Friday, July 10News That Matters

Month: ४ वर्ष अगाडि

त्रियुगामा काँग्रेसको अग्रता कायमै

त्रियुगामा काँग्रेसको अग्रता कायमै

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ ११ गते । उदयपुरको त्रियुगामा मतगणना निरन्तर चलिरहेको छ । वडा नं. १, २, १६ र १५ को मतगणनाको परिणाम अनुसार प्रमुख पदमा नेपाले काँग्रेसले अग्रता लिरहेको छ । काँग्रेसका उम्मेदवार वसन्तकुमार बस्नेतले १ हजार ८ सय ६ मत ल्याएर अग्रता कायम गरेको छ । बस्नेतलाई गठबन्धनबाट नेकपा एकिकृत समाजवादीका उम्मेदवार बलदेव चौधरीले १ हजार ६ सय ३६ मतका साथ पछ्याइरहेको छ । यता नेकपा एमालेका उम्मेदवार भागवत राउतले १ हजार ८२ मत प्राप्त गरेको छ । उपप्रमुखमा पनि काँग्रेसका उम्मेदवार सरिता राई नै अगाडी छिन् । राईले १ हजार ६ सय १० मत ल्याएर अग्रता कायम गरेको छ । राईलाई नेकपा एमालेकी उम्मेदवार महेश्वरी राईले ३ सय ३१ मतान्तरले पछ्याइरहेकी छिन् । गठबन्धनको माओवादीकी उम्मेदवार गिता खड्का (कार्की) ले १ हजार १ सय ८५ मत ल्याउन सफल भएकी छिन् ।  ...
त्रियुगामा काङ्ग्रेसको अग्रता कायमै

त्रियुगामा काङ्ग्रेसको अग्रता कायमै

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ ११ । त्रियुगा नगरपालिकाको १६ मध्ये १ वडाको मतगणना सकिएको छ । १६ नं. वडाको मतगणना सकिएको हो । हाल वडा नं. १, २ र १५ को गणना चलिरहेको छ । वडा नं. १ को गणना अन्तिम चरणमा पुगेको जनाइएको छ । गणना सकिएको १६ नं. वडामा गठबन्धनले प्यानल नै जितेको छ । वडाध्यक्षमा मानबहादुर राईले कार्यकाल दोहोर्याउनु भएको छ । वडा नं. १६ को १४७६ मत, वडा नं. १५ को २०० मत, वडा नं. १ को १८०० मत र वडा नं. २ को १८०० मत गरी कुल ५२७६ मत गणना हुँदा काङ्ग्रेसको अग्रता रहेको छ । काङ्ग्रेसको प्रमुखको उम्मेदवार बसन्त बस्नेतको पहिलो मत १८०६ रहेका छ । दोस्रो मत गठबन्धनबाट नेकपा (एकिकृत समाजवादी) का बलदेव चौधरीको १६३६ मत रहेको छ भने नेकपा एमालेको तेस्रो मत १०८२ रहेको छ । उपप्रमुखमा काङ्ग्रेसकी सरिता राईको पहिलो मत १६१० रहेको छ । दोस्रो मत नेकपा एमालेकी महेश्वरी राईको १२७९ रहेको छ भने तेस्रो मत गठबन्धनबाट नेकपा (म...
अरुले बिजयी जुलुस मनाईरहँदा साम्पाङ भने फिल्डमा, बिजयीको भोलिपल्ट बाटै  काम सुरु

अरुले बिजयी जुलुस मनाईरहँदा साम्पाङ भने फिल्डमा, बिजयीको भोलिपल्ट बाटै काम सुरु

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ ११ धरान उपमाहानगरपालिकाका हर्क साम्पाङले बिजयी भाको भोली पल्ट देखिनै आफ्नो जिम्मेवारीलाई बहन गर्न थालेको छ । उनले अरुले बिभिन्न ठाउँमा बिजयी जुलुस मनाईरहँदा साम्पाङ भने बढी तढकभढकमा नलागी काम सुरु गरेको हो । साम्पाङले खानेपानीको मुहानमा सरसफाई गर्न निर्देशन दिएको छ भने आफैपनि फिल्डमा खटिएका छन् । खानेपानीलाई सफा र सुद्ध बनाउँदै पानीको मुहानलाई खुल्ला बनाई पानीको बहाव बढाउन साम्पाङले काम गर्न निर्देशन दिएको हो । राई आफैपनि त्यस ठाउँहरुमा गई खानेपानीको मुहानहरुको अवलोकन र सरसफाईमा लागेको हो । यस्तैगरी उनले करिब ६ महिना भित्रै धरानलाई पूर्णरुपमा सरसफाई राख्ने गरी काम सुरु गर्ने जनाए । उनले धरानको सरसफाई र फोहर व्यवस्थापनलाई ६ महिना भित्रै सकाएर देशकै सफा सहर बनाउने जनाए ।...
वैदेशिक रोजगारीमा ठगी गर्ने शर्मा पक्राउ

