Wednesday, July 8News That Matters

Month: ४ वर्ष अगाडि

‘अद्वितीय प्रतिविम्ब’ फेसन शो

‘अद्वितीय प्रतिविम्ब’ फेसन शो

Breaking News Video, समाचार
काठमाण्डौँ, चैत २४ नमूना कलेज अफ फेसन टेक्नोलोजीले बिहीबार साँझ ग्र्याजुएशन फेसन शो आयोजना गरेको छ । सिर्जनात्मक प्रस्तुतिका दृष्टिले नेपाली फेसन बजारमा उत्कृष्ट परिचय स्थापित गरेको उक्त समूहले शोको १६औँ संस्करण प्रस्तुत गरेको हो । काठमाडौँको होटल सोल्टीमा आयोजित उक्त शोमा मोडलहरुले आ–आफ्ना प्रस्तुति पस्किएका थिए । नमूना कलेजका संस्थापक प्रिन्सिपल ज्ञानीशोभा तुलाधरसहितका मोडलहरू रनवेमा उपस्थिति भएसँगै सुरु भएको उक्त शोमा फरक ११ वटा ‘थिम’ मा विविध ८२ विद्यार्थीको कलात्मक प्रस्तुति आयोजना गरिएको थियो । उक्त शोमा २३ मोडल युवती र आठ युवा मोडलको प्रस्तुति थियो । उक्त फेसन शोको कोरियोग्राफी र निर्देशन सञ्चारकर्मी तथा फेसन कोरियोग्राफर रोजिन शाक्यले गर्नुभएको थियो । अद्वितीय प्रतिविम्ब नाम दिइएको सो फेसन सो करिब तीन घण्टाको थियो । (रासस)...
एक पटक चार्ज गर्दा ५० किलोमिटर गुड्ने विद्युतीय स्कुटर

एक पटक चार्ज गर्दा ५० किलोमिटर गुड्ने विद्युतीय स्कुटर

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत २४ नेपाल आयल निगमले निर्धारण गरेको मूल्य अनुसार हाल एक लिटर पेट्रोलको मूल्य रु १६० पर्छ । अन्तर्राष्ट्रिय बजारमा लगातार पेट्रोलियम पदार्थको मूल्य उकालो लागिरहेको छ । खासगरी रुस र युक्रेनबीचको सङ्घर्षको बाछिटाले लगातार इन्धनको मूल्यवृद्धि भइरहेको छ । यस्तो अवस्थामा राज्यको ठूलो धनराशि पेट्रोलियम पदार्थको खरिदमा खर्च भइरहेको छ । त्यसमाथि सहर तथा सहरोन्मुख क्षेत्रमा आफ्नै सवारीसाधन चलाउनेको सङ्ख्या पनि वर्सेनि बढ्दै गएको छ । हरेक १५ दिनमा इण्डियन आयल कर्पोरेशनले पठाउने मूल्यसूची र त्यसैका आधारमा निगमले निर्धारण गर्ने मूल्यका आधारमा आफ्ना सवारीसाधन चलाउने हरेक नागरिकले थप खर्चको जोहो गर्नुपर्ने अवस्था आएको छ । कोरोना कहरका कारण आर्थिक उपार्जनका क्षेत्र क्रमशः कमजोर बन्दै गएको तर इन्धनको मूल्यवृद्धि लगातार भइरहँदा त्यसले पारेको प्रभाव आफैमा हरेक घरका लागि आर्थिक सङ्कटको...
चैत्र नवरात्रमा हारती माताको शरीरमा १०८ अखण्ड दीप प्रज्ज्वलन

