Monday, July 6News That Matters

Month: ४ वर्ष अगाडि

‘बिट्वीन लाइन्स एन्ड लेयर्स’ कलाचित्र प्रदर्शनी

‘बिट्वीन लाइन्स एन्ड लेयर्स’ कलाचित्र प्रदर्शनी

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख १७ काठमाडौँ विश्वविद्यालय स्कुल अफ आर्ट्स बीएफए चौथो वर्षमा पढिरहेका विद्यार्थीले तयार गरेको ‘बिट्वीन लाइन्स एन्ड लेयर्स’ नामक कलाचित्र प्रदर्शनीमा अवलोकनकर्ताको आकर्षण बढेको छ । कलाकार कविराज लामाको प्रशिक्षणमा विद्यार्थीले तयार गरेका ४३ वटा कला प्रदर्शनीमा राखिएको छ । गत चैत २९ गतेदेखि सिद्धार्थ आर्ट ग्यालरीमा सुरु भएको प्रदर्शनी यही वैशाख २९ गतेसम्म जारी रहने छ । विद्यार्थीले आ–आफ्नै सोच, अनुभव र विचारलाई ‘इचिङ’ र ‘एक्वाटिन्ट’मार्फत चित्रण गरेका छन् । विद्यार्थी कुशल कार्कीले ‘न्यारेटिभ्स इन नेचर’ शीर्षकमा चित्र कोरेका छन् । उनका अनुसार प्रकृतिमा जनावरको सम्बन्ध सिकार र सिकारीको बीचमा भ्रम भइरहन्छ । यसले नै सबै कुरालाई सन्तुलनमा राखिरहन्छ । त्यस्तै अर्का कलाकार विद्यार्थी सन्तोष गुरुङले सेरेनिटी ९शान्ति० शीर्षकमा चित्र कोरेका छन् । उनी भन्छन, “हामी सबैको एउटा य...
गठबन्धन बाट ११ नं वडाका उम्मेदवार राई जनता सँग भोट भाग्न व्यस्त

गठबन्धन बाट ११ नं वडाका उम्मेदवार राई जनता सँग भोट भाग्न व्यस्त

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख १७ त्रियुगा नगरपलिका ११ का वडाअध्यक्ष उम्मेदार कालिदास राई (किसन) वडावासीहरुलाई भोट माग्न व्यस्त रहेको छ । संयुक्त गठबन्धन माओवादी केन्द्र र एकीकृत समाजवादीका नयाँ नेतृत्व र उर्जावान युवा नेता राई जनताका लागि आफ्नो उत्कृष्ट एजेन्डाहरु प्रस्तुत गर्दै भोट माग्न व्यस्त रहेको छ । राईले आफु नगरभित्रको विकासप्रेमी र जनताप्रेमी नेतृत्वको नमुना वन्ने जनताहरुलाई सुझाएको छ । उनले आफु नेतृत्वमा पुगे कुनै सेवा सुविधा विनै वडाको नेतृत्व गर्ने जनाएको छ । आफुले पाउने सेवा सुविधा पनि जनताको लागि आकस्मिक कोष खडा गरी आपतको वेला खर्च गर्ने जनाएको छ । राईले वडाका बिभिन्न टोलहरुमा आफ्नो लागि भोट अपिल गर्दै अन्य नेतृत्व भन्दा आफु फरक भएर विकास गर्न जनाए ।...
उदयपुरको लिम्चुङबुङमा गठबन्धनबाट दलित महिला वडा सदस्य निर्विरोध

उदयपुरको लिम्चुङबुङमा गठबन्धनबाट दलित महिला वडा सदस्य निर्विरोध

Breaking News 1
पूर्णपुष्टि, बैशाख १६ लिम्चुङचबुङमा एक जना दलित मिहला वडा सदस्य निर्विरोध भएकी छिन् । उनि गठबन्धनको तर्फ बाट नेकपा माओवादी केन्द्रकी दलित महिला सदस्य देव कुमारी कामी निर्विरोध भएकी छिन् । पालिकोको वडा नं १ की दलित महिला सदस्यमा देव कुमारी कामीको मात्रै मनोनय दाखिला भएको भन्दै निर्वाचन अधिकृत तुलरा सुनुवारले निर्विरोध भएको घोषाण गरेका थिए । अधिकृत सुनुवारले मनोनयनको क्रममा व्यक्तिमा मात्रै उम्मेदवार कायम भएको भन्दै स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २५ बमोजीम निर्विरोध भएको घोषणा गरेका छन् ।  ...
उदयपुरका ७ पालिकामा मेयर देखी सदस्यसम्मका ८७ जनाले लिए उम्मेदवारी फिर्ता

