Tuesday, July 7News That Matters

Month: ४ वर्ष अगाडि

बेलायतले युक्रेनलाई थप १.६ बिलियन अमेरिकी डलर सहायता दिने

बेलायतले युक्रेनलाई थप १.६ बिलियन अमेरिकी डलर सहायता दिने

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, बैशाख २५ बेलायती अर्थमन्त्री ऋषि सुनकले कीभका लागि १.३ बिलियन पाउण्ड (१.६ बिलियन अमेरिकी डलर) को अतिरिक्त कोष प्याकेज प्रदान गर्न लागेको जानकारी दिनुभएको द सन्डे टाइम्सले उल्लेख गरेको छ। यो रकम ट्रेजरीको आपतकालीन कोषबाट लिइनेछ र युक्रेनलाई बेलायतको विद्यमान १.५ बिलियन पाउन्ड सहयोगको अतिरिक्त प्रदान गरिने जनाइएको छ। बेलायतका रक्षामन्त्री बेन वालेस र विदेशमन्त्री लिज ट्रसको दबाबपछि सुनकले थप सहायताको पुष्टि गरेको, द सन्डे टाइम्सले जनाएको छ । डोनेट्स्क र लुहान्स्क जनवादी गणतन्त्र (डीपीआर र एलपीआर) ले युक्रेनी उत्तेजनाहरू विरुद्ध आफ्नो रक्षा गर्न मद्दतको लागि अपील गरेपछि रुसले गत फेब्रुअरी २४ मा युक्रेनमा आफ्नो विशेष सैन्य अपरेशन शुरु गरेको हो । रुसले आफ्नो विशेष अपरेशनको उद्देश्य युक्रेनलाई निशस्त्रीकरण गर्नु रहेको बताएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका अनुसार डोनबासक...
मतदाता नामावलीमा मृतकको नाम अझै समावेश

मतदाता नामावलीमा मृतकको नाम अझै समावेश

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख २५ गते । मृत्यु भइसकेका मतदानाहरुको नाम अझै नामावलीमा समावेश रहेको छ । दाङमा २०७४ यता कति मतदाताको मृत्यु भएको भनी स्थानीय तहहरूले नामावली नपठाइएकाले उनीहरूको नाम अझै नामावलीमा समावेश छ । जिल्ला भएका मतदातामध्ये मृत्यु भएको व्यक्तिहरु पनि समावेश हुन सक्न लम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गहेन्द्र कुँवरले बताए । यहाँका स्थानीय तहहरुले विसं २०७४ यता १८ वर्षमाथिका कति जनाको मृत्यु भयो भनी तथ्याङ्क तयार पारेर निर्वाचन आयोगलाई नपठाउँदा मृत्यु भएकाहरूको समेत नाम मतदाता नामावलीमा समावेश भएको हुन सक्ने उनको भनाइ छ । ‘उपमहानगरपालिकामा मतदाता नामावलीमा नाम भएका कति जनाको मृत्यु भयो भनेर त्यस्तो तथ्याङ्क अहिले निकालेका छैनौं,’ निर्वाचन आयोगलाई पनि पठाएका छैनौं’ घोराही उपमहानगरपालिकाका सूचना अधिकारी भीम चौधरीले भने । निर्वाचन आयोगमा दाबी–विरोध परेकाको तथ्याङ्...
गाईघाटमा आज एमालेको चुनावी सभा

गाईघाटमा आज एमालेको चुनावी सभा

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख २५ गते । उदयपुर को गाइघाटमा एमालेले चुनाबी सभा गर्दैछ ।गाइघाटको पिपलचोकमा दिनको १२ बजेदेखि चुनाबी सभा हुने भएको छ । उक्त सभालाइ एमालेका उपाध्यक्ष इश्वर पोखरेल ले सम्बोधन गर्दैछन । एमालेले चुनाबि सभामार्फत आफ्नो शक्ति प्रदर्शन गर्ने भन्दै त्रीयुगा नगर भित्रबाट मानिस हरु गाइघाटमा ल्याइरहेकी छ ।...
उपल्लो मुस्ताङमा स्वास्थ्य शिविर तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन

उपल्लो मुस्ताङमा स्वास्थ्य शिविर तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन

