Friday, July 10News That Matters

Month: ४ वर्ष अगाडि

करणी मुद्धामा थुनुवा रकेका कुँवर शौचालयमा मृत फेला

करणी मुद्धामा थुनुवा रकेका कुँवर शौचालयमा मृत फेला

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेठ ११ गते । जबरजस्ती करणी मुद्धामा ईलाका प्रहरी कार्यालय कोहलपुको हिरासतको शौचालयमा एक जना थुनुवा मृत अवस्थामा फेला परेको छ । करणी उद्योगमा हिरासतमा रहेका कोहलपुर–१२ का ४६ वर्षीय कृष्णलाल कुँवर मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । आज विहान करीब ५ बजे तिर कुँवर हिरासतको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय कोहलपुरका ईन्चार्ज समेत रहेका प्रहरी नायव उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए । मृतक कुँवरलाई प्रहरीले गत १९ वैशाखमा ७ वर्षे नाबालिकालाई जबरजस्ती करणीको प्रयास गरेको अभियोगमा नियन्त्रणमा लिएर म्याद थप गरेर आवश्यक अनुसन्धान गरिरहेको थियो । स्थानीय र आफन्तको रोहबरमा आवश्यक मुचुल्का तयार गरी मृतकको शव पोष्टमार्टमको लागि भेरी अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए ।...
हप्तादेखि बेपत्ता भएका चार खानी कामदार मृत फेला

हप्तादेखि बेपत्ता भएका चार खानी कामदार मृत फेला

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, जेष्ठ ११ बुर्किना फासोस्थित एक खानीमा बेपत्ता भएका चार जना कामदारको शव फेला परेको उद्धारकर्ताहरूले बुधबार जानकारी दिएका सरकारले पुष्टि गरेको छ । गत १६ अप्रिलमा आएको बाढीमा परी बेपत्ता भएका आठ कामदारहरुमा चार जनाको शव फेला परेको ती कामदारहरुले बताएका हुन् । राजधानी शहरबाट करिब १०० किलोमिटर पश्चिममा पर्ने पेर्कोआमा रहेको क्यानडाको ट्रेवाली माइनिङको स्वामित्वमा रहेको जस्ता खानीमा मध्य अप्रिलमा दुर्घटना भएको थियो । छ बुर्किनाबे, एक जाम्बियन र एक तान्जानियाली नागरिकहरु सात सय मिटरमुनि हराएका थिए । दुर्भाग्यवश, ३९ दिनको गहन खोजीपछि, चार खानी कामदार निर्जीव शव फेला परेका सरकारी प्रवक्ता लियोनेल बिल्गोले एक विज्ञप्तिमार्फत बताउनु भएको छ । (रासस)...
त्रियुगामा फेरी काङ्ग्रेसको अग्रता, ११ मतले गठबन्धन पछाडि

त्रियुगामा फेरी काङ्ग्रेसको अग्रता, ११ मतले गठबन्धन पछाडि

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ ११ । त्रियुगा नगरपालिकाको मतगणनाको परिणामले काङ्ग्रेस र गठबन्धनबीच टक्कर परिरहेको छ । यी दुईको प्रमुख पदका उम्मेदवारले पालैपालो अग्रता लिने गरेको छ । केही समय अघि १ मतले अग्रतामा रहेको गठबन्धन अहिले ११ मतले पछि परेपछि काङ्ग्रेसले अग्रता पाएको छ । ४१७६ मत गणना सकिदा काङ्ग्रेसको बसन्त बस्नेत १३६८ मतका साथ अग्रतामा छन् । गठबन्धनबाट नेकपा (एस) का बलदेव चौधरी १३५७ मतमा छन् भने एमालेको भागवत राउतको ८६२ मत रहेको छ ।...
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा संयुक्त विद्यार्थी संगठनद्धारा आयल निगम घेराउ

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा संयुक्त विद्यार्थी संगठनद्धारा आयल निगम घेराउ

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ ११ गते । लगातर पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको खारेज गर्न माग गर्दै संयुक्त विद्यार्थी संगठले नेपाल आयल निगमको कार्यालय घेराउ गरेका छन् । बुधवार नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु, अखिल क्रान्तिकारी संयुक्त विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग गर्दै निगमको कार्यालय घेराउ गरेका हुन् । संगठनले निगमको मूल गेटमा पेट्रोलियम पर्दार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नाराबाजी गरेका थिए । उनीहरूले रुस र युक्रेनको युद्ध देखाएर नेपालमा मूल्यवृद्धि गर्नुको तात्तिक कारण नरहेको बताए । रुस र युक्रेनमा भएको युद्धलाई लिएर जनतालाई अफवाह फैलाएर सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको उनीहरूको आरोप छ । उनीहरूले जनतालाई खान, लाउन सङ्कट भएको बेलामा पनि नेपाल सरकार जनता चाहिँदैन भनेर आफ्ना अव्यावहारिक गतिविधिमा लिप्त रहेको आरोप लगाए । ...
प्रतिस्पर्धिहरुलाई ठुलो मतान्तरले पछि पार्दै १६ नं वडामा माओवादीबाट मान वहादुर राईको प्यानलै बिजयी

