Monday, July 6News That Matters

Month: ४ वर्ष अगाडि

उदयपुरको स्थानीयतहमा बालबालिकाहरुको नितिगत व्यवस्थाको उपलब्धी बारे समिक्षा

उदयपुरको स्थानीयतहमा बालबालिकाहरुको नितिगत व्यवस्थाको उपलब्धी बारे समिक्षा

Breaking News 2, शिक्षा, समाचार
पूर्णपुष्टि, वैशाख १३ गते । उदयपुरको जिल्ला समन्वय समितिमा मंगलवार बालबालिकाहरुको नितिगत ब्यवस्था, कार्यक्रम र उपलब्धी बारे समिक्षा कार्यक्रम सम्पन्न भएको छ । बाल संरक्षणका लागि ऐक्यवद्धता परियोजना अन्र्तग १ नम्बर प्रदेशका १४ वटै जिल्लाहरुमा सञ्चालित कार्याक्रमको समिक्षा जिल्लामा पनि सम्पन्न भएको छ । सुशासनका हिमायती (जी क्यू) संस्थाका अध्यक्ष भरत खड्काले नितिगत व्यवस्था र उपलब्धी बारे प्रतिवेदन प्रस्तुत गर्नुभयो । प्रदेश स्थरमा रहेका १ सय ३५ वटा विद्यालय तथा बालक्लबमा पुस्तकालय र बालभित्ते पत्रिकालाई निरन्तरता दिने खड्काले बताउनुभयो । प्रतिवेदनका अनुसार यस कार्यक्रम अन्तर्गत स्थानीय तहको बालबालिका सम्बन्धी नमुना कार्यविधी निमार्ण गरिएको छ भने बालबालिकाको क्षमता अभिवृद्धी तालिम पनि सञ्चालन गरिएको छ । १ नम्बर प्रदेशमा भएमका १ सय ३७ वटा पालिकामै बालबालिका सम्बन्धी कार्यमको विषयमा छलफल गरि...
इरानी राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

इरानी राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, बैशाख १३ इस्लामिक गणतन्त्र पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले इस्लामिक गणतन्त्र इरानका राष्ट्रपति अयातोल्लाह सैयद इब्राहिम राइसीसमक्ष तेहरानस्थित राष्ट्रपति भवनमा सोमबार आयोजित विशेष समारोहमा उक्त मुलुकका लागि नेपालका गैरआवासीय राजदूतको ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । ओहोदाको प्रमाणपत्र प्रस्तुतीकरणका क्रममा राजदूत अधिकारीले इरानका राष्ट्रपतिको व्यक्तिगत स्वास्थ्य, सुख, शान्ति र इरानका मित्रवत जनताको निरन्तर प्रगति एवम् समृद्धिको कामना गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवाका साथै नेपाली जनताका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको इस्लामावादस्थित नेपाली राजदूतावासले आज जनाएको छ । श्री अधिकारीलाई इरानका लागि नेपाली राजदूतमा नियुक्त भएकामा राष्ट्रपति अयातोल्लाहले स्वागत गर्दै बधाई ज्ञापन गर्नुुभयो । राष्ट्रपतिले ...
बिक्री लक्ष्य पूरा गर्दै उदयपुर सिमेन्ट, चालु आवबाट उद्योग नाफामा

