Thursday, August 6News That Matters

Month: ४ वर्ष अगाडि

खानेपानी परियोजना हस्तान्तरण

खानेपानी परियोजना हस्तान्तरण

Breaking News 3, समाचार
काठमाडौं, फागुन ९ । मोरङको रतुवामाई नगरपालिका–९ स्थित जनता माध्यमिक विद्यालयमा निर्माण गरिएको खानेपानी परियोजना विद्यालयलाई हस्तान्तरण भएको छ । अन्तर्राष्ट्रिय सहयोगी संस्था हेल्पिङ ह्याण्ड फर रिलाईफ एण्ड डेभलपमेन्टले करिब रु छ लाख लागतमा सो परियोजना सम्पन्न भएको हो । विद्यालयका विद्यार्थीलाई खानेपानी पिउन परियोजनाले धेरै मद्दत गर्ने परियोजनाका निर्देशक इलियास हसन चौधरीले जानकारी दिनुभयो । रतुवामाई नगर प्रमुख रविन राईले परियोजनाबाट तयार भएको प्लान्टले विद्यार्थी र विद्यालयका कर्मचारीलाई खानेपानीको सुविधा पुगेको बताउनुभयो । उहाँले पछिल्लो समयमा मानिसले जारको पानी खाने प्रचलन बढिरहेको अवस्थामा परियोजनाबाट तयर गरिएको प्लान्टबाट शुद्ध खानेपानी विद्यार्थीले पिउन पाउनाले खुसी व्यक्त गर्नुभयो । रासस...
उदयपुरका ५० विद्यालय राष्ट्रपति शैक्षिका सुधार कार्यक्रममा छनौट

उदयपुरका ५० विद्यालय राष्ट्रपति शैक्षिका सुधार कार्यक्रममा छनौट

Breaking News 2, शिक्षा, समाचार
पूर्णपुष्टि, फागुन ९ । उदपुरका ५० सरकारी विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत छनौट भएको छ । चालु आर्थिक वर्षमा प्राप्त आवेदनका आधारमा देशभरका ४ हजार १ सय ५७ सरकारी विद्यालय छनौट भएकामा उदपुरका ५० विद्यालय पर्न सफल भएको हो । छानिएकामध्ये चारकोठे भवन १४ , दुई कोठे भवन १३, आइसिटी ल्याब व्यवस्थापन २२ र नयाँ प्राविधिक विद्यालय स्थापना १ वटा परेको छ । सरकारले चारकोठे भवन निर्माणका लागि प्रतिविद्यालय रु ३६ लाख, दुईकोठे भवन निर्माणका लागि रु १८ लाख, आइसिटी ल्याब व्यवस्थापनका लागि रु ६ लाख ५० हजार, नयाँ प्राविधिक धार सञ्चालनका लागि ल्याब व्यवस्थापन तथा शिक्षण सहयोग अनुदान गरेको छ । उदयपुरको उदयपुरगढी गाउँपालिका अन्तर्गत ७ वटा मध्ये २ वटामा चार कोठे भवन निर्माण, १ वटामा दुई कोठे भवन निर्माण र आइसिटी ल्याब व्यवस्थापन ३ वटा विद्यालय छनौट भएका छन् । त्यसैगरी, कटारी नगरपालिकाका अन्त...
ब्राजिलमा भारी वर्षा जारी, बाढीको प्रकोप कायमै

ब्राजिलमा भारी वर्षा जारी, बाढीको प्रकोप कायमै

Breaking News 3, समाचार, संसार
काठमाडौं, फागुन ९ । ब्राजिलको पर्यटकीय सहर पेट्रोपोलिस र राजधानी सहर रहेको रियो डि जेनेरियो राज्यमा भारी वर्षा जारी नै रहेको बताइएको छ । छैठौँ दिन पनि यहाँ बाढी कायमै रहेको यहाँका मौसम सम्बन्धी अधिकारीहरुले जनाएका छन् । ती अधिकारीहरुले दिएको जानकारीअनुसार हाल यहाँ वर्षा जारी रहेकाले बाढीको खतरा कायमै रहेको छ । यहाँ छ दिनदेखि जारी रहेको विनाशकारी बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या सोमबारसम्म १५२ पुगेको बताइएको छ । यी दुई सहरका स्थानीय अधिकारीहरुले दिएको जानकारीअनुसार व्यापक वर्षाका कारण यहाँका सडक, विजुली तथा अन्य आधारभूत पूर्वाधारहरु पनि भत्किएका छन् । आइतबार छैठौँ दिन पनिपनि वर्षा जारी रहेको र यसबाट हजारौँ मानिस प्रभावित बनेका अधिकारीहरूले जानकारी दिएका छन् । बाढीमा परेर कम्तीमा पनि १६५ जना हराइरहेका बताइएको छ । पहिरो गएको क्षेत्रमा ५०० भन्दा बढी अग्निनियन्त्रकहरू काम गरिरहेक...
ट्रकले किच्दा प्रहरी महिलाको मृत्यु

