Wednesday, July 8News That Matters

Month: ४ वर्ष अगाडि

महिलाहरुलाई चुनाव लड्न आर्थिक तगारो

महिलाहरुलाई चुनाव लड्न आर्थिक तगारो

Breaking News 1, राजनीति, समाचार
काठमाण्डौँ, चैत्र २६ स्थानीय तहको चुनाव नजिकिदै गर्दा विगतमा जनप्रतिनिधि बनेका बढी महिला नै मुख्य पदको आकांक्षी बनेका छन् । तर निर्वाचन खर्चिलो हुने डरले उम्मेदवारी दिने कि नदिने भन्ने विषयमा अझै अन्योल देखिन्छ ।पालिकामा उपप्रमुख पदको जिम्मेवारी सम्हालिरहेका महिलाहरु प्रमुख पदका आकांक्षी बनेका छन् भने वडासदस्यहरु“टिकट पाए वडाध्यक्ष जित्छु र चलाउन पनि सक्छु भन्ने हिम्मत छ तर चुनावमा खर्च गर्ने पैसा छैन”, विर्तामोड नगरपालिका ६ की सदस्य यामुना आचार्य भन्नुहुन्छ, “रु २५ लाख खर्च लाग्छ वडाध्यक्षको चुनाव लड्न भन्छन् । घर बेची चुनावी खर्च गरेर रुखको फेदमा त बस्न सकिदैन ।” महिलालाई आर्थिक अधिकार नहुँदा चुनावमा उम्मेदवारी दिन समस्या भएको उहाँ बताउनुहुन्छ । वडा नम्बर ५ की सदस्य पवित्रा कोइराला ढुङ्गाना पनि आफ्नो वडाध्यक्ष पदकाका लागि जिकिर भए पनि पैसाका कारण समस्या भइरहेको बताउनुहुन्छ । विगतमा ज...
प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिताको फाइनलमा राजविराज र जनकपुर, फाइनल खेल शनिबार

प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिताको फाइनलमा राजविराज र जनकपुर, फाइनल खेल शनिबार

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, चैत २५ विराटनगर महानगरपालीकाको आयोजना तथा होराइजन क्रिकेट क्लवको संयोजनमा विराटनगरमा जारी प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगितामा विजयी हुँदै राजविराज नगरपालिका र जनकपुर उपमहानगरपालिका फाइनलमा प्रवेश गरेको छ । विराटनगर–१९ मा रहेको झापा वैजनाथपुरको खेल मैदानमा आज (शुक्रबार) भएको पहिलो सेमिफाइनल खेलमा राजविराजले आयोजक विराटनगर महानगरपालिका र जनकपुरले विरगञ्जले महानगरपालिलाई पराजित गरेको हो । पहिलो खेलमा सप्तरीको राजविराजले विराटनगरलाई ४६ रनको फराकिलो अन्तरले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको राजविराजले निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय ३७ रनको विशाल स्कोर खडा गरेको थियो । राजविराजकालागि अमित यादवले २७ रन बनाउँदा विकाश दासले ११ बलमा २ छक्का र २ चौका प्रहार गरि २४ रनमा अविजित रहे । त्यस्तै रोहन विकले २० रन बनाए । विराटनगरका दिपेश कँडेलले २ विकेट लिँदा मुकुन्द...
सरकारद्वारा पत्रकार पोखरेललाई गोरखापत्र संस्थान सदस्यमा मनोनित

सरकारद्वारा पत्रकार पोखरेललाई गोरखापत्र संस्थान सदस्यमा मनोनित

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत २५ । लामो समयदेखि सक्रिय पत्रकारितामा रहनु भएको सुनसरीको अपत्रकार सचिन पोखरेललाई नेपाल सरकार, सञ्चार तथा सुचना प्रविधि मन्त्रालयबाट गोरखापत्र संस्थानको सञ्चालक सदस्यमा मनोनयन गरेको छ । सरकारको चैत २२ गतेको मन्त्रीस्तरको बैंठकले पत्रकार पोखरेललाई संस्थानको सञ्चालक सदस्यमा मनोनयन गरेको हो । गोरखापत्र संस्थानले नेपाली पत्रिकारिताको इतिहास बोकेको गोरखापत्र राष्ट्रिय दैनिक पत्रिका, द राईजिङ नेपाल, युवा मञ्च, मधुपर्क, मुना लगायत प्रकाशन गर्दछ । गोरखापत्रको १ नं. प्रदेश इन्चार्जसमेत रहनु भएको पोखरेलले सरकारले संस्थान सञ्चालक सदस्यमा गरेको मनोनयनले थप जिम्मेवार बनाएको बताउनुभयो । उहाँ नेपालको सर्बश्रेष्ठ न्यूज च्यानल एभिन्यूज खबरकोसमेत १ नं. ब्यूरो इन्चार्ज हुनुहुन्छ ।...
निर्वाचन आचारसंहिताबारे स्पष्ट गरिने

