Friday, July 10News That Matters

Month: ४ वर्ष अगाडि

टेक्सास विद्यालय नरसंहार : १८ बालबालिकासहित २१ जनाको हत्या

टेक्सास विद्यालय नरसंहार : १८ बालबालिकासहित २१ जनाको हत्या

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, जेठ ११ अमेरिकी इतिहासको अर्को त्रासदीपूर्ण विद्यालय गोलीकाण्ड भएको छ । यहाँको प्राथमिक विद्यालयमा आज बिहान भएको आक्रमणमा १८ जना बालबालिकासहित २१ जनाको हत्या भएको छ भने कैयौ गम्भीररुपमा घाइते भएका छन् । टेक्सास राज्यको सान एन्टोनियोबाट १३४ किलोमिटर टाढा रहेको उभाल्डे शहरको रोब प्राथमिक विद्यालयमा स्कूलमा एकजना २१ वर्षीय बन्दुकधारीले कक्षा कोठामा प्रवेश गरी अन्धाधुन्ध गोली चलाउँदा उनीहरूको मृत्युृ भएको हो । प्रहरी कारबाहीमा आक्रमणकारी पनि मारिएको जनाइएको छ । टेक्सासका गभर्नर ग्रेग एबोटले हत्यारालाई विद्यालय रहेको इलाकाका बासिन्दा साल्भाडोर रामोसको रूपमा पहिचान गरेका छन् । यो नरसंहार सन् २०१२ को डिसेम्बरमा कनेक्टिकटको स्यान्डी हुकमा भएको डरलाग्दो हमलापछि अमेरिकी प्राथमिक विद्यालयमा भएको सबैभन्दा घातक हमला हो । स्यान्डी हुक हमलामा २० बालबालिकासहित छ जना वयस्क मारिएका थिए ।...
भरतपुरवासीलाई खानेपानी निःशुल्क

भरतपुरवासीलाई खानेपानी निःशुल्क

Breaking News 2, समाचार
काठमाण्डौँ, जेठ ११ भरतपुर महानगरपालिकाको पदभार ग्रहण गरेसँगै नगरप्रमुख रेनु दाहालले दुई महत्वपूर्ण निर्णय गर्नुभएको छ । महानगरभित्रका बासिन्दालाई मासिक सात हजार लिटर खानेपानी निःशुल्क र रु एक लाख बराबरको छोरी बिमा कार्यक्रमको निर्णय गरिएको छ । पहिलोपटक प्रमुख हुँदा उहाँले भरतपुर अस्पतालमा उपचारका लागि आउने महिला र ज्येष्ठ नागरिकका लागि बहिरङ्ग सेवा टिकट निःशुल्कको निर्णय गर्नुभएको थियो । दाहालले यो निर्णयले महानगरवासी लाभान्वित हुने बताउनुभयो । महानगरभित्रका झण्डै ५२ प्रतिशत जनताले आजैदेखि निःशुल्क खानेपानी पाउने भएका छन् । यसका लागि वार्षिक रु दुई करोड ५० लाख हाराहारी खर्च हुने महानगरको अनुमान छ । महानगरभित्र खानेपानी व्यवस्थापन बोर्ड र उपभोक्ता समितिमार्फत खानेपानी वितरण गरिँदै आएको छ । बोर्डका ३५ ग्राहक हजार छन् । बोर्डका प्रमुख प्रजापति दाहालका अनुसार २५ भन्दा बढी उपभोक्ता समि...
एक युवकको शङ्कास्पद मृत्यु

