Wednesday, July 8News That Matters

Month: ४ वर्ष अगाडि

उदयपुरमा रौनियार युवा समिति गठन

उदयपुरमा रौनियार युवा समिति गठन

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत्र २७ उदयपुरमा रौनियार युवा समिति गठन भएको छ । शुरेस गुप्ताको नेतृत्वमा ११ सदस्यीय समिति गठन भएको हो । शनिवार गाईघाट स्थित रौनियार युवा समिति गठन गरिएको अध्यक्ष सुरेश गुप्ताले जनाए । गुप्ता सँगै उपाध्यक्ष अजय गुप्ता, सचीव आदर्श गुप्ता, सहसचिव रन्जन गुप्ता रहेको छ भने राहुल गुप्ता सदस्य, मुकेश गुप्ता सदस्य, अमर रौनियार, सदस्य, रोहित गुप्ता, सदस्य, पृन्स गुप्ता सदस्य, सागर रौनियार सदस्य शंकर रौनियार सदस्यगरी ११ जना समितिमा रहेको छ । रौनियार समुदायलाई सक्षम र उर्जाशिल बनाउने भन्द समिति गठन गरिएको हो । यस समितिले आफ्नो समुदायलाई सचेत गराउने र समाजमा माथी उठ्न प्रयात्न गर्ने जनाईएको छ ।...
अन्तर्राष्ट्रिय बक्सिङमा नेपाललाई कास्य पदक प्राप्त

अन्तर्राष्ट्रिय बक्सिङमा नेपाललाई कास्य पदक प्राप्त

Breaking News 3, खेलकुद, समाचार
काठमाण्डौँ, चैत २७ थाइल्याण्डको फुकेटमा सम्पन्न अन्तर्राष्ट्रिय खुला बक्सिङमा नेपालले कास्य पदक प्राप्त गरेको छ । उक्त प्रतियोगितामा महिला ६० किलो तौल समूहमा नेपालकी पुनम रावलले कास्य पदक प्राप्त गर्न सफल भएकी हुन् । सेमिफाइनलमा उनी फिलिपिन्सकी खेलाडीसँग ३–२ अङ्कले पराजित भइन् । रावल आठ वर्षदेखि नेपाली सेनामा आवद्ध छिन् । उनलाई हराएकी फिलिपिन्सकी खेलाडीले नै फाइनलमा भारतकी खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक जितिन् । सन् २०१० पछि नेपालले बक्सिङमा पदक प्राप्त गरेको हो । प्रतियोगितामा नेपालबाट रावलसँगै चन्द्रकला थापा, मिनु गुरुङ, सुष्मा तामाङ र भूपेन्द्र थापामगरले प्रतिष्पर्धा गरेका थिए । नेपाली टोलीको प्रशिक्षकमा प्रकाश थापामगर रहेका थिए । गुरुङले ५१ किलो, थापामगरले ६३, थापाले ५७ तथा तामाङले ४८ किलो तौल समूहमा प्रतिष्पर्धा गरेको प्रशिक्षक थापामगरले जानकारी दिए । प्रतियोगितामा नेपालका...
खोटाङमा चिस्यान केन्द्र निर्माण

खोटाङमा चिस्यान केन्द्र निर्माण

Breaking News 3, समाचार
खोटाङ, चैत २७ गते । किसानले उत्पादन गरेका कृषि उपज भण्डारण गर्न दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित पञ्चदोबाटोमा कोल्डस्टोर (चिस्यान केन्द्र) निर्माण गरिएको छ । सङ्घीय सांसद निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा ३० टन भार क्षमताको कोल्डस्टोर निर्माण गरिएको हो । स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रमको रु ५० लाख र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको रु ४० लाख गरी कूल रु ९० लाखको लागतमा निर्माण गरिएको चिस्यान केन्द्र शुक्रबारबाट सञ्चालनमा ल्याइएको छ । लाखौँको कृषि उपज कारोबार हुने बुइपास्थित पञ्चदोबाटोको शुक्रबारे हटियामा यसअघि चिस्यान केन्द्र नहुँदा किसानलाई भण्डारणमा ठुलो समस्या हुने गरेको थियो । चिस्यान केन्द्र सञ्चालनमा आएसँगै वर्षौँदेखि कृषकले भोग्दै आएको भण्डारण सम्बन्धी समस्या अन्त्य भएको...
बिस्का जात्रालाई शान्तिपूर्ण बनाउन सद्भाव ¥याली

