Friday, July 10News That Matters

Month: ४ वर्ष अगाडि

त्रियुगा–१ को २०० मत गणनामा काङ्ग्रेसको अग्रता

त्रियुगा–१ को २०० मत गणनामा काङ्ग्रेसको अग्रता

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १० । त्रियुगा नगरपालिकाको मतगणनाको सुरुवातमा नेपाली काङ्ग्रेसको अग्रता देखिएको छ । पहिलो २०० मत गणनाको परिणाम अनुसार नगरको प्रमुख पदमा नेपाली कांग्रेसको बसन्त बस्नेतको ८८ मत, गठबन्धनतर्फ नेकपा (एस) को बलदेव चौधरीको ४७ र नेकपा एमालेको भागवत राउतको ३१ मत प्राप्त भएको छ । उपप्रमुखमा पनि काङ्ग्रेसकै अग्रता छ । काङ्ग्रेसकी उपप्रमुख उम्मेदवार सरिता राईको ७४, एमालेकी महेन्वरी राईको ३९ र गठबन्धनतर्फ नेकपा (माओवादी केन्द्र)की गिता खड्का कार्कीको १४ मत आएको छ । स्वतन्त्र प्रमुख पदका उम्मेदवार चित्रकुमार कार्कीको २ र जसपाकी प्रमुख पदकी उम्मेदवार मन्जु राईको १ मत आएको छ । उपप्रमुखमा जसपाको विनोदकुमार चौधरीको ६ र स्वतन्त्र उम्मेदवार सावित्रा थापाको ४ मत आएको छ । थापा नेकपा (माके) को बाघी उपप्रमुख उम्मेदवार हुन् । वडाध्यक्षमा पनि काङ्ग्रेसको नै अग्रता छ । काङ्ग्रेसको मनोजकुमार चौधरी...
त्रियुगामा काँग्रेसको सुरुवाती अग्रता

त्रियुगामा काँग्रेसको सुरुवाती अग्रता

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १० गते । उदयपुरको त्रियुगा नगरपालिकामा आजबाट मत गणना सुरु भएको छ । आज १ बजेबाट वडा नम्बर १ बाट सुरु गरिएको हो । मतगणनाको सुरुवाती चरणमा काँग्रेसबाट मेयर पदका उम्मेदवार रहेका बसन्तकुमार बस्नेतको सुरुवाती अग्रता देखिन्छ । उनले वडा नं. १ को मत गणना गर्दा ८८ मत प्राप्त गरेका छन् । गठबन्धनबाट नेकपा एसको उम्मेदवार बलदेव चौधरीले ४७ मत ल्याउनको छ, भने नेकपा एमालेका उम्मेदवार भागवत राउतले ३१ मत प्राप्त गरेको छ । यता उपमेयर तर्फ पनि काँग्रेसकै सरिता राईले ७४ मत ल्याएर अग्रस्थानमा रहेको छ । दोस्रोमा एमालेका उम्मेदवार महेश्वरी राईले ३९ मत ल्याएका छन्, भने गठबन्धनको माओवादीबाट गिता खड्का कार्कीले १४ मत प्राप्त गरेको छ । २ सय मत गणना गरिसक्दा वडा नम्बर १ का एकालेबाट वध्याक्ष उम्मेदवार रहेका दिलिपकुमार चौधरीको ३६ मत आएको छ । काँग्रेसका उम्मेदवार मनोज चौधरीको ७५ मत आएको छ, भने नेकपा ए...
रोल्पामा भएको अटोरिक्सा दुर्घटनामा एकको मृत्यु तीन घाइते

