Monday, July 6News That Matters

Month: ४ वर्ष अगाडि

आचारसंहिता पालना गर्न मुख्य निर्वाचन अधिकृतको आग्रह

आचारसंहिता पालना गर्न मुख्य निर्वाचन अधिकृतको आग्रह

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख १४ उदयपुरका प्रमुख निर्वाचन अधिकृत दिपक खनालले निर्वाचन आचारसंहिता पालना गर्न आनुरोध गरेका छन् । पूर्णपुष्टि खबरसँगै कुरागर्दै उनले जिल्लाका राजनितिक दल, उम्मेदवार, मतदाता लगाएत सबैमा निर्वाचन आचारसंहिता पालना गर्न अपिल गरेका थिए । उनले भने” सबैले आचारसंहिता पालना गरी निर्वाचनलाई सफल पारौं । उदयपुरमा शान्तीपूर्वक मनोनयन भएको र केही पालिकमा उम्मेदवार विरुद्ध उजुरी परेपनि उम्मेदवारी खारेज हुने खालका उजुरी नपरेको समेत बताए ।...
सातौँ तहको सरकारी जागिर त्यागेर गाउँपालिकाको अध्यक्षमा राईको उम्मेदवार

सातौँ तहको सरकारी जागिर त्यागेर गाउँपालिकाको अध्यक्षमा राईको उम्मेदवार

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख १४ मानिसहरु सरकारी जागरि भनेपछि हुरुक्कै हुन्छन् । सरकारी जागिरकै लागि धेरै मेहनत र सपनाले बल्ल तल्ल जागिर खाएका मानिसहरु जिवनभरी खुसी हुने प्रयास गर्छन् । सरकारी जागिर भनेको मानिसहरुको निकै फलदायीक र बाँच्नका लागि सुखदायीक जिवन पनि हो । तर सबै कुराले सम्पन्नता हुँदा हुँदै पनि कुनै व्यक्तिहरुमा भने जनताहरुको प्रत्यक्ष सेवक बन्ने इच्छा हुन्छ । यसै इच्छा बोकेर आसन्न स्थानीय चुनावका लागि नेकपा माओवादी केन्द्रबाट गोपाल चन्द्र राईले खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्षको लागि सोमवार उम्मेदवारी दर्ता गराएका छन् । राईले जागिरबाट तत्कालै राजिनामा दिएर पालिका अध्यक्षको लागि तयारी गरिरहेको छ । राजनितिमा प्रवेश सँगै गाउँपालिकाको अध्यक्षका लागि आफ्नो तयारी हुँदै गर्दा उनले जनतामाझ लोक प्रिय बचनहरु दिँदै आएको छ । राईले गरिब अनि भोको समाजमा आफु धनी हुने कुनै सपना नरहेक...
म्यान्मारकी नेत्री आङसान सुकीलाई थप पाँच वर्ष जेल सजाय

म्यान्मारकी नेत्री आङसान सुकीलाई थप पाँच वर्ष जेल सजाय

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, बैशाख १४ म्यानमारको जुन्ता अदालतले बुधबार आङ सान सुकीलाई भ्रष्टाचारको आरोपमा थप पाँच वर्षको जेल सजाय सुनाएको छ । यहाँको जुन्ता सरकारले अपदस्थ नागरिक तथा नेतालाई दशकौंसम्म जेलमा पार्न सक्ने संकेत देखाएको छ । पछिल्लो मुद्दामा नोबेल पुरस्कार विजेता सुकीलाई ६ लाख अमेरिकी डलर नगद र सुन घुस लिएको आरोप लगाइएको थियो । दुई दिनपछि सेनाद्वारा निर्मित राजधानी नेपिदको विशेष अदालतले बुधबार बिहान ९ः३० बजे फैसला र सजाय सुनाएको हो । सुकीका वकिलहरूलाई पत्रकारसँग बोल्न प्रतिबन्ध लगाइएको थियो । सैन्य शासनको अधिनमा रहेको म्यान्मारको विशेष अदाललत गोप्य सुनुवाइपछि नेत्री सुकीलाई भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर गरेको छ ।सन् २०२१ को फेब्रुअरीमा भएको सैन्य ‘कू’ मा आफ्नो नेतृत्वको सरकार अपदस्थ भएयता सुकीलाई सैन्य हिरासतमा राखिएको छ । सैन्य शासकले ७६ वर्षीया नोबल पुरस्कार विजेता नेत्रीलाई...
बिहेमा डिजेको विषयमा विवाद हुँदा झडप : एक जनाको मृत्य, दोषीलाई कारबाहीको माग गर्दै सडक अवरुद्ध

