Wednesday, July 8News That Matters

Month: ४ वर्ष अगाडि

कारले ठक्कर दिँदा तीन जना पैदलयात्रीको मृत्यु

कारले ठक्कर दिँदा तीन जना पैदलयात्रीको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत २८ नेपालगञ्जको बिपी चोक नजिक गएराति कारले ठक्कर दिँदा तीन जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगञ्ज ११ निवासी ६५ वर्षीया समिना इद्रिसी, पाँच वर्षीय कसिम इद्रिसी र अलि इद्रिसी रहेका छन् । प्रदेश ३–०१–२३ च ८४८१ नम्बरको कारले पैदल हिँडिरहेका तीनै जनालाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनीहरुलाई त्यहीँ कारमा राखेर चालकले शिक्षण अस्पताल नेपालगञ्ज पु¥याएका थिए । १५ मिनेटपछि नै उनीहरुलाई अस्पतालले मृत घोषणा गरेको थियो । कार चालक नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी २८ वर्षीय इन्द्रबहादुर थापालाई नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले जानकारी दिनुभयो । (रासस)...
जङ्गली च्याउ खाँदा एकको मृत्यु

जङ्गली च्याउ खाँदा एकको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत २८ गते । जङ्गली च्याउ खाएर तनहुँमा एक जनाको ज्यान गएको छ । च्याउ खाएर बिरामी भएको म्याग्दे गाउँपालिका–३ धयरेकी ४७ वर्षीया सुनिमाया थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । यही चैत १८ गते जङ्गलमा च्याउ खोज्न गई घरमा ल्याएर खानासँग तरकारीको रुपमा खाँदा बिरामी भएकी उनको आइतबार नयाँ मेडिकल कलेज चितवनमा ज्यान गएको हो । च्याउ खाएर बिरामी उनलाई दमौली अस्पतालमा उपचारपश्चात् थप उपचारका लागि चितवन पठाइएकामा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । च्याउ खाँदा दश जना बिरामी भएका थिए ।...
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत २८ झापाको बिर्तामोड नगरपालिका–२ स्थित रामचोकमा गए राति ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड–२ का २९ वर्षीय सम्यम बजगाईं रहेको छन् । पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख ६४५५ न.को ट्रकले विपरीत दिशाबाट जाँदै गरेको बा १५ प ८२०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक बजगाईं गम्भीर घाइते भएका थिए । घाइतेको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । मोटरसाइकल र ट्रक इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको छ भने ट्रक चालक फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । (रासस)...
भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका प्रमुख पाँच लाख घुससहित पक्राउ

भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका प्रमुख पाँच लाख घुससहित पक्राउ

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत २८ भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका प्रमुख सुनिलकुमार झा सेवाग्राहीसँग घुस लिएको रकमसहित आज बिहान पक्राउ परेको हो । गोप्य सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयबाट खटिएको टोलीले जनकपुरधामस्थित भानु चौकस्थित एक चिया पसलबाट घुसवापत सेवाग्रहीसँग लिएको रु पाँच लाख रकमसहित प्रमुख झालाई पक्राउ गरेको हो । पक्राउ परेका झामाथि थप अनुसन्धान भइरहेको आयोग बर्दिवासका प्रमुख गोपालकुमार अधिकारीले बताउनु भयो । (रासस)...
लेटाङ घटना प्रति प्रश्न र दोषीलाई कडा सजायको माँग (लेख )

लेटाङ घटना प्रति प्रश्न र दोषीलाई कडा सजायको माँग (लेख )