निर्वाचन आचारसंहिताबारे स्पष्ट गरिने

Breaking News 3, राजनीति, समाचार
काठमाडौं, चैत २५ गते । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तयार गरेको निर्वाचन आचारसंहिता २०७८ का विषयमा पत्रकार सम्मेलनमार्फत स्पष्ट पार्ने भएको छ । आयोगले आज अपराह्न ५ बजे पत्रकार सम्मेलनमार्फत निर्वाचन आचारसंहिता कार्यान्वयनबारे जानकारी गराउन लागेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । रासस...
लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ

लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत २५ सुनसरीको धरान उपमहानगरपालिका–१३ बाट प्रतिबन्धीत लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनकुटा घर भई हाल धरान–१३ मा कोठा लिई बस्ने गरेका ५० बर्षीय काले बहादुर तामाङ, २० बर्षीय अभिषेक खड्का ,२१ बर्षीय मौषम नेपाली, ३९ बर्षीया मुना तामाङ रहेका छन् । बिशेष सुचनाका आधारमा हिजो राती पौने १२ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा निजहरुको साथबाट २ ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको हो । लागुऔषध सहित पक्राउ परेका चारै जनाको ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।...
बुटवलका सामुदायिक विद्यालयको गुणस्तरीय छलाङ

बुटवलका सामुदायिक विद्यालयको गुणस्तरीय छलाङ

Breaking News 1, शिक्षा, समाचार
काठमाण्डौँ, चैत २५ केही वर्षअघि गुणस्तरीय शिक्षाका लागि संस्थागत विद्यालयमा जानेको लर्को लाग्थ्यो । सामुदायिक विद्यालयमा अध्ययन गर्ने कुरा विद्यार्थीलाई लाजको विषय हुन्थ्यो भने अभिभावकको प्रतिष्ठाको विषय बन्थ्यो तर अहिले अवस्था फेरिएको छ । पछिल्ला पाँच वर्षमा बुटवलका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या बढेको बढ्यै छ । सङ्ख्या धेरै भएपछि सामुदायिक विद्यालयलाई विद्यार्थी थेग्न गाह्रो भइरहेको छ । सजिलै भर्ना हुने अवस्था नभएपछि नेताको भनसुन गराएर समेत बालबालिका भर्ना गराउन अभिभावक विद्यालय पुग्छन् । समुदायले हेर्ने दृष्टिकोण बदल्न सामुदायिक विद्यालयले जोडतोडले मेहनत गरे, तीनै तहका सरकारले शिक्षामा लगानी गरे । बुटवलका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न बुटवल उपमहानगरपालिकाले विशेष लगानी ग¥यो र योजना बुन्यो । नयाँ संरचना निर्माण र विज्ञान प्रयोशाला निर्माणले ...
सगरमाथा शिखरमा पुग्ने सुरक्षित बाटोको खोजीमा फ्रान्सेली आरोही

सगरमाथा शिखरमा पुग्ने सुरक्षित बाटोको खोजीमा फ्रान्सेली आरोही

Breaking News 3, पर्यटन, समाचार
काठमाण्डौँ, चैत २५ संसारभरका मानिसले सगरमाथाको देश भनेर नेपाललाई चिन्छन् । सर्वोच्च शिखरको आरोहण गर्ने कुरा धेरैका लागि सपनाको उडान जस्तै लाग्छ । तीमध्ये केहीले यसको सफल आरोहण गरिसकेका छन् भने केही आगामी दिनमा सफल यात्रा गरौँला भनेर प्रतीक्षारत छन् । स्वर्गको टुक्रा जस्तै लाग्ने सगरमाथाको उडान आफैँमा साहसको एउटा प्रतिबिम्ब बन्न पुगेको छ । मानिस जति रोमाञ्चित छ, त्यत्ति सजिलो भने छैन सगरमाथाको उचाइ नाप्ने कुरा । किनकि, हिमनदी र हिमखाल्डोका कारण धेरैले जीवनको इहलीला उतै समाप्त गर्नुपरेको छ । हिमालमा जति आकर्षण छ, त्योसँगै पीडा र वेदना पनि उत्तिकै छ । किनकि, क्षणभरमा जीवन सकिदिने क्षमता उसैसँग छ । तर आरोहणको सफल प्रतीक्षा भने धेरै साहसीका लागि अझै पनि कुरेर बसिरहेको छ । सर्वोच्च शिखरमा १३ वर्षे बालकदेखि ८० वर्षका वृद्धले पनि सफलताको उचाइ बनाएका छन् । केही आरोही तीव्र गतिका साथ आरोहण ...
कतिपयलाई नेपालको अर्थतन्त्र श्रीलंका जस्तो बनाउने रहर छ, तिनको सपना पुरा हुँदैन : अर्थमन्त्री