Breaking News 3, समाचार, स्वास्थ्य
काठमाण्डौँ, बैशाख २५ सहजरूपमा आधुनिक स्वाथ्योपचारको सेवा पाउन नसकेका उपल्लो मुस्ताङका बासिन्दालाई सोवारिग्पा उपचार विधिमार्फत निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको छ । विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) र सोवा रिग्पा एशोसिएशन अफ नेपालको संयुक्त आयोजनामा लो–घेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा तीन हप्तासम्म सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा करिब एक हजार ७५० जनाको स्वास्थ्य परीक्षण गर्नुकासाथै औषधिसमेत निःशुल्क वितरण गरिएको थियो । शिविरमा सोवारिग्पाका ११ चिकित्सक तथा आम्चीहरु सहभागी थिए । वातावरण तथा जैविक विविधताको संरक्षण गरी स्थानीय जडीबुटीहरुको सम्बद्र्धन गर्ने उद्देश्यले दुबै गाउँपालिकाका प्रत्येक वडामा जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिएको एशोसिएशनका अध्यक्ष डा (आम्ची) तेन्जिङ धार्के गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रममा स्थानीय तहका प्रतिनिधि, आम...
वडा सदस्य उम्मेदवारमाथि खुकुरी प्रहार

वडा सदस्य उम्मेदवारमाथि खुकुरी प्रहार

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख २५ भोजपुरमा उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ । षडानन्द नगरपालिका–१० साङपाङका वडा सदस्यका उम्मेदवार अमिता तामाङमाथि गए राति १० बजे अपरिचित व्यक्तिले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । खुकुरी प्रहारबाट घाइते भएकी तामाङको टाउकोमा चारवटा टाँका लगाएको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । घाइते तामाङको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताइएको छ । (रासस)...
विश्व गधा दिवस मनाइँदै, लोप हुने अवस्थामा गधा

विश्व गधा दिवस मनाइँदै, लोप हुने अवस्थामा गधा

Breaking News 1, समाचार
काठमाण्डौँ, बैशाख २५ परापूर्वकालदेखि नै कृषि र ढुवानी प्रयोगका लागि महत्वपूर्ण जनावरका रूपमा रहेको गधा संरक्षणबारे सचेतना जगाउन मे ८ मा विश्व गधा दिवस मनाइँदै छ । नेपालमा यस दिवसका सम्बन्धमा सरकारी तवरमा कुनै कार्यक्रम नभए पनि गैरसरकारी संस्थाहरूले भने दिवस मनाउन सुरुआत गरेका छन् । गधा कृषि, उद्योग तथा अन्य व्यवसायको क्षेत्रमा भारी बोक्ने काममा प्रयोग गरिन्छ । घाइते र कमजोर अवस्था भएमा वा जीवनको अन्तिम अवस्थामा लावारिस र दुर्दशामा देखिने गधाको उपचार, हेरचाह र बासस्थान विषयमा सचेतना जगाउन दिवस मनाउन सुरु गरिएको हो । अति सहनशील बानीको गधा संरक्षणबारे सचेतना ल्याउन, उपचारसहित बासस्थान व्यवस्था र गधाबारे अध्ययन गर्ने गरी विश्वमा पुनःस्थापना केन्द्र खुल्ने क्रम पनि बढेको वरिष्ठ पशु चिकित्सक डा अतिषकुमार यादवले बताउनुभयो । उहाँका अनुसार अश्व प्रजातिमा घोडा, गधा र जेब्रा पर्छन् भने खच...
नेकपा(एस)को प्रतिबद्धता– ‘बूढानीलकण्ठ : साथी पनि सरकार पनि’

नेकपा(एस)को प्रतिबद्धता– ‘बूढानीलकण्ठ : साथी पनि सरकार पनि’

