Wednesday, July 8News That Matters

Month: ४ वर्ष अगाडि

बाघको आक्रमणमा परी एक जनाको मृत्यु

बाघको आक्रमणमा परी एक जनाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत २९ गते । बाघले आक्रमण गर्दा बारामा एक जनाको ज्यान गएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्ती बस्ने ३१ वर्षीय सुरेश मगरको ज्यान गएको हो । सोमबार बिहान ९ बजे उनीसहित ४ जना कोल्हबी नगरपालिका–२ स्थित तामागढी साझेदारी वन व्यवस्थापन समूहमा घाँस काट्न गएका थिए । बाघले उनलाई एक्कासी आक्रमण गरेको थियो । बाँकी तीन जना साथीहरूले हो–हल्ला गरी बाघलाई भगाएका थिए । बाघको आक्रमणबाट घाइते मगरलाई उपचारका लागि ल्याउँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ । घटनाका थप अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।...
इन्धन आयातमा वृद्धि

इन्धन आयातमा वृद्धि

Breaking News 2, समाचार
काठमाण्डौँ, चैत २९ वीरगञ्ज भन्सार कार्यालयबाट इन्धनका आयातमा उलेख्य वृद्धि भएको छ । देशकै प्रमुख व्यापारिक नाका सो भन्सारबाट गत आर्थिक वर्ष आठ महिनाका तुलनामा चालु आवको सोही अवधिमा वीरगञ्ज नाका प्रयोग गरी रु ५६ अर्ब ७० करोड ६३ लाखभन्दा बढी मूल्यको रु १० लाख ९७ हजार २९६ किलोलिटर बढी इन्धन आयात भएको हो । आव २०७७÷७८ को साउनदेखि फागुनसम्ममा रु ५६ अर्ब ४४ करोड २३ लाखको नौ लाख ४१ हजार ५५७ किलोलिटर डिजल, पेट्रोल, मट्टितेल, हवाई इन्धन र एक लाख ६६ हजार ७९७ मेट्रिक टन खाना पकाउने एलपिजी ग्यास आयातको तुलनामा चालु आवको सोही अवधिमा रु एक खर्ब १३ अर्ब १४ करोड ८७ लाख मूल्यको २० लाख ३८ हजार ८५३ किलोलिटर इन्धन र एक लाख ८७ हजार ४५६ मेट्रिक टन ग्यास आयात भएको सो कार्यालयले जनाएको छ । यो समीक्षा अवधिको तुलनामा चालु आवको सोही अवधिमा १००.४६ प्रतिशत बढी मूल्यको ११६।५४ प्रतिशत इन्धन बढी आयात भएको हो । को...
मोटरसाइकलमा सवार दुई युवक अटोमेटिक पेस्तोलसहित पक्राउ

मोटरसाइकलमा सवार दुई युवक अटोमेटिक पेस्तोलसहित पक्राउ

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत २९ अटोमेटिक पेस्तोलसहित जनकपुरधामबाट प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका–९ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–४ बस्ने ३० बर्षीय इन्द्रेशकुमार सिंह र महोत्तरी मनरासिसवा नगरपालिका–१ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–८ बस्ने १९ वर्षीय लोटस भन्ने अभिषेककुमार सिंह रहेको प्रहरीले जनाएको छ । हातहतियार बोकी ज७प ७९३२ नंको पल्सर मोटरसाइकलमा रामानन्द चोकबाट प्रादेशिक अस्पतालतर्फ गइरहेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शरीर खानतलासी गर्दा सिंहको साथबाट एक थान अटोमेटिक पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । पक्राउ परेका दुवै जनामाथि हातहतियार खरखजना अन्तर्गत मुद्दा चलाइएको छ भने आवश्यक थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनु...
जापान जान लागेकी एक युवती गोलीसहित त्रिभूवन विमानस्थलबाट पक्राउ

जापान जान लागेकी एक युवती गोलीसहित त्रिभूवन विमानस्थलबाट पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत २८ गते । जापान जान लागेकी एक जना युवतीलाई प्रहरीले त्रिभूवन विमानस्थलबाट गोलीसतिह पक्राउ गरेको छ । तनहुँको भानु नगरपालिका–७ की २७ वर्षीया सोविता नेपालीलाई पक्राउ गरेको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको अपराध अनुसन्धान शाखाले जनाएको छ । नेपाल एयरलाइन्सको जहाजबाट आइतबार मलेसियाँ हुँदै जापान जान लागेकी सोविताको साथबाट सुरक्षा जाँचका क्रममा गोली बरामद भएको प्रहरीले जनाएको छ । ‘एक्सरे ए’मा जाँच गर्ने क्रममा उनको सानो पर्समा एक राउण्ड गोली फेला परेको थियो । उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला पठाइएको अपराध अनुसन्धान शाखाले जानकारी दिएको छ ।...
गठबन्धनको संयुक्त अपील जारी ः सहकार्य, सहयोगको प्रणसहित तालमेल गर्न निर्देशन

