Monday, July 6News That Matters

Month: ४ वर्ष अगाडि

लागुऔषध ब्राउनसुगर सहित एक पक्राउ

लागुऔषध ब्राउनसुगर सहित एक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख १४ मोरङको रतुवामाई नगरपालिका–३ स्थित नेपाल भारत सिमा छेउबाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ पथरीशनिस्चरे नगरपालिका –४ का ५३ बर्षीय खड्ग बहादुर सिलवाल रहेका छन् । सोमबार बेलुका ८ बजे प्रहरी चौकी महादेवाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको बा ७६ प ४६९७ नम्बरको मोटरसाईकल चेकजाँचको क्रममा सिलवालको साथबाट ६८८ ग्राम ब्राउनसुगर बरामद गरी निजलाई नियन्त्रणमा लिईएको हो । ब्राउनसुगर सहित पक्राउ परेका सिलवालको सम्बन्धमा ईलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भईरहेको छ ।...
बाँस झ्याङमा सल्केको आगो निभाउने क्रममा वृद्धको मृत्यु

बाँस झ्याङमा सल्केको आगो निभाउने क्रममा वृद्धको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख १४ सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा आगो निबाउने क्रममा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ७० बर्षीय जयराम सार्की रहेका छन् । हिजो दिउँसो साँढे ११ बजे सार्कीको आफ्नै बाँस झ्याङमा सल्केको आगो निभाउने क्रममा अचानक आफ्नै शरिरमा आगो सल्कीदा घाईते भएका थिए । घटनाको जानकारी प्राप्त हुँनासाथ बिमानस्थल सुरक्षा गार्ड कांगेलको प्रहरी टोली खटिगई तत्काल उपचारको लागि धरान घोपा लादै गर्दा बाटोमानै मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरी टोली खटिगई थप अनुसन्धान गरीरहेको छ ।...
कारको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

कारको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

Breaking News 3, समाचार
र्णपुष्टि, बैशाख १४ मोरङको बुढिगंगा गाउँपालिका–३ स्थित कोशी लोकमार्गमा कारले ठक्कर दिदा मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढिगंगा–२ बगवनका ३० बर्षीय शोभा राजवंशी रहेका छन् । हिजो दिउँसो साँढे १ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०२७- च २२६६ नम्बरको कारले पुर्वबाट हाईवे तर्फ जाँदै गरेको मे २ प ६९५७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँई दुर्घटना हुँदा राजवंशी घाइृते भएका थिए । घाईतेलाई उपचारको लागी बिराट मेडिकल कलेज लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । कार र चालक धनुषा जनकपुर–७ का २९ बर्षीय शैलेन्द्र प्रसाद यादवलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।...
२ नक्कली चिकित्सक पक्राउ

२ नक्कली चिकित्सक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, वैशाख १४ गते । मोरङका दुई छुट्टाछुट्टै स्थानबाट दुई जना भारतीय नक्कली चिकित्सक पक्राउ परेका छन् । पथरी शनिश्चरे नगरपालिका–१ मा रहेको श्री राम पाईल्स क्लिनिकका संचालक भारत दार्जिलिङ रानिगन्ज पानसालीका २७ वर्षीय पर्सनजित बर्मन र सुन्दरहरैचा नगरपालिका–३ गछिया चौकमा रहेको कल्पना आयुर्वेदिक क्लिनिकका संचालक भारत दार्जिलिङ देवीगन्ज ग्रामपन्चायतका २९ वर्षीय सनोड मण्डल पक्राउ परेका हुन् । चिकित्सा शिक्षा सम्बन्धी शैक्षिक योग्यता प्राप्त नगरेका र कानून बमोजिम नेपाल मेडिकल काउन्सिलबाट उपचार गर्नको लागि ईजाजत पत्र प्राप्त नगरेका व्यक्तिहरूले क्लिनिक संचालन गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले वैशाख १२ गते दुवैलाई पक्राउ गरेको हो । उनीहरुले बिगत केही समय देखी आफु चिकित्सक भएको बताउँदै अबैध रुपमा क्लिनिक संचालन गर्दे आएका थिए । यसरी अबैध रुपमा क्लिनिक ...
सिरियामा आर्थिक संकटसँगै मानवीय अवस्था गम्भीर