Breaking News 1, बिचार
राजेन्द्र श्रेष्ठ देशको कुना कुनामा भएका हृदय विदारक घटनाहरु – कूटपिट, लुटमार, ठगी,डकैती, काटमार, भ्रष्टाचार, बलात्कार, हत्या जस्ता जघन्य अपराधका समाचारहरु, दुर्घटना, अन्याय, अत्याचार, तथा सामाजिक अन्यौलका कुराहरू बराबर सोसियल मेडियामा हेर्दा, पढ़्दा सधैं मन गर्हौ भैरहन्थ्यो । विकृति,विसङ्गति, निरक्षरता र अज्ञानताको पराकाष्ठा हो यो भन्ने लाग्थ्यो। तर यो सोंच यतिमा मात्रै सीमित रहेन ! मार्च १३ को घटनाहो । पूर्वीय क्षेत्रका विभिन्न ठाउँको यात्राको क्रममा इटहरी के पुगेका थियौ, एक्कासी सड़क जाममा परियो, घण्टौ सम्म । बुझ्दै जाँदा थाहा भयो कि १८ महिने बालिकालाई बलात्कार गरी हत्या गरियो रे ! मुटु चस्कियो, मन रोयो ! मेरो देश र समाजप्रतिको आदर्शमा पहिरो चल्यो।सुनामी आए जस्तै भो १ नसुनेको भए हुँन्थ्यो, झै लाग्यो ! विश्वाश त के सोंच्नसम्म पनि सकिन त्यसबेला १ तर समाचारले नै अर्कों दिन पुष्टि गर...
रेमिट्यान्स र पर्यटन वृद्धिका लागि पहल गर्न बिदेशीस्थित नियोग प्रमुखलाई अर्थमन्त्रीको निर्देशन

रेमिट्यान्स र पर्यटन वृद्धिका लागि पहल गर्न बिदेशीस्थित नियोग प्रमुखलाई अर्थमन्त्रीको निर्देशन

Breaking News 1, समाचार
काठमाडौं, २७ चैत अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बिदेशमा रहेका नागरिकबाट जतिसक्दो धेरै रेमिट्यान्स भित्र्याउन र नेपाल घुम्न जानुपर्ने बिषयमा प्रवद्र्धनात्मक कार्यक्रम गरी बिदेशी पर्यटकको संख्या बढाउनका लागि पहलकदमी लिन बिदेशस्थित नियोग प्रमुखलाई निर्देशन दिनुभएको छ । दुई दर्जन भन्दा बढी राजदुत, कार्यबाहक राजदुत, महाबाणिज्यदुतलगायत विभिन्न देशका नियोग प्रमुखहरुसँग आइतबार दिउँसो भर्चुअल बैठक गर्दै अर्थमन्त्री शर्माले बिदेशी मुद्रा बढाउनुपर्ने र भुक्तानी सन्तुलन सकारात्मक बनाउनु पर्ने दबाबमा सरकार रहेकाले सबै पक्ष मिलेर काम गर्नुपर्ने बताउनुभयो । ‘हामीलाई यतिबेला बिदेशी मुद्राको संचिति बढाउनुपर्ने दबाब छ । यसका लागि तपाईहरुले विशेष भूमिका खेल्नुपर्छ’ उहाँले भन्नुभयो, ‘रेमिट्यान्सका माध्यमबाट पैसा पठाउन त्यहाँका नागरिकलाई प्रोत्साहन गर्नुस् । नेपाल कोभीड १९ बाट तंग्रिसकेको सन्देश दिदै पर्...
आँपमा मधुवाले सताएकाले किसान हैरान

आँपमा मधुवाले सताएकाले किसान हैरान

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत २७ पात र हाँगासमेत नदेखिने गरी आँपका रुखमा मज्जर (मञ्जरी, फुल) ले ढाक्दा दङ्ग परेका किसान अब दिक्क हुन थालेका छन् । यसपाली आँपमा राम्रो मज्जर खेल्दा मनग्गे आम्दानी लिने आसले फुरुङ्ग पर्नुभएका भङ्गाहा नगरपालिका–४ रामनगरका किसान गङ्गाराम महतोको खुसी मधुवा (आँपको मज्जरमा लाग्ने रोग) का कारण धेरै दिन टिकेन । आफ्नो बगैँचाका आँपका रुखमा पात नै नदेखिने गरी लागेको पहेंलपुर मज्जर मधुवाले डढाएर सखाप पारेकाले उहाँको खुसी हराएको हो । महतोजस्तै सोही बस्तीका बासु बराल, गुणराज दाहाल, सतिश पाण्डे, अरुण गिरी, हरिदेव साह, सत्यनारायण यादव र भजन महतो पनि आँपको मज्जरमा मधुवाले भुसुक्कै पारेकाले पिरोलिनुभएको छ । “फूल फुलेको देख्दा यसपालि राम्रै आम्दानी लिने सपना बुनेका थियौँ”, फलफूल किसान हरिदेव साहले भन्नुभयो, “राम्ररी टिकोला (चिचिला) नै लाग्न नपाई मज्जरनै डढ्यो ।”मधुवाको प्रकोपले व्यावसा...
सडक दुर्घटना हुदाँ २ को मृत्यु

