Monday, July 6News That Matters

Month: ४ वर्ष अगाडि

विमानस्थलबाट सुन तस्करी गर्ने प्रयास : दुई विमान सरसफाईकर्मी सहित पाँच जना पक्राउ

विमानस्थलबाट सुन तस्करी गर्ने प्रयास : दुई विमान सरसफाईकर्मी सहित पाँच जना पक्राउ

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख १६ नेपालमा विभिन्न तरिका अपनाएर सुन तस्करी हुँदै आएको छ । कतिले मल्द्वारामा राखेर सुन तस्करी गरेका, कतिपयले फल्स बटम बनाइ तस्करी गरेका त कतिले पेटभित्र राखेर सुन तस्करी गरेका घटना यसअघि सार्वजनिक भएकै हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारी नै सुन तस्करसँग मिलेमतो गरेका घटना पनि सार्वजनिक भएको थियो । तर यसपाली भने विमान सरसफाइकर्मीसमेत सुन तस्करीमा संलग्न भएको खुलेको छ । उनीहरुमार्फत दुई किलो ३३२ ग्राम अवैधरुपमा ल्याइएको सुन भन्सार छलेर बाहिरिन लागेको थियो । त्यसको बजार मूल्य झण्डै रु दुई करोड हुन्छ । उनीहरु मतियारका रुपमा काम गरी विदेशबाट अवैधरुपमा ल्याइएको सुनलाई विमानस्थल कटाउने कार्यमा सरिक भएको पाइएको हो । सरसफाइकर्मी मतियारका रुपमा प्रयोग भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयअनुसार तस्करले विमानको सरसफाइकर्मी प्रयोग गरेर...
छुट्टा छुट्टै दुई स्थानबाट लागुऔषध सहित तिनजना पक्राउ

छुट्टा छुट्टै दुई स्थानबाट लागुऔषध सहित तिनजना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख १६ मोरङ र सुनसरीको छुट्टा छुट्टै दुई स्थानबाट निषेधित लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतको जोगवनीबाट नेपाल आउदै गरेका मोरङ बेलबारी नगरपालिका–३ का ३८ बर्षीय सतिष कुमार सुवेदीको चेक जाँच गर्ने क्रममा लुपिजेसिक–७ एम्पुल, एभिल ७ एम्पुल, डाईजेल्याब ७ एम्पुल र फेनरगन ७ एम्पुल सहित सुवेदीलाई लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । यसै गरी सुनसरीको बराहक्षेत्र–४ स्थितमा अस्थायी प्रहरी चौकी नडाहाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा को.३६प ७६०३ नम्वरको मोटरसाईकलमा सवार रहेका भारत बिहारका ४० बर्षीय जमिर मन्सुरी र देवानगंज–४ सुनसरीका ४० बर्षीय भुवनेश्वर मेहताको साथबाट लुपिजेसिक ४० एम्पुल, डाइजेपाम ४० एम्पुल, फेनारगन ४० एम्पुल, एभिल ४० एम्पुल, ट्रामाडोल ११०० क्यापसुल बरामद गरेको हो । निषेधित लागुऔषध सहित पक्राउ पर...
सरकारी अधिकृत छाडेर गाउँपालिका प्रमुखको उम्मेदवार

सरकारी अधिकृत छाडेर गाउँपालिका प्रमुखको उम्मेदवार

Breaking News 1
काठमाण्डौँ, बैशाख १६ “सातौँ तहको सरकारी जागिरे जीवनबाट बाहिरिएर जनताको मनभित्र पस्ने प्रयास गर्दैछु”, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको प्रमुखका उम्मेदवार गोपालचन्द्र राईले भन्नुभयो “नौँ वर्ष एक महिना आठ दिन सरकारी जागिरे भएर जनताको सेवा गरेपश्चात जनप्रतिनिधि बनेर पुनः जनताकै सेवा गर्ने प्रण गरेको छु, मलाई पूर्ण विश्वास छ, त्यो अवसर मैले पाउनेछु ।” दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका बुवा केशरबहादुर र आमा कृष्णकुमारी राईको कान्छा छोरा गोपालचन्द्रले सातौँ तह (अधिकृत)को सरकारी जागिर छाडेर यही वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट गाउँपालिका प्रमुखको उम्मेदवार बन्नुभएको छ । “गरिबी र अभावले जागिरे भएँ, जागिरबाट व्यक्तिमात्रै धनी, समाज भोकै हुँदा रहेछन्, समाज भोको हुँदा म एकजना व्यक्तिमात्र धनी हुन सक्दिनँ र चाहन्न पनि” उहाँले भन्नुभयो । समाज परिवर्तन गर्ने मुख्य...
ब्राउनसुगर सहित युवक पक्राउ