सिरियामा आर्थिक संकटसँगै मानवीय अवस्था गम्भीर

Breaking News 3, समाचार, संसार
काठमाडौं, वैशाख १४ गते । सिरियाको मानवीय अवस्था निकै नै गम्भीर रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्रसंघीय अधिकारीले यहाँको अवस्था दिनप्रतिदिन गम्भीर र निकै कमजोर बन्दै गएको भन्दै ती अधिकारीले यसका लागि विश्व समुदायको ध्यानाकर्षण पनि गराउनुभएको छ । यहाँ पछिल्ला वर्षहरुमा आर्थिक अवस्था कमजोर हुँदै गएको र यही आर्थिक संकटकै समयमा राजनीतिक तथा अन्य अवस्था पनि नाजुक भएको उहाँको भनाई छ । मानवीय सहयातासम्बन्धी संयुक्त राष्ट्रसंघीय निकायका उपप्रमुख जोसे मुस्याले सो कुरा बताउनुभएको हो । यहाँ सन् २०११ बाट सुरु भएको भनिएको आन्दोलनपछि देश गृहयुद्धमा फसेको छ । सो समयदेखि नै यहाँ आर्थिक संकट निम्तिएको भन्दै यहाँका अधिकारीहरुले अहिले देशको अवस्था नाजुक भएको बताइरहेका छन् । संयुक्त राष्ट्रसंघले अहिले पनि दशौँ लाख सिरियाली खानाकै लागि संघर्षश गर्नु परिरहेको, खाद्यान्न औषधिजस्ता आधारभू...
उदयपुरको ताप्लीमा आगलागी हुदाँ ६ लाख बराबरको क्षती

उदयपुरको ताप्लीमा आगलागी हुदाँ ६ लाख बराबरको क्षती

Breaking News 1
पूर्णपुष्टि, बैशाख १४ उदयपुरमा मंगलबार राती ७ बजे पानीको वर्ष सँगै आएको चट्टयाङले आगलागी भई घर जल्दा ६ लाख बराबरको क्षती भएको छ । जिल्लाको ताप्ली गाउँपालिका १ पिपलभञ्ज्याङका टङ्क बहादुर हमालको फुसको छानो,ढुङगा माटो र काठले बनेको टाँडे घरमा चट्याङको झिल्का आई सो झिल्काबाट आगो लागी हुदाँ सो रकम बराबरको क्षती भएको हो । हमालको घर भित्र रहेको सामानहरु अन्नपात,लत्ताकपडा,चाँदि,नगद र घर समेत पूर्ण रुपमा नष्ट भएका जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक सन्तोष आर्चायले बताउनुभयो ।...
उदयपुरमा आकाशबाट आगोको मुस्लो खसेर घर खरानी

उदयपुरमा आकाशबाट आगोको मुस्लो खसेर घर खरानी

Breaking News 1, समाचार
पूर्णपुष्टि, वैशाख १४ गते । उदयपुरमा मंगलवार आकाशबाट आगोको मुस्लो खस्दा घर जलेर खरानी भएको छ । जिल्लाको ताप्ली गाउँपालिका–१ पिपल भञ्जाङ स्थित आकाशबाट चट्याङ् परेर घरमा आगलागी हुदा घर खरानी भएको हो । पिपलभन्ज्याङ बस्ने टङ्क बहादुर हमाल र सन्तोषी हमालको घरमा आगलागी भएको स्थानीयले बताएका छन् । आकाशमा बदली रहेको बेला ठूलो आवाज सहित ठकुरीको घरमा आगोको मुस्लो खसेको थियो । घरबाट कुनै धनमाल निकाल्न नसकिएको र घरका सबै समान अन्तपात, लत्ता कपडा, भाडा बर्तन सबै जलेर खरानी भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरीका अनुसार थप विवरण संकलन कार्य भईरहेको छ । क्षती विवरण आउन बाँकी छ ।...
उदयपुरको रौतामाईमा महिला सदस्यहरु विरुद्ध उजुरीको चाङ, काहाँकाहाँ परे दावी विरोध

