Wednesday, July 8News That Matters

Month: ४ वर्ष अगाडि

कंंगोमा भएको विस्फोटमा छ जनाको मृत्यु, १५ घाइते

कंंगोमा भएको विस्फोटमा छ जनाको मृत्यु, १५ घाइते

Breaking News 3, समाचार
काठमाडौं, चैत २५ गते । कंगोको एक रेष्टुरेन्टमा भएको विस्फोटमा परी ज्यान गुमाउनेको संख्या ६ पुगेको छ ।कंगोको उत्तरी किभु प्रान्तको एक रेष्टुरेन्टको बारमा सो विस्फोट भएको थियो । बिहीबार साँझ भएको सो विस्फोटमा परेर अरु १५ जना घाइते भएका छन् । घाइतेहरुमध्ये अधिकांशको अवस्था गम्भीर रहेको पनि बताइएको छ । सो विस्फोटका कारण रेष्टुरेन्टमा पनि ठूलो क्षति पुगेको छ ।कंगोका सञ्चार तथा मिडिया मन्त्री प्याट्रिक मुइयाले सो जानकारी दिनुभएको छ । उहाँले भन्नुभएको छ– घाइतेहरुको अवस्था गम्भीर छ, विस्फोटका बारेमा हामीले अनुसन्धान गरिरहेका छौँ । सो विस्फोट कसले र किन गराएको हो भन्ने बारेमा अहिले नै केही पत्ता नलागेको जानकारी पनि उहाँले दिनुभयो ।मन्त्री मुइयाले शान्तपूर्वक बस्न नागरिकलाई आग्रह गर्नुभएको छ । यस विषयमा अनुसन्धान जारी रहेकाले अहिले नै सो विस्फोटबारे केही भन्न नसकिएको उहाँले बताउनु भएको छ । रा...
आगलागीका घटनाबाट बच्न र बचाउन प्रहरीको सन्देश

आगलागीका घटनाबाट बच्न र बचाउन प्रहरीको सन्देश

Breaking News 3, समाचार
खोटाङ, चैत २४ गते । जिल्ला प्रहरी कार्यालयले आगलागीका घटना हुनबाट बच्न– बचाउन सार्वजनिक सन्देश प्रवाह गरेको छ । सुक्खा तथा हावाहुरीको मौसम सुरु भएको र अहिले आगलागी हुने सम्भावना बढी भएकाले सम्भावित जोखिमबाट आफू जोगिन र अरूलाई पनि जोगाउन प्रहरीले सुझाव दिएको छ । जिल्लामा आगलागीका घटना हुन नदिन प्रहरीले विभिन्न उपायसमेत आफ्नो आधिकारिक फेसबुकमार्फत सार्वजनिक गरेको छ । बालबालिकाले भेट्न सक्ने स्थानमा सलाई, लाइटर, राँको र टुकी बत्ती नराख्न, खाना पकाउँदा आगो बाल्ने अवधिभर भान्सा छाडेर टाढा नजान र पकाइसकेपछि आगो पूर्णरूपमा निभाउन, ग्यास सिलिन्डरको रेगुलेटर राम्ररी बन्द गर्न जिल्लावासीसमक्ष प्रहरीले अनुरोध गरेको छ । सुत्ने बेला ओछ्यानमा धुमपान नगर्न र सल्किरहेको बिँडी, चुरोट र सलाई राम्ररी निभाएर मात्र फाल्न, घरमा प्रज्ज्वलनशील पदार्थ मट्टितेल, पेट्रोल, डिजेल आदि नराख्न र राख्नै परेमा छुट्ट...
सहकारीसहित सात घरमा चोरी

सहकारीसहित सात घरमा चोरी

Breaking News 2, समाचार
काठमाण्डौँ, चैत २५ बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरा बजारमा गत राति एक सहकारीसहित सात घरमा चोरी भएको छ । सिवाइसी बचत तथा ऋण सहकारी संस्थाको कुश्मीशेरा शाखासहित स्थानीय छ जनाको घरमा चोरी भएको हो । कुश्मीशेरा बजारका व्यवसायी गोविन्द अँखेलीको घरबाट दुई तोला सुन र नगद रु २० हजार चोरी भएको चेम्बर अफ कमर्श कुश्मीशेराका अध्यक्ष विष्णु आचार्यले बताउनुभयो । त्यस्तै शान्ति माध्यमिक विद्यालयका प्रधानाध्यापक यामबहादुर जिसीको घरबाट रु पाँच हजार चोरी भएको छ । कुश्मीशेरा बजारमा व्यापार गर्ने अनिल सापकोटाको पसलबाट रु २७ हजार चोरी भएको आचार्यले बताउनुभयो । चुडामणि शर्माको मेडिकल, नयनसिंह थापाको घर र मनबहादुर परियारको पसलबाट पनि चोरी भएको छ । उहाँहरुको के–कति चोरी भएको भन्ने विषयमा खोजी भइरहेको छ । सिवाइसी बचत तथा ऋण सहकारी संस्थाको शाखा रहेको घरमा समेत तोडफोड भएको आचार्यले बताउनुभयो । चोरी...
सशस्त्र प्रहरीद्वारा हतियारसहित तीन जना पक्राउ

