Wednesday, July 8News That Matters

Month: ४ वर्ष अगाडि

जंगलमा भेटिएको बस्तु आगोमा हाल्दा विस्फोट, एक घाइते

जंगलमा भेटिएको बस्तु आगोमा हाल्दा विस्फोट, एक घाइते

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत २७ गते । जंगलमा भेटिएको बस्तु घरमा ल्याएर आगोमा हाल्दा पड्केर स्थानीय एक जना घाइते भएको छ । काभ्रेको बनेपा नगरपालिका–२ मा बिष्फोटक पदार्थ बिस्फोट हुँदा स्थानीय मोहन विक घाइते भएको हो । नेपाली सेनाले फायरिङ अभ्यास गर्ने जंगलबाट विकले उक्त बस्तु ल्याएको अनुमान गरिएको छ । बिस्फोटक पदार्थ पड्केर विकको अनुहार र हातमा चोट लागेको प्रहरीले जनाएको छ । सेनाले तालिमका क्रममा हतियारहरू पड्काउने र प्रहार गर्ने गर्छ । तालिमका बेला मिस्ड फायर भएका बिस्फोटक पदार्थहरू सेनाले जंगलमा पुर्ने गरेको थियो । सोही बस्तु टिपेर घरमा ल्याएर आगोमा हाल्दा पड्केको अनुमान प्रहरीको छ । उनलाई उपचारका लागि अस्पताल लगिएको छ । घटनास्थलमा प्रहरी पुगेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी काभ्रेले जनाएको छ ।...
हरसिद्धिको १२ वर्षे नाच पशुपति क्षेत्रमा

हरसिद्धिको १२ वर्षे नाच पशुपति क्षेत्रमा

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत २७ राजा विक्रमादित्यका पालामा सुरु भएर बन्द हुने र फेरि सुरु हुने क्रममा गरिँदै आएको हरसिद्धि नाच १२ वर्षपछि पशुपति क्षेत्रमा सञ्चालन गरिएकोे छ । हरसिद्धि ९जलद्योः० नाच मूल समितिको सक्रियतामा जयवागेश्वरी डबलीमा भइरहेको नाच शुक्रबारदेखि सुरु गरिएको हो । यो जात्रा प्रत्येक १२ वर्षमा ललितपुर महानगरपालिका वडा नं २८ बाट पशुपति क्षेत्रमा ल्याइने गरिन्छ । जात्रा हेर्नका लागि स्थानीयवासी एवं विभिन्न भागबाट आएका दर्शकको भीड लागेको छ । जात्राका लागि हरसिद्धि मन्दिरस्थित ललितपुर महानगरपालिका वडा नं २८ बाट १०० जना देवगण पशुपति क्षेत्रमा आएको मूल समिति संयोजक दिलीप वैद्यले जानकारी दिनुभयो । देवगणलाई चाबहिलको गोल्डेन लाइट पार्टी प्यालेसमा बस्ने र खाने व्यवस्थासहित राखिएको छ । हरसिद्धिलगायत विभिन्न स्थानबाट जात्रा लिएर आउनेलाई बस्न र खानका लागि बनाइएको जयवागेश्वरीका विभिन्न सत्तल २०...
डडेल्धुराको मलासक्षेत्र बाख्रापालनको ‘हब’

डडेल्धुराको मलासक्षेत्र बाख्रापालनको ‘हब’

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत २७ बझाङको बुङ्गलबाट २०४० सालतिर डडेल्धुराको पर्शुराम नगरपालिका–७ मलासक्षेत्र सर्नुभएका पिरुलाल धामीको आयआर्जनको प्रमुख स्रोत भनेकै बाख्रापालन हो ।जोगबुढाको भित्रीमधेस क्षेत्रमा पर्ने मलास क्षेत्रका डेढ दर्जनभन्दा बढीे विकट बस्तीमा रहेका बासिन्दाको मुख्य आय आर्जनको स्रोत पनि बाख्रापालन नै रहेको छ । कञ्चनपुरसित सिमाना जोडिएको चुरेका क्षेत्रको पीपलकोटका प्रायः हरेक स्थानीयवासीका घरमा बाख्रापालन गरिन्छ । आठ दशकभन्दा पुरानो बस्ती सडक सञ्जालसित नजोडिदा मलास क्षेत्रको विकास हुन नसकेको कृषक धाँमीको गुनासो थियो । “पञ्चानन्बे प्रतिशतले बाख्रापालन र केहीले अन्नबालीका साथै तरकारी, अदुवाखेती गर्छन्”, उहाँले भन्नुभयो, “बाख्रा खरिदका लागि व्यापारी गाउँमै पुग्न थालेपछि बाख्रापालनप्रतिको आर्कषण अझ बढेको छ ।”अहिले करिव ४० वटा बाख्रा पाल्नु भएका धामीले प्राप्त आम्दानीबाट महेन्द्रनगरबाट चा...
हलेसीमा पन्ध्रदिने रामनवमी मेला