बिस्का जात्रालाई शान्तिपूर्ण बनाउन सद्भाव ¥याली

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत २७ आजदेखि सुरु हुने ऐतिहासिक एवं सांस्कृतिक बिस्का जात्रा शान्तिपूर्ण, मर्यादित र सुरक्षित ढङ्गले मनाउन आह्वान गर्दै आज सद्भाव ¥याली तथा जनचेतना कार्यक्रम आयोजना गरिएको छ ।भक्तपुर नगरपालिकाले आयोजना गरेको एउटा सद्भाव ¥याली दत्तात्रयबाट सुरु भएर गोल्मढी, सुकुलढोका हुँदै टौमढी पुगेको थियो भने दूधपाटीबाट सुरु भएको अर्को ¥याली भार्वाचो, टेखापुखु, नासमना, बुलुँचाहुँदै टौमढी पुगेर सभामा परिणत भएको थियो । ¥यालीमा नगरपालिकाका प्रतिनिधि, विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, विद्यालय, कलेज, टिम क्लब खेलकुद समिति, सुरक्षाकर्मी, प्रहरी, रेडक्रस, स्काउट, सांस्कृतिक समूह र स्थानीय जनताको सहभागिता रहेको थियो । ¥यालीपछि आयोजित सभालाई सम्बोधन गर्दै नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले प्रसिद्ध बिस्का जात्रा सहजरुपमा सम्पन्न गर्न सरोकारवाला निकायले आआफ्नो ठाउँबा...
त्रियुगामा करिब ११ हजारले लालपुर्जा पाउने

त्रियुगामा करिब ११ हजारले लालपुर्जा पाउने

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, चैत २७ गते । उदयपुरको त्रियुगा नगरपालिकामा करिब ११ हजारले लालपुर्जा पाउने भएको छ । लामो समयदेखि समस्या रहेका भूमिहिन दलिद, सुकुम्बासी र अव्यवस्थित बसोबास भएका करिब ११ हजार परिवारलाई लालपुर्जा वितरण गर्न लागिएको हो । त्रियुगा नगरपालिकामा परेको निवेदनको आधारमा उनीहरुको नापी गरिएको थियो । निवेदनको ६० प्रतिशत बढीको जग्गा नाप जाँच भईसकेको छ भने बाँकी वडाहरुमा काम धमाधम भइरहेको छ । त्रियुगा नगरपालिकामा दलित भूमिहिन २ हजार ४१ परिवार, भूमिहिन सुकुम्बासी ३ हजार ३ सय ३१ परिवार र अन्य अव्यवस्थित १४ हजार ३ सय ८० गरी १९ हजार ७ सय ५२ परिवारले लालपुर्जाको लागि निवेदन दिएको हो । त्रियुगा नगरपालिका–१ मा एक हजार ९ सय ८२ परिवार, त्रियुगा नगरपालिका–२ मा १ हजार ४ सय ७१ परिवार, त्रियुगा नगरपालिका ३ मा २ हजार ९ सय २८ परिवार, त्रियुगा नगरपालिका ६ मा २ हजार १ सय ४३ परिवार, त्रियुगा नगरपालिका १२ मा...
देउराली सामुदायिक वन रेडपाण्डा अनुसन्धान केन्द्र

देउराली सामुदायिक वन रेडपाण्डा अनुसन्धान केन्द्र

Breaking News 1, पर्यटन, समाचार
काठमाण्डौँ, चैत २७ ताप्लेजुङ सदरमुकाम फुङ्लिङ नगरपालिका–९ पाथीभरा क्षेत्रस्थित देउराली सामुदायिक वन रेडपाण्डा अनुसन्धान तथा अनुसन्धान केन्द्र बनेको छ । हिमाली संरक्षण मञ्चको सहजीकरण तथा रेडपाण्डा नेटवर्कको आर्थिक सहयोगमा भौतिक संरचना बनेको मञ्चका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिनुभयो । जैविक विविधता तथा वन्यजन्तुको अध्ययन र अनुसन्धान गर्ने उद्देश्यले निर्माण भएको संरचना कूल लागत रु एक करोड ५७ लाख छ । काठमाडाँैस्थित एसएनपी निर्माण व्यवसायीले निर्माण गरिरहेको सो भवनको अङ्ग्रेजी अक्षर एल आकारको जग बसेको छ । वातारणमैत्री भवन भएकाले जैविक सामग्री प्रयोग गरिएको छ । निर्माण कम्पनीका सुभरभाइजर अमृत भट्टराईका अनुसार यो स्रोत केन्द्र बनाउँदा प्रयोग भएका सबै कच्चा पदार्थ वातावरणमैत्री र स्थानीय उत्पादनका सामग्री प्रयोग भएको जानकारी दिनुभयो । गोबर, खरानी, अण्डाको खोल, शुद्ध तोरीको तेल, चु...
राष्ट्रिय महिला बिच भालिबलको उपाधि पुलिस क्लबलाई