वैदेशिक रोजगारीमा ठगी गर्ने शर्मा पक्राउ

Breaking News 3, समाचार
काठमाण्डौँ, जेष्ठ ११ वैदेशिक रोजगारी ठगी कसुरमा सजाय सुनाइएका यहाँ एक पुरुषलाई प्रहरीले दुई वर्षपछि पक्राउ गरेको छ । बागलुङ नगरपालिका–१२ अमलाचौरका ४२ वर्षीय प्रकाश शर्मालाई जिल्ला प्रहरी कार्यालय बागलुङले नियन्त्रणमा लिएको हो । उनलाई वैदेशिक रोजगारी ठगी कसुरमा वैदेशिक रोजगार न्यायाधीकरण इजलाश काठमाडाँैले दुई वर्ष पहिले सजाय सुनाएको थियो । शर्मालाई एक वर्ष पाँच महिना कैद र एक लाख ५० हजार जरिवाना फैसला सुनाइएको थियो । सोही दिनदेखि शर्मा फरार थिए । फरार प्रतिवादी घरमै लुकेर बसेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयले आज घरबाटै पक्राउ गरी जिल्ला अदालत बागलुङमा बुझाएको जिप्रकाका सूचना अधिकारी इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । (रासस)...
एक हजार २२२ एम्पुल लागूऔषधसहित चार युवक पक्राउ

एक हजार २२२ एम्पुल लागूऔषधसहित चार युवक पक्राउ

Breaking News 3, समाचार
काठमाण्डौँ, जेष्ठ ११ नेपाल प्रहरीले एक हजार २२२ एम्पुल लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–९ पिङ्गलास्थानबाट एक हजार २२२ एम्पुल लागूऔषधसहित चार जनालाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा सप्तरी विहुल गाउँपालिका–३ का २२ वर्षीय मनिषकुमार साह, ३२ वर्षीय भोलाप्रसाद साह, १९ वर्षीय कुमार साह र २४ वर्षीय बालकुमार दास रहेका छन् । पक्राउ परेका चारैजनालाई लागू औषध ९नियन्त्रण० ऐन, २०३३ अन्तर्गत लागु औषध मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको ब्यूरोका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो । (रासस)...
लिम्चुङबुङका नवनिर्वाचित मेजर राईले गरे दोस्रो कार्याकालका लागि पदवहाली

लिम्चुङबुङका नवनिर्वाचित मेजर राईले गरे दोस्रो कार्याकालका लागि पदवहाली

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ ११ उदयपुरको पहाडी पालीका लिम्चुङबुङ गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष मेजर कुमार राईले दोस्रो कार्याकाल सम्हालेका छन् । राईले बुधबार कार्यालयमा पदवहाली गर्दै दोस्रो कार्याकालमा फर्केका छन् । राई ७४ सालको स्थानीय चुनावमा पनि बिजयी भएर पहिलो कार्याकाल सफलतापूर्वक सम्पन्न गरी दोस्रो कार्याकालमा फर्केको हो । पदवहाली सँगै राईले बिषेश रुपमा लिम्चुङबुङ गाउँपालिकामा शैक्षिक सुधार कार्यक्रम चरणबद्ध रुपमा लागू गर्ने प्रतिवद्धता जनाएको छ । पहिलो चरणमा गाउँपालिकाको ५ ओटा मा.वि. मा आधारभूत तहको गुणस्तरिय शिक्षा सुनिश्चितताको लागि बालविकास कक्षाहरुको भौतिक तथा शैक्षिक सुधार राईले पदवहालीको क्रममा जनाए । यस्तैगरी लिम्चुङबुङ गाउँपालिकाको सुनकोशी गडतिर क्षेत्र विकासको लागि अध्यक्ष कृषि परियोजना अन्तर्गत सुनकोशी तटीय क्षेत्रहरुमा व्यावसायिक कृषि कार्यक्रम सञ्चालन गरिनेछ पनि बिषेश रुपम...
त्रियुगामा ४३७५ मत गणनामा ५० मतले काङ्ग्रेस अग्रता

