Monday, July 6News That Matters

Month: ४ वर्ष अगाडि

उदयपुरमा बागी उम्मेदवार राउत सहित प्रमुख पदमा ३ महिला चुनाव लड्दै

उदयपुरमा बागी उम्मेदवार राउत सहित प्रमुख पदमा ३ महिला चुनाव लड्दै

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख १७ उदयपुरका आठ पालिकामध्ये २ पालिकामा मात्र महिलाले प्रमुख पदका लागी उम्मेदवारी दर्ता गराएका छन् । त्यसमा पनी दुईजनाले स्वतन्त्रतर्फबाट र एकजनाले जनता समाजवादी पार्टीबाट दिएका छन् । त्रियुगा नगरपालिकको प्रमुख पदका लागि जनता समाजवादी पार्टिले मन्जु राईलाई उम्मेदवार बनाएको छ । ज.स.पा. ले मात्र उदयपुरमा महिलालाई पालिका प्रमुखको उम्मेदवार बनाएको हो । यस्तै यही नगरपालिकको प्रमुखमा स्वतन्त्रबाट अम्बिका कुमारी रेग्मीले उम्मेदवारी दिएकी छिन् । उनी क्रान्तीकारी माओवादी र नेत्र विक्रम चन्द विप्लपको पार्टिले समर्थन गरेको उम्मेदवार हुन् । यस्तै काटारी नगरपालिकको प्रमुखका लागि भिम कुमारी राउतले स्वतन्त्रबाट उम्मेदवारी दिएकी छिन् । उनी यसअघी सो नगरमा एमालेबाट निर्वाचित उपमेयर हुन । एमाले नगरकमिटीले उनलाई मेयरका लागि सिफारिस गरेपनि पार्टिले तत्कालिन मेयर ज्ञानेन्द्र श्रेष्ठलाई उ...
चौदण्डीका बाघी र स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह वितरण

चौदण्डीका बाघी र स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह वितरण

Breaking News 1
पूर्णपुष्टि, बैशाख १७ उदयपुरका चौदण्डीगढी नगरपालिकाकामा दलका बाघी उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरुलाई चुनाव चिन्ह वितरण गरिएको छ । यसरी चुनाव चिन्ह प्राप्त गर्नेहरुमा प्रशान्त कुमार राई, अम्बर बहादुर बिष्ट र कमलध्वज राई रहेका छन् । प्रशान्त कुमार राई नेपाली कांग्रेस बाट खगेन्द्र राई विरुद्ध बागी उम्मेदवार हुन् उनले चुनाव चिन्ह हाँस पाएको छ । यस्तै स्वतन्त्र उम्मेदवार अम्बर बिष्टले गुलाफको फुल र अर्का स्वतन्त्र उम्मेदवार कमलध्वज राईले पुतली चुनाव चिन्ह पाएको हो । उदयपुरमा २८ ओटा राजनितिक दल चुनावी मैदानमा होमिएका छन् । राष्ट्रिय मान्यता प्राप्त ६ दल सहित २८ दलहरुले आआफ्नै चुनाव चिन्ह प्राप्त गरेको छ ।...
१६ नं वडावासीहरुको आग्रहमा मेरो उम्मेदवारी : मान वहादुर राई

१६ नं वडावासीहरुको आग्रहमा मेरो उम्मेदवारी : मान वहादुर राई

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपष्टि, बैशाख १७ त्रियुगा नगरपालिका १६ नं वडाका निवर्तमान अध्यक्ष मान वहादुर राईले जनताको आग्रहमा नै आफुले वडाअध्यक्षका लागि पूनःउम्मेदवारी दिएको जनाएका छन् । राई २०७४ सालको चुनावमा माओवादीबाट भारी मतले जित हाँसिल गेको निवर्तमान वडाअध्यक्ष समेत हुन् । राईलाई त्रियुगा नगरपालिका भरीकै भौद्धिक वडाअध्यक्षको रुपमा समेत रुचाईएका थिए । जनताको लोप्रियताकै कारण राईलाई पार्टी र वडावासीहरुले पून ः उम्मेवदारीको पात्र बनाएका छन् । राईले वडावासीहरुका लागि पनि थुप्रै विकास गरेका छन् । उनले जनताहरुलाई दिएको आश्वसन अनुरुपका चुनवी एजेण्डालाई काम गरेर देखाएको जनाएका छन् । वडामा जनताको आवश्यकीय कामहरु भएको जनाएको छ । खस गरी त्यहाँ शिक्षा, स्वास्थ्य, खानेपानी, विजुली, कृषि तथा पशुपालन जस्ता कार्यहरुको प्रमुख आवश्यक रहेकोमा सम्भव भए वडाले पुरा गरेको जनाएको छ । स्थानीय सरकार पछि बजेटले भ्याए सम्मै वडा...
अझै एकदुई दिन वर्षा