गठबन्धनको संयुक्त अपील जारी ः सहकार्य, सहयोगको प्रणसहित तालमेल गर्न निर्देशन

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत २८ गते । स्थानिय निर्वाचनको दिन नजिकिँदै जाँदा दलहरु आफ्ना उम्मेदवार छनौटको प्रारम्भीक गृहकार्यमा व्यस्त देखिन्छन् । गठबन्धनले आपसि सहकार्य, सहयोग र स्थान अनुसार गठबन्धनभित्रै तालमेल गर्न निर्देशन दिँदै आज संयुक्त अपील जारी गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको शिर्ष बैठकमा तालमेलको मोडालिटिबारे छलफल गर्दै यस्तो अपील जारी गरिएको हो । सत्ता गठबन्धनका पाँच दलका तर्फबाट जारी सामूहिक अपीलमा आपसी सहयोग गर्ने प्रण गरिएको छ । तालमेलका विषयमा स्थानीय स्तरमा देखिएका केही असहजतालाई सम्बोधन गर्दै गठबन्धनले यस्तो प्रणसहितको निर्देशन जारी गरेको हो । साथै गठबन्धनले अहिलेपनि संविधानविरोधी र लोकतन्त्र विरोधीहरु सलबलाईरहेको भन्दै प्रतिगामी शक्तिलाई परास्त गर्न झन एकतावद्ध हुनुको विकल्प नभएको स्पष्ट पारेको छ । अपिलमा भनिएको छ, लोकतन्त्रको फराकिलो बाटोमा नेपाली जन...
‘महिला नेतृत्वमा पुग्दा राम्रो काम गर्न सफल भएका छन्’

‘महिला नेतृत्वमा पुग्दा राम्रो काम गर्न सफल भएका छन्’

Breaking News 3, समाचार
काठमाडौं, चैत २८ गते । राजनीतिज्ञ, अधिकारका क्षेत्रमा कार्यरत, व्यवसायी, शिक्षाका क्षेत्रमा कार्यरतलगायतले महिला नेतृत्वमा पुग्दा राम्रो काम गर्न सफल भएको बताएका छन् । नारी म्यागजिनले आज आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उहाँहरुले सबै क्षेत्रमा महिलाको नेतृत्व स्थापित गर्न आवश्यक भएको बताउनुभयो । प्रथम महिला आरजु राणा देउवाले आफूले मिडिया, सेना, प्रहरी, इञ्जिनीयरिङलगायत सबै क्षेत्रमा महिलाको नेतृत्व हेर्न चाहेको बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रपति, सभामुखलगायतका विभिन्न क्षेत्रमा महिला पुग्नुभएको छ, अरु क्षेत्रमा पनि महिला पुग्न आवश्यक छ ।” महिलाले राजनीतिमा गएपछि आफूले चाहेको परिवर्तन सम्भव हुने संविधानसभा सदस्य देउवाले बताउनुभयो । राजनीतिमा प्रत्यक्षरुपमा संलग्न हुँदा नै राज्यको कार्यक्रम र नीति बनाउन सकिने उहाँले बताउनुभयो । राजनीतिमा लाग्दा कतिपय कठिनाइ भए पनि परिवर्तन ...
तीन वर्षमा एक किलोमिटर सडक कालोपत्र