उदयपुरका ७ पालिकामा मेयर देखी सदस्यसम्मका ८७ जनाले लिए उम्मेदवारी फिर्ता

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख १६ उदयपुरको ७ पालिकामा ८७ जनाले उम्मेदवारी मनोनयन फिर्ता लिएको छ । जिल्लाको त्रियुगा नगरपालिका, बेलका नगरपालिका, कटारी नगरपालिका, रौतामाई गाउँपालिका, उदयपुरगढी गाउँपालिका, चौदण्डीगढी नगरपालिका र लिम्चुङबुङ गाउँपालिका गरी जम्मा ७ पालिकामा ८७ जनाले उम्मेदवारी फिर्ता लिएको हो । ८ पालिका मध्ये ७ पालिकाको मात्र उम्मेदवारी पत्ता लागेको छ । यता ताप्ली गाउँपालिकामा भने निर्वाचन अधिकृतको कार्यालयमा सम्पर्क हुन सकेन् । शुक्रबार उम्मेदवारी फिर्ता लिने अन्तिम दिन उदयपुरमा दलहरुले टिकट नदिएको भन्दै असन्तुष्टी रहेर बागी उम्मेदवारी दिएका दलका नेतादेखी स्वतन्त्र उम्मेदवारी दिएका सम्मले आफ्नो उम्मेदवारी फिर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुरले जनाएको छ । कार्यालयका अनुसार त्रियुगामा १८ जना, कटारीमा २४ जना, बेलकामा ११ जना, जिम्चुङबुङमा ११ जना, उदयपुरगढीमा ११ जना, चौदण...
बाह्र महिला कामदारको मृत्यु

बाह्र महिला कामदारको मृत्यु

Breaking News 3, समाचार
काठमाडौं, वैशाख १६ गते । इन्डोनेसियाको उत्तरी भागमा पर्ने सुमात्रा प्रान्तमा बिहीबार दिउँसो पहिरोमा परी सुन खानीमा काम गर्ने बाह्र जना महिला कामदारको मृत्यु भएको छ । अवैधानिक रुपमा सञ्चालन हुदै आएको सुन खानीमा काम गर्ने कम्तीमा १२ जना महिलाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएका स्थानीय प्रहरीले शुक्रबार जानकारी दिएका छन् । मण्डैलिङ नाताल क्षेत्रको बन्दर लिमाबुङ गाउँमा पहिरो जानुअघि अवैध सुन खानीमा केही व्यक्ति काम गरिरहेका थिए । अचानक चट्टानको एक भाग भत्किएको र यसमा परी खानीमा काम गरिरहेका महिलाहरु मारिएका जिल्ला प्रहरी प्रमुख रजा चेरुलले स्थानीय सञ्चारमाध्यमलाई बताउनु भएको छ । दुर्घटनाको छानबिन भइरहेको पनि उहाँँले जानकारी दिनुभएको छ । खानीमा काम कुल १४ जना पहिरोमा गाडिएका थिए । ती मध्ये दुईजना बाँचेका र मृतकहरुलाई प्रहरीले उद्धार गरी परिवारलाई फिर्ता गरेको जनाइएको छ । बिना इ...
साथीको कोठामै एक म्यादी प्रहरी मृत फेला

साथीको कोठामै एक म्यादी प्रहरी मृत फेला

Breaking News 3, समाचार
पूर्णपुष्टि, वैशाख १६ गते । साथीकै कोठामा एक जना म्यादी प्रहरी मृत अवस्थामा फेला परेको छ । हुम्ला सदरमुकाम सिमकोट माथिल्लो बजारस्थित साथीको कोठामा पुगेका एक जना म्यादी प्रहरीको मृत्यु भएको हो । सर्केगाड गाउँपालिका–६ घर भइ हाल सिमकोटमा रहेका अन्दाजी ४५ वर्षीय जसबहादुर रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए । उनी साथीको कोठामा मृत फेला परेका थिए । झ्याल–ढोका बन्द रहेकोर उनी भूइँमा मृत फेला परेको ओझाले बताए । घटनाबारे कारण खुल्न सकेको छैन ।...
केराबारी गापको निर्वाचन स्थगित