त्रियुगामा ४३७५ मत गणनामा ५० मतले काङ्ग्रेस अग्रता

Breaking News 1
पूर्णपुष्टि, जेठ ११ । त्रियुगामा ४३७५ मत गणनामा ५० मतले काङ्ग्रेसको अग्रता छ । काङ्ग्रेसको बसन्त बस्नेत १४५० मतका साथ अग्रतामा छन् । गठबन्धनबाट नेकपा (एस) का बलदेव चौधरी १४०० मतमा छन् भने एमालेको भागवत राउतको ९०९ मत रहेको छ । उपपमुखमा काङ्ग्रेसकी सरिता राई १२९८ मतका साथ अग्रतामा छिन् । १०६३ मतका साथ एमालेकी महेश्वरी राई दोस्रो र १०३२ मतका साथ गठबन्धनबाट माओवादी केन्द्रकी गिता खड्का कार्कीको तेस्रो स्थानमा रहेकी छिन् । यसबीचमा १६ नं. वडाको मतगणना सकिएको छ । १४७६ मत गणनामा गठबन्धनले वडामा प्यानलै विजय हाँसिल गरेको छ । वडा नं. १ को १३००, वडा नं. २ को १४९९ मत गणना भइसकेको छ ।...
१६ नं वडाका बिजयीले भव्य मनाए बिजयी उत्सव

१६ नं वडाका बिजयीले भव्य मनाए बिजयी उत्सव

Breaking News 1
पूर्णपुष्टि, जेष्ठ ११ त्रियुगा नगरपालिका वडा नं १६ का निर्वाचित जनप्रतिनिधि र कार्यकर्ताहरुले भव्य बिजयी उत्सव मनाएका छन् । १६ वटा वडामा गठबन्धन बाट माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवार मन वहादुर राईको प्यानलै बिजयी बनेका छन् । अध्यक्ष निर्वार्चित राईले ९३२ मत ल्याएर भारी मतले बिजयी हाँसिल गरेका छन् । बिजय पश्चात कार्यकर्ता तथा नेताहरुले जनप्रतिनिधिहरुलाई खादा माला र अबिरले पहिराउँदै बजार परिक्रमा गराएका थिए । उनिहरुले पिपलचोकमा कोणसभा समेत गरे ।...
त्रियुगामा माओवादी केन्द्रले खाता खोल्यो

त्रियुगामा माओवादी केन्द्रले खाता खोल्यो

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ ११ । त्रियुगा नगरपालिकामा एकवडामा नेकपा (माओवादी केन्द्र) ले जितेको छ । गठबन्धनको तर्फबाट त्रिनपा –१६ को वडाध्यक्षसहित प्यानल नै माओवादी केन्द्रले जितेको हो । १४७६ खसेको मत मध्ये ९३२ मत प्राप्त गरी वडाध्यक्षमा माओवादी केन्द्रका मानबहादुर राईले विजयी हाँसिल गरेका हुन् । यो विजयसंगै उनले दोस्रो कार्यकाल पाएका छन् । प्रतिद्वन्द्वि भन्दा फराकिलो अन्तरमा वडाध्यक्ष मात्र नभई सबै पद प्यानलै विजयी भएको छ । वडाको दुल्ला सदस्यमा घमानसिंह राई र रामनारायण श्रेष्ठ विजयी बनेका छन् । त्यस्तै महिला सदस्यमा गोमा कार्की र दलित महिला सदस्यमा कुन्ति परियार निर्वाचित भएका छन् । अधिकांश निर्वाचित जनप्रतिनिधलाई जनताले दोस्रो कार्यकालका लागि दोहोर्याएका छन् । वडाध्यक्षमा दोस्रो मत नेपाली काङ्ग्रेसको रामबहादुर मगरको ३३१ र एमालेका विष्णु बहादुर मगरको १३६ मत प्राप्त भएको छ । सो वडाबाट गठबन्धनका...
तुलसीपुरमा गठबन्धनलाई हराउँदै एमाले विजयी

तुलसीपुरमा गठबन्धनलाई हराउँदै एमाले विजयी

Breaking News 3, समाचार
काठमाण्डौँ, जेष्ठ ११ तुलसीपुर उपमहानगरपालिकामा गठबन्धनलाई हराउँदै नेकपा (एमाले) विजयी भएको छ । नगरप्रमुखमा टीकाराम खड्का र उपप्रमुखमा स्यानी चौधरी विजयी हुनुभएको हो । खड्का निकटतम प्रतिस्पर्धी गठबन्धनतर्फबाट उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीलाई तीन हजार ६९१ मतान्तरले पछि पार्दै विजयी हुनुभएको हो । खड्काले ३१ हजार ४०८ मत प्राप्त गर्नुभएको थियो भने गिरीले २७ हजार ७१७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरका प्रमुख राजेश्वर अर्यालले बताउनुभयो । त्यस्तै उपप्रमुखमा चौधरी निकटतम प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका जोगबहादुर रानालाई नौ हजार ५३२ मत पछि पार्दै विजयी हुनुभएको हो । चौधरीले ३० हजार ५९७ मत ल्याउनुभएको थियो भने रानाले २१ हजार ६५ मत ल्याउनुभएको थियो । तुलसीपुर उपमहानगरपालिकामा यसअघि पनि एमालेले नै जितेको थियो । तुलसीपुरमा एक लाख एक हजार ...