तनहुँमा मतपत्र आइपुग्यो
काठमाण्डौँ, बैशाख १६
आसन्न स्थानीय तह निर्वाचनका लागि तनहुँमा मतपत्र आइपुगेको छ । नेपाली सेनाको सुरक्षामा तनहुँमा बिहीबार मतपत्र ल्याइएको हो । नेपाली सेनाले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र ढुवानी गरेको छ ।
तनहुँमा ५३८ पेटी मतपत्र आइपुगेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो । जिल्लाका लागि दुई लाख ६९ हजार थान मतपत्र आइपुगेको छ । ढुवानी गरिएका मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ । “निर्वाचनलाई आवश्यक ६१ प्रकारका सामग्री आइपुगेको छ”, ढकालले भन्नुभयो ।
निर्वाचन कार्यालयका अनुसार रबरम्याट, स्ट्यामप्याड, स्वस्तिक छाप, लाहाछाप, मार्कर पेन, स्यानिटाइजर, कैची, कर्मचारी परिचयपत्र, स्वयंसेवक परिचयपत्रलगायत सामग्री आइपुगेको छ । निर्वाचनका लागि कर्मचारी खटनपटनको कामका लागि निर्वाचन आयोगले कर्मचारी, शिक्षक सङ्घ सङ्गठनहरुसँग बिहीबार छलफल ...