प्रतिस्पर्धिहरुलाई ठुलो मतान्तरले पछि पार्दै १६ नं वडामा माओवादीबाट मान वहादुर राईको प्यानलै बिजयी

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ ११ त्रियुगा नगरपालिका १६ मा मान वहादुर राईले फराकिलो मन्तान्तरले प्रतिस्पर्धिहरुलाई हराउँदै बिजयी हाँसिल गरेको छ । १४ सय ७६ मत रहेको सो वडामा ९३२ मत ल्याई जित हाँसिल गरेको हो । राईको प्रतिद्धन्दी कांग्रेसका उम्मेदवार राम वहादुर मगरले ३३१ मत ल्याए भने एमालेका उम्मेदवार बिष्णु मगरले १३६ मत मात्र ल्याए । राईले आफ्नो प्रतिस्पर्धिहरुलाई सहजै पराजित गरी बिजय हाँसिल गरेको हो । राई सहित सो वडामा प्यानलै बिजयी बनेका छन् । खुल्ला सदस्यहरुमा घमना सिंह राईले ८४८ मत ल्याई बिजयी बनेका छन् । अर्का खुल्ला सदस्य राम नारायण श्रेष्ठले ८२८ मत ल्याई बिजयी बने । यस्तै महिला सदस्यमा गोमा कार्कीले ८८० मत ल्याईन् । दलित महिला सदस्य कुन्ती परियारले ८७५ ल्याई बिजयी बनेका छन् । राई नेकपा माओवादी र नेकापा एसको संयुक्त वडाअध्यक्ष उम्मेदवार हो । उनि पहिलेको चुनवामा पनि वडाअध्यक्षमा बिजयी बनेका थि...
७४ को चुनावमा कटारीको मेयरमा जितेका एमालेलाई यो पटक तेस्रो मत

७४ को चुनावमा कटारीको मेयरमा जितेका एमालेलाई यो पटक तेस्रो मत

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ ११ कटारी नगरपालिकामा कांग्रेसका राजेशचन्द्र श्रेष्ठ निर्वाचित भएको छ । पहिलो ७४ को स्थानीय चुनावमा एमाले बाटै मेयर जितेको एमालेले यो पटक नराम्ररी हार बेहोर्यो । हार मात्रै हैन् स्वतन्त्र भन्दा पनि तल्लो स्थान प्राप्त गर्दै तेस्रो स्थानमा झरे । ७४ मा मेयरै जितेका एमालेले यो पटक भने जनता बाट कम मत पाए । एमाले बाट उम्मेदवार दिएका पूर्व मेयर समेत रहेका ज्ञानेन्द्र श्रेष्ठ कांग्रेसका राजेशचन्द्र श्रेष्ठ सँगै हारे । उनलाई अन्तिम मत परिणाममा स्वतन्त्र उम्मेदवार केपि बरालले समेत उछिने । कांग्रेस माओवादी गठबन्धनका बिच चुनाव लडेका श्रेष्ठ स्वतन्ध सँग समेत हार्न अस्वभाविक रह्यो । दुई पार्टी सँग हार्नु त छँदै छ । स्वतन्त्र उम्मेदवारले समेत एमालेलाई यो पटक पछि पार्यो । गठबन्धनबाट उम्मेदवारी दिएका राजेशचन्द्र श्रेष्ठले ६ हजार ४ सय १७ मत ल्यार विजयी भए भने स्वतन्त्र उम्मेदवार केपि ...
कटारीको १४ वडा मध्ये आधामा एमाले वडाध्यक्ष विजयी