बिक्री लक्ष्य पूरा गर्दै उदयपुर सिमेन्ट, चालु आवबाट उद्योग नाफामा

Breaking News 2, आर्थिक, समाचार
काठमाण्डौँ, बैशाख १३ कमजोर व्यवस्थापकीय क्षमताका कारण बन्दप्रायः रहेको नेपालकै प्रख्यात उदयपुर सिमेन्ट उद्योगले पछिल्लो समय तीव्र गतिमा फड्को मारेको छ । गैँडा छाप सिमेन्ट उत्पादन गर्दै आएको उद्योगले चालु आवको नौ महिनामा १८ लाख ९ हजार बोरा सिमेन्ट बिक्री गरेको छ । उद्योगले आव २०७८÷७९ मा २४ लाख बोरा सिमेन्ट बिक्री गर्ने लक्ष्य लिएको थियो । बिक्री लक्ष्य भेट्टयाउने उद्देश्यसहित उद्योगका सम्पूर्ण कर्मचारी अगाडि बढेका छन् । उद्योगका प्रवक्ता लक्ष्मण पोखरेल चालु आवको बिक्री लक्ष्य पूरा भए बर्सेनि भइरहेको करिब रु ३० करोड घाटा पूर्ति गरी उद्योग सामान्य नाफामा जाने बताउनुहुन्छ । यद्यपि, उद्योगलाई आवश्यक पर्ने डिजेल, कोइला, जिप्सम तथा आइरन ओर आदिको मूल्य झण्डै दुई गुणा वृद्धि भएको तथा सिमेन्टको माग घटेको अवस्थामा यसले प्रभाव पार्न सक्ने उहाँको चिन्ता छ । “२० लाख बोरासम्म बिक्री गर्दा कुनै ‘...
सोह्र सय मेगावाट बिजुली बोक्ने प्रसारण लाइनको निर्माण प्रगतिबारे प्राधिकरणको चासो

सोह्र सय मेगावाट बिजुली बोक्ने प्रसारण लाइनको निर्माण प्रगतिबारे प्राधिकरणको चासो

Breaking News 3, आर्थिक, समाचार
काठमाण्डौँ, बैशाख १३ निर्माण सम्पन्न भएका आयोजनाको बिजुली केन्द्रीय प्रसारण प्रणालीमा जोड्न नपाएको भन्दै गुनासो आएपछि नेपाल विद्युत् प्राधिकरणले मस्र्याङ्दी करिडोर प्रसारण लाइनको प्रगतिका बारेमा चासो व्यक्त गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशकलगायतको टोलीले सो प्रसारण लाइन र सवस्टेशनको स्थलगत निरीक्षण गरी पछिल्लो अवस्थाका बारेमा जानकारी लिएको छ । कूल २२० केभी क्षमताको मस्र्याङ्दी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गतका चार सवस्टेसनको निर्माण धमाधम भइरहेको छ । आयोजनाअन्तर्गत चितवनको नयाँ भरतपुर, लमजुङको उदीपुर तथा खुदी र मनाङको धरापानीमा २२० केभीका सबस्टेसन निर्माण भइरहेको छ । नयाँ भरतपुर र उदीपुर सवस्टेसन तीन महिनाभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको प्राधिकरणले जनाएको छ । त्यस्तै, खुदी सवस्टेसन एक वर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ...
ट्रकमा मोटरसाइकल ठोक्किँदा तीन युवकको मृत्यु

ट्रकमा मोटरसाइकल ठोक्किँदा तीन युवकको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख १३ धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ सिन्धुलीटोलमा आज बिहान ट्रकमा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका–४ का १९ वर्षीय सुमित टिण्डेवाल र धनुषाकै बिदेह नगरपालिका–६ का २२ वर्षीय अविनाश मण्डलको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक चन्द्रभूषण यादवले जानकारी दिनुभयो । मृतक एकजनाको खनाखत हुन नसकेको प्रहरीले जनाएको छ । ना.२ख ८६२४ नंको ट्रकमा लु८३ प ८६५१ नंको मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका तीनै जनालाई उपचारका लागि तत्काल जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा ल्याइएको थियो । उपचारकै क्रममा तीनै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)...
उदयपुरमा जित्ने लक्ष्य राखेका देखी उपस्थिती देखाउने दलसम्म चुनावी मैदानमा