चैत्र नवरात्रमा हारती माताको शरीरमा १०८ अखण्ड दीप प्रज्ज्वलन

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत २४ चैत्र नवरात्रका अवसरमा गोकर्णेश्वर नगरपालिका–४ मा रहेको जागेश्वरी भगवती मन्दिर परिसरमा हारती माताले शरीरमा १०८ अखण्ड दीप प्रज्ज्वलन गर्नुभएको छ । चैत्र शुक्ल प्रतिपदाका दिन चैत १९ गतेदेखि उहाँले आधुनिक विज्ञानलाई चुनौती दिँदै मन्दिर परिसरमा इँटाले बनाएको शरीर अट्ने भागमा सुतेर त्यसमाथि १०८ अखण्ड दीप प्रज्ज्वलन गर्नुभएको जागेश्वरी भगवती मन्दिर सञ्चालन समितिका अध्यक्ष श्याम श्रेष्ठले राससलाई जानकारी दिनुभयो । यही चैत १९ गते बिहानदेखि नै माताले शरीरमाथि अखण्ड दीप प्रज्ज्वलन गर्नुभएको हो । शरीरमा अखण्ड दीप प्रज्ज्वलन गरेदेखि माताले केही खानुभएको छैन । मुस्किलले अक्सिजन छिर्ने सानो भाग पल्टेर देवीको आराधना भइरहेको मन्दिर सञ्चालन समितिले जनाएको छ । तीन वर्षअघि सपनामा गोकर्णेश्वर–४ गोकर्ण देशे गाउँकी नानी देउलालाई हारती माताले दर्शन दिनुभएको थियो । सपनामा हारती माताले ...
प्रधानमन्त्रीद्वारा टाइफाइड खोप अभियान शुभारम्भ

प्रधानमन्त्रीद्वारा टाइफाइड खोप अभियान शुभारम्भ

Breaking News 2, समाचार, स्वास्थ्य
काठमाण्डौँ, चैत २४ प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिदेखि देशैभर सुरु हुने टाइफाइड खोप अभियानको शुभारम्भ गर्नुभएको छ । रानीपोखरीस्थित दरबार हाइस्कुलमा आज बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले यही चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म देशैभर टाइफाइड खोप अभियान तथा राष्ट्रिय खोप कार्यक्रममा नियमित खोपमार्फत टाइफाइड खोपको शुभारम्भ गर्नुभएको हो । सो अवसरमा प्रधानमन्त्री देउवाले कोभिड सङ्क्रमण नियन्त्रणमा सफलता पाएजस्तै टाइफाइडमा पनि सफलता पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस अभियानबाट देशका १५ महिनादेखि १५ वर्ष उमेर समूहका करिब ७५ लाख बालबालिका लाभान्वित हुने उल्लेख गर्नुभयो । उहाँले राजधानीलगायत सहरी क्षेत्रमा फोहरको समस्याको दिगो समाधानका लागि फोहरको प्रशोधन प्लान्ट स्थापना गरी त्यसबाट ग्यास तथा विद्युतीय ऊर्जा उत्पादन गर्न सकिने हुँदा यसतर्फ लाग्न स्थानीय निकायहरूलाई आग्रह ...
पोखराको आकाशमा खुला प्याराग्लाइडिङ प्रतियोगिता सुरु

पोखराको आकाशमा खुला प्याराग्लाइडिङ प्रतियोगिता सुरु

Breaking News 2, खेलकुद, पर्यटन, समाचार
काठमाण्डौँ, चैत २४ प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था ९ना०को आयोजनामा पोखरामा २० औँ नेपाल खुला प्याराग्लाइडिङ प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका–१८ सराङकोटमा गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजीव पहारीले प्यारा पाइलट शिव थापालाई ग्लाइडर हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । सांसद पहारीले साहसिक पर्यटनका लागि उपयुक्त गन्तव्यका रुपमा रहेको जनाउँदै यस प्रतियोगिताले पोखरालाई साहसिक शहरको रुपमा चिनाउन थप सघाउ पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन पश्चात प्याराग्लाइडिङ विस्थापित हुने चिन्ता व्यवसायीमा रहेको जनाउँदै यसको उचित व्यवस्थापन आवश्यक रहेको बताउनुभयो । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पोखराको प्राकृतिक सौन्दर्य हिम शृङ्खला र तालको सुन्दरतालाई दृश्यवालोकन गरेर आनन्द लिन सकिन...
दुर्गम कुईनेखानी गाउँमा सडक पुग्यो