तीन वर्षमा एक किलोमिटर सडक कालोपत्र

Breaking News 2, समाचार
झापा, चैत २८ गते । धुलाबारी–भद्रपुर जोड्ने सडक निर्माणकार्य बजेट अभावमा एक किलोमिटर मात्र कालोपत्र भएको छ । आर्थिक वर्ष २०७९ असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँगको ठेक्का सम्झौता भए पनि बजेट अभावमा हाल मेचीनगर नगरपालिका–१० को खयरडाँगीस्थित भेटवाल चोकबाट मेचीनगर–१५ को शिवालय मन्दिर छेउसम्मको सडक मात्र कालोपत्र भएको हो । भद्रपुर धुलाबारी खण्डको लागत मूल्य अभिवृद्धि करसहित प्रदेश नं १ को सरकारको कूल रु २५ करोड ३२ लाख ८४ हजारमा हिम्डुङ एण्ड थोकर सरोज जेभीलाई ठेक्कामा दिइएको थियो । निर्माण कम्पनीले सम्झौताको तीन वर्षको अवधिमा एक किलोमिटर सडक मात्र कालोपत्र गर्न सकेको पूर्वाधार विकास कार्यालय झापाका प्रमुख रमेशकुमार श्रेष्ठले बताउनुभयो । उहाँले बजेट अभावमा जति काम हुनुपर्ने हो त्यति हुन नसकेको बताउनुभयो । “प्रदेश सरकारले समयमा बजेट नपठाउँदा काममा ढिलाइ भइरहेको छ”...
उदयपुरमा चिर्पट दाउराले हानेर श्रीमतीको हत्या

उदयपुरमा चिर्पट दाउराले हानेर श्रीमतीको हत्या

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत २८ गते । उदयपुरको कटारी नगरपालिका–५ सिसाघारी बस्ने ४२ वर्षीय पोष्टराज दाहालले दाउराले हान्दा श्रीमतीको मृत्यु भएको छ । आज बिहान शौचालयमा बसेको बेला चिर्पट दाउराले टाउकोमा प्रहार गर्दा ३८ वर्षीया नानुमाया दाहालको घटना स्थलमै मृत्यु भएकोे हो । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरिक्षकसहितको प्रहारी टोली घटना स्थल पुगेका थिए । दाहाललाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय कटारीमा ल्याई थप अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरिक्षक तथा सुचना अधिकारी लालबहादुुर श्रेष्ठले बताए । मृतक नानुमायाको शवलाई कटारी अस्पतालमा पोष्टमार्टम गरी भाईलाई बुझाएको श्रेष्ठले बताए ।...
हँसिया प्रहारबाट श्रीमानको हत्या पश्चात पुलिस चौकी पुगे महिला

हँसिया प्रहारबाट श्रीमानको हत्या पश्चात पुलिस चौकी पुगे महिला

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत २८ गते । हँसियाले हानेर कैलालीमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेको छ । जिल्लाको मोहन्याल गाउँपालिका–१ की ३२ वर्षीया फूमा थापामगरले ४३ वर्षीय श्रीमान नारायण थापामगरको हँसियाले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । ‘सोमबार बिहान इलाका प्रहरी कार्यालय पण्डौनमा मैले श्रीमानको हत्या गरे भन्दै फूमा स्वयंम् उपस्थित भएपछि घटनाबारे थाहा भएको हो,’ प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले भने, ‘घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लम्कीबाट प्रहरी निरीक्षक लोकेन्द्र गुरुको नेतृत्वमा टोली पठाइएको छ ।’ फूमाले प्रहरीलाई बताएअनुसार विगतदेखि नै उनीहरुबीच विवाद हुने गरेको थियो । घटनाको थप विवरण अनुसन्धानबाट मात्र खुल्ने प्रहरी नायब उपरीक्षक जोशीले बताए ।...
बगरफाँटमा खानेपानीको हाहाकार

बगरफाँटमा खानेपानीको हाहाकार

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत २८ गत शनिबार परेको असिना पानीका कारण म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा विद्युत् सेवा अवरुद्ध हुँदा तीन दिनदेखि गाउँ अन्धकारमय बनेको छ भने बेनी नगरपालिका–२ बगरफाँटमा मुहान र पाइपलाइनमा क्षति पुग्दा तीन दिनदेखि खानेपानीको समस्या भएको छ । दग्नाममा हावाहुरीसहितको असिना पानीले विद्युत् पोलमा क्षति प¥याएपछि तीन दिनदेखि गाउँ अन्धकारमय बनेको स्थानीय गुन पुनले जानकारी दिनुभयो । उहाँका अनुसार विद्युत् पोल र लाइनमा क्षति पुगेकाले मर्मत कार्य जटिल हुँदा तीन दिनदेखि गाउँमा मोबाइल चार्ज गर्न, बत्ती बाल्न, कुटानी पिसानी गर्न र विद्यार्थीलाई नजिकिँदै गरेको एसइईलगायत विद्यालय तहका परीक्षाको तयारी गर्न समस्या उत्पन्न भएको छ । यसैगरी बेनी–२ बगरफाँटमा बाढीले खानेपानीको मुहान र पाइपलाइन बगाएपछि खानेपानीको हाहाकार भएको छ । मरुवा, उपल्लो खन्ना र बाङ्खे छहरोमा बाढीले मुहान र पाइपल...