Wednesday, July 8News That Matters

Month: ४ वर्ष अगाडि

जिप दुर्घटनामा दुई जना प्रहरीको मृत्यु, सात जना घाईते

जिप दुर्घटनामा दुई जना प्रहरीको मृत्यु, सात जना घाईते

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत ३० सोलुखुम्बुबाट विराटनगरका लागि छुटेको बा१७च १०९४ नम्बरको जिप आज ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ भडारे खोला नजिक दुर्घटना हुँदा दुई प्रहरीको मृत्यु भएको छ भने अन्य सात जना प्रहरीहरु घाईते भएका छन् । मृत्यु हुनेमा सोलुखुम्बुमा कार्यरत प्रहरी हवल्दार भूपेन्द्र कार्की र प्रहरी जवान मानिक राजवंशी रहेका छन् । दुर्घटनामा अन्य सात जना घाइते भएका छन् । घाइते हुनेमा प्रहरी निरीक्षक ऋषिराज ढकाल, हवल्दार भूपेन्द्र खनाल र प्रहरी जवान रुपक विष्टलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डौँ रेफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं प्रवक्ता उद्धव पोखरेलले जानकारी दिनुभयो । अन्य घाइतेको उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थकेयर र आस्था लाइफ हेल्थकेयरमा उपचार भइरहेको छ । दुर्घटनामा पर्ने सबै सोलुखुम्बुबाट प्रदेश नं १ को राजधानी विराटनगर जाँदै गरेका प्रहरी रहेको जना...
स्वीकृति नलिई प्रकाशन भएका पात्रो, भित्तेपात्रोलाई स्पष्टीकरण सोधिने

स्वीकृति नलिई प्रकाशन भएका पात्रो, भित्तेपात्रोलाई स्पष्टीकरण सोधिने

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत ३० नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति नलिई प्रकाशन भएका पात्रो ९पञ्चाङ्ग० र भित्तेपात्रो ९क्यालेन्डर० लाई स्पष्टीकरण सोध्ने भएको छ । समितिको बैठकले पहिलो पटक मौखिक रुपमा स्पष्टीकरण सोध्ने निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । मन्त्रिपरिषद् बैठकले २०७७ पुस २० गते स्वीकृत गरेको गठन आदेशको दफा ७ को उपदफा ९ञ० र ९ठ० अनुसार स्वीकृत नलिई पात्रो र भित्तेपात्रो प्रकाशन गर्न नपाइने व्यवस्था छ । स्वीकृति नलिई प्रकाशन भएमा कारबाही गरिने सूचना समितिले पात्रोमार्फत प्रकाशन गरेको छ । समितिको स्वीकृति नलिई यस वर्ष तीन पात्रो प्रकाशन भएका छन् । नेपाल, मुक्तिनाथ र ज्वाला पञ्चाङ्ग समितिको स्वीकृति नलिई प्रकाशन भएका हुन् । यसैगरी हालसम्म नौ भित्तेपात्रो समितिको स्वीकृति नलिई प्रकाशन भएको पाइएको अनुगमन उपसमितिका सदस्य खिलहरि घिमिरेले बताउनुभय...
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा स्वाँर

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा स्वाँर

Breaking News 1, समाचार
काठमाण्डौँ, चैत ३० यातायात व्यवसायीको छाता सङ्गठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा विजयबहादुर स्वाँर निर्वाचित हुनुभएको छ । महासङ्घको आज बिहान सम्पन्न महाधिवेशनले उहाँको अध्यक्षतामा ७६ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो । अध्यक्ष, महासचिव, उपमहासचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र प्रदेश संंयोजक मङ्गलबार नै निर्विरोध निर्वाचित भए पनि वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, सचिव र सदस्य पदमा भने मतदान भएको थियो । तीन वरिष्ठ उपाध्यक्ष पदमा वर्तमान महासचिव सरोज सिटौला, ऐनकुमार साई , हरिशरण केसी मत ल्याई विजयी हुनुभएको छ । यस्तै, खुला सात उपाध्यक्षमा सानुकाजी प्रजापति , भुवन बराल , रवि रिमाल, डम्बरराज पन्त , रामप्रसाद सुवेदी , जीतबहादुर भारती र राजेन्द्र रिजाल मत ल्याएर विजयी हुनुभएको छ । यसैगरी, मालवाहक उपाध्यक्षमा यादवलाल श्रेष्ठ, महिला उपाध्यक्षमा पुष्पा श्रेष्ठ, महासचिवमा ड...
ट्रयाक्टर दुर्घटनाबाट १ जनाको मृत्यु