उदयपुरमा जित्ने लक्ष्य राखेका देखी उपस्थिती देखाउने दलसम्म चुनावी मैदानमा

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख १३ गते । उदयपुरमा उम्मेदवारको मनोनयन सम्पन्न भएको छ । जिल्लाका आठ पालिकामा मुख्यगरी एमाले, कांग्रेससहितको तीन गठबन्धन साथै माओवादी एकिकृत समाजवादीको दुई दलिय गठबन्धन बीच नै मुख्य प्रतिस्प्रर्धा हुने देखिएको छ । त्रियुगा र चौदण्डीगढमा एमाले, कांग्रेस र माओवादी–एकिकृत समाजवादी बीच त्रीपक्षिय भिडन्त हुने छ भने बाँकी ६ पालिकामा कांग्रेस–माओवादी–एकिकृत समाजवादीको सत्तारुढ गठबन्धन र एमाले बीच मुख्य प्रतिस्प्रर्धा रहेको छ । जिल्लामा मुख्य दलबीच प्रतिस्प्रर्धा हुने भएपनि आफ्नो अस्तित्व देखाउन पार्टीको नाम जनतालाई सुनाउनसमेत उम्मेदवारी परेको छ । त्रियुगामा मैलिक जरेकिलो पार्टीले प्रमुख पदमा मनोनयन गरेको छ । यस्तै, राष्ट्रिय जनमुक्ती पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जन समाजवादी पार्टी लगाएतले समेत उम्मेदवारी दिएका छन् । जिल्लाको उदयपुरगढी, चौदण्डीगढी लगाएतमा मङ्गोल नेशनल प...
१४ नं वडामा माओवादीको तर्फबाट निवर्तमान सदस्य हेम मगरको उम्मेदवारी

१४ नं वडामा माओवादीको तर्फबाट निवर्तमान सदस्य हेम मगरको उम्मेदवारी

Breaking News 1
पूर्णपुष्टि, बैशाख १३ त्रियुगा नगरपालिका १४ नं वडामा माओवादी केन्द्रबाट हेम मगर वडाअध्यक्षको उम्मेदवार बनेको छ । उनि माओवादी केन्द्र र समाजवादी पार्टीको संयुक्त उम्मेदवार बनेको हो । हालै सम्पन्न कार्यकालमा वडा सदस्य समेत रहेका मगरले यो पटकमा भने आफैले अध्यक्षको टिकट बाजी मारे । मगर जनप्रिय नेतृत्वको रुपमा गाउँसमाजमा चिनिदैँ आएको व्यक्ति हो । उनि हाल १४ नं वडाका पार्टी उपाध्यक्ष समेत हुन् । मगरले जनताका लागि सामाजिक क्षेत्रमा समेत ठुलो योगदान पुराएको छ । उनले बिभिन्न क्षेत्रमा आवद्ध भई जनता र विकासको क्षेत्रलाई प्राथामिकतामा राखेको समेत जनाए । मगर नेतृत्वमा खुल्ला सदस्य नारायण बहादुर राई ‘नारद’ र एक बहादुर कटुवाल ‘उद्धब’ रहेका छन् भने खुल्ला महिला सदस्यमा रेखा थापा मगर छिन् । यता दलित महिला सदस्यमा केसरी माया नेपाली रहेकी छिन् । मगर सहित यो पटकको चुनावमा १४ नं वडामा एमाले बाट मेघज...
लेन्सबाट फोटोपत्रकारिता’ विषयक फोटो प्रदर्शनी आयोजना