रोल्पामा भएको अटोरिक्सा दुर्घटनामा एकको मृत्यु तीन घाइते

Breaking News 3, समाचार
काठमाण्डौँ, जेठ १० रोल्पा नगरपालिका–२ सिमलवाङमा भएको अटोरिक्सा दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । सदरमुकाम लिवाङवाट माडीचौरतर्फ जाँदै गरेको रा१ ह ४३४७ नम्बरको सो अटोरिक्सा अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो । दुर्घटनामा परी अटो चालक रोल्पा–२ का २९ वर्षीय महेश कँवरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी तीन जना घाइते भएका छन् । घाइते रोल्पा–७ माडीचौरका ५३ वर्षीय दलबहादुर पुनको बायाँ हात र निधारमा चोट लागेको छ । यसैगरी सोही ठाउँ बस्ने ५२ वर्षीय जानसिंह पुनको टाउको र मुखमा चोट लागेको छ । सोही ठाउँ बस्ने ४७ वर्षीय सहवीर खत्रीको दाहिने आँखामाथि चोट लागेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएकालाई उपचारका लागि रोल्पा अस्पतालमा पठाइएको प्रहरीले बताएको छ । (रासस)...
त्रियुगाको १६ वटा वडामा कहाँ, कति मत गनिदैछ ?

त्रियुगाको १६ वटा वडामा कहाँ, कति मत गनिदैछ ?

Breaking News 1
पूर्णपुष्टि, जेठ १० । त्रियुगा नगरपालिकामा १६ वटा वडामा ४० हजार १७९ खसेको मत खसेको छ । नगरको सबैभन्दा बढि मत वडा नं. ११ र ६ मा खसेको छ । वडा नं. ११ मा ३,५३६ मत खसेको छ भने वडा नं. ६ मा पनि त्यतिनै मत खसेको छ । सबैभन्दा कम मत वडा नं. १४ साउनेमा खसेको छ । सो वडामा १३१० मत खसेको छ । मतदानमा विवादित रहेको वडा नं. १२ मा खसेको १,७२५ मत नै गणना गर्ने भएको छ । त्यसैगरी त्रियुगा नगरपालिका वडा नं १ मा १,९४८ मत खसेको छ भने वडा नं. २ मा २,७९४, वडा नं. ३ मा ३,३३८, वडा नं. ४ मा २,५६२, वडा नं. ५ मा ३,०१३ मत खसेको छ । त्यस्तै वडा नं. ७ मा २,९३४, वडा नं. ८ मा २,४४१ मत खसेको छ । वडा नं. ९ मा २,१८६, वडा नं. १० मा ३,०४९, वडा नं. १२ मा १,७२५, वडा नं. १३ मा २,५३५, वडा नं. १५ मा १,७६५ र वडा नं. १६ मा १,४७७ मत खसेको जिल्ला निर्वाचन कार्यलय उदयपुरले जनाएको छ । समग्र मत मध्ये हाल वडा नं. १ र १६ देखि सुरु गरिएक...
त्रियुगाको १ नं. वडासँगै १६ नं. वडाको पनि मतगणना सुरु

त्रियुगाको १ नं. वडासँगै १६ नं. वडाको पनि मतगणना सुरु

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १० गते । उदयपुरको त्रियुगा नगरपालिकामा निर्वाचन भएको १२ दिन पश्चात मतगणना आजबाट धमाधम सुरु भएको छ । साढे १० बजेबाट गणना सुरु गरिने भनिएकोमा मत गणना कार्य १ बजे देखि त्रियुगाको १ नं. वडाबाट सुरु भएको हो । १ नं. वडा सँगै वडा नं. १६ को मतगणना पनि सुरु गरिएको छ । प्रत्येक ३ सय मत गणना गरे पश्चात मात्रै परिणाम सार्वजनिक गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुरले जनाएको छ । त्रियुगाको वडा नं. १ को पहिलो ३ सय मतगणनाको परिणाम केहिबेरमै सार्वजनिक गरिने निर्वाचन कार्यालयले जनाएको छ ।...
आमाको हत्या आरोपमा छोरा पक्राउ

आमाको हत्या आरोपमा छोरा पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेठ १० सुनसरीको धरान उपमहानगरपालिका–१४ विजयपुरका २५ बर्षीय सौगात सुबेदीलाई आफ्नै आमाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । झापा चन्द्रगढी घर भई हाल हात्तीसार कलेज धरानको क्वाटरमा बस्दै आएकी ४२ बर्षीया शान्त सुवेदीलाई २५ बर्षीय छोरा सौगात सुवेदीले गत शनिबार दिउँसो साढे १ बजे धारीलो हतियार बाम्फोकले टाउकोमा प्रहार गरी गम्भिर घाईते बनाएका थिए । उक्त घटनामा घाईते भएकी सुबेदीलाई तत्काल उपचारको लागी बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगि थप उपचारको लागी बिराटनगरको न्युरो अस्पताल लगिएको थियो । उक्त अस्पतालमा समेत उपचार हुन नसक्ने भनी चिकित्सकको सल्लाह अनुसार घर फिर्ता लैजाने क्रममा आज दिउँसो ३ बजे बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । घटनामा संग्लग्न रहेका सुबेदीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।...
गाडीको ठक्करबाट पैदल यात्रिको मृत्यु