अझै एकदुई दिन वर्षा

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख १७ पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशका विभिन्न स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालसम्मको न्यूनचापीय प्रणाली र स्थानीय वायु गरी तीन वटा संयुक्त मौसमी प्रणालीको प्रभाव रहेको छ । उक्त तीन मौसमी प्रणालीको प्रभावले अहिलेको मौसमी गतिविधि भइरहेको महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । अहिले प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको छ । दिउँसो पनि विशेष गरी प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका कतिपय स्थानमा मेघगर्जन÷चट्याङसहित वर्षाको सम्भावना रहेको छ । मौसमी प्रणालीको प्रभाव कायमै रहेकाले अझै एक÷दुई दिन वर्षा हुने मौसमविद् बासीले बताउनुभयो ।...
लिम्चुङबुङको बाँकी काम र भइरहेको योजनालाई पुरा गर्नु छ : पालिका अध्यक्ष उम्मेदवार राई

लिम्चुङबुङको बाँकी काम र भइरहेको योजनालाई पुरा गर्नु छ : पालिका अध्यक्ष उम्मेदवार राई

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख १७ लिम्चुङबुङ गाउँपालिकाका निर्वतामान अध्यक्ष तथा उम्मेदवार मेजर कुमार राईले स्थानीय सरकार पछि धेरै विकासका कामहरुले परिवर्तन ल्याएको जनाए । आफुले पालिकाको पाँच बर्ष नेतृत्व गर्दा दुर्गम पालिका सुगम तर्फ उन्मुख हँदै गएको राईले जनाए । विकासमुखी कामले शहरका मानिसहरु समेत लिम्चुङलाई आकर्षित मान्दै आफ्नो माटो तर्फ बाटो पैलाउन थालेको जनाए । लिम्चुङबुङलाई जिरो देखी हिरो बनाउने अभियानमा जुटेका पूर्व अध्यक्ष समेत रहेको राईले जनताहरुका लागि त्यहाँ धेरै काम गरेको दावी गरे । राईका अनुसार पालिकामा पर्यटन, कृषि तथा पशुपाल, सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, विजुली तथा भौतिक पूर्वधारका अत्यावश्यक कामहरु धेरै भएको र केहि योजनाहरु भने हुँदै गरेको अवस्थामा रहेको जनाए । उनले सोहि बाँकी रहेको काम र योजना सँगै नयाँ कार्यलाई थप विकास गर्न अति जरुरी रहेको जनाएको छ । पालिका अध्यक्षको पुनः आ...
छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु

छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख १७ कैलालीमा माछा मार्ने क्रममा दुई जनाको मृत्यु भएको छ । माछा मार्न कर्णाली नदी किनारमा पुगेर एक्कासी बेहोस भएका टीकापुर नगरपालिका–१ शिवनगरका ५९ वर्षीय शोभराम थारुको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले बताउनुभयो । यसैगरी जिल्लाको घोडाघोडी नगरपालिका–४, रामशिखरझालाका २२ वर्षीय नरेश बुढाको नजिकैको बेत्नी खोलामा बिजुलीद्वारा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । करेन्टबाट घाइते भएका बुढाको उपचारका क्रममा सुख्खड अस्पतालमा गएराति मृत्यु भएको हो । मृतक बुढासँगै माछा मार्न सोही खोलामा गएका कैलाश ठगुन्ना, अनिल चौधरी र ललित बुढालाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जोशीले बताउनुभयो । जिल्लाको गोदावरी नगरपालिका–४ बन्देगडा गाउँका ४० वर्षीय वीरबहादुर रोकामगरलाई प्रहरीले नजिकैको राजीताल सामु...
टर्कीको इस्तानबुलको रासायनिक कारखानामा आगलागी हुँदा ३ जनाको मृत्यु ९ घाइते