हलेसीमा पन्ध्रदिने रामनवमी मेला

Breaking News 3, पर्यटन, समाचार
काठमाण्डौँ, चैत २७ रामनवमीको अवसरमा खोटाङको हलेसीमा पन्ध्रदिने मेला लागेको छ । यहाँ पूजाआजा गर्न भक्तजनको बाक्लो उपस्थिति छ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा एक साता अघिदेखि मेला लागेको हो । मेलामा नेपालका साथै छिमेकी देश भारतबाट समेत उल्लेख्य सङ्ख्यामा भक्तजन आएका छन् । हलेसी विकास समितिका कार्यकारी निर्देशक समर भुजेलका अनुसार भक्तजनका कारण मन्दिर आसपासका होटल भरिभराउ छन् । आगामी दिनमा धर्मशाला निर्माण गर्ने योजना रहेको उहाँले बताउनुभयो । नेपाल आयल निगमले समेत हलेसीमा धर्मशाला निर्माण गरिरहेको हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख इवन राईले जानकारी दिनुभयो । अधिकांश दर्शनार्थीले आफ्नै सवारीसाधन ल्याउने गरेका छन् । यसबाट सवारीसाधन व्यवस्थापनमा समस्या हुने गरेको छ । हलेसी मध्यपहाडी लोकमार्गमा पर्छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी विकल श्रेष्ठ मेला व्...
सेनाद्वारा सशस्त्र प्रहरीलाई इन्सास राइफलसहित ५९० थान हतियार हस्तान्तरण

सेनाद्वारा सशस्त्र प्रहरीलाई इन्सास राइफलसहित ५९० थान हतियार हस्तान्तरण

Breaking News 2, समाचार
काठमाण्डौँ, चैत २७ नेपाली सेनाले सशस्त्र प्रहरी बल नेपाललाई पाँच हजार ९० थान हतियार तथा एम्युनिशन उपलब्ध गराएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले इन्सास राइफल ५०० नाल र लाइट सपोर्ट वेपन ९एलएसडब्लु० ९० नाल एवं सोको एम्युनिशनसहित सामग्री सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई हस्तान्तरण गर्नुभएको हो । सशस्त्रलाई तालिम, विशिष्ट र अति विशिष्ट व्यक्तिको सुरक्षा, कार्यालय सुरक्षा तथा ठूला कार्यक्रम सञ्चालनका लागि ती हतियार उपलब्ध गराइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।मन्त्रिपरिषद्को यही चैत २४ गते बसेको बैठकमा सेनाद्वारा सहयोगस्वरुप सशस्त्र प्रहरीलाई इन्सास राइफल नौ हजार नाल र एलएसडब्लु एक हजार ६०० नाल हतियार उपलब्ध गराउने निर्णय भएको थियो । सोहीअनुरुप सेनाले आज ती हतियार हस्तान्तरण गरेको र बाँकी हतियार तथा एम...
हलेसीमा पन्ध्रदिने रामनवमी मेला

हलेसीमा पन्ध्रदिने रामनवमी मेला

Breaking News 3, समाचार
खोटाङ, चैत २७ गते । रामनवमीको अवसरमा खोटाङको हलेसीमा पन्ध्रदिने मेला लागेको छ । यहाँ पूजाआजा गर्न भक्तजनको बाक्लो उपस्थिति छ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा एक साता अघिदेखि मेला लागेको हो । मेलामा नेपालका साथै छिमेकी देश भारतबाट समेत उल्लेख्य सङ्ख्यामा भक्तजन आएका छन् । हलेसी विकास समितिका कार्यकारी निर्देशक समर भुजेलका अनुसार भक्तजनका कारण मन्दिर आसपासका होटल भरिभराउ छन् । आगामी दिनमा धर्मशाला निर्माण गर्ने योजना रहेको उहाँले बताउनुभयो । नेपाल आयल निगमले समेत हलेसीमा धर्मशाला निर्माण गरिरहेको हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख इवन राईले जानकारी दिनुभयो । अधिकांश दर्शनार्थीले आफ्नै सवारीसाधन ल्याउने गरेका छन् । यसबाट सवारीसाधन व्यवस्थापनमा समस्या हुने गरेको छ । हलेसी मध्यपहाडी लोकमार्गमा पर्छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी विकल श्रेष्ठ मेला व...
चट्याङ लागेर एक बालिकाको मृत्यु, तीन घाईते