सशस्त्र प्रहरीद्वारा हतियारसहित तीन जना पक्राउ

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत २५ पर्साको बिन्दवासिनी गाउँपालिका–३ नहरचोकबाट बिहीबार सशस्त्र प्रहरीको टोलीले हतियारसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको पर्सागढी नगरपालिका–५ बस्ने ४१ वर्षीय प्रेम ठाकुर, सोही स्थानका १६ वर्षीय राहुल ठाकुर र सोही स्थानका ५५ वर्षीय रामजी ठाकुर रहेका छन् । लङरेन्ज दुईनाले बन्दुक एक थान र सोको एक थान कार्टिजसहित उनीहरुलाई पक्राउ गरिएको पर्सा सशस्त्र प्रहरी प्रमुख एवं सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिनुभयो । सशस्त्र प्रहरी बल नेपाल नं १३ गणका अनुसार उक्त हतियार मोटरसाइकलमा लैजाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको थियो । (रासस)...
मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा दुबै चालकको मृत्यु, दुई जना घाईते

मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा दुबै चालकको मृत्यु, दुई जना घाईते

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत २५ पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको चौकीडाँडा सडकखण्डमा गए राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । मृत्यु हुनेमा से४प ४७३० नंको मोटरसाइकल चालक कञ्चनपुर कृष्णपुर नगरपालिका–५ का ३० वर्षीय लोकेन्द्र पार्की र सुदूरपश्चिम प्रदेश०२–००४प १११ नंको मोटरसाइकल चालक कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिकाका ३२ वर्षीय पुरनकुमार मडै रहेका छन् । दुर्घटनाबाट घाइते भएका दुवै चालकलाई उपचारको लागी सेती प्रादेशिक अस्पताल धनगढीमा पठाईएको थियो । उपचारका क्रममा राति दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले बताउनुभयो । दुर्घटनाबाट मोटरसाइकलको पछाडि सवार रहेका कृष्णपुर नगरपालिकाका दीपक भट्ट र शुक्लाफाँटा नगरपालिकाका महेश पार्की पनि घाइते भएका छन् । घाईते दुवै जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जना...
पाँच दिनदेखि हराइरहेका बालकको शव छिमेकीको सेप्टिक ट्यांकीमा फेला , सात जना प्रहरीको नियन्त्रणमा

पाँच दिनदेखि हराइरहेका बालकको शव छिमेकीको सेप्टिक ट्यांकीमा फेला , सात जना प्रहरीको नियन्त्रणमा

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत २४ सर्लाहीको गम्हरियाबाट पाँच दिनदेखि हराइरहेका एक बालकको शव छिमेकीको घरको सेप्टिक ट्यांकीमा भेटिएको छ । मलङ्गवा नगरपालिका–१२ स्थित गम्हरियाबाट हराएका जितेन्द्र ठाकुरका अन्दाजी १० वर्षीय छोरा आकाश ठाकुर भनिने मिठुको शव आज बिहान छिमेकी जगदीश ठाकुरको सेप्टिक ट्यांकीमा भेटिएको हो । गत चैत २० गते आइतबार राति ८ बजेदेखि हराएका थिए । बालक हराएको सम्बन्धमा सोही राति ११ बजे मृतकका परिवारले जिल्ला प्रहरी कार्यालयमा खबर गरेको थियो । बालकको शव परीक्षणका लागि सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पतालमा ल्याइएको छ । प्रहरीले बालकको हत्यामा संलग्न भएको आरोपमा जगदीश ठाकुरसहित उनका परिवारका सातजनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले...
भोज खान गएका बालक घर फर्किएन