सडक दुर्घटना हुदाँ २ को मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत २७ गते । सडक दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । दाङको घोराही–९ कटुकीदेखि नारायणपुरतर्फ आउँदै गरेको रा १ प ८३८६ नम्बरको मोटरसाइकल घोराही–८ वन गाउँमा दुर्घटनामा परेको हो । दुर्घटनामा गम्भीर घाइते घोराही–१७ गुलरियाकी ३४ वर्षीया प्रमिला हमालको उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएराति ज्यान गएको प्रहरीले जनाएको छ । सोही घटनामा मृतकका छोरा १९ वर्षीय रोहित र १६ वर्षीया छोरी सविना घाइते भएका छन् । दुवैजनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । त्यसैगरी, घोराही–तुलसीपुर सडक खण्डमा युपी ४२ विपी २४०१ भारतीय नम्बर प्लेटको ट्रकले ठक्कर दिँदा तुलसीपुर–१७ का ८ वर्षीय योगेश बस्नेतको ज्यान गएको छ । ठक्करबाट गम्भीर घाइते उनको उपचारका लागि भारतको लखनउ लैजाने क्रममा ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्रक चालक प्रहरीको नियन्त्र...
अन्नपूर्ण पदमार्गमा पर्यटक बढे, व्यवसायी उत्साहित

अन्नपूर्ण पदमार्गमा पर्यटक बढे, व्यवसायी उत्साहित

Breaking News 3, पर्यटन, समाचार
काठमाण्डौँ, चैत २७ पछिल्लो समय अन्नपूर्ण पदमार्गमा पदयात्रा गर्ने बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको छ । पर्यटककको सङ्ख्यामा वृद्धि भएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । कोरोना भाइरस र बाढीपहिरोको वितण्डापछि अहिले लमजुङहुँदै पदयात्रा गर्ने बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । दैनिक १५० भन्दा बढी पर्यटकले पदयात्रा गर्ने गरेका छन् । दुई वर्षसम्म कोरोनाका कारण थलिएको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिदै गएको छ । अन्नपूर्ण पदमार्गमा विशेष गरी इजरायल, जर्मनी, फ्रान्स, अष्ट्रेलिया, बेलायत, अमेरिकालगायत देशका पर्यटक बढीजसो आउने गरेका छन् । अन्नपूर्ण पदमार्गमा पछिल्लो समय आन्तरिक पर्यटकको आगमन पनि बढ्दै गएको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख लेखनाथ गौतमले बताउनुभयो । “पदमार्गमा असोजदेखि चहलपहल बढेको छ”, उहाँले भन्नुभयो । मङ्सिर र पुसमा हिमपातका कारण सुस्ताएको भए पनि अहिले चहलपहल...
न्यादी खोलाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने

न्यादी खोलाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने

Breaking News 3, आर्थिक, समाचार
काठमाण्डौँ, चैत २७ न्यादी जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । निर्माण सम्पन्न गरेको करिब दुई महिना बित्दासमेत उत्पादित ३० मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिन सकेको थिएन । मस्र्याङ्दी गाउँपालिका–६ ङादीखोलाबाट गत पुसमा विद्युत् उत्पादन गरिएको थियो । उक्त बिजुली खेर गइरहेको आयोजना कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यले बताउनुभयो । आयोजनाको बिजुली २२० केभी मस्र्याङ्दी करिडोर प्रसारण लाइनअन्तर्गतको खुदी सवस्टेसनमा जोड्न नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता भएको छ । प्राधिकरणसँग सम्झौता गरिएअनुसार प्रसारण लाइन बनाउन नसक्दा वैकल्पिक रुपमा ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’ को भुलभुले–मस्र्याङ्दी प्रसारण लाइनमा जडान गर्न आयोजना अघि बढे पनि सहमति जुट्न नसक्दा उक्त आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिन नसकेको हो । प्राधिकरणसँग सहमत...