चट्याङ लागेर एक बालिकाको मृत्यु, तीन घाईते

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत २७ गते । चट्याङ लागेर तेह्रथुममा एक १० वर्षीया बालिकाको ज्यान गएको छ, भने तीन जना घाईते भएका छन् । जिल्लाको आठराई गाउँपालिका–६ चुहानडाँडास्थित फुङसिङस्थितको मिना कन्दङवाको ज्यान गएको हो । शुक्रबार अपरान्ह साढे ५ बजेतिर वर्षासँगै परेको चट्याङ लागेकी बालिकालाई उपचारका लागि पाँचथर सदरमकाम फिदिम लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीको भनाई छ । प्रहरी निरीक्षक थान्दारका अनुसार चट्याङबाट ५१ वर्षीय दिलकुमार थोप्रा लिम्बू, वर्ष ३५ की ललिता थोप्रा लिम्बू र वर्ष ३७ का सुक्रराज थोप्रा लिम्बू घाइते भएका छन् । उनीहरुको हाल जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।...
पुल बगाएको नौ महिनापछि बेलिब्रिज

पुल बगाएको नौ महिनापछि बेलिब्रिज

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत २७ व्यास नगरपालिका–१ र १३ जोड्ने छाब्दी खोलाको पुल बगाएको नौ महिनापछि बेलिब्रिज जडान गरिएको छ । गत वर्ष असारमा छाब्दी खोलामा आएको बाढीले पक्की पुल बगाएको थियो । पुल बगाएपछि व्यास, बन्दीपुर र ऋषिङ गाउँपालिकाका बासिन्दा मारमा परेका थिए । नेपाली सेना र स्थानीयवासीको सहयोगमा तत्काल कल्भर्ड हाली आवतजावतको व्यवस्था मिलाइएको थियो । भानु तुरतुरे र गोरखाको पालुङटार जोड्ने बेलिब्रिज मस्र्याङ्दी नदीले बगाएपछि सोही बेलिब्रिज छाब्दीखोला दोभानमा राख्ने योजना बनाइएको थियो । चितवनबाट मर्मत गरेर ल्याइएको बेलिब्रिज जडान गरिएको पूर्वाधार विकास एकाइ कार्यालय तनहुँका सिनियर डिभिजन इञ्जीनियर दिनेशकुमार घिमिरेले जानकारी दिनुभयो । सङ्घीय सरकारको रु १८ लाख सहयोगमा सडक डिभिजनमार्फत बेलिब्रिज ल्याइएको हो । गण्डकी प्रदेश सरकारको रु ४३ लाखको लागतमा ग्याबिन जाली तथा बेलिब्रिज मर्मत गरिएको हो । ...
नवौँ तथा अन्तिम पटक जिब्रो छेडाउँदै बुद्धकृष्ण

नवौँ तथा अन्तिम पटक जिब्रो छेडाउँदै बुद्धकृष्ण

Breaking News 3, रोचक, समाचार
काठमाण्डौँ, चैत २७ मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष नवौँ पटक बोडेका ४९ वर्षीय बुद्धकृष्ण वागं श्रेष्ठले जिब्रो छेडाउनुहुने भएको छ । मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा लामो समयदेखि एम्बुलेन्स चालकका रुपमा कार्यरत बुद्धकृष्णले यस वर्ष आफूले अन्तिम पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिन लागेको बताउनुभयो । बुद्धकृष्णले भन्नुभयो, “मानवीय सेवा र कलासंस्कृतिको संरक्षणमा लाग्दै आएको मैले यस वर्ष वैशाख २ गते नवौँ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिने भएको छु, यो मेरो अन्तिम पटक हो, अर्को वर्ष म जिब्रो छेड्दिन, मेरो उमेरका कारणले पनि समस्या हुन्छ, अब युवापुस्ताले यो जात्रालाई जोगाउन जिब्रो छेड्न तयार हुनुपर्छ, लोप हुन दिनुहुँदैन, युवापुस्ता तयार हुनुपर्छ ।” जिब...
पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त

पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, चैत २७ पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त हुनुभएको छ । उहाँले संसदमा आफ्नो पक्षको बहुमत गुमाउनुभएको छ ।उहाँले गत हप्ता संसद विघटन गरेकामा यहाँको सर्वोच्च अदालतले पुनस्र्थापना गरिदिएको थियो । अदालतको आदेशबमोजिम शनिबार पाकिस्तानको संसदमा उहाँको पक्षमा मत नरहेका भन्दै मतदान भएको थियो । शनिबार अपरान्ह यहाँको संसदमा दोस्रो पटक मतदान कार्यक्रममा संसदमा आफ्नो बहुमत गुमाउनुभयो ।उहाँलाई बर्खास्त गर्न विपक्षीलाई जम्मा १७२ मत मात्र आवश्यक पर्नेमा उहाँको विपक्षमा १७४ मत आएको थियो । संसदमा बहुमत गुमाएपछि उहाँ स्वतहः पदमुक्त हुनुभएको हो । पाकिस्तानका सञ्चारमाध्यमहरुले पाकिस्तानको संसदले उहाँका विरुद्धमा दर्ता गरिएको अविश्वासको प्रस्तावको पक्षमा मत दिएपछि उहाँ पदमुक्त हुनुभएको समाचार सम्प्रेषण गरेका छन् ।बढ्दो मुद्रास्फीति, डलरसँग कमजोर बनेको पाकिस्तानी मुद्रा र कर्जा व्यवस्...