Wednesday, July 8News That Matters

Month: ४ वर्ष अगाडि

उदयपुरमा रामजानकी विद्यालयबाट टाईफाई विरुद्धको खोप सुभारम्भ

उदयपुरमा रामजानकी विद्यालयबाट टाईफाई विरुद्धको खोप सुभारम्भ

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र २६ उदयपुरको बिभिन्न विद्यालयहरुमा शुक्रबारदेखी टाईफाई विरुद्धको खोप लगाउन सुरु गरिएको छ । उक्त खोप देशैभर सुरु भएको छ । यसै क्रममा स्वास्थ्य कार्यालय उदयपुरले पनि उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ मोतिगाडामा रहेको रामजानकी विद्यालयबाट खोपको शुभारम्भ गरेको हो । त्रियुगा नगरपालिका ३ स्थित रामजानकी माध्यामिक विद्यालयमा एक समारोहको आयोजना गरी खोपको शुभारम्भ गरिएको कार्यालय प्रमुख बृजकुमार ठाकुरले बताउनुभयो । प्रमुख ठाकुर आफैले सो विद्यालयका एक छात्र र एक छात्रालाई खोप लगाई दिएसंगै जिल्लामा शुभारम्भ भएको हो । प्रमुख ठाकुरले वालवालिकामा टाइफाईट रोगको समस्या जटिल देखिएकोले नेपाल सरकारले ठूलो खर्चका साथ अनिवार्य खोपको रुपमा ल्याएको बताउनुभयो । बालबालिकाको नियमित १२ वटा खोपमा अरु एउटा थपिएर अव १३ वटा खोप भएको उहाँले बताउनुभयो । खोप सुपरभाईजर चिरन्जिबी निरौलाका अनुसार उदयप...
निर्वाचन आचारसंहिता ? के गर्न पाइन्छ ? के गर्न पाइँदैन ?

निर्वाचन आचारसंहिता ? के गर्न पाइन्छ ? के गर्न पाइँदैन ?

Breaking News 3, राजनीति, समाचार
काठमाण्डौँ, चैत २६ निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मितव्ययी र भयरहित तुल्याउन निर्वाचन आचारसंहितको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै आएको छ । आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि राजनीतिक दल र सरोकारवाला पक्षसँग छलफलका आधारमा तयार गरिएको निर्वाचन आचारसंहिता हिजोदेखि लागू भइसेको छ । आचारसंहितामा निर्वाचनको प्रक्रियालाई प्रतिकूल प्रभाव पार्ने गरी कसैको पक्ष वा विपक्षमा विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरुले प्रकाशन गरेका सामग्री शेयर गर्न नहुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । अघिल्ला निर्वाचनमा मतपरिणामलाई नै प्रभावित पार्ने गरी पद र पैसाका माध्यमबाट चलखेल भएको भन्ने व्यापक जनगुनासो आएपछि आयोगले यस पटक आचारसंहिताको अनुगमन र कार्यान्वयनलाई विशेष...
कालीगण्डकीमा जल पर्यटनको सम्भावना

कालीगण्डकीमा जल पर्यटनको सम्भावना

Breaking News 3, पर्यटन, समाचार
काठमाण्डौँ, चैत २६ कालीगण्डकीमा व्यावसायिक जलयात्रा सञ्चालन गरेर पर्यटन विकाससँगै राम्रो आयस्रोत लिन सकिने युवा शम्भु खनाल बताउनुहुन्छ । पर्यटन प्रवद्र्धन गर्दै नियमित रुपमा व्यावसायिक जलयात्रा सञ्चालन गरेर तटीय क्षेत्रका नागरिकको जीवनस्तर उकास्न सकिने खनालको अनुभव छ । जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाअन्तर्गत रामपुर नगरपालिकाको आयोजनामा यहाँ सञ्चालन गरिएको ‘रिभर गाइड प्राविधिक तालिम’ पश्चात् आफूले व्यावसायिक तवरले जलयात्रा चलाउन सक्ने सीप हासिल गरेको उहाँ बताउनुहुन्छ । खनाल भन्नुहुन्छ, “युवाका लागि लक्षित यस तालिमबाट कालीगण्डकीमा अब व्यावसायिक रुपमा नै जलयात्रा चलाउन सकिने आत्मबल बढेको छ, रामपुर नगरपालिकाको समन्वयमा युवा मिलेर व्यवसाय चलाउने सोच बनाइएको छ ।” नदीमा नै प्रयोगात्मक रुपमा सिकेको सिकाइले अब ढुक्कका साथ जलयात्रा चलाउन सकिने हौसला बढेको उहाँको भनाइ छ । य...
हात्तीको आक्रमणबाट मर्निङ वाकमा निस्किएका एक जनाको मृत्यु