कटारीको १४ वडा मध्ये आधामा एमाले वडाध्यक्ष विजयी

Breaking News 2, राजनीति
पूर्णपुष्टि, जेठ ११ गते । कटारी नगरपालिकामा गठबकटारीको १४ वडा मध्ये आधामा एमाले वडाध्यक्ष विजयी उदयपुर, जेठ ११ गते । कटारी नगरपालिकामा गठबन्धनतर्फ नेपाली काङ्ग्रेसको राजेशचन्द्र श्रेष्ठले ६४१७ मतका साथ विजयी हाँसिल गरेका छन् । उपप्रमुखमा नेकपा एमालेकी गिता खड्काले ६४१३ मतका साथ विजय हाँसिल गरेकी छिन् । प्रमुखमा विजयी श्रेष्ठले निकटतम् प्रतिद्वन्द्वि स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद बराललाई ४६४ मतले पछि पार्दै विजयी हुनु भएको हो । बराल नेकपा ९माओवादी केन्द्र० बाट टिकट नपाएपछि बाघी उम्मेदवार उठ्नु भएको हो । बरालले ५९५२ मत प्राप्त गर्नुभयो । निबर्तमान् मेयरसमेत रहनु भएको नेकपा एमालेको ज्ञानेन्द्र श्रेष्ठले तेस्रो मत ५७१५ प्राप्त गर्नुभयो । उपप्रमुखमा विजयी एमालेकी खड्काले फराकिलो मत अन्तरमा जीत हात पार्नुभयो । निकटतम् प्रतिद्वन्द्वि गठबन्धनतर्फको नेकपा ९माओवादी केन्द्र० को विनोदकुमार कटुव...
रौतामाईका नवनिर्वाचित अध्यक्ष मगरको पदवहाली

रौतामाईका नवनिर्वाचित अध्यक्ष मगरको पदवहाली

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ ११ । उदयपुरको रौतामाई गाउँपालिकाको नवनिर्वाचित पालिका अध्यक्ष विरेन्द्रकुमार मगरले आजबाज पदभार सम्हालेका छन् । गठबन्धनबाट माओवादी केन्द्रका मगरले विजयी हाँसिल गरेका थिए । पदवहालीसंगै उनको पाँचवर्षे कार्यकाल सुरु भएको छ । पदवहालीको अवसरमा अध्यक्ष मगरले जनताको चाहना र भावना भन्दा टाढा नभई कार्यकाल सफलरुपले पुरा गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।...
त्रियुगामा कलमले लियो अग्रता, रुख १ मतले पछि, एमाले तेस्रो

त्रियुगामा कलमले लियो अग्रता, रुख १ मतले पछि, एमाले तेस्रो

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ ११ । निरन्तर काङ्ग्रेसले अग्रता गर्दै आएको त्रियुगा नगरपालिकामा गठबन्धनले अग्रता लिएको छ । ३६०० मत गणना हुँदा १ मतले अग्रता लिएको हो । नेपाली काङ्ग्रेसका प्रमुख पदका उम्मेदवार बसन्त बस्नतेले ११८० मत पाउदा १ मतले पछि पार्दै गठबन्धनतर्फको प्रमुख पदका उम्मेदवार नेकपा (एस) का बलदेव चौधरीले अग्रता लिएका हुन् । उनले ११८१ मत प्राप्त गरेका छन् । एमालेका भागवत राउत तस्रो मत ७२९ मा रहेका छन् । उपप्रमुखमा भने काङ्ग्रेसकै अग्रता कायम छ । कांग्रेसकी उपप्रमुख उम्मेदवार सरिता राईले १०५८ मत पाएकी छिन् । दोस्रोस्थानमा गठबन्धनतर्फकी माओवादी केन्द्रकी गिता खड्का कार्कीको ८९१ मत रहेको छ भने एमालेकी महेश्वरी राई ८४९ मतका साथ तेस्रो स्थानमा रहेकी छिन् । यो परिणामसम्ममा वडा नं. १ को १२००, वडा नं. २ को ११०० र वडा नं. १६ को १३०० मत गरी जम्मा ३६०० मत गणना भएको हो ।...
बसको ठक्करबाट १ जनाको मृत्यु

बसको ठक्करबाट १ जनाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेठ ११ झापाको शिवसताक्षी नगरपालिका–१ स्थितमा बसको ठक्करबाट १ जनाको मृत्यु भएको छ । आज बिहान साँढे ७ बजे पुर्बबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४० प ७१४९ नबम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट आउँदै गरेको को. १ ख ७१८७ नम्बरको बसले ठक्कर दिई दुर्घटना हुँदा मोटरसाईकलको पछाडि सवार भोजपुर षडानन्द नगरपालिका–८ का २३ बर्षीय टिचोहाङ राईको घटनास्थलमानै मृत्यु भएको हो । ठक्कर दिने बस र चालक मोरङ उर्लाबारी नगरपालिका–२ का ४५ बर्षीय टेक बहादुर पुरीलाई ईलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरीरहेको छ ।...