बिहेमा डिजेको विषयमा विवाद हुँदा झडप : एक जनाको मृत्य, दोषीलाई कारबाहीको माग गर्दै सडक अवरुद्ध

Breaking News 3, समाचार
पूर्णपुष्टि, वैशाख १४ गते । बिवाहमा डिजेको विषयलाई लिएर विवाद हुँदा सप्तरीमा एक जनाको ज्यान गएको छ । सोमवार भएको झडपमा घाइते भएका खडक नगरपालिका–४ पंसेराका २७ वर्षीय सन्तलाल पासवानको उपचारको क्रममा बुधवार बिहान ज्यान गएको हो । रामचन्द्र पासवानको घरमा सोमबारराति जन्तीले ल्याएको डिजे बजाउने विषयमा चर्किएको विवाद झडपमा परिणत भएपछि एक समूहको कुटपिटबाट पासवान घाइते भएका थिए । उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल मेडिकल कलेज लगिएकोमा उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । युवकको मृत्यु भएपछि दोषीलाई कारबाहीको माग गर्दै स्थानीय बासिन्दाहरूले सप्तरीस्थित पूर्व–पश्चिम राजमार्गको कल्याणपुर–कडरबोना सडक अवरुद्ध पारेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता काफ्लेले कुटपिटमा संलग्न भएको आरोपमा एक जना...
कुटपिटबाट एक युवकको मृत्यु

कुटपिटबाट एक युवकको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख १४ सप्तरीको खडक नगरपालिकामा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । विवाहमा जन्तीसँगै ल्याएइको डिजे बाजा बजाउने विषयलाई लिएर भएको विवादपछि कुटपिटमा परी खडक नगरपालिका–४ पंसेराका २५ वर्षीय सन्तलाल पासवानको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सन्तलालका छिमेकी रामचन्द्र पासवानकी छोरीको विवाहमा दुई दिन अगाडि राति जन्ती आएको थियो । डिजे बाजासहित आएको जन्तीलाई विवाहस्थल पुग्नुअगाडि आफूहरुलाई डिजे बाजामा नाच्न दिनुपर्यो भन्दै गाउँका केही गैर दलित युवाले केही समय जन्तीलाई रोकेका थिए । वैवाहिक कार्यक्रममा ढिलाइ भएपछि सन्तलालका बाबुआमासहित बेहुली पक्षकाले जन्ती टोलीलाई विवाहस्थलतर्फ जान आग्रह गरेका थिए । जन्तीलाई रोक्न रोजेपछि विवाद बढेको स्थानीयवासीको भनाइ छ । सो क्रममा नाच्न पुगेका युवाले बेहुली पक्षकालाई गालीगलौच सुरु गरेपछि सन्तलाल समेतले युवालाई विवाद नगर्न...
सरकारले २ दिन बिदा दिने निर्णय गरेसंगै कार्यालय समय बढ्यो

सरकारले २ दिन बिदा दिने निर्णय गरेसंगै कार्यालय समय बढ्यो

Breaking News 3, शिक्षा, समाचार
पूर्णपुष्टि, वैशाख १४ गते । सरकारले सातको दुई दिन बिदा दिने निर्णय गरेसंगै कार्यालय समय बढेको छ । हाल कार्यालय समय बिहान १० देखि ५ बजेसम्म रहेकामा अब कार्यालय समय १ घण्टा बढ्ने भएको छ । अर्थात् बिहान ९ बजेर ३० मिनेटदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय सरकारले गरेको हो । जेठ १ गतेबाट हप्तामा दुई दिन बिदा दिने निर्णय गरेस मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले जेठ १ गतेबाट साताको दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारप्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जेठ १ देखि लागू हुनेगरी बिहान ९ बजेर ३० मिनेटदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय भएको पनि जानकारी दिए । हाललाई यो निर्णय परीक्षणको रुपमा कायम रहनेछ । मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, ‘हाललाई परीक्षणको रुपमा २०७९ जेठ १ देखि ल...
हप्तामा दुईदिन बिदा दिने निर्णय