लेन्सबाट फोटोपत्रकारिता’ विषयक फोटो प्रदर्शनी आयोजना

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख १३ फोटो पत्रकार क्लब (पिजे क्लब) नेपालले ९५औँ राष्ट्रिय फोटो पत्रकारिता दिवसको उपलक्ष्यमा आज यहाँ ‘लेन्सबाट फोटोपत्रकारिता’ विषयक फोटो प्रदर्शनी गरेको छ । काठमाडौँको वसन्तपुरमा आयोजित प्रदर्शनीमा फोटो पत्रकारहरुले कार्यसम्पादन गर्दा भोग्नु परेको चुनौती र जोखिम झल्काउने ३० वटा फोटा राखिएका छन् । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत र नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले संयुक्तरुपमा प्रदर्शनी शुभारम्भ गर्नुभएको थियो । अध्यक्ष बस्नेतले फोटो सत्य, तथ्य र निष्पक्ष हुुनुपर्नेमा जोड दिँदै सबै पत्रकारले पत्रकारिताको मूल्य मान्यता र आचारसंहिताअनुसार काम गर्नुपर्ने बताउनुभयो । महासङ्घका अध्यक्ष पोख्रेलले फोटोले पाठकलाई थप आकर्षित र समाचारलाई थप विश्वसनीय बनाउने धारणा व्यक्त गर्दै पत्रकारिता पेसालाई सुरक्षित बनाउन सरकारले बनाउने कानुन प्रेसमैत्री हुनुपर्छ ...
हलेसी तुवाचुङको प्रमुखमा जसपा बाट एन्जिल हाङ किराँतीको उम्मेदवारी

हलेसी तुवाचुङको प्रमुखमा जसपा बाट एन्जिल हाङ किराँतीको उम्मेदवारी

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख १३ जनता समाजवादी पार्टीको तर्फबाट खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको प्रमुखमा (जसपा) का युवा नेता अन्जील हाङ किराँती राईले उम्मेदवारी दर्ता गराएका छन् । राईले जसपाको तर्फबाट पालिकाको प्रमुख पदमा सोमवार आफ्नो उम्मेदवारी दर्ता गराएको हो । राई पार्टीका क्रियाशिल युवा नेताको रुपमा परिचित छन् भने हाल समाजबादी बिद्यार्थी युनियन को १ न प्रदेस अध्यक्षको जिम्मेवारीमा छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका दुर्छिममा जन्मिएका राईले २०६३ साल देखि नेवि संघबाट आफ्नो राजनितिक यात्रा सुरुवा गरेका थिए । घर खोटाङ भएपनि अध्यानको शिलशिलामा राईले उदयपुरका मोतिगडा क्याम्पस बाट नेबि सङ्को नेतृत्व सम्हाल्दै राजनितिक यात्रा सुरु गरे । पछि २०६९ सालमा असोक राईको नेतृत्वमा एमाले नेतृत्वको संघीय समाजबादीमा प्रवेश गरे सँगै राईले बिद्यार्थी संगठन अग्रगामी बिद्यार्थी युनियनको २ कार्यकाल अध्यक्...
एलन मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्विटर किन्ने सहमति

एलन मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्विटर किन्ने सहमति

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, बैशाख १३ सामाजिक सञ्जाल ट्विटरको सञ्चालक समिति (बोर्ड) ले ४४ अर्ब अमेरिकी डलरमा उक्त कम्पनी अधिग्रहण गर्ने अर्बपति एलन मस्कको प्रस्तावमा सहमत भएको छ । मस्कले दुई साताभन्दा कम समयअघि सबैलाई चकित पार्दै ट्विटरको बोली लगाउनु भएको छ । सन् २००६ को मार्चमा यसको स्थापनापछि, ट्विटरले २१ करोड ७० लाख दैनिक सक्रिय प्रयोगकर्ताहरू जम्मा गरेको छ । ती मध्ये ८० प्रतिशत भन्दा बढी संयुक्त राज्य अमेरिका बाहिरका रहेका छन् । ट्विटरले २०१७ को अन्त्यसम्म नाफाको लिन सकेन । यद्यपी ट्विटरले गत वर्ष २२ करोड १० लाख अमेरिकी डलर बराबरको रकम घाटा भएको बताएको थियो । हालको अवस्थामा ट्विटरमा “व्यापक सम्भावना“ रहेको र ती सम्भावनाका ढोकाहरुलाई आफूले खोल्ने मस्कले बताउनु भएको छ । उहाँले नक्कली खाताहरूलाई हटाउने तथा कैयौ प्रतिबन्धहरूलाई खुकुलो पार्नेसम्मका धेरै परिवर्तनहरूका लागि पनि आह्वान गर्नु भएको छ । ...