ट्रकले किच्दा प्रहरी महिलाको मृत्यु

Breaking News 3, समाचार
काठमाडौं, फागुन ९ । बाँकेको कोहलपुरस्थित चौराहामा ट्रकले किच्दा एक प्रहरी जवान महिलाको मृत्यु भएको छ । शम्शेरगञ्जबाट नेपालगञ्जतर्फ आउँदै गरेको ना ३ ख ६४३६ नं को ट्रक कोहलपुर चौराहमा अनियन्त्रित भई पल्टिँदा इलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत प्रहरी जवान कविता बुढाक्षेत्रीको च्याप्पिएर मृत्यु भएको हो । गएराति करिब १० बजे तीव्र गतिमा आएको ट्रक अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले जानकारी दिनुभयो । उहाँका अनुसार तीव्रगतिमा रहेको ट्रक सुरुमा कोहलपुर चौराहको दक्षिणतर्फ रहेको डिभाइडरमा ठोक्किएको थियो । त्यस लगत्तै पश्चिमतर्फ सडक छेउमा डिउटी रहेकी प्रहरी जवानमाथि आएर पल्टिँएको थियो । बर्दियाको ठाकुरबाबा नगरपालिका–७ निवासी ३६ वर्षीया बुढाथोकीको कार्यक्षेत्रमा खटिएकै क्रममा मृत्यु भएको हो । ट्रकले किचिएर भे ८ ब ४०६८ र...
सप्तकोसी नगरपालिका भवन तोडफोड

सप्तकोसी नगरपालिका भवन तोडफोड

Breaking News 3, समाचार
काठाडौं, फागुन ९ तालाबन्दी गर्न सुरक्षा निकायले रोकेपछि प्रदर्शनकारीले सप्तकोसी नगरपालिका कार्यालय भवन तोडफोड गरेका छन् । नगर प्रमुख उत्तम गौतमले आइतबार एक विज्ञप्ति जारी गरी कार्यालयको सिसा, सवारी साधन, कम्प्युटर, डिजिटल सूचना बोर्डलगायतका कार्यालयको सामान तोडफोड गरेको जनाउनुभएको छ । कार्यालय तोडफोड गर्ने तथा जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मीलाई भौतिक चोट पु¥याउने घटनाप्रति नगरपालिकाले विज्ञप्तिमार्फत खेद पनि व्यक्त गरेको छ । नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र०, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले बिहीबार नगरपालिकामा गरेको तालाबन्दी शुक्रबार खोलेपछि आइतबार पुनः ताला लगाउन जाँदा सो घटना भएको हो । प्रदर्शनकारीले नगरपालिकाको कोभिडको खर्च र आन्तरिक लेखा परीक्षणको विवरण, राष्ट्रिय मावि फत्तेपुरको भवन निर्माणको ठेक्का प्रक्रिया र अङ्ग्रेजी माध्यम कक्षा सञ्चालन खर्च...
एम्बुलेन्सको ठक्करबाट एक महिलाको ज्यान गयो

एम्बुलेन्सको ठक्करबाट एक महिलाको ज्यान गयो

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन ९ एम्बुलेन्सले ठक्कर दिँदा एक जना महिलाको ज्यान गएको छ । सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका–५ स्थित पुर्व पश्चिम राजमार्गमा एम्वुलेन्सको ठक्करबाट स्कुटर चालकको ज्यान थियो । जिल्लाको इनरुवा नगरपालिका–५ कि ३८ वर्षीय निर्मला उरावलको एम्बुलेन्सले ठक्कर दिँदा ज्यान गएको हो । हिजो बेलुकी सवा ४ बजे प्रदेश २–०१–००१ झ ००२८ नम्बरको एम्बुुलेन्सले प्रदेश १–०२–०४१ प २१५५ नम्बरको स्कुटरलाई ठक्कर दिदा घाईते भएकी उरावको उपचारको क्रममा इनरुवा अस्पतालमा ज्यान गएको अस्पतालले जनाएको छ । ठक्कर दिने एम्बुलेन्स र चालकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडी बढाएको छ ।...
हत्याको आरोपमा एक जना पक्राउ

हत्याको आरोपमा एक जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन ९ मोरङको केरावारी गाउँपालिका–८ को हजार बिघा सामुदायिक बनमा माघ ९ गते मृत फेला परेका स्थानीय २६ वर्षीय बाबुराम भट्टराईको हत्या भएको खुल्न आएको छ । घटनामा संग्लग्न केरावारी गाउँपालिका–३ का ३५ वर्षीय कमल लिम्बुलाई प्रहरीले पक्राउ गरे संगै सो कुरा खूल्न आएको हो । माघ १० गते सामुदायिक वनमा खाल्डो खनेर गाडेको अवस्थामा भट्टराईको शव फेला परेको थियो । शव फेला परेको जानकारी पाए लगत्तै घटनास्थलमा खटिएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरी सुक्ष्म रुपमा गहन अनुसन्धान शुरु गरेको थियो । अनुसन्धानको क्रममा भट्टराई पौष २७ गते देखी नै बेपत्ता भएको र पौष २८ गते लिम्बु संग बादबिबाद भएको तथा लिम्बुले फलामको रड प्रयोग गरी भट्टराईको हत्या गरेको खुल्न आएको थियो । यसरी हत्या गरी घटनालाई ढाकछोप गर्न खाल्डो खनेर गाडेको भन्ने खूल्न आए संगै लिम्बुलाई पक्राउ गरेको र घटना सम्बन्धमा अन्य थप अनुस...
धनकुटाको महालक्ष्मी नगरको शहरी पूर्वाधार विकासका लागि आयो ५० करोड बजेट