टर्कीको इस्तानबुलको रासायनिक कारखानामा आगलागी हुँदा ३ जनाको मृत्यु ९ घाइते

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, बैशाख १७ टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा रहेको एउटा कारखानामा शुक्रबार भएको आगलागीमा परी कम्तीमा तीन जनाको मृत्यु हुनाका साथै अन्य नौ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् । इस्तानबुल गभर्नरको कार्यालयले विज्ञप्तिमा जनाएअनुसार शहरको एसियाली किनारमा रहेको तुजला जिल्लाको एक रासायनिक कारखानामा आगलागी भएको हो । घटनास्थलमा तत्कालै दमकल, एम्बुलेन्स र उद्धार टोली पठाइएको र आगो नियन्त्रणमा लिइएको उल्लेख गरिएको छ । विज्ञप्ति अनुसार आगलागीमा नौ जना कामदार सामान्य घाइते भए पनि अन्य तीन जनाको ज्यान गएको छ । आगोको कारण कारखानामा धेरै शक्तिशाली विस्फोट भएको र नजिकैका केही सवारी साधन र भवनहरूलाई क्षति पुगेको जनाइएको छ । (रासस)...
ट्राफिक प्रहरीद्धारा नौ महिनामा एक करोड ४६ राजस्व सङ्कलन

ट्राफिक प्रहरीद्धारा नौ महिनामा एक करोड ४६ राजस्व सङ्कलन

Breaking News 1
काठमाण्डौँ, बैशाख १७ जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरधाम धनुषाले चालु आर्थिक वर्ष २०७८÷०७९ को नौ महिनामा रु एक करोड ४६ लाख राजस्व सङ्कलन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत महिनासम्ममा ट्राफिक नियम उल्लङ्घन गरी चलाउने १७ हजार ५५० सवारी साधनमाथि कारबाही गरी रु एक करोड ४६ लाख ७४ हजार राजस्व सङ्कलन गरेको हो । पूर्वपश्चिम राजमार्ग तथा अन्य सहायक मार्गमा ट्राफिक जाँच बढाएकाले ट्राफिक नियमको उल्लङ्घन गर्ने सवारी साधनमाथि कारबाही गरी अघिल्लो वर्षको सोही अवधिको तुलनामा बढी राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक चन्द्रभूषण यादवले जानकारी दिनुभयो । यस्तै चालु आव ०७८÷०७९ को नौ महिनामा धनुषाको विभिन्न सडक खण्डमा भएको एक हजार ५५सवारी दुर्घटनामा परी ८० ले ज्यान गुमाएको प्रहरीले जनाएको छ । बढ्दो सव...
नागरिकता नबन्दा ज्येष्ठ नागरिक समस्यामा

नागरिकता नबन्दा ज्येष्ठ नागरिक समस्यामा

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख १७ “जवानीमा त मेलापात गरेरै जीवन धानियो, बूढेसकालमा काम गर्न सक्ने तागत छैन, कसरी बाँच्ने हो ?” यस्तो गुनासो पोख्नुहुन्छ ७८ वर्षीया तुलसा पाण्डेय । बुढ्यौली उमेरमा उहाँलाई आफन्तको स्याहारसुसार, रेखदेख त परै जाओस् बिहान साँझको छाक जोहो गरिदिने कोही छैन । रामपुर नगरपालिका–८ बस्ने पाण्डेयलाई न दिनको भोक न रातको निद्राजस्तै भएको छ । बिहान साँझको छाक कसरी टार्ने भन्ने चिन्ताले उहाँलाई पिरोलेको छ । आफन्तको साहाराविहीन पाण्डेयलाई दैनिक गुजारा चलाउन सकस छ । नेपाली नागरिकता नबन्दा सामाजिक सुरक्षा कार्यक्रमबाट वञ्चित हुनुपरेको उहाँ बताउनुहुन्छ । नागरिकता बनाउन उहाँले यहाँका जनप्रतिनिधि, राजनीतिक दल, गाउँवासी सबैलाई पटकपटक आग्रह गरिहनुभएको छ तर अहिलेसम्म नागरिकता पाउन सक्नुभएको छैन । नागरिकतामा परिवारको तर्फबाट प्रमाणित गर्ने व्यक्ति नहँुदा नेपाली नागरिकता पाउनबाट उहाँ वञ्च...
माछा पोखरीबाट स्रोत नखुलेको १६ लाखसहित दुई पक्राउ

माछा पोखरीबाट स्रोत नखुलेको १६ लाखसहित दुई पक्राउ

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख १७ प्रहरीले काठमाडौँको माछा पोखरीबाट स्रोत नखुलेको रु १६ लाखसहित आज बिहान दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–११ घर भई हाल तनहुँको बन्दीपुर बस्ने ३१ वर्षीय दिपेन्द्र सुनार र भारत महाराष्ट्र घर बताउने ३३ वर्षीय सागर यादव रहेका छन् । सडकमा शङ्कास्पदरुपमा हिडिरहेका अवस्थामा चेक जाँच गर्दा उनीहरुबाट प्रहरीले स्रोत नखुलेको रु १६ लाख रकम बरामद गरेको हो । पक्राउ परेको दुवै जनाको प्रहरीवृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको छ । (रासस)...