चैते दसैँ सकियो, बिकेनन् ठेकाठेकी
काठमाण्डौँ, चैत २९
चैत शुक्ल पक्षमा मनाइने चैत्राष्टमी अर्थात् चैते दसैँ पर्व । बागलुङ कालिका मन्दिर परिसरमा यो पर्वमा मेला लाग्ने चलन पाँच सय वर्ष पुरानो हो । बागलुङ कालिका नामक पुस्तकमा उल्लेख भएअनुसार यो पर्व बागलुङको पहिचान र ठूलो चाड हो । चैत शुक्ल पक्षको नवदुर्गामा बागलुङ कालिकाको पूजाआजा र मन्दिर परिसरमा लाग्ने मेला एकअर्काका पर्याय हुन् ।
परापूर्वकाल अहिलेको जस्तो सुविधा सम्पन्न पकै थिएन होला । गाउँघरमा अत्यावश्यक भाँडावर्तन, ठेकी, मदानी, डालो, नाग्लो, दाम्लो आदिको जोहो गर्ने पर्वका रुपमा चैते दसैँ मेलालाई लिइन्थ्यो । जसको घरमा जे तयार भएको छ त्यही बोकेर बागलुङ बजारमा आउने र मेलामा बिक्री भएपछि आफूलाई चाहिने अर्को बस्तुको खरिद गर्ने प्रचलन रहेको इतिहासका जानकार बताउँछन् ।
मेला भर्नकै लागि दुईतीन दिनको यात्रा गरेको अनुभव सुनाउनुहुन्छ बूढापाकाहरु । घरायसी सामग्रीको पनि अहिले जस्...