दुर्गम कुईनेखानी गाउँमा सडक पुग्यो

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत २४ रघुगङ्गा गाउँपालिका–८ को दुर्गम कुईनेखानी गाउँमा सडक पुगेको छ । रघुगङ्गा–६ ठाडाखानीबाट धवलागिरि गाउँपालिकाको भेडीखाल्डा हुँदै कुइनेसम्मको १२ किलोमिटर लामो सडक निर्माण गरिएको हो । थिरबाङ तारेबिसौना मोटरबाटो निर्माण समितिका अनुसार रु ९१ लाख १२ हजारको लागतमा उक्त सडक निर्माण गरिएको हो । सडक निर्माण गर्न गण्डकी प्रदेश सरकारको समपूरक बजेटबाट रु ५० लाख र गाउँपालिकाको रु ३३ लाख ५० हजार लगानी भएको उपभोक्ता समितिका अध्यक्ष चबहादुर छन्त्यालले जानकारी दिनुभयो । सडक सञ्जालसँग जोडिएसँगै अब कुइनेबासीलाई सदरमुकाम बेनी पुग्न पाँच घण्टा मात्र लाग्नेछ । बेनीबाट कुइनेसम्मको सडकको दूरी ४२ किलोमिटर छ । स्थानीयवासीलाई आवतजावतका साथै कृषि उपज बिक्री वितरण गर्न तथा दैनिक उपभोग्य वस्तु ढुवानी गर्न सहज भएको छ । “सबैभन्दा बढी राहत बिरामीलाई पुगेको छ”, छन्त्यालले भन्नुभयो । सडक स्तरोन्नतिपछि...
आयोगले भोलिदेखि निर्वाचन आचारसंहिता लागू गर्ने

आयोगले भोलिदेखि निर्वाचन आचारसंहिता लागू गर्ने

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत २४ गते । शुक्रबारदेखि निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयन गर्ने घोषणा भएको छ । निर्वाचनको तयारीवारे बिहीबार सरकारलाई ब्रिफिङ गरेको आयोगले सम्भवतः शुक्रबारको बैठकबाट आचारसंहिता लागू भएको निर्णय र घोषणा गर्नेछ । आज र भोली बस्ने आयोगको बैठकले आचारसंहिता लागू हुने निर्णय गर्नेछ’ निर्वाचन आयोग उच्च स्रोतले भन्यो, ‘निर्वाचन सुरु हुन करिबकरिब एक महिना बाँकी छ । अब भने आचारसंहिता लागू गर्न ढिलाई गर्नु हुदैन भन्ने हाम्रो निष्कर्ष हो ।’ निर्वाचन आचारसंहिता लागू भएपछि बन्देजहरु लागू हुने भएकाले प्रमुख दलका शिर्ष नेताहरुले केही दिनयता निर्वाचन केन्द्रित अभियान तीब्र पारेका छन् । निर्वाचन आउन एक महिनामात्रै बाँकी रहेकोले आचारसंहिता लागू नगर्ने हो भने राज्यको सुविधा लिने पदाधिकारी र स्रोतसाधन प्रयोगले निर्वाचनमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले तत्काल आचारसंहिता कार्यान्वयन गर्ने न...
सर्वोकृष्ट महिला उद्यमी प्रेमकुमारी