ब्राउनसुगर सहित युवक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख १६ तेह्रथुमको लालिगुरास नगरपालिका–४ बसन्तपुरबाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा टुटेदेउराली का ३० बर्षीय राम गुरुङ रहेका छन् । हिजो दिउसो बिषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा गुरुङले ना.४ ख ९२१० नम्वरको यात्रुबहाक बसको बनोटमा लुकाईछिपाई राखेको १ ग्राम ४४० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो । प्रक्राउ परेका गुरुङको जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट थप अनुससन्धान भईरहेको छ ।...
रौतामाईमा पनि चुनावी गतिविधी तीब्र

रौतामाईमा पनि चुनावी गतिविधी तीब्र

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख १६ गते । उदयपुरको रौतामाई गाउँपालिकामा पनि चुनावी गतिविधी तीब्र रुपमा गर्न थालिएको छ । कांग्रेस, माओवादी र जसपाको गठबन्धनले जनवादि कलाकार तथा संस्कृतिक कार्यक्रमसहित चुनावी गतिविधीलाई तीब्रता दिएको हो । गठबन्धनले भोली वैशाख १७ गते विहान ९ देखि रौतामाई–६ चिसापानीबाट आफ्नो कार्यक्रमको सुरुवात गर्ने छ । त्यस्तै, १८ गते वडा नम्बर ७ मुर्कची, १९ गते वडा नम्बर ८ पुवारे, २० गते वडा नं. १ डहर र २१ गते वडा नं.३ लाफागाउँमा कार्यक्रम गरिने छ । यता २२ गते वडा नं. ५, डाडा गाउ,२३ गते वडा नँ ४ पोखरि र २४ गते वडा नं. २ भुट्टारमा चुनावी कार्यक्रम गरिने छ ।...
अमेरिकाले क्वाड बैठकमा रुस विरुद्ध संयुक्त प्रतिक्रियाको लागि आह्वान गर्ने

अमेरिकाले क्वाड बैठकमा रुस विरुद्ध संयुक्त प्रतिक्रियाको लागि आह्वान गर्ने

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, बैशाख १६ अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को महिना टोकियोमा हुने क्वाड शिखर सम्मेलनमा रुसविरुद्धको एकीकृत प्रतिक्रियाको मुद्दा उठाउनुहुने बताइएको छ । सो अवसरमा युक्रेनलाई सहयोग गर्न वाशिङटनले चालेका कदमबारे अद्यावधिक जानकारी पनि दिइनेछ। ह्वाइट हाउसले बिहीबार बताएअनुसार जापानले मे २४ मा टोकियोमा क्वाड्रिलेटरल सेक्युरिटी डायलग (क्वाड) राष्ट्रका नेताहरूको शिखर सम्मेलनको घोषणा गरेपछि यो कुरा आएको हो। बाइडेनले रुसलाई एकीकृत प्रतिक्रियाको मुद्दा उठाउने कि नउढाउने भन्ने प्रश्नको जवाफमा ह्वाइट हाउसका प्रेस सचिव जेन साकीले भने, “हामी यस बैठकमा पनि त्यही भावना व्यक्त गर्नेछौं ।” “अब, यो बैठक केही हप्ता टाढा छ त्यसैले यस बीचमा धेरै कुरा विकसित हुन पनि हुन सक्छ,” साकीले भने, “निश्चय पनि, राष्ट्रपतिले हामीले के गर्दैछौं र त्यस समयमा घटनाक्रम कहाँ खडा हुने छन् भन्ने बारे बताउनुहनेछ ।”...
यसरीअवतरण भयो वाइड बडी भैरहवा विमानस्थलमा