केराबारी गापको निर्वाचन स्थगित

Breaking News 3, समाचार
काठमाडौं, वैशाख १६ गते । आसन्न स्थानीय तहको निर्वाचनका उम्मेदवार नवीन लिङ्देनलिम्बूको मृत्यु भएपछि निर्वाचनका सबै कार्यक्रम रोकिएको छ । मोरङको केराबारी गाउँपालिका–२ मा वडा सदस्य पदका लागि उम्मेदवारी दिनुभएको नेपाली कांग्रेसका ३८ वर्षीय लिङ्देनलिम्बूको आज मृत्यु भएपछि निर्वाचनको सबै काम रोकिएको पालिका निर्वाचन अधिकृत भानुभक्त न्यौपानेले जानकारी दिनुभयो । निर्वाचन आयोगबाट आउने निर्देशनपछि पुनः निर्वाचनको कार्यक्रम अघि बढ्ने उहाँले स्पष्ट पार्नुभयो । रासस...
त्रियुगाको लागि मेयर प्रत्यासीहरु भोट माग्न व्यस्त

त्रियुगाको लागि मेयर प्रत्यासीहरु भोट माग्न व्यस्त

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख १६ स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरु जनताको घरदैलोमा मत माग्न थालेका छन् । उनिहरु अहिले जनता सामु आफ्नो ऐजेण्डा सहित भोट माग्नमा व्यस्त रहेका छन् । त्रियुगा नगरपालिकामा १३ जनाले नगर प्रमुखको पदमा उम्मेदवारी दिएको भएपनि कांग्रैस, एमाले, संयुक्त गठबन्धन माओवादी–एकीकृत समाजवादीले भोट माग्ने कामलाई तिव्र बनाएको छ । यी तिन पार्टीले नै त्रियुगामा मुख्य प्रतिस्पर्धा गर्ने पनि देखिएका छन् । त्रियुगा नगरमा तिव्र प्रतिस्पर्धा हुने भएपछि उम्मेदवारहरु भोट माग्न घरघरमा व्यस्त रहेको हो । माओवादी र समाजवादीको संयुक्त गठबन्धनले आज शुक्रबार त्रियुगा नगरपालिका वर्डा नं ३ र ४ को वस्तीहरुमा पुगेर जनतासँग भोट मागेको छ । गठबन्धनका मेयर पदका उम्मेदवार वलदेव चौधरी सहित उपमेयर गिता कुमारी खड्का, वडाअध्यक्ष कालिदास राई (किसन) वडासदस्यहरु र सयौँ कार्यकर्ताहले वडा तथ...
स्थानीय सरकारले बालबालिकाहरुको क्षेत्रमा चासो दिएन  : अध्यक्ष खड्का

स्थानीय सरकारले बालबालिकाहरुको क्षेत्रमा चासो दिएन : अध्यक्ष खड्का

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख १६ सुशासनका हिमायती जी क्यु संस्थाका अध्यक्ष भरत खड्काले स्थानीय सरकारले बालबालिकाको क्षेत्रमा चासो नराखेको बताएका छन् । संविद्यानमै उल्लेख गरिएको बालबालिकाको हक अधिकार प्रति पनि सरकार आफै सकरात्मक नरहेको खड्काले जनाए । बिषेश गरी बालवालिकाहरुको हक अधिकारका लागि स्थानीय सरकारले चासोका साथ कार्यक्रम तथा नितिहरु ल्याउनु पर्नेमा झनै सुस्त देखिएको संस्थाका एक तथ्याँङकले पुष्टि गरेको छ । उदयपुरका लागि बालबालिका सँग सम्बन्धित संस्था सुशासनका हिमायतीले गरेको एक अध्यानका अनुसार उदयपुरमा पनि बालवालिकाहरु प्रति स्थानीय सरकार उत्ति सकरात्मक नरहेको पुष्टि गरे । जिल्लामा रहेको आठ ओटा पालिकाहरु मध्ये ६ ओटामा कार्यविधि रहेको भएपनि कार्यन्वयन भने लागु नगरिएको अध्यानले देखाए । जिल्लाको त्रियुगा नगरपालिका, बेलका नगरपालिका, चौदण्डीगढी नगरपालिका, कटारी नगरपालिका, लिम्चुङबुङ गाउँपा...
७० केजी गाँजासहित एक युवक पक्राउ

७० केजी गाँजासहित एक युवक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, वैशाख १६ गते । ७० केजी गाँजासहित एक जना युवक चिवनबाट पक्राउ परेको छ । जिल्लाको राप्ती नगरपालिका–१ बाट सोही नगरपालिना–३ धमिलि बस्ने २६ वर्षीय सुजन प्रजालाई प्रहरीले गाँजासहित पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट लोथर र ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले प्रजालाई बोरामा बोकेर ल्याउँदै गरेको उक्त परिमाणको लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।...