सर्वोकृष्ट महिला उद्यमी प्रेमकुमारी

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत २४ गलकोट नगरपालिकाको सर्वोत्कृष्ट महिला उद्यमीमा गलकोट–९ छिस निवासी प्रेमकुमारी पुन सर्वोकृष्ट महिला उद्यमी घोषणा हुनुभएको छ । नगर उपप्रमुख दायित्व ग्रामीण महिला उद्यम विकास कार्यक्रमअन्तर्गत टीका व्यावसायिक माहुरीपालन फार्मका सञ्चालक प्रेमकुमारी नगरपालिकाका महिला उद्यमीमध्ये सर्वोत्कृष्ट महिला उद्यमी २०७८ बन्न सफल हुनुभएको छ । नगरपालिकाको आर्थिक सहयोग तथा दायित्व संस्थाको सहकार्यमा दुई वर्षदेखि नगरपालिकामा सञ्चालित नगर उपप्रमुख दायित्व ग्रामीण महिला उद्यम विकास कार्यक्रममा ८५ महिला उद्यमीलाई पछि पार्दै पुन सर्वोत्कृष्ट महिला उद्यमी घोषणा हुनुभएको छ । नगरपालिकाले आह्वान गरेको कार्यक्रममा सहभागी ८५ महिला उद्यमीमध्ये चार चरणको प्रतिस्पर्धामा महिलाको उद्यम योजना तथा लगानी प्रस्तुतीकरणका आधारमा पहिलो चरणमा ४० महिला उद्यमी, दोस्रो चरणमा २० महिला उद्यमी, तेस्रो चरणमा १०...
कार दुर्घटनामा २ वर्षीय बालकको मृत्यु

कार दुर्घटनामा २ वर्षीय बालकको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत २४ गते । कार दुर्घटनामा परी ललितपरमा दुई वर्षीय बालकको ज्यान गएको छ । बा १६ च ३६८७ नम्बरको कारले हिजो साँझ साढे ५ बजे ठक्कर दिंदा रामेछाप घर भई लुभु बस्दै आएका दुई वर्षीय बालक आर्यन पुरीको ज्यान गएको प्रहरीले जनाएको छ । कारको ठक्करबाट घाइते भएका बालकको उपचारको क्रममा ललितपुरको ईमाडोलस्थित किष्ट मेडिकल कलेजमा बुधबार साँझ सवा ६ बजे ज्यान गएको अस्पतालले जनाएको छ । कारसहित चालकलाई नियन्त्रणमा लिइएको महानगरिय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ ।...
प्रहरीद्वारा किशोरीको ह*त्या आरोपी सार्बजनिक, मुख्य योजनाकार आफ्नै साथी

प्रहरीद्वारा किशोरीको ह*त्या आरोपी सार्बजनिक, मुख्य योजनाकार आफ्नै साथी

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत २३ । उदयपुरमा हिजो भएको किशोरी हत्याको मुख्य योजनाकार र सहयोगीलाई प्रहरीले सार्बजनिक गरेको छ । बेलका नगरपालिका–६ किराँत चौककी १६ वर्षिया किशोरी कविता सुनुवारको ह*त्यारालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले आज सार्बजनिक गरेको हो । घटनाको भोलीपल्ट प्रहरीले पत्रकार सम्मेलन गरी हालसम्मको अनुसन्धानबाट देखिएको हत्यामा संलग्न दुईजनालाई सार्बजनिक गरेको हो । प्रहरीले ह*त्यामा संलग्न दुईजना बेलका नपा–३ बस्ने १९ वर्षिय विनोद ढकाल र उनको काकाकी छोरी १७ वर्षिया सरिता ढकाल (खत्री) लाई सार्बजनिक गरेको हो । एकवर्षदेखि वहिनीकै घरमा बस्दै आएका दाजु विनोदको घर भने भारतको सिक्किम राज्य वियुङ रहेको छ । प्रहरीले पक्राउ पर्ने किशोरी नावालिका रहेकोले दाजु विनोदलाई मात्र पत्रकार सम्मेलनमा उपस्थित गराएको थियो । हालसम्मको अनुसन्धानले ह*त्यामा ती दुईजना मात्र संलग्न देखिएको प्रहरीले जनाएको छ । मङ्गल...