हात्तीको आक्रमणबाट मर्निङ वाकमा निस्किएका एक जनाको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत २६ इलामको चुलाचुली गाउँपालिकामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । चुलाचुली गाउँपालिका–३ समृद्धि टोलका ३९ वर्षीय रामबहादुर थुकुङ राईको मृत्यु भएको हो । बिहान मर्निङ वाकमा निस्कनुभएका उहाँलाई जङ्गली हात्तीले आक्रमण गरेको थियो । बिहानै हात्तीले आक्रमण गरेपछि उपचारका लागि उहाँलाई झापाको दमकस्थित एड्भान्स अस्पताल भर्ना गरिएको थियो । उहाँको उपचारकै क्रममा अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जङ्गाबहादुर थापाले बताउनुभयो । (रासस)...
चैते दसैँ बागलुङे मेलामा…

चैते दसैँ बागलुङे मेलामा…

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत २६ ‘चैते दसैँ बागलुङको मेलैमा, लाइदेउ माया भेटभाको बेलैमा’ टीका क्षेत्री प्रकृतिले धेरै वर्ष पहिला बजारमा ल्याएको यो गीतले चैते दसैँको सम्झना गराउँछ । यस्तै मौलिक र चर्चित भाकाको गीत बागलुङमा लाग्ने चैते दसैँ मेलालाई लक्षित गरेर बनेका हुन् । चैत शुक्ल पक्षमा मनाइने चैते दसैँ पर्व र योसँगै बागलुङमा मेला लाग्ने चलन पाँच सय वर्ष पुरानो हो भन्छन् बागलुङको इतिहास बुझेका बूढापाका । यो वर्ष पनि चैते दसैँका अवसरमा बागलुङमा मेला लागेको छ । त्यही मेला हेर्नेको बागलुङ कालिका मन्दिर परिसरमा भीड लागेको छ । कोरोना सङ्क्रमणका कारण दुई वर्षसम्म मेला हुन सकेको थिएन । यो वर्ष भने सङ्क्रमण नभएको मौका परेकाले कालिका भगवती गुठी व्यवस्थापन समितिले चैते दसैँ मेला आयोजना गरेको छ । कोरोना महामारीका कारण मन्दिरमा पूजापाठ नै बन्द भएकाले मेला नलागेको हो । यदि मन्दिरमा पूजापाठ हुँदो हो त आयोजन...
सगरमाथाको दोस्रो शिविरसम्मको बाटो खुल्यो

सगरमाथाको दोस्रो शिविरसम्मको बाटो खुल्यो

Breaking News 1, पर्यटन, समाचार
काठमाण्डौँ, चैत २६ सगरमाथाको दोस्रो शिविरसम्मको बाटो खुलेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा जाने बाटो निर्माणको जिम्मा पाएको आइसफल डक्टरको टोलीले आधारशिविरदेखि दोस्रो शिविरसम्मको बाटो निर्माण गरेको हो । सगरमाथा प्रदूषण नियन्त्रण समिति ९एसपीसीसी०का अनुसार छ आइसफल डाक्टर अर्थात् हिउँमा बाटो बनाउने अनुभवी व्यक्तिले बाटोमा सङ्केत राख्ने, भ¥याङ राख्ने, डोरी टाँग्नेलगायत काम गरिरहेका छन् । दोस्रो शिविरसम्मको बाटो खुलेसँगै आरोहीहरूलाई त्याहाँसम्म जान अनुमति दिइएको एसपीसीसीका उपाअध्यक्ष लामाकाजी शेर्पाले बताउनुभयो । एसपीसीसीले अनुमति दिएपछि मात्रै आरोहणी तथा आरोहण व्यवसायी दोस्रो शिविरसम्म जान पाउँछन् । आरोहणका लागि शरीरलाई अनुकूल बनाउन आरोही आधार शिविरबाट दोस्रो शिविरसम्म जाने र फर्कने गर्ने भएकाले दोस्रो शिविरमा चाँडै क्याम्प खडा गरिने भएको छ । यस पटक आधार शिविरदेखि दोस्रो शिविरसम्म १५ ...
बाघले बेपत्ता बनाएको वृद्धको शव फेला

