्ये दुई बालिका गर्भवती भइसकेको अवस्था रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक बेदप्रसाद गौतमले बताउनुभयो । प्रनाउ गौतमका अनुसार तीनै घटना नजिकको साइनो पर्ने आफन्तबाट बलात्कार भएका हुन् । झड्केली छोरी सौतेलो बाउबाट, भतिजिनी आप्mनै काकाबाट र साली आप्mनै भेनाबाट बलात्कारमा परेको घटना बाहिर आएको हो । जिल्लाको बेलका नगरपालिकामा सौतेलो बाउबाट १४ वर्षीया झड्केली छोरी, उदयपुरगढी गाउँपालिकामा भेनाबाट १६ वर्षीया साली र त्रियुगा नगरपालिकामा काकाबाट ११ वर्षीया भतिजिनी बलात्कारमा परेका हुन् । यी तीन घटनामध्ये पटक–पटक बलात्कारको सिकार बनेका झड्केली छोरी र साली गर्भवतीको अवस्थामा छन् ...
पत्रकार पकुवालको निधन

पत्रकार पकुवालको निधन

Breaking News 3, समाचार
काठमाडौं, फागुन ९ । झापाको भद्रपुर निवासी पत्रकार माया पकुवालको ५४ वर्षको उमेरमा आज बिहान निधन भएको छ । रुघाखोकी र निमोनिया सङ्क्रमणले सताएपछि उहाँ १० दिनअघि भद्रपुरस्थित ओमसाइ पाथीभरा अस्पतालमा उपचारका लागि भर्ना हुनुभएको थियो । उपचारकै क्रममा उहाँको आज बिहान निधन भएको हो । भद्रपुरबाट प्रकाशित हुने बरुण साप्ताहिककी सम्पादक पकुवालका श्रीमान् र दुई छोरी हुनुहुन्छ । पकुवालको निधनप्रति दुःख व्यक्त गर्दै नेपाल पत्रकार महासङ्घ झापाले शोक विज्ञप्ति जारी गरी लामो समय मिर्गौलाको समस्यासँग जुध्दै आएकी पकुवालको निधनले झापाली पत्रकारिता क्षेत्रले एक अग्रज पत्रकार गुमाएको बताएको छ । रासस...
क्यासिनोले बुझाए ८१ करोड रोयल्टी

क्यासिनोले बुझाए ८१ करोड रोयल्टी

Breaking News 3, समाचार
काठमाडौं, फागुन १ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि क्यासिनो सञ्चालन गरेबापत तिर्नुपर्ने रोयल्टी तिर्ने क्रम बढेको छ । आइतबारसम्म सरकारको खातामा क्यासिनो कम्पनीबाट रु ८१ करोड राजस्व सङ्कलन भएको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “रोयल्टी नतिर्ने क्यासिनोले पनि रोयल्टी तिर्न थालेका छन्, अहिलेसम्म हाम्रो खातामा रु ८१ करोड जम्मा भयो, अरु केही कम्पनीले रोयल्टी तिर्नका लागि कागजपत्र लगेका छन्, केही दिनमा अरु पनि रकम आउँछ ।” मन्त्री आलेले केही हप्ता पहिले क्यासिनोको रोयल्टी नतिर्नेको लाइसेन्स खारेज हुने चेतावनी दिएसँग अहिले क्यासिनो सञ्चालकले रोयल्टी तिर्न थालेका पर्यटन विभागले जनाएको छ । पर्यटन विभागका अनुसार हालसम्म कम्तीमा पनि १७ कम्पनीले रोयल्टी तिर्नुपर्ने बक्यौता बुझाएका छन् भने गोल्डेन फिङ...