Wednesday, July 8News That Matters

Month: ४ वर्ष अगाडि

खोटाङमा भूमि आयोग कार्यालय स्थापना

खोटाङमा भूमि आयोग कार्यालय स्थापना

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत २३ गते । खोटाङमा राष्ट्रिय भूमि आयोग जिल्ला समितिको कार्यालय स्थापना गरिएको छ । गत १७ चैतको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय भूमि आयोग जिल्ला समिति अध्यक्षमा सुरेश राईलाई नियुक्त गरेपछि बुधबार कार्यालय स्थापना गरिएको हो । जिल्ला समन्वय समितिको कार्यालयमा रहनेगरी राष्ट्रिय भूमि आयोग जिल्ला समितिको कार्यालय स्थापना गरिएको हो । कार्यालय स्थापनासँगै राष्ट्रिय भूमि आयोग जिल्ला समितिका नवनियुक्त अध्यक्ष राईले पदभार सम्हालेका छन् । राष्ट्रिय भूमि आयोग जिल्ला समिति नौ सदस्यीय रहने व्यवस्था छ । आयोगले करिब पाँच सय भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई पुर्जा उपलब्ध गराउने लक्ष्य राखेको छ । जिल्लाका भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई आवासका लागि प्रतिपरिवार ३४० बर्गमिटर र कृषिका लागि तीन हजार वर्गमिटर जग्गा व्यवस्था गर्नुपर्ने प्रावधान रहेको राष्ट्रिय भूमी आयो...
सुनको सिक्री लुटेको अभियोगमा एक युवक पक्राउ

सुनको सिक्री लुटेको अभियोगमा एक युवक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत २३ गते । सुनको सिक्री लुटपाट गरेको अभियोगमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । काठमाडौं लाजिम्पाट बस्ने भारत सिक्किम घर भएका २६ वर्षीय गुन्जन तामाङलाई प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न तामाङलाई काठमाडौं महानगरपालिका–२ उत्तरगेटबाट उक्त सुनको सिक्रीसहित पक्राउ हो । तामाङले काठमाडौं महानगरपालिका–२७ ठमेल ज्याठास्थित सडकबाट उमेश कार्कीको ५ तोला सुनको सिक्री लुटपाट गरेको प्रहरीको दाबी छ । पक्राउ परेका उनीमाथि चोरी गर्न नहुने कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट थप अनुसन्धान भइरहेको छ ।...
जुवा खेल्ने १३ जना नियन्त्रणमा

जुवा खेल्ने १३ जना नियन्त्रणमा

Breaking News 1, समाचार
काठमाडौं, चैत २३ गते । चागुँनारायण नगरपालिका–६ नगरकोट गैरीगाउँस्थितमा ३७ वर्षीय मनबहादुर तामाङले आफ्नै तीन तले घरमा सञ्चालन गरेको न्यू गन्तब्य रेष्टुरेन्ट एण्ड होटलमा जुवा खेलिरहेको अवस्थामा नगदसहित १३ जनालाई पक्राउ गरिएको छ । महानगरीय प्रहरी परिसरको टोलीले होटलमा छापा मारी जुवाखालबाट १६ थान कौडा, रु आठ लाख २२ हजार ६० सहित १३ जनालाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरी नायब उपरीक्षक राजू पाण्डेले जानकारी दिनुभयो । रासस...
टेलिकमको ‘फाइबर टू दी होम’ सेवा

टेलिकमको ‘फाइबर टू दी होम’ सेवा

Breaking News 3, समाचार
खोटाङ, चैत २३ गते । जिल्लास्थित नेपाल टेलिकमको शाखाले दिक्तेल बजारमा ‘फाइबर टू दी होम’ ९घरघरमा फाइवर० सेवा प्रारम्भ गरेको छ । आफ्नो सेवालाई गुणस्तरीय बनाउन र सेवाग्राहीलाई द्रुत गतिको इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्यले पहिलो चरणमा दिक्तेल बजारको तल्लो भेग ९बेसक्याम्पभन्दा मुनि०मा उक्त सेवा सञ्चालनमा ल्याइएको हो । पुरानो प्रविधिको कपर ९तामाको तार० प्रयोग गर्दा धेरै प्रकारका तार टाँग्नुपर्ने, इन्टरनेटको गति घट्दै जाने, पटक–पटक इन्टरनेट आउने÷जाने समस्याका कारण हैरानी खेप्नुपर्ने अवस्था अन्त्य गर्न फाइबर सेवा सञ्चालनमा ल्याइएको शाखा प्रमुख खगेन्द्र मगरले बताउनुभयो । टेलिकमले झण्डै वर्षदिन लगाएर फलामे पोलमार्फत सेवाग्राहीको घरघरमा फाइबर तार पु¥याएको छ ।आगामी वैशाख महिनाभित्र दिक्तेल बजारका सबै ग्राहकलाई फाइबर सेवा उपलब्ध गराइने योजना रहेको उक्त शाखाले जनाएको छ । टेलिकमका सेवाग्राहीले अब ...
त्रियुगा उद्योग वाणिज्य संघको आयोजनामा व्यवसायीहरुलाई करदाता शिक्षा तथा लेखा तालिम