हप्तामा दुईदिन बिदा दिने निर्णय

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख १४ सरकारले हप्तामा दुईदिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । हिजो मङ्गलबार बसेको मन्त्रीपरिषदको बैठकले सनिवार र आइतबार बिदा दिने निर्णय गरेको हो । यो निर्णय जेष्ठ १ गतेबाट लागू हुने जानकारी सरकारका प्रबक्ता ज्ञानेन्द्र बहादुर कार्कीले दिएका छन । यस्तै जेष्ठ १ गतेबाट सरकारी कार्यालय बिहान ९:३० बजेदेखी ५ बजेसम्म खुल्ने निर्णय समेत सरकारले गरेको छ ।...
नेपालबाटनै सौर्यमण्डलका ४ वटा ग्रह, खाली आखाँले देखिने

नेपालबाटनै सौर्यमण्डलका ४ वटा ग्रह, खाली आखाँले देखिने

Breaking News 3, रोचक
पूर्णपुष्टि, वैशाख १४ गते । सौर्यमण्डलका चार वटा ग्रह एकैसाथ आकाशमा देखिन थालेका छन् । वैशाखमा वृहस्पति, शुक्र, मंगल र शनि ग्रह एकसाथ पंक्तिवद्ध रुपमा आकाशमा देखिन थालेका हुन् । विपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिका आनुसार नेपालबाट खाली आँखाले नै यी चार ग्रहलाई देख्न सकिन्छ । समितिका निमित्त कार्यकारी निर्देशक सनतकुमार शर्मालेका अनुसार यो इन्ट्रेस्टिङ हो । सुरक्षाकर्मीले कवाज खेलेजस्तै आकाशमा पंक्तिवद्ध रुपमा महत्वपूर्ण ग्रहहरू खाली आँखाले एकैसाथ देख्न सकिन शर्माले बताउनुभयो । उहाँका अनुसार यी चार ग्रहसँगै चन्द्रमा पनि लामबद्ध देखिन्छ । यो क्रम केही दिनदेखि जारी छ । र, अझै केही दिनसम्म यी ग्रहहरू यसैगरी लामबद्ध देखिरहेनछन् ।...
सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख १४ मोरङको सुन्दरहरैचा नगरपालिका–१० मा सवारी दुर्घटनाबाट १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ३८ बर्षीय कृष्ण मुखिया रहेका छन् । हिजो राती ११ बजे एक महिना अगाडिबाट लोड गरी राखिएको को २ त ३९९६ नम्बरको ट्याक्टर चलाउँदा ट्याक्टरको अगाडिको भागले च्यापिन गई मुखिया घाईते भएका थिए । घाईतेको स्थानिय अस्पतालमा उपचार पश्चात घर आएकोमा राति नै मृत्यु भएको भन्ने सूचना प्राप्त भएसँगै ईलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी टोली खटिगई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उत्त कार्यलयले जनाएको छ ।...
बागी उम्मेदवारी फिर्ता  लिन कांग्रेस उदयपुरको आग्रह

बागी उम्मेदवारी फिर्ता लिन कांग्रेस उदयपुरको आग्रह

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख १४ गते । पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी फिर्ता लिन नेपाली कांग्रेस उदयपुरले आग्रह गरेको छ । जिल्ला सभापति हिमाल कार्कीले एक विज्ञप्ती जारीगर्दै बागी उम्मेदवारी दिएकालाई वैशाख १६ गते सम्म उम्मेदवारी फिर्ता गर्न अग्रह गरेको हो । उदयपुरमा पार्टीले आफूलाई बागी चौदण्डीगढीको टिकट नदिएको भन्दै नेता प्रसान्त कुमार राईले बागी उम्मेदवारी दिएका छन् । सो नगरमा कांग्रेसले खगेन्द्र राईलाई प्रमुखमा टिकट दिएको छ । यस्तै, जिल्लाका अन्य पालिका र वडाहरुमा समेत नेपाली कांग्रेसका नेताहरुले बागी उम्मेदवारी दिएका छन् ।...