राष्ट्रिय महिला बिच भालिबलको उपाधि पुलिस क्लबलाई

Breaking News 2, खेलकुद, समाचार
काठमाण्डौँ, चैत २७ तानसेनमा सञ्चालित सञ्जय स्मृति राष्ट्रिय महिला बिच भालिबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । फाइनल खेलमा नेपाल पुलिसले लुम्बिनी प्रदेशलाई २–० को सोझो सेटमा पराजित गरी उपाधि जितेको हो । पुलिसले लुम्बिनीलाई २१–८ र २१–१७ ले पराजित ग¥यो । नेपाल पुलिसकी कमला पुन र मनिषा चौधरीले लुम्बिनी प्रदेशकी भावना डाँगी र सरस्वती कट्टेलको जोडीलाई पराजित गरेको हो । उपाधिसँगै पुलिसले रु एक लाख र उपविजेता लुम्बिनीले रु ५० हजार नगद प्राप्त गरेका छन् । सञ्जय स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा दुई विभागीय टोली पुलिस, एपिएफ र सात प्रदेशका टोली सहभागी थिए । प्रतियोगिताको समापनका अवसरमा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा चिरञ्जीवी नेपालले रानीमहल महिला बिच भलिबलको गन्तव्यका रूपमा विकास गरिनुपर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो“रानीमहल परिसरलाई महिला बिच भलिबलका रूपमा विकास ग...
प्रथम टि–२० मेयर कप क्रिकेटको उपाधि राजविराजले जित्यो

प्रथम टि–२० मेयर कप क्रिकेटको उपाधि राजविराजले जित्यो

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, चैत २६ विराटनगर महानगरपालीकाको आयोजना तथा होराइजन क्रिकेट क्लवको संयोजनमा विराटनगरमा भएको प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगितामा प्रदेश २ को सप्तरी राजविराजले जितेको छ । उपाधि जितेको राजविराजले नगद १ लाख १ हजार तथा ट्रफि हात पारेको छ भने उप विजिते जनकपुरले ५१ हजार र ट्रफि मा चित्त बुझायो । विराटनगर–१९ मा रहेको झापा वैजनाथपुरको खेल मैदानमा आज (शनिबार) भएको फाइनल खेलमा प्रदेश २ कै जनकपुर उपमहानगरपालिकालाई १० रनले पराजित गर्दै उपाधि जिेतिको हो । टस जितेर ब्याटिङ गरेको राजविराजले निर्धारित २० ओभरमा ८ विकेट गुमाई ९७ रनको सामान्य स्कोर खडा गरेको थियो । राजविराजकालागि नेपालको अन्तर्राष्ट्रिय ब्याटर विवेक यादवले २१ बनाउँदा पूर्व अन्तर्राष्ट्रिय ब्याटर महबुब आलमले १४ रन,अभिहेक कार्कीले १३ रन र अमित यादवले ११ रन बनाए । जनकपुरका सुमन राँयले ४ ओभरमा ए रन दिएर ३ विकेट लिँदा सुजित...
निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण

निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण

Breaking News 3, समाचार, स्वास्थ्य
काठमाण्डौँ, चैत २६ स्टार अस्पतालले ‘स्वास्थ्य, सङ्गीत र सम्पदा’ भन्ने मूल नाराका साथ ललितपुर महानगरपालिका–२० स्थित पानीबहालमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । अस्पतालले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त शिविर सञ्चालन गरेको हो । वरिष्ठ चिकित्सकको सहयोगमा शिविरमा स्थानीयवासी तथा पानीवहाल आसपास क्षेत्रका बिरामी तथा सर्वसाधारणको सामान्य परीक्षण, ज्येष्ठ नागरिकका लागि विशेष परीक्षण, प्रसूतिका साथै पेटसम्बन्धी रोगको जाँच गरिएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नयाँ अवधारणाबाट सञ्चालित शिवरबाट आफ्नो नगरवासी लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री कार्यालय तथा मन्त्रिपरिषद्का चिकित्सक डा शैल रुपाखेतीले मानिसले आफ्नो स्वास्थ्यजीवन कायम राख्न आहारविहारमा संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो । उहाँले स्वास्थ्य र सङ्गीतका बीचमा सुमधुर सम्ब...
चैतेदसैँको अवसरमा कालिका मन्दिरमा दर्शनार्थीको घुइँचो

चैतेदसैँको अवसरमा कालिका मन्दिरमा दर्शनार्थीको घुइँचो

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत २६ गण्डकी प्रदेशको प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका भगवती मन्दिरमा चैतेदसैँको अवसरमा दर्शनार्थीको घुइँचो नै लागेको छ । चैतेदसँैको अवसरमा छिमेकी मुलुक भारतसहित, काठमाडौँ, पोखरा, चितवनलगायतका क्षेत्रबाटसमेत धार्मिक पर्यटक कालिका मन्दिरको दर्शन गर्न आएको बागलुङ कालिका मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ । कालिका मन्दिरमा दर्शनार्थीको सुरक्षाका लागि बाक्लो सङ्ख्यामा प्रहरीसमेत परिचालन गरिएको छ । चैतेदसैँ सुरु भएसँगै कालिका मन्दिरमा चहलपहल बढे पनि आज चैतेदसैँको मुख्य दिनमा बिहान तीन बजेदेखिनै दर्शनार्थीको लाइन लागेको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो । “चैतेदसैँ सुरु भएसँगै दर्शनार्थीको चाप बढेकै थियो, आज मुख्य दिन दर्शनार्थीको निकै चाप छ, दर्शनार्थीको व्यवस्थापनका लागि सुरक्षाकर्मी र स्वयंसेवक परिचालन गरिएको छ”, अध्यक्ष ख...