त्रियुगा उद्योग वाणिज्य संघको आयोजनामा व्यवसायीहरुलाई करदाता शिक्षा तथा लेखा तालिम

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत्र २३ त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटले ५० जना सुनचाँदी व्यवसायी संघका व्यापारी तथा व्यवसायीहरुलाई करदाता शिक्षा तथा व्यवसायीक लेखा तालिम दिइरहेको छ । मंगलबार देखी सुरु भएको उक्त तालिम १० दिन सम्म संञ्चालन हुने संघका अध्यक्ष रमेश रसाईलीले जनाए । व्यपारीहरुमा कर शिक्षा र व्यवसायीक आर्थिक लेखा जोखा सम्बन्धि सम्पूर्ण ज्ञान नहुँदा धेरै विलहरु विजक हुने भन्दै यसै समस्याको समधान स्वरुप तालिमको आयोजना गरिएको अध्यक्ष रसाईलीको भनाई छ । यसरी सम्पूर्ण आर्थिक लेखाबारे ज्ञान नहुँदा सरल तरिकाले कर बुझाउन नसकिने जस्ता झन्जटहरु प्रत्यक्ष रुपमा देखा परिरहेको अध्यक्ष रसाईलीको भनाई छ । रसाईलीका अनुसार व्यापार व्यवसायीहरु प्रत्यक्ष आर्थिक कारोवार सित सम्बन्ध रही रहने हुँदा कर सम्बन्धि सहज बुझाई र सिस्टमेटिक आर्थिक लेखा परिक्षणको आवश्यक रहेको जनाइएको छ । उनले व्यवसायीको हिसाव किता...
जातीय छुवाछुत गर्नेलाई कैद र जरिवाना

जातीय छुवाछुत गर्नेलाई कैद र जरिवाना

Breaking News 2, समाचार
काठमाडौँ, चैत २३ गते । जातीय छुवाछुत मुद्दामा यहाँ पाँच जनाले कैद र जरिवानाको सजाय पाएका छन् । जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेलको इजलाशले आज बोदे बर्साइन नगरपालिका–८ काचनका ४५ वर्षीय राजकुमार यादव, ३० वर्षीय काशिन्द्र यादव, ५५ वर्षीय रामचन्द्र यादव, ४२ वर्षीय सकलदेव यादव र ४१ वर्षीय जितेन्द्र साहलाई कैद र जरिवानाको सजाय फैसला सुनाएको हो । जिल्ला अदालतका सूचना अधिकारी भरतमणि पोखरेलका अनुसार अदालतले आरोपितलाई जनही पाँच महिना कैद र रु पाँच हजार जरिवाना तथा पीडितलाई रु ५०÷५० हजार क्षतिपूर्ति भराउने फैसला गरेको छ । सोही ठाउँका ४२ वर्षीय लिलाधर दास तत्मा र उनकी श्रीमती ३५ वर्षीया दुखनीदेबी दास तत्मालाई २०७४ असार १३ गते साँझ ग्राम डिहवार थान मन्दिरमा असारी पूजा गर्न गएका बेला आरोपितले तल्लो जातको भनेर कुटपिट गरेको भन्दै पीडितले सोही दिन इलाका प्रहरी कार्यालय बोदे बर्साइन र असार १४ गते ज...
प्रतिष्ठानको दुई वर्षको कार्य विवरण सार्वजनिक

प्रतिष्ठानको दुई वर्षको कार्य विवरण सार्वजनिक

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत २३ गते । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीले उपकुलपति भएपछि दुई वर्षमा गरेका कामको विवरण सार्वजनिक गर्नुभएको छ । विसं २०७६ चैतमा पाँच वर्षका लागि उपकुलपति नियुक्त हुनुभएका गिरीले यो अवधि प्रतिष्ठानमा भएाका उपलब्धिपूर्ण काम सार्वजनिक गर्नुभएको हो । प्रदेश नं १ कै सबैभन्दा ठूलो अस्पताल र मेडिकल कलेजसमेत रहेको प्रतिष्ठानले राजनीतिक खिचातानी र कोभिड महामारीका बाबजुद पनि यो अवधिमा निकै ठूलो उपलब्धि हासिल गरेको डा गिरीले बताउनुभयो । प्रतिष्ठानले अस्पताल सेवा, शैक्षिक गतिविधि र प्रशासनसमेत गरी तीनैतर्फ उल्लेख्य सुधार गरेको जनाएको छ । यो उपलब्धि प्रतिष्ठानको इतिहासमै सबैभन्दा राम्रो भएको उपकुलपति गिरीको भनाइ छ । अस्पताल सेवातर्फ कोभिड–१९ महामारीको व्यवस्थापन तथा अस्पतालको नियमित स्तरोन्नतितर्फ ठूलो उपलब्धि हासिल भएको जनाइएको ...
उदयपुरमा १ लाख १४ हजार बालवालिकालाई शुत्रबार देखी टाईफाई विरुद्धको खोप लगाईने