धनकुटाको महालक्ष्मी नगरको शहरी पूर्वाधार विकासका लागि आयो ५० करोड बजेट

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन ९  धनकुटा, ९ फागुन । धनकुटाको महालक्ष्मी नगरपालिकाको शहरी पूर्वाधार विकासका लागि शहरी विकास मन्त्रालयले ५० करोड बजेट उपलब्ध गराउँने भएको छ । महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालको पहलमा मन्त्रालयले सघन शहरी विकास कार्यक्रम अन्तर्गत बजेट उपलब्ध गराउँने भएको हो । लामो समयको पहलपछि महालक्ष्मीको शहरी पूर्वाधार विकासका लागि शहरी विकास मन्त्रालयबाट ५० करोड बजेट प्राप्त भएको मेयर नेपालले बताए । ‘हामीले नगर सभाबाट पारित गरेर बजेट माग गरेका थियौं, बजेट माग्न म पटक–पटक मन्त्रालय धाएको थिए । अन्ततः ठूलो बजेट प्राप्त हुँने भएको छ,’ खुशी हुँदै मेयर नेपालले भने, ‘यसले महालक्ष्मीको शहरी पूर्वाधार विकासमा निकै ठूलो काम हुन्छ ।’ बजेट उपलब्ध गराएर सहयोग गरेको भन्दै मेयर नेपालले शहरी विकास मन्त्री रामकुमारी झाक्रीलाई धन्यवाद ज्ञापन गरेका छन् । गुल्मी माइतीघर भएकी मन्त्री...
एमसीसी नेपालको लागि खतरा भन्दै प्रशासनलाई ज्ञापन पत्र

एमसीसी नेपालको लागि खतरा भन्दै प्रशासनलाई ज्ञापन पत्र

Breaking News 3
पूर्णपुष्टि, फागुन ९ माओवादी मजदुर पार्टीले एमसीसी नेपालको लागि खतराको एजेण्डा रहेको जनाएको छ । पार्टीले जिल्ला प्रशासन कार्यालय उदयपुरलाई ज्ञापन पत्र बुझाउँदै यसलाई फिर्ताको लागि दवाव स्वरुप ज्ञापन पत्र बुझाएको हो । एमसीसी सम्झौता नेपालको लागि खतरा र हानिकारक छ, यो बैदेशिक राष्ट्र शक्तिहरुको मुड भेड बन्ने थलो रहेको विज्ञाप्तीमा उल्लेख गर्दै यसलाई फिर्ता गर्नु पर्ने माग पार्टीको रहेको छ । पार्टीका माहासचिव हिमाल सिंह राईले एमसीसी टेवुल नगर्न भन्दै ज्ञापन पत्र बुझाएको जनाए । केन्द्रीय प्रवक्ता जगत कटुवाल समेत रही आफुहरुले पार्टीका तर्फबाट एमसीसी पास नगर्ने पक्षमा पहिल्यै बाट विरोध गर्दै आएको जनाए ।...
एमसीसीको बिरोधमा गाईघाटमा आदि घण्टा चक्का जाम

एमसीसीको बिरोधमा गाईघाटमा आदि घण्टा चक्का जाम

Breaking News 1
पूर्णपुष्टि, फागुन ९ एमसीसी टेबुल गर्न सबै दल तयार भए सँगै गाईघाटमा पनि यसको चर्को बिरोध गर्दै आदि घण्टा चक्का जाम गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी निकट अनेरास्ववियु जिल्ला कमिटि उदयपुरले सोमवार बिहान साड ८ बजे बाट आदि घण्टा चक्का जाम गरेको हो । चक्का जामले केही समय सवारी तथा यात्रुहरुलाई समस्या समेत निम्त्यायो । नाराजुलस सहित करिब आदि घण्टा चक्का जामको कार्यक्रमले एमसीसी फिर्ता गर्न ठुलो मदत पुग्ने युवाहरुले जनाएको छ । अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष भवन कटुवाल, प्रदेश सह–सचिव सुरेश गुप्ता सहितका विद्यार्थी युवाहरुले चक्का जाम गरेको हो । उनिहरुले एमसीसी जनताहरुको हितमा नरहेकाले यसलाई तत्काल ख्यारजे गर्न पर्ने माग राख्दै चक्काजाम गरेको जनाए । उनिहरुले एमसीसी चाहिँदैन, एमसीसी फिर्ता गर भन्दै नारा जुलु समेत लगाए । बिरोध कार्यक्रम तथा चक्का जाममा अखिल क्रान्...