Wednesday, July 8News That Matters

Month: ४ वर्ष अगाडि

छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख १ भरुवा बन्दुक पड्किर गएराति बारामा एक युवकको मृत्यु भएको छ । मृत्युहुनेमा जितपुरसिमरा उपमहानगरपालिका–१६ डकाहाटोल बस्ने २८ वर्षीय सागर सिंजाली मगर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता राजेश थापाका अनुसार दुधौरा खोलामा माछा मारी फर्कने क्रममा जङ्गली जनवारको सिकारका लागि थापेको भरुवा बन्दुक पड्किई मगर घाइते भएका थिए । उनको उपचारका लागि बयोधा अस्पताल वीरगञ्ज लगिएकामा उपचारकै क्रममामा मृत्यु भएको प्रवक्ता थापाले बताउनुभयो । उक्त स्थानबाट एक थान भरुवा बन्दुक बरामद भए पनि बन्दुक कसको हो भन्ने नखुलेको प्रहरीले जनाएको छ । त्यसैगरी आज बिहान स्कर्पियो आफैँ अनियन्त्रित भई सडकको बायाँ किनारमा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका–११ बस्ने २५ वर्षीय लोकनाथ सेढाईँ रहेको प्रहरीले जनाएको छ । पूर्व–पश्चिम लोक र...
विराटनगरबाट मानव अंगसहित एक डाक्टर पक्राउ

विराटनगरबाट मानव अंगसहित एक डाक्टर पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, वैशाख १ गते । विराटनगरबाट मानव अंगसहित एक जना भारतीय डाक्टर पक्राउ परेको छ । सशस्त्र प्रहरीको सीमा सुरक्षा बल रानीबाट खटिएको प्रहरी टोलीले भारतको बिहारको पूर्णिया नगरपञ्चायतका २६ वर्षीय आदित्य सिंन्हालाई पक्राउ गरेको हो । विराटनगर–१५ स्थित मुख्य रानी नाकाको १ नम्बर ढाटबाट सिन्हालाई मानब अंगसहित पक्राउ जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सिन्हाको साथबाट प्रहरीले मानव खप्पर, खुट्टाको हड्डी, हातको हड्डी, करङको हड्डी, बंगराको हड्डी, काँधको हड्डी, घाँटीको हड्डी, हिपको हड्डी, ढाडको हड्डी, औंलाको हड्डी र कुरकुच्चाको हड्डी गरी ४६ वटा मानव अंग बरामद गरेको छ । उनको साथबाट प्रहरीले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा इन्टर्नसीपको समयमा सन् २०१६ मा बनाएको परिचयपत्र पनि बरामद गरेको छ । सिन्हाले भारतका संग्रहालयमा बिक्रीका लागि मानब अंग लैजान खोजेको आशंका प्रहरीको छ । ...
त्रिनपा ५ श्रीपुरमा एमाले र कांग्रेस परित्याग गरी ६४ जना माओवादीमा प्रवेश

त्रिनपा ५ श्रीपुरमा एमाले र कांग्रेस परित्याग गरी ६४ जना माओवादीमा प्रवेश

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख १ त्रियुगा नगरपालिका ५ श्रीपुरमा हालै ६४ जनाले माओवादी पार्टी रोजेको छ । कांग्रेस र एमाले पार्टी परित्याग गरी करिब ६४ जनाले माओवादी पार्टी प्रवेश गरेको हो । नवप्रवेशीहरुलाई माओबादी केन्द्र संघीय निर्वाचन क्षेत्र नं १ का इन्चार्ज तथा प्रदेश सदस्य द्रोण पौडेल ९निरज०, अर्का प्रदेश सदस्य सम्झना पाख्रिन ९योद्धा०, त्रियुगा नगर कमिटी इन्चार्ज बिमल किराती, नगर अध्यक्ष गीता खड्का कार्की, उपाध्यक्ष तथा त्रियुगा १६ का वडाध्यक्ष मानहादुर राई र वाईसिएल उदयपुर इन्चार्ज दिपक किरातीले स्वगत गरेका छन् । नेपाली जनताको हितमा एजेन्डा तयार पार्ने पहिलो पार्टीनै माओवादी पार्टी रहेको भन्दै अन्य पार्टीहरुको कुनै आश नरहेको प्रवेशीहरुले जनाएको छ । नवप्रवेशी एमाले नेता भुपध्जव कार्कीले मुलुकमा परिवर्तन गर्ने, विकास र समृद्धि ल्याउने एक मात्र दल नेकपा माओबादी भएको भन्दै अहिलेको परिवर्तनलाई ...
सोलुबाट  बिराटनगर आउँदै गरेको बोलेरो दुर्घटना : ३ प्रहरीको मृत्यु