ट्रयाक्टर दुर्घटनाबाट १ जनाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत ३० भोजपुरको रामप्रसादराई गाउँपालिका–५ स्थित भोजपुर–मानेभन्ञ्याङ सडक खण्डमा ट्रयाक्टर दुर्घटनाहुदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोहिँ गाउँपालिका – ७ का २० बर्षीयजेबि राई रहेका छन् । हिजो राती १० बजे भोजपुरबाट ईटा बोकी बासीखोरा तर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त २२४९ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट २०० मिटर तल झरी दुर्घटना हुदा राई गम्भिर घाईते भएका थिए । घाईतेलाई उपचारको लागी जिल्ला अस्पताल भोजपुर पठाईएकोमा डाक्टरले मृत घोषित गरेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।  ...
बझाङमा जीप माथि ढुङ्गा खस्दा चालकको मृत्यु

बझाङमा जीप माथि ढुङ्गा खस्दा चालकको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत ३० बझाङको छविसपाथिभेरा गाउँपालिका–१ भाँडेबजारस्थित किन्द्राल भिरमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक छविसपाथिभेरा गाउँपालिका–३ बामनडाँडाका ५० वर्षीय जयबहादुर सार्की रहेका छन् । छविसपाथिभेरा गाउँपालिकाको बाहुनडाँडाबाट मोरीबगरतर्फ आउँदैै गरेको से१ज ६७६ नंको जीपमाथी भिरबाट ढुङ्गा खस्दा जीप ४०० मिटर तल सेती नदीमा खसेको हो । चालक जयबहादुर सार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिनुभयो । चालकको शव परीक्षणका लागि जिल्ला अस्पताल सिमखेत ल्याइँदै छ । जीपमा अरु कोही पनि सवार नभएको प्रहरीले जनाएको छ । (रासस)...
बसाई–सराईले रित्तिएको गाउँको बाँझो जग्गा सदुपयोग गरी बाख्रापालन

बसाई–सराईले रित्तिएको गाउँको बाँझो जग्गा सदुपयोग गरी बाख्रापालन

Breaking News 2, समाचार
काठमाण्डौँ, चैत ३० बागलुङको ताराखोला गाउँपालिका–३ श्याम खर्क आसपासका ५८ घरमध्ये अधिकांशमा ताल्चा लागेको छ । बसाइँसराइको प्रभाव परेको उक्त गाउँमा पाँच÷सात घरमा मात्रै बसोबास छ । उजाडिएको गाउँबाट अध्ययनका लागि विदेश जाने योजना बनाउनुभएका ३५ वर्षीय मेखबहादुर थापा अहिले बाख्रापालनमा लाग्नुभएको छ । श्यामखर्कमा बसाइँसराइका कारण धेरै जग्गा बाँझो छ । धौलागिरि क्याम्पसबाट दश जोड दुई उत्तिर्ण गर्नुभएका थापाले विदेशमा अध्यययन गर्ने सपना पूरा नभएपछि काठमाडौँस्थित टोखामा दुई वर्ष कुखुरापालन गर्नुभयो । विसं २०७२ को भूकम्पपछि काठमाडौँको कुखुरापालन छोडेर उहाँ बाख्रापालन गर्न गाउँ फर्किनुभएको हो । अहिले थापाले घुम्टे हिल पशुपन्छी फार्ममार्फत बाख्रापालन गरिरहनुभएको छ । अब उहाँको कुखुरापालन गर्ने योजना छ । “गाउँको बाँझो जग्गा देखेर बाख्रा पाल्ने सोच बनाए”, थापाले भन्नुभयो, “गाउँमै केही गर्ने सोच पलायो...
जहाँ एक मानवीय क्षतीसहित आठ घर खरानी भयो : स्थलगत भिडियो

जहाँ एक मानवीय क्षतीसहित आठ घर खरानी भयो : स्थलगत भिडियो

Breaking News 1, Purnapusti TV, समाचार
https://youtu.be/ZvaGnbidzsg जिल्लाको उदयपुरगढी गाउँपालिका १ शिखरपुरमा एकजना बृद्धाको मानवीय क्षतीसहित आठ घरमा आगजनी भएको दुई हप्ता वितिसक्दा पनि घर उभ्याउन नसक्दा उनीहरुको जीवन कष्टकर बनेको छ । पूर्णपुष्टिको स्थलगत रिपोर्टिङ पछि तयार पारिएको भिडियो ।
पानीमा डुबी १ वर्षीया बालकको मृत्यु