Breaking News 1, समाचार
काठमाण्डौँ, बैशाख २५ नेकपा (एकीकृत समाजवादी) बुढानीलकण्ठ नगर कमिटीले ‘नागरिकका एजेन्डा–पार्टीको प्रमुख जिम्मेवारी’ भन्ने मूल नाराका साथ २७ बुँदे ‘कार्ययोजना तथा कार्यक्रम’ सार्वजनिक गरेको छ । पार्टी बुद्धिजीवी समूहले तयार गरेको ‘स्थानीय निर्वाचन २०७९ को प्रतिबद्धतापत्र’मा ‘बूढानीलकण्ठः साथी पनि सरकार पनि’ भन्ने सन्देश अघि सारिएको छ । पार्टी निर्वाचन परिचालन कमिटी, बुद्धिजीवी समूहले शनिबार राति पत्रकारसामु सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा सुशासन कायम राख्दै समाजवादी कार्यक्रमका साथ नगरलाई सम्पन्न तथा पर्यटन र शैक्षिक केन्द्र बनाइने मूलभूत मान्यता र प्राथमिकता तोकिएको छ । ‘वैज्ञानिक शिक्षा, उचित स्वास्थ्य एवं सुशासन हाम्रो अभियान’, ‘हाम्रो सम्पदा हाम्रो सम्पत्ति’, ‘सिङ्गो नगर एक विद्यालय’, ‘पारदर्शिता र सुशासन हाम्रो अभियान’, ‘हाम्रो रहरः सुन्दर, हराभरा र सम्पन्न नगर’, ‘फोहर मलाई मोहर...
ट्र्याक्टर पल्टिएर युवकको मृत्यु

ट्र्याक्टर पल्टिएर युवकको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख २५ सप्तरीको बोदेबर्साइन नगरपालिका–७ मानराजामा ट्र्याक्टर पल्टिएर आज एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा स्थानीयवासी राजीन पौदारका १९ वर्षीय छोरा शिवकुमार पौदार रहेको प्रहरीले जनाएको छ । सोही ठाउँको (केराबारी)मा माटो लिएर फर्किँदै गरेको अवस्थामा प्रदेश २–०१–००१त २००१ नम्बरको ट्र्याक्टर पल्टिएर उनको घटनास्थलमै मृत्यु भएको स्थानीयवासी उमेश साहले जानकारी दिनुभयो । (रासस)...
मोटरसाइकल दुर्घटनाहुँदा चालकको मृत्यु

मोटरसाइकल दुर्घटनाहुँदा चालकको मृत्यु

Breaking News 2, Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख २५ रोल्पामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा परिर्वतन गाउँपालिका–५ राँकोटका ३० वर्षीय मनिपाल बुढा रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी थमन जिसीले जानकारी दिनुभयो । रोल्पाको माडी गाउँपालिकाको घर्तीगाउँबाट परिर्वतन गाउँपालिकाको इरिवाङ जाँदै गरेको रा४प ४८१ नंको मोटरसाइकल अनियन्त्रित भई माडी गाउँपलिका–४ तार्केबाङ नजिक शनिबार साँझ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । कच्ची, साँघुरो र चिप्लो सडकका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । (रासस)...
सुनसरीमा बागी उम्मेदवार सुसाईट नोट सहित झुण्डीएको अवस्थामा मृत फेला

सुनसरीमा बागी उम्मेदवार सुसाईट नोट सहित झुण्डीएको अवस्थामा मृत फेला

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख २४ सुनसरीमा एक उम्मेदवार झुण्डीएको अवस्थामा फेला परेको छ । सुनसरीको रामधुनी नगरपालिका– ८ बाट वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका ६५ वर्षीय गणेश पौडेल आफ्नै घर पछाडिको रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन् । स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्ष पदका लागि टिकट नपाएपछि उनले स्वतन्त्र उम्मेदवार दिएक थिए । उनी चार दिनअघि मात्र घरबाट वेपत्ता भएका थिए । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने, ‘मोबाइल फोन घरैमा राखेर र मोटरसाइकल इनरुवामा छाडेर चार दिनअघि घरबाट उनी वेपत्ता भएपछि परिवारले दिएको उजुरीको आधारमा प्रहरीले व्यापक खोजी गरेको थियो । तर उनी त्यसको भोलिपल्ट सम्पर्कमा आएका थिए ।’ उनको शव शनिबार बिहान फेला परेको हो । रामधुनीको डुम्रास्थित पौडोल चोकमा परिवारसहित बस्दै आएका पौडेल कांग्रेसका क्रियाशील सदस्य हुँदा पनि ०७४ को चुनावा पनि टिकट नदि...