उदयपुरमा १ लाख १४ हजार बालवालिकालाई शुत्रबार देखी टाईफाई विरुद्धको खोप लगाईने

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र २३ नेपाल सरकारको नियमित खोप अन्तरगत टाईफाई विरुद्धको खोप अभियान चैत्र २५ गते बाट देशैभर संञ्चालन गरिने भएको छ । देशभर रहेका ७ ओटै प्रदेशहरुमा यो खोप लगाईने छ । यसै क्रममा उदयपुरमा पनि १ लाख १४ हजार बालबालिकाहरुलाई टाईफाई विरुद्धको खोप लगाईने स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । कार्यालयका प्रमुख वृज कुमार दासका अनुसार उदयपुरमा १५ महिना देखी १५ बर्ष सम्मका बालवालिकाहरुलाई टाईफाई विरुद्धको खोप लगाईने जनाएको छ । खोप जिल्लामा पहिलो र दोस्रो चरण गरी लगाईने प्रमुख दासले जनाए । पहिलो चरण २५ गते देखी ३० गते सम्म त्रियुगा, चौदण्डीगढी, बेलका, रौतामाई र लिम्चुङमा खोप अभियान संञ्चालन गरिने जनाईएको छ भने दोस्रो चरणमा बैशाख ४ बाट कटारी, ताप्ली र उदयपुरगढीमा खोप संञ्चालन गरिने प्रमुख दासले जनाएको छ । दासका अनुसार खोपका लागि आवश्यक स्रोत साधनहरु सबै उपलब्ध भैसकेको र यसको तयारी भव्...
आर्थिक अभावले उपचार गर्न नसकेपछि सात वर्षदेखि खोरमा

आर्थिक अभावले उपचार गर्न नसकेपछि सात वर्षदेखि खोरमा

Breaking News 3, समाचार
काठमाडौँ, चैत २३ गते । भोजपुरमा एक परिवारले आफ्नै सन्तानलाई काठको खोरमा राखेका छन् । भोजपुरको साल्पासिछो गाउँपालिका–२ का ३३ वर्षीय डेगराज चौहानलाई विगत सात वर्षदेखि र ३७ वर्षीय डम्वर चौहानलाई दुई वर्षदेखि घरभन्दा पर बनाइएको खोरमा राख्न थालिएको हो । मानसिक सन्तुलन गुमेका उनीहरुको उपचार गर्न नसकेपछि परिवारले घरभन्दा पर बनाइएको खोरमा राख्न थालिएको छ । आर्थिक अभावका कारण उपचार गर्न नसकेपछि दुबै छोरालाई खोरमा राख्नुपरेको बुबा छत्रबहादुर चौहानले बताउनुभयो । छोराको अवस्थाले आफूलाई विक्षिप्त बनाएको उहाँको भनाइ छ । छोरालाई खोरमा थुन्नुको विकल्प नभएको बताउँदै उहाँले भन्नुभयो, “आर्थिक अवस्था कमजोर भएकाले छोरालाई पेटभरि खुवाउनसमेत नसक्ने अवस्था छ ।” अभावको पिल्सिएका चौहान परिवार यतिबेला सहयोगको अपेक्षामा छन् । “आर्थिक अवस्था कमजोर छ । उपचार गर्ने पैसा छैन । कमाएर ल्याउने छोराहरुमा मानसिक रोग छ...
बिजुलीको हाइटेन्ट तारबाट करेन्ट लाग्दा टिपर चालकको मृत्यु

बिजुलीको हाइटेन्ट तारबाट करेन्ट लाग्दा टिपर चालकको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत २३ गते । झापामा बिजुलीको हाइटेन्ट तारबाट करेन्ट लाग्दा एक जना टिपर चालकको ज्यान गएको छ । धनुषा हल्दिवारी गाउँपालिका– ५ का विकास तामाङको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । टिपरबाट निर्माण सामाग्री झार्ने क्रममा सडक किनारमा रहेको हाइटेन्सन बिजुलीको तारमा ठोक्किँदा उनी बेहोस भएका थिए । तामाङलाई बिएण्डसी अस्पताल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । उनी कञ्चन निर्माण सेवा कम्पनीको बा १ प–७७४७ नम्बर टिपर चालक थिए ।...