पानीमा डुबी १ वर्षीया बालकको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि,चैत २९ गते । पानीमा डुबेर एक वर्षीया बालकको मृत्यु भएको छ । संखुवासभाको चैनपुर नगरपालिका–५ मा सोमबार दिउँसो १२ बजे पेमा आङ्दि शेर्पाको छोरा निमा साङ्गे शेर्पाको मृत्यु भएको हो । जुठेल्नोमा पकाउन राखिएका फोसी भाडामा रहेको पानीमा डुबी ती बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिगएको प्रहरी टोलीले कानुनी प्रक्रिया पुरा गरी घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।...
उदयपुरमा मानवीय क्षतीसहित आठघर आगजनी : घर उभ्याउन नसक्दा कष्टपूर्ण बसाई

उदयपुरमा मानवीय क्षतीसहित आठघर आगजनी : घर उभ्याउन नसक्दा कष्टपूर्ण बसाई

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत २९ गते । जिल्लाको उदयपुरगढी गाउँपालिका १ शिखरपुरका आठ घर अग्नी पिडितहरुले आगलागीपछि नयाँ घर बनाउन सकेका छैनन् । नयाँ घर बनाउन नसक्दा उनीहरुको जीवन कष्टकर बनेको छ । गत चैत १३ गते । एकजना बृद्धाको मानवीय क्षतीसहित आठ घरमा आगजनी भएको थियो । उनीहरुको डेडकरोड बढी क्षती भएको थियो । घटना भएको दुईहप्ता वितिसक्दा पनि कसैले एउटासम्म घर उभ्याउन सकेका छैनन् । आगजनीबाट विचिल्नी परेका आठ घर परिवारलाई खानका लागि राहत मिलेपनि बस्ने राम्रो ब्यवस्था छैन । बालबालिका र महिलाहरु त्रिपालमुनी बस्नुपर्दा दिनचर्या कष्टकर बनेको छ । जिल्ला प्रशासन कार्यालय उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी विनोद पोखरेलका अनुसार दुईहप्ता अघि एकैबस्तीको आठघरमा आगजनी हुँदा अन्दाजी ७५ वर्षिया बृद्धा शिवमाया मगरको जलेर मृत्यु भएको थियो । आगजनीबाट ओम मगर, गम्बर मगर, शेरबहादुर मगर, भैरव बहादुर मगर, पदमबहादुर मगर, धनम...
कटारी नगर प्रमुखमा माओवादी केन्द्रको दावी : गठबन्धन गर्ने निर्णय

कटारी नगर प्रमुखमा माओवादी केन्द्रको दावी : गठबन्धन गर्ने निर्णय

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, चैत २९ गते । नेकपा माओवादी केन्द्र नगर कमिटी कटारीले कटारी नगरपालिकाको नगर प्रमुखको दावी गर्दै गठबन्धनमा तालमेल गर्ने निर्णय गरेको छ । आज पार्टी कार्यालयमा कमिटीको वैठकको निर्णयहरु सार्वजनिक गर्दै पार्टीले गठबन्धन दलवीच उचित सन्तुलन गर्दै आत्मसम्मानका साथ तालमेल गर्ने निर्णय भएको जनाएको हो । पत्रकार सम्मेलनमा वोल्दै नगर कमिटीका अध्यक्ष मणिराज दाहालले देशैभरीको गठबन्धनको मापदण्ड आईसकेपछी स्वाभाविक रुपमा हिजोको जनमतलाई सम्मान गर्दै नगर प्रमुख सहितको दावी रहेको बताउनुभयो ।‘आत्मसम्मानका साथ सत्ता गठबन्धनकावीचमा गठबन्धन हुन्छ ।’उहाँले भन्नुभयो —‘गठबन्धनको साझा निर्णयबाट अघि बढ्छौं ’ कार्यदल सत्तागठबन्धन बनेपछी मात्रै टुंगो लाग्ने दाहालले बताउनुभयो । उहाँले पार्टी प्रणालीबाट नगर प्रमुख उमेद्वार बन्ने बताउँदै यसको टुंगो पार्टीले लगाउने बताउनुभयो । आकांक्षी धेरै रहेको पनि उहाँको भन...