भोज खान गएका बालक घर फर्किएन

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत २४ गते । पाँच दिनदेखि हराएका बालकको शव सेप्टि ट्यांकीमा फेला परेको छ । सर्लाहीको मलंगवा नगरपालिका–१२ गम्हरियाका १० वर्षीय आकाश ठाकुरको शव पाँच दिनपछि छिमेकीको सेप्टि ट्यांकीमा फेला परेको हो । बिहीबार बिहान छिमेकी जगदिश ठाकुरको घरमै टाँसिएर रहेको शौचालयको सेप्टिक ट्यांकीभित्र बालकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी माधव प्रसाद बूढाथोकीले जानकारी दिए । बालकको हत्या गरी शव बोराभित्र हालेर सेप्टिक ट्यांकीमा फालिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । २० चैतमा गाउँमै आयोजना गरिएको भोज खान जाँदा हराएका आकाश राति अबेरसम्म घर नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । खोजी गर्दै जाँदा प्रहरीले बालकको शव फेला पारेको हो । प्रहरीले बालकका छिमेकी जगदीश ठाकुरसहित ७ जनालाई नियन्त्रणमा लिएको जनाइएको छ । बालकको शव पोष्टमार्टमका लागि सदरमुकाम मलंग...
यातायात महासङ्घको महाधिवेशन आइतबारदेखि

यातायात महासङ्घको महाधिवेशन आइतबारदेखि

Breaking News 3, समाचार
काठमाडौं, चैत २४ गते । देशभरका यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको छैटौँ राष्ट्रिय महाधिवेशन आगामी चैत २७ देखि २९ गतेसम्म हुने भएको छ । कोरोना महामारीका कारण लामो समयदेखि रोकिएको महाधिवेशन आइतबारदेखि काठमाडौँमा हुन लागेको हो । महाधिवेशनको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ । महाधिवेशन प्रचार–प्रसार समितिका संयोजक एवं महासङ्घका महासचिव सरोज सिटौलाले महाधिवेशनको उद्घाटन काठमाडौँ रामशाहपथस्थित स्काइ दरबार बैंक्वेटमा तथा बन्दसत्र र निर्वाचनको कार्यक्रम भने ललितपुरको गोदावरीमा गर्ने गरी तयारी थालिएको जानकारी दिनुभयो । महाधिवेशनमा देशभरका सातै प्रदेशका यातायातमन्त्रीलाई समेत आमन्त्रण गरिएको छ । महासङ्घमा हाल देशभरका झण्डै ५०० यातायात कम्पनी आवद्ध छन् । महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले महाधिवेशनमा देशभरबाट एक हजार ५...
स्थानीय चुनावमा गठबन्धन हुन्छ स् मन्त्री आले

स्थानीय चुनावमा गठबन्धन हुन्छ स् मन्त्री आले

Breaking News 3, समाचार
काठमाडौं, चैत २४ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले मुद्दा र आवश्यकताका आधारमा चुनावी गठबन्धन गर्ने बताउनुभएको छ । छैटौँ भक्तपुर औगोगिक सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सवमा मन्त्री आलेले स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाएर चुनावमा जाने बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय तहको निर्वाचनमा गठबन्धन हुन्छ ।” मन्त्री आलेले अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “गठबन्धन दुवै पक्षलाई आवश्यक छ ।” कोभिड–१९ का कारण दुई वर्ष थला परेको पर्यटन क्षेत्रलाई माथि उकास्नका लागि सबै क्षेत्रबाट सहयोग जरुरी रहेको मन्त्री आलेले उल्लेख गर्नुभयो । रासस...
उपचार राम्रोसँग होस र आफूलाई एसिड आक्रमण गर्नेहरु विरुद्ध कानुनी कारबही होस् : सीताको माग

उपचार राम्रोसँग होस र आफूलाई एसिड आक्रमण गर्नेहरु विरुद्ध कानुनी कारबही होस् : सीताको माग

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत २४ गते । एक २८ वर्षीया महिलामाथि एसिड प्रहार भएको छ । पर्साको बहुदरमाई नगरपालिका–२ बैरियाविर्ता घर भई बराको कलैया बस्दै आएकी सीता भनिने कविता पटेलमाथि एसिड प्रहार भएको हो । चैत ११ गते उनीमाथि कलैया उपमहानगरपालिका–२३ कोरिया टोल नजिकै एसिड आक्रमण भएको प्रहरीले जनाएको छ । जेठाजु रामबाबु साह र ससुरा हवारी साहले नचिनेका अरु दुई जना मानिसको सहयोगमा एसिड प्रहार गरेको आरोप उनले लगाएकी छन् । घटनाको दिन वीरगञ्जमा वकिलसँग भेटेर स्कुटरमा डेरा फर्कने समयमा उनीहरुले पिछा गरेको र घेरा हालेर एसिडले आक्रमण गरेको तथा गरगहना र नगद लुटेर लगेको आरोप उनको छ । प्रहरीले कविताका जेठाजु र ससुरालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । ‘उनीहरु विरुद्ध एसिड आक्रमणको मुद्धा दर्ता गरेर अनुसन्धान गरिरहेका छौं’ उनले...