एक युवकको शङ्कास्पद मृत्यु

Breaking News 2, समाचार
काठमाण्डौँ, जेठ ११ दोलखाको गौरीशङ्कर गाउँपालिका–३ झ्याकुका एक युवकको शङ्कास्पद मृत्यु भएको छ । नेपाली कांग्रेस वडाध्यक्षमा उम्मेदवारी दिनुभएका दिलबहादुर बस्नेतका छोरा २४ वर्षीय यानबहादुरको शङ्कास्पद मृत्यु भएको हो । मङ्गलबार बेलुकादेखि सम्पर्कविहीन भएका यानबहादुर घर नजिकै आज बिहान मृतावस्थामा फेला परेको स्थानीयवासी जिपछिरिङ शेर्पाले बताउनुभयो । घटनास्थलमा प्रहरी टोली पुगेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको दोलखा प्रहरी प्रमुख गङ्गा पौडेलले बताउनुभयो । मृतक बस्नेतका बुबा स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षको उम्मेदवार बन्नुभएको थियो । झ्याकुस्थित मानेडाँडा माविमा कार्यरत यानबहादुर काम सकेर साँझ ६ः३० बजे घरबाट निस्किएका र अबेरसम्म पनि घर नफर्किएपछि स्थानीय तथा आफन्तले खोजीकार्य जारी राखेका थिए । मङ्गलबारदेखि बेपत्ता भएका यानबहादुर आज बिहान झ्याकुस्थित सर्सेपु वि...
कटारीको प्रमुखमा गठबन्धको उम्मेदवार श्रेष्ठ विजयी उपप्रमुखमा एमाले

कटारीको प्रमुखमा गठबन्धको उम्मेदवार श्रेष्ठ विजयी उपप्रमुखमा एमाले

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ ११ गते । उदयपुरको कटारी नगरपालिकामा गठबन्धनका उम्मेदवार प्रमुख पदमा विजयी भएका छन् । गठबन्धनको काँग्रेसबाट राजेश चन्द्र श्रेष्ठले ६ हजार ४ सय १७ मत ल्यार विजयी भएका हुन् । श्रेष्ठले आफ्नो प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार (जेब्रा चिन्ह) कृष्ण प्रसाद बराललाई ४ सय ६५ मततान्तरले पराजित गरेको हो । कटारीमा एमालेका उम्मेदवार ज्ञानेन्द्र श्रेष्ठ तेस्रो भएका छन् । श्रेष्ठको ५ हजा ७ सय १५ मत आएको थियो । श्रेष्ठलाई अन्तीममा २ सय ३७ मतले पछाडी पार्दै स्वतन्त्र उम्मेदवार बराल दास्रो भएको थिए । यता उमप्रमुखमा नेकपा एकालेकी गिता खड्का विजयी भएकी छिन् । खड्काले माओवादी केन्द्रका उम्मेवार विनोद कटुवाललाई २ हजार ५ सय ९२ मतान्तरले हराएकी छिन् । खड्काको ६ हजार ४ सय १३ मत आएको छ, भने कटुवालले ३ हजार ८ सय २१ मत ल्याउन सफल भएका छन् ।...
बसको ठक्करबाट प्रहरीसहित म्यादी प्रहरीको मृत्यु

बसको ठक्करबाट प्रहरीसहित म्यादी प्रहरीको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, जेठ ११ झापामा आज यात्रुवाहक बसको ठक्करबाट प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–धरमपुर सडक खण्डमा आज बिहान को१ख ७१८७ नंको झुल्केदेवी यातायात (बस)ले प्रदेश१–०२०४०प ७१४९ नंको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । मृत्यु हुनेमा मोरङ पथरी–शनिश्चरे–८ का २६ वर्षीय प्रकाश राई र भोजपुरको षडानन्दका २६ वर्षीय जितुहाङ राई छन् । मृतक प्रकाश जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी जवान हुन् भने जितुहाङ म्यादी प्रहरी हुन् । ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । (रासस)...
१६ नं वडामा मान वहादुर राईको दोस्रो कार्याकाल सुनिश्चित

