स्वतन्त्र उम्मेदवारलाई फकाउँदै दलका नेता
काठमाडौं, वैशाख १५ गते ।
सत्तारुढ गठबन्धनका साझा उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारलाई उम्मेदवारी फिर्ता गराउँन दलका नेताले पहल सुरु गरेका छन् ।
सत्ता साझेदार दलको भागवन्डामा जनकपुरधाम उपमहागरपालिकाको नगरप्रमुख जनता समाजवादी पार्टीलाई र उपप्रमुख कांग्रेसलाई दिने सहमति भएको थियो । त्यही सहमति अनुसार गठबन्धनको साझा उम्मेदवारको रुपमा जसपाले निवर्तमान नगरप्रमुख लालकिशोर साहलाई नगरप्रमुख र कांग्रेसले किशोरी साहलाई उपप्रमुख पदमा उम्मेदवार बनाएको छ ।
गठबन्धनमा आवद्ध दलहरुबीच भएको सहमतिप्रति असन्तुष्टी जनाउँदै पार्टी परित्यागको घोषणा गरी नेपाली कांग्रेसका नगरसभापति मनोज साहले नगरप्रमुखमा र निर्मल चौधरीले उपप्रमुखमा स्वतन्त्र उम्मेदवारी दत्र्ता गराउनुभएको छ । स्वतन्त्र रुपमा साह र चौधरीले उम्मेदवारी दिएपछि गठबन्धनका उम्मेदवारलाई असर पर्नसक्ने भन्दै दलका नेताहरुले स्वतन्त्...