उदयपुरको रौतामाईमा महिला सदस्यहरु विरुद्ध उजुरीको चाङ, काहाँकाहाँ परे दावी विरोध

Breaking News 2, बिचार
पूर्णपुष्टि, बैशाख १३ उदयपुरको रौतामाई लगायत केही पालिकाहरुमा उम्मेदवारी दावी विरोधको उजुरी परेको छ । रौतामाईमा ४ जना महिला वडा सदस्यहरुको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको छ । पालिका प्रमुख तथा उप्रमुख र वडाअध्यक्षहरुको उम्मेदवारीमा उजुरी नपरेपनि रौतामाईका ४ जना महिला सदस्यहरु विरुद्ध भने उजुरी परेको हो । यस्तै बेलका नगरपालिकामा पनि एकजाना सदस्य विरुद्ध उजुरी परेको बेलका नगरपालिकाका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पालिकाको ९ नं वडाका एक वडा सदस्यमाथी मनोनयन विरुद्ध पनि उजुरी परेको हो । अन्य पालिकाहरु त्रियुगा, चौदण्डीगढी, उदयपुरगढीमा भने कुनै पनि पदका लागि उम्मेदवारी माथी दावी विरोध परेको छैन् । उदयपुरमा ३९१ पदका लागि १५१२ जनाले मनोनयन दर्ता गरी चुनावी मैदानमा उत्रेका छन् ।...
ताप्ली गाउँपालिकाको समग्र विकासका लागि मेरो उम्मेदवारी : बाबुराम राई

ताप्ली गाउँपालिकाको समग्र विकासका लागि मेरो उम्मेदवारी : बाबुराम राई

Breaking News 1, बिचार, राजनीति
पूर्णपुष्टि, बैशाख १३ नेकपा एमालेबाट ताप्लीमा बाबुराम राईले पालिका अध्यक्षका लागि टिकट शुनिश्चत गरेको छ । आउँदो स्थानीय चुनावलाई केन्द्रीत गर्दै राईले नेकपा एमालेबाट टिकट फिक्स गरेको हो । जनप्रिय नेताको रुपमा परिचित राई २०७४ सालकै स्थानीय चुनावमा पालिका अध्यक्षका लागि आकांक्षी रहे पनि पार्टीको आग्रह र एकवद्धतालाई समर्थन गर्दै सहकर्मिलाई जिताउन लागि परे । त्यो बेलाको चुनावमा नेकपा एमालेकै उम्मेदवार उद्धव सिंह थापाले जनताबाट पालिकाको जिम्मेवारी पाए । राईले पनि त्यो वेला दावी गरेको र टिकट पाएको अवस्थामा नेतृत्व पाउन सक्ने भएपनि इमान्दारीताको मुल सत्रलाई प्रयोग गर्दै उनले सहकर्मीलाई जिताउन सहयोग गरे । राई एमाले पार्टी भित्रका सहनशिल, कर्तव्यनिष्ठ, इमान्दारी र बौद्धिक नेताको रुपमा पनि स्थापित छ । पालिकामा एमालेको निकै पुरानो र क्रियाशिल मानिएका राईको ताप्लीवासीले रामा्रे व्यक्तिको रुपमा स्व...
उदयपुरमा वैद्य माओवादी पनि चुनावमा सहभागी

उदयपुरमा वैद्य माओवादी पनि चुनावमा सहभागी

Breaking News 1
पूर्णपुष्टि, वैशाख १३ गते । मोहन वैद्य नेतृन्व गरेको क्रान्तीकारी माओवादीले स्थानीय तहको निर्वाचन ०७९ वहिस्कार गर्ने निर्णय भएपनि उदयपुरमा भने यो पार्टी निर्वाचनमा सरिक भएको छ । क्रान्तीकारी माओवादीकी नेतृ अम्बीका कुमारी रेग्मीले त्रियुगा नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएकी हुन् । जिल्ला पार्टीको निर्णयअनुसार माओवादीका केन्द्रीय सदस्य मोहनसिंह लामाले बताएका छन् । उनले उदयपुरमा पार्टीको स्थानीय चुनावलाई उपयोग गर्ने निति लिएको बताए । क्रन्तीकारी माओवादी नेतृ अम्बीका कुमारी रेग्मीलाई नेपाल कम्युनिष्ट पार्टी विप्लब समुहको सहयोग रहेको छ । नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी लक्ष्मण पौडेलले पार्टीले राष्ट्रिवादी, एम. सि.सि. विरोधी उम्मेदवारलाई सयोग गर्ने नीति बनाएको अम्बीका रेग्मीलाई सहयोग गरेको बताएका छन् ।...