१६ नं वडामा मान वहादुर राईको दोस्रो कार्याकाल सुनिश्चित

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ ११ त्रियुगा नगरपालिका १६ नं वडाको अन्तिम मत परिणाम सार्वजानिक हुने अवस्थामा छ । यसै मतको आधार मान्दा सो वडामा गठबन्धन तर्फका माओवादी केन्द्रका उम्मेदवार मान वहादुर राईको जित सुनिश्चित देखिएको छ । राईले नेपाली कांग्रेस र नेकपा एमालेका दुवै प्रतिस्पर्धीलाई अत्यादिक मतान्तरले पछि पारेको छ । पछिल्लो १२ सय गणनाको मत परिणाममा राईलाई ७५९ मत प्राप्त भएको छ । राईको प्रतिद्धन्दी नेपाली कांग्रेसका राम वहादुर मगरको २६० मत आएको छ भने एमालेका बिष्णु मगरको ११६ मत आएको छ । यस्तै त्यस वडावाट मेयर पदको उम्मेदवार वलदेव चौधरी र उपमेयर गिता खड्कालाई पनि राम्रो मत प्राप्त भएको छ । पछिल्ला मतपरिणाम अनुसार उक्त वडाबाट चौधरीलाई ६१२ मत प्राप्त भएको छ भने उपप्रमुखलाई ६६८ मत प्राप्त भएको छ । यस्तै एमालेका १९० मत प्राप्त हुँदा नेपाली कांग्रेसका बसन्त वस्नेतलाई २७३ मत आएको छ ।...
१६ नं वडाको हजार मत गन्दा बलदेवलाई ५१९ मत, वडाअध्यक्षमा मान वहादुर राई जित नजिक

१६ नं वडाको हजार मत गन्दा बलदेवलाई ५१९ मत, वडाअध्यक्षमा मान वहादुर राई जित नजिक

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ ११ त्रियुगा नगरपालिका १६ नं वडाको एक हजार मत गन्दा प्रमुख तर्फ गठबन्धनको बलदेव चौधरीलाई ५१९ मत प्राप्त भएको छ । सो वडाबाट चौधरीलाई अन्य प्रतिस्पर्धि भन्दा बढी मत प्राप्त भएको जानकारी छ । चौधरीको कलमलाई ५१९ मत आउँदा यता रुखलाई २२४ र सुर्यलाई १३६ मत प्राप्त भएको छ । यस्तै गरी उपमेयरमा पनि यस वडाबाट बढी मत प्राप्त हाल सम्मको गणनाले देखाएको छ । उपमेयरमा गिता खड्काको ५६२ मत आएको छ । यसैगरी उमेयरमा रुखलाई २१५ सुर्यलाई १५४ मत प्राप्त भएको छ । यसैगरी त्यस वडाका वडाअध्यक्ष तर्फ माओवादीका मान वहादुर राईलाई ६३८ मत प्राप्त भएको छ भने कांग्रेसका रामवहादुर मगरलाई २२३ र सुर्यको बिष्णु मगरलाई ९१ मत प्राप्त भएको छ । वडामा राईले अत्यादिकका साथ अग्रता लिरहेको छ ।...
त्रियुगामा कांग्रेसको अग्रता कायमै

त्रियुगामा कांग्रेसको अग्रता कायमै

Breaking News 1
पूर्णपुष्टि, जेष्ठ ११ त्रियुगा नगरपालिकामा कांग्रेसले अग्रता कायमै राखेको छ । हिजो १ बजे बाट सुरु भएको मत गणनामा कांग्रेसको अग्रता निरन्तर रहेको छ । पछिल्लो मत परिणाम अनुसार प्रमुखमा कांग्रेसका बसन्त बस्नेत ८३३ मत सहित अग्रस्थानमा रहेको छ । यस्तै कलममा बलदेव चौधरीको ७९० र सुर्यमा भागवत राउतको ५२४ मत रहेको छ । यस्तै उपप्रमुखमा पनि कांग्रेसकी सरिता राई अग्र स्थानमा रहेकी छिन् । काँग्रेसकी राई ७४६ मत सहित अग्र स्थानमा छिन् भने सृर्यको महेश्वरी राईको ६०८ मत रहेको छ । यस्तै हँसिया हथौडाको गिता खड्काको ५६० रहेको छ । हाल त्रियुगा १६,१ र २ को मत परिणाम सार्वजानिकको क्रममा रहेको छ ।...
त्रिनपा– २ को प्रारम्भिक मतगणनामा पहिलो मत एमालेलाई