बाघले बेपत्ता बनाएको वृद्धको शव फेला

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत २६ बाघको आक्रमणबाट बेपत्ता भएका वृद्धको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पूर्वी चितवनको खैरहनी नगरपालिका– १२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय वृद्धलाई बाघले आक्रमण गरी लगेको हो । उनको शव जितपुरघाटमा भेटिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ९ः०५ बजे घाँस काट्न गएका ६५ वर्षीय रामप्रसाद धमलालाई बाघले आक्रमण थियो । बाघले आक्रमण गरेर लगेपछि धमलाको खोजीका कार्यका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो । शव ११ः२० बजे भेटिएको हो । (रासस)...
टिपर दुर्घटनामा परी सहचालकको मृत्यु

टिपर दुर्घटनामा परी सहचालकको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत २६ काठमाडौँको नाङ्गेबजारमा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टिपरका सहचालक धादिङको थाँक्रे गाउँपालिका–७ का २० वर्षीय किरण बाँस्कोटा रहेका छन् । शङ्खरापुर नगरपालिका–१ नाङ्लेबजारमा गएराति बा४ख ६३७९ नं को टिपर  सडकबाट करिब १०० मिटर तल खसेको र टिपरले नै किचेर बाँस्कोटाको  मृत्यु भएको प्रहरीले जनाएको छ । (रासस)...
वनमा घाँस काट्न गएका वृद्धलाई बाघले बेपत्ता बनायो

वनमा घाँस काट्न गएका वृद्धलाई बाघले बेपत्ता बनायो

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत २६ बाघको आक्रमणबाट एक जना बेपत्ता भएका छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका–१२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय वृद्धलाई बाघले आक्रमण गरी लगेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ९ः०५ बजे घाँस काट्न गएका ६५ वर्षीय रामप्रसाद धमलालाई बाघले आक्रमण गरेको हो । बाघले आक्रमण गरेर लगेपछि उनको खोजी कार्य भइरहेको कार्यालयका सूचना अधिकारी नरहरी अधिकारीले जानकारी दिनुभयो । खोजी कार्यका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ । (रासस)...
हरेक दृष्टिले साइकल उपयोगीः अध्यक्ष दाहाल

हरेक दृष्टिले साइकल उपयोगीः अध्यक्ष दाहाल

Breaking News 2, खेलकुद, समाचार
काठमाण्डौँ, चैत २६ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हरेक दृष्टिले साइकल उपयुक्त भएको बताउनुभएको छ । प्रज्ञा–स्मृति प्रतिष्ठान नेपाल र प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले आज यहाँ आयोजना गरेको साइक्लिङ म्याराथन प्रतियोगिता उद्घाटन गर्दै उहाँले स्वास्थ्य, पर्यावरण र हरेक दृष्टिले साइकल नै उपयोगी भएको चर्चा गर्नुुभएको हो । यो म्याराथनले देशैभर एउटा सन्देश प्रवाह गरेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष दाहालले भन्नुभयो, “देशैभरि साइकलका विषयमा सन्देश प्रवाह भएको छ । पर्यावरणको संरक्षण गर्न साइकल उपयोगी छ ।” खेलकुदमन्त्रीको समेत उपस्थिति रहेको कार्यक्रमले आधिकारिकता र वैधानिकता पनि स्थापित गरेको भन्दै छ उहाँले सहभागी सबैलाई शुभकामना व्यक्त गर्नुभयो । अध्यक्ष दाहालले आज बिहान नारायणी किनारमा म्याराथन शुभारम्भ गर्नुभएको हो । प्रतियोगिता संय...