सोलुबाट बिराटनगर आउँदै गरेको बोलेरो दुर्घटना : ३ प्रहरीको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, वैशाख १ गते । ओखलढुङ्गाको मानेभञ्ज्याङ–६ मा सवारी दुर्घटना हुँदा तीन जना प्रहरीको ज्यान गएको छ । भूपेन्द्र कार्की, मनिक राजवंशी र रूपक विष्टको सवारी दुर्घटनामा ज्यान गएको हो । बुधवार सोलुखुम्बुबाट बिराटनगर आउँदै गरेको बा. १७ च १०९४ नम्बरको बोलेरो दुर्घटना भएको थियो । प्रहरीका अनुसार बोलेरो १५० मिटर तल खसेको थियो । बोलेरोमा सवार प्रहरी हवल्दार कार्की र प्रहरी जवान राजवंशीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरी जवान विष्टको भने उपचारको क्रममा नेपाल प्रहरी अस्पताल काठमाडौँमा ज्यान गएको हो ।...
स्नायु चिकित्सक सम्मानित

स्नायु चिकित्सक सम्मानित

Breaking News 3, समाचार, स्वास्थ्य
काठमाण्डौँ, बैशाख १ उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एलाइड साइन्स बाँसबारीले आफ्नो संस्थाबाट स्नानु विषयमा उच्च शिक्षा अध्ययन तथा तालिम पूरा गरेका चिकित्सकलाई सम्मान गरेको छ । यसरी सम्मानित हुने स्नायु चिकित्सकमा सुरज थुलुङ, पकज नेपाल, निलम खड्का, राजेशमान जोशी, अजित श्रेष्ठ, गुणराज पौडेल, विदुर केसी, निकुञ्ज योगी, प्रत्युस श्रेष्ठ, सुमन रिजाल, विवेक वैद्य, श्यामबाबु पटेल, शिखर श्रेष्ठ, सागर कोइराला, सुरेश विश्वकर्मा, विभूषण श्रेष्ठ हुनुहुन्छ । उहाँहरुले सो संस्थामा विभिन्न समयमा एमसीएच अध्ययन तथा एफसिपीएच तालिम लिनुभएको थियो । वरिष्ठ स्नायु चिकित्सक प्रा डा दिनेशनाथ गङगोंल र उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एलाइड साइन्सका कार्यकारी अध्यक्ष प्रा डा मधु दीक्षित देवकोटाले संयुक्तरूपमा ती चिकित्सकहरूलाई दोसल्ला ओढाइ सम...
राष्ट्रपति भण्डारीबाट विभूषण प्रदान

राष्ट्रपति भण्डारीबाट विभूषण प्रदान

Breaking News 2, समाचार
काठमाण्डौँ, बैशाख १ राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस (राष्ट्रिय दिवस), २०७८ का अवसरमा घोषित विभिन्न विभूषण तथा मनपदवीबाट विशिष्ट व्यक्ति, राष्ट्रसेवक र सामाजिक क्षेत्रका व्यक्तिहरूलाई आज सुशोभन गर्नुभएको छ । गत असोज ३ गतेको संविधान दिवसका अवसरमा नेपाल सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीबाट घोषितमध्ये नेपाल रत्न मानपदवीबाट पूर्वप्रधानमन्त्री स्व कृष्णप्रसाद भट्टराई, राष्ट्र गौरवबाट मन्त्रिपरिषद्का पूर्वअध्यक्ष स्व सुवर्णशमशेर राणा र पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महाउज्ज्वल राष्ट्रदीपबाट राजनीतिज्ञहरु स्व तुल्सीलाल अमात्य, स्व मङ्गलादेवी सिंह, मोहनचन्द्र अधिकारी, प्रजातान्त्रिक योद्धा स्व दुर्गानन्द झा, स्वरसम्राट स्व नारायणगोपाल गुरुवाचार्यलाई मानपदवी प्रदान गरियो । यस्तै सुप्रसिद्ध प्रबल जनसेवाश्रीबाट राजनीतिज्ञहरू प्रदीप नेपाल, स्व पोष्टबहादुर बोगटी, स्व मार्शलजुलुम...
जङ्गलमा कुहिएर दुर्गन्धित भएको अवस्थामा शव फेला