यसरीअवतरण भयो वाइड बडी भैरहवा विमानस्थलमा

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख १६ संघीय राजधानी काठमाडौँको २२ डिग्री तापक्रम । बिहीबार अपराह्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवन अघिल्तर यात्रुको भीडभाड । समूह, समूहमा भलाकुसरी गरिरहेको दृश्य कुनै मेला महोत्सवकै भान दिन्थ्यो । सायद पहिलोपटक हुनुपर्छ यती धेरै भीडभाड आन्तरिक टर्मिनलमा तर, यो भीडभाड व्यवसायिक उडानका यात्रु नभई परीक्षण उडानका लागि वाइड बडी जहाज चड्न तम्तयार यात्रु थिए । आन्तरिक यात्रुले यसै पनि भीडभाड हुने आन्तरिक टर्मिनलमा एकैपटक धेरै सङ्ख्यामा उपस्थिति हुँदा विमानस्थलमा फरक माहोल देखिन्थ्यो । नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगमका कर्मचारी, पर्यटन क्षेत्रका अगुवा सङ्गठनका प्रतिनिधि एवं व्यवसायी तथा सञ्चारकर्मीको भीडले विमानस्थलमा नयाँ रौनक छाएको थियो ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, पर्यटन सचिव महेश्वर न्यौपाने, प्राधिकरणम...
गाईघाटमा कांग्रेसको  झण्डा बोकेको अटो दुर्घटना :  तिन यात्रु घाईते, नविन राईको पहलमा उद्धार

गाईघाटमा कांग्रेसको झण्डा बोकेको अटो दुर्घटना : तिन यात्रु घाईते, नविन राईको पहलमा उद्धार

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख १६ शुक्रबार त्रियुगा नगरपालिका १२ फुलचोकमा बिहान भएको अटो दुर्घटनामा ३ जना घाईते भएको छ । कांग्रेसी चुनावी झण्डा र प्रचार व्यानर बोकेको स १ ह २५५८ नं को अँटो बिहान करिब ८ बजेतिर दुर्घटना भएको थियो । उक्त अटोमा ३ जना बालवालिका सहित ६ जना सवार थिए । अटो आफै अन्यन्त्रित भई दुर्घटना भएको प्रहरीको भनाई छ । दुर्घटनामा ३ जना बच्चाहरुमा भने कुनै चोटपटक लागेको छैन । अन्य ठुला मान्छेहरु मात्रै दुर्घटनामा घाईते भएको छ । घाईते हुनेहरुमा त्रियुगा नगरपालिका १२ सगरमाथा टोलका अन्दाजी ४० बर्षिय अटो चालक हरि तिमिल्सिना, सोहि वडाकी २५ बर्षिया दिलकुमारी मगर (मन्दिरा) र उनकी श्रीमान २७ बर्षिय सुरज मगर रहेको छ । उनिहरु मध्य चालक मिलिल्सिना र दिलकुमारी मगरलाई बाहिर बिराटनगरको नोवेल हस्पिटल पठाईएको जनाईएको छ । तिमिल्सिनाको खुट्टा भाँचिएको र मगर सिरियस अवस्थामा रहेकाले उनिहरुलाई बाहिर...
त्रियुगाको उपमेयर पदमा उम्मेदवारी दिएकी राईले गरिन रक्तदान

त्रियुगाको उपमेयर पदमा उम्मेदवारी दिएकी राईले गरिन रक्तदान

Breaking News 2, समाचार
पूर्णपुष्टि, वैशाख १६ गते । त्रियुगा नगरपालिकामा उपमेयर उम्मेदवारी रहेकी महेश्वरी राईले रक्तदान गरेकी छिन् । १३३ औ अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा राईले रक्तदान गरेकी हुन् । समग्र ट्रेड युनियन नेपाल उदयपुर सिमेन्ट उद्योगको आयोजनामा भएको रक्तदान कार्यक्रममा राईले सहभागी जनाएकी हुन् । समाजसेवीको रुपमा परिचत राईले रक्तदान सँगै उपस्थिति जनताहरुमा भोटको समेत अपिल गरिन् । नेकपा एमाले बाट उपमेयर पदका लागि उम्मेदवारी राईले जनताको विकासमा आफ्नो पूर्ण समर्थन र सुखि नगरवासीका लागि उम्मेदवारीको कारण समेत जनाईन् । उनीले रक्तदान जिवन दान पनि आफ्नो प्रमुख अभियानको रुपमा रहेको बताईन् । राई सहित करिब ७० जना बराबरले रक्तदानमा सहभागी लिएका छन् ।...
लागुऔषध सहित एक पक्राउ

लागुऔषध सहित एक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख १६ झपाको मेचीनगर नगरपालिका–६ बाट प्रतिबन्धित लागुऔषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ–७ मधुमल्लाका ३५ बर्षीय सुरेश लावती रहेको छन् । हिजो दिउँसो साढे १२ बजे ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा लावतीको साथबाट लुपिजेसिक २७ एम्पुल, डाईजापाम २७ एम्पुल, फेनारगन–२७ एम्पुल बरामद गरी नियन्त्रणमा लिएको हो । पक्राउ परेका लावतीको सम्बन्धमा ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।...