गाडीको ठक्करबाट पैदल यात्रिको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, जेठ १० काठमाडौँको चन्द्रागिरी नगरपालिका–१४ स्थित सडकमा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बागमती प्रदेश ०१–०२६ च २१५१ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–१३ लामाचोर बस्ने ७१ वर्षीय ध्रुर्वप्रसाद रेग्मीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएका रेग्मीको कलङ्कीस्थित सहिद मेमोरियल अस्पतालमा उपचारको क्रममा ज्यान गएको र ठक्कर दिने गाडी तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । (रासस)...
आफ्नो वडामा पार्टीलाई जिताउन नसकेको भन्दै बेलाकाका दुई माओवादी नेताले दिए राजिनामा

आफ्नो वडामा पार्टीलाई जिताउन नसकेको भन्दै बेलाकाका दुई माओवादी नेताले दिए राजिनामा

Breaking News 1
पूर्णपुष्टि, जेष्ठ १० बेलका नगरपालिकामा २ जना माओवादी युवा नेताद्धारा राजिनामा बुझाएको छ । नगरको ९ नं वडाका भरत घिमिरे र ४ नं वडाका ललित राईले आफ्नो वडाहरुमा पार्टी बाट बनेका उम्मेदवारलाई जिताउन नसकेको भन्दै नैतिकताको आधारमा आफुहरुले राजिनामा दिएको प्रेश विज्ञाप्तीमा उल्लेख गरेको छ ।घिमिरे पार्टीको नगर कमिटी सचिव हुन भने राई नगर प्रवक्ता एवं नगर कार्यसमिति सदस्य राई हुन् । उनीहरुले पार्टीको जिम्मेवारी छोडेको जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ । घिमिरेको गृहवडा ९ र राईको गृहवडा ४ मा माओवादी केन्द्रका कुनै पनि उम्मेदवारले जित्न सकेनन् । वडा नम्बर ४ नै घर भएका माओवादी नगर कमिटी अध्यक्ष मनोज तामाङले उपमेयरमा हारेका छन् । यसपालिको स्थानीय चुनावमा माओवादी केन्द्रले बेलका नगरपालिकामा ७ र ८ नम्बर वडा जितेको छ ।...
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन

वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन

Breaking News 3, समाचार
काठमाण्डौँ, जेठ १० सरकारले वार्षिक रुपमा ल्याउने गरेको नीति र कार्यक्रममा विगत १० वर्षदेखि एउटै योजना राखिएका छन् । एउटै कार्यक्रम समावेश छन् । ती कुनै पनि वर्ष छुट्दैनन्, कहिल्यै कार्यान्वयन हुँदैनन् र पूरा पनि हुँदैनन् । बजेट खर्च भएको छ, जनशक्ति पनि परिचालित छन् । त्यसले नागरिकलाई खास अर्थमा लाभ पनि दिएको हुँदैन । सरकारी निकाय पनि यसमा जानकार छ । राजनीतिक नेतृत्वले पनि यो विषयमा राम्रै जानकारी राखेको छ । यस्तै अवस्थाका बीचमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सङ्घीय संसद्को संयुक्त सदनमा पेश हुँदैछ । सरकारको नीति तथा कार्यक्रममा राखिने, अघि बढाइने, जोड दिने, प्रभावकारी तुल्याउने, सुनिश्चित गरिने जस्ता शब्दले पनि धेरै आयोजनाको महत्व र गरिमालाई नै कम गरिरहेको अनुभव हुने गरेको छ । सरकारको वार्षिक लक्ष्य र विकासप्रति आम जनताको चाहनालाई खास अर्थमा सम्बोधन हुन नसकेको गुनास...