जङ्गलमा कुहिएर दुर्गन्धित भएको अवस्थामा शव फेला

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख १ महोत्तरीको सातपत्रे जङ्गलमा कुहिएको अवस्थामा बुधबार एक व्यक्तिको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार बर्दिबास नगरपालिका–३ स्थित विपी राजमार्गभन्दा ५०० मिटर उत्तर–पश्चिममा पर्ने सातपत्रे भिरालो जङ्गलमा एक व्यक्तिको शव कुहिएर दुर्गन्धित भएको अवस्थामा फेला परेको हो । नाम, थर, वतन नखुलेका अन्दाजी वर्ष ५०÷५५ का पुरुषको शव कुहिएर जङ्गलभरि दुर्गन्धित भएको अवस्थामा घाँस काट्न गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयले शवबारे खबर दिएपछि इलाका प्रहरी कार्यालय बर्दिबासबाट प्रहरी टोली शव फेला परेको स्थानतिर गएर सो शव उठाएर परीक्षणका लागि जिल्ला अस्पतालमा पठाइएको छ । (रासस)...
मेघ गर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना

मेघ गर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना

Breaking News 2, समाचार
काठमाण्डौँ, बैशाख १ हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भेगमा सामान्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । रातिको समयमा देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली रहने छ । देशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । आज बिहान काठमाडौँमा हल्का वर्षा भएको छ । उपत्यकाको आकाश बिहानैदेखि बदली रहेको छ । काठमाडौँको अधिकतम तापक्रम ३१ दशमलव चार र न्यूनतम तापक्रम १७ दशमलव आठ डिग्री सेल्सियस रहेको छ । ...
उदयपुरमा सफ्टवेर बाट पासपोर्ट दर्ता गराउँदै पैसा दिने  दुई युवा पक्राउ

उदयपुरमा सफ्टवेर बाट पासपोर्ट दर्ता गराउँदै पैसा दिने दुई युवा पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख १ उदयपुरमा १५ सय देखी १७ सय सम्म पैसा दिँदै सफ्टवेर बाट नेपाली पासपोर्ट दर्ता गराउँदै हिड्ने दुईजनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको छ । उनिहरुलाई प्रहरीले कस्तो पार्सपोर्ट कुन सफ्टवेरमा दर्ता गरेको र किन गरेको हो भन्ने बिषयमा अनुसन्धान गर्न पक्राउ गरीएको जनाएको छ । त्रियुगा नगरपालिका ६ मोहनपुरका अन्दाजी ३० बर्षिय जिवन कुमार गुराई र त्रियुगा नगरपालिका १० बोक्से गरमगाछीका २४ बर्षिय मनोज राईलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पासपोर्ट बिषयमा अनुसन्धान गर्न आईतवार पक्राउ गरेको जनाएको छ । उनिहरुले गाईघाट लगायतका स्थानीय युवाहरुलाई नेपाली पासपोर्ट मागि उक्त पासपोर्ट के कुन सफ्टवेयरमा ईन्ट्री गरे पछि पासपोर्ट फिर्ता दिई नगद रू पन्ध्र देखि १७ सय सम्म उल्टै पैसा  दिने गरेको प्रहरीले जनाएको छ । । स्थानीय युवाहरुका अनुसार २ हजार सम्म दिएर पासपोर्ट दर्ता...
मुलुकको लोकतन्त्रलाई स्थायित्व प्रदान गर्न एमाले सक्षम छः अध्यक्ष ओली

मुलुकको लोकतन्त्रलाई स्थायित्व प्रदान गर्न एमाले सक्षम छः अध्यक्ष ओली

Breaking News 1, समाचार
काठमाण्डौँ, चैत ३० नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको लोकतन्त्रलाई स्थायित्व प्रदान गर्न नेकपा एमाले सक्षम रहेको बताउनुभएको छ । एमाले विराटनगर महानगरद्वारा आज यहाँ आयाजित बृहत् कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा उहाँले विभिन्न भाषाभाषी र भूगोलमा बस्ने सम्पूर्ण नेपालीको साझा अभियानबाट सङ्घीय गणतन्त्र र जनतामा सार्वभौमसत्ता निहित गर्ने महान् अभियानमा सरिक बनाउने कार्यमा पार्टी लागेको बताउनुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले नेपालको पानी नेपालीको लागि प्रयोग हुनुपर्नेमा जोड दिँदै उद्यमी, व्यवसायीले पर्यटन र निर्यातमुखी उद्योग स्थापना गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्ने र यसमा आफ्नो पार्टीले सक्दो सहयोग गर्ने उल्लेख गर्नुभयो । उहाँले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने कोही कसैको कार्यलाई कहिले पनि सफल हुन नदिने दृढता व्यक्त गर्दै जनप्रतिनिधिविहीन...