त्रिनपा– २ को प्रारम्भिक मतगणनामा पहिलो मत एमालेलाई

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १० । त्रियुगा नगरपालिका वडा नं. २ को पनि पहिलो २०० मत गणनाको परिणाम आएको छ । परिणाम अनुसार सो वडाबाट पहिलो मत एमालेलाई गएको छ । एमालेको प्रमुख पदका उम्मेदवार भागवत राउतलाई ७३ मत जाँदा काङ्ग्रेसका बसन्त बस्नेतलाई दोस्रो मत ६८ छ भने तेस्रो मत गठबन्धनतर्फका नेकपा एसका बलदेव चौधरीलाई ३८ मत छ । उपप्रमुखमा पनि एमालेकी महेश्वरी राईलाई पहिलो मत गएको छ । उनले ८१ मत पाउदा काङ्ग्रेसकी सरिता राईले दोस्रो मत ५९ पाएकी छिन् भने गठबन्धनतर्फकी माओवादी केन्द्रकी गिता खड्का कार्कीले २० मत पाएकी छिन् । सो वडाको प्रारम्भिक मतगणनाले त्यहाँ एमाले पहिलो, काङ्ग्रेस दोस्रो र गठबन्धन तेस्रो मत पाउनेमा देखाएको छ । वडा नं. १, वडा नं. १६ र वडा नं. २ को समग्र ८०० मतमा काङ्रग्रेसको प्रमुख र उपप्रमुख दुबै पदमा अग्रता देखिएको छ । समग्रमा प्रमुखमा कांग्रेस २७८ मतका साथ अग्रता, गठबन्धन २४२ मतका साथ दोस्रो...
त्रियुगा–१६ को मतले गठबन्धनले फड्को मार्यो, ३ मतले काङ्ग्रेसको अग्रता

त्रियुगा–१६ को मतले गठबन्धनले फड्को मार्यो, ३ मतले काङ्ग्रेसको अग्रता

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १० । उदयपुरको त्रियुगा नगरपालिकाको मतगणनाको १६ नं. वडाको २०० मत गणनामा गठबन्धनतर्फको प्रमुखका उम्मेदवार नेकपा (एकिकृत समाजवादी) को बलदेव चौधरीले पहिलो मत पाएका छन् भने नेपाली काङ्ग्रेसका बसन्त बस्नेतले दोस्रो मत पाएका छन् । चौधरीले ९९ मत पाउदा बस्नेतले ४४ मत पाएका छन् । एमालेका भागवत राउत २९ मतका साथ तेस्रो स्थानमा छन् । वडा नं. १ मा भने ४०० मतगणना हुँदा काङ्ग्रेसले पहिलो, गठबन्धनले दोस्रो र एमालेले तेस्रो नै मत पाएको छ । काङ्ग्रेसको बस्नेतले १६३ पाउदा गठबन्धनका चौधरीले १०५ पाएका छन् भने एमालेको राउतले ५६ मत पाएका छन् । समग्रमा १ नं. र १६ नं. को एकमुष्ट ६०० मतमा प्रमुख पदमा काङ्रग्रेस २०७, गठबन्धन २०४ र एमाले ८५ मतमा रहेका छन् । गठबन्धनभन्दा ३ मतअन्तरले काङ्ग्रेस अग्रस्थानमा छ । एमाले तेस्रो स्थानमा रहेको छ । उपमेयरतर्फ १६ नं. वडाले गठबन्धनतर्फकी नेकपा (माओवादी केन्द्र...