कतिपयलाई नेपालको अर्थतन्त्र श्रीलंका जस्तो बनाउने रहर छ, तिनको सपना पुरा हुँदैन : अर्थमन्त्री

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, चैत २५ गते । अर्थमन्त्री जर्नादन शर्मा प्रभाकरले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो धरासयी नहुने प्रष्ट पार्नुभएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्र तुलनात्मक रुपले आन्तरिक रुपमा बलियो, उत्पादन र राजस्व प्रणालीमा सुदृढ तथा ऋणको ठूलो चाप नरहेकाले श्रीलंका जस्तो नेपालको अर्थतन्त्र हुने कुरामा कुनै सत्यता नरहेको बताउनुभयो । ‘अहिलेको अर्थतन्त्रमा समस्या आउला की भनेर चिन्ता गर्नेहरुलाई धेरै धन्यवाद दिनुपर्छ । किनभने यस्तो चिन्ता र सुझावले सरकारसँगै सबै सरोकारवालाई सतर्क बनाइरहेको छ’ उहाँले भन्नुभयो, ‘कतिपयलाई भने नेपालको अर्थतन्त्र श्रीलंका जस्तो बनाउने रहर छ, तिनको सपना पुरा हुँदैन ।’ नेपाल र श्रीलंकाबीच तुलनै नहुने भएकाले अर्थतन्त्र श्रीलंका जस्तो नहुने उहाँको भनाई थियो । ‘हाम्रो ऋण र उत्पादनको अ...
जलवायु परिवर्तनको असर कम गर्ने सम्बन्धी ठोस योजना बनाउन आग्रह

जलवायु परिवर्तनको असर कम गर्ने सम्बन्धी ठोस योजना बनाउन आग्रह

Breaking News 3, समाचार
काठमाडौं, चैत २५ गते । विश्व स्वास्थ्य संगठनले जलवायु परिवर्तनको असर कम गर्ने सम्बन्धी विशेष तथा ठोस कार्ययोजनाहरु निर्माण गर्नुपर्नेमा जोड दिएको छ । विश्व स्वास्थ्य दिवसका अवसरमा सो संगठनले विश्वका सरकारहरुलाई सो आग्रह गरेको हो । जलवायु परिवर्तनका कारण विश्वमा स्वास्थ्यका क्षेत्रमा ठूलो असर परिरहेकाले यसका लागि आवश्यक कार्ययोजना बनाउन सो संगठनले विश्वका सरकारहरुलाई सो आग्रह गरेको हो । यस वर्षको विश्व स्वास्थ्य दिवसको नारा हाम्रो पृथ्वी हाम्रो स्वास्थ्य भन्ने रहेको छ । त्यसैले नागरिकको स्वास्थ्यमा पृथ्वीमा बढ्दो तापक्रमले के कस्तो असर गरिरहेको छ भन्ने बारेमा पनि सोच्नुपर्ने अवस्था रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । जलवायु संकट भनेकै स्वास्थ्य संकट हो र विश्वमा हरेक वर्ष कम्तीमा पनि ७० लाख मानिसको वायु प्रदुषणका कारण मृत्यु भइरहेको भन्दै यस विषयमा सम्वेदनशील हुनुपर्ने सो संस...
पशुपति क्याम्पसमा अध्ययनरत छात्राको शव जंगलमा फेला

पशुपति क्याम्पसमा अध्ययनरत छात्राको शव जंगलमा फेला

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत २५ गते । चावहिलस्थित पशुपति क्याम्पसमा अध्ययनरत एक २७ वर्षीया छात्राको शव जंगलमा फेला परेको छ । भोजपुरको हतुवागढी गाउँपालिका–२ घर भएकी नीला राई बिहिबार गोकर्णेश्वर नगरपालिका–३ जगडोल बन कार्यालय नजिक जंगलमा मृत फेला परेको प्रहरीले जनाएको छ । पशुपति क्याम्पसमा बीए तेस्रो वर्षमा अध्ययनरत राईको बायाँ हातको नाडीमा ब्लेडले काटेको डोब देखिएको छ । निलाको शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा राखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए । उनी काठमाडौं महानगरपालिका–६ कपन स्थित सरस्वतीनगर बस्दै आएकी थिइन् । घटनास्थलमा ब्लेड र विषको बट्टा भेटिएको प्रहरीले जनाएको छ । रुखहरूमा पनि रगत लतपतिएको छ । घटनाबारे महानगरीय प्रहरी वृत बौद्धले अनुसन्धान गरिरहेको एसपी मैनालीले बताए ।...