Tuesday, July 7News That Matters

Month: ४ वर्ष अगाडि

लिम्चुङबुङमा ९ दिनको लागि कार्यालयबाट दिइने सेवा टप्प

लिम्चुङबुङमा ९ दिनको लागि कार्यालयबाट दिइने सेवा टप्प

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख २५ गते । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको कार्यालयबाट प्रदान गरिने अतिआवश्यक सेवा बाहेकका अन्य सेवा भोली (सोमवार) बाट बन्द गरिने छ । आसन्न स्थानीय तहको निर्वाचनमा कार्यालयका कर्मचारीहरु खटिने भएकाले भोलीदेखि जेठ ३ गते सम्मका लागि सेवा बन्द गरिएको हो । ९ दिन सम्म कार्यालयबाट अतिआवश्यक बाहेक अन्य सेवा बन्द गरिएको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत भक्त बहादुर राईले बताए ।...
गठबन्धनले जनताको विश्वास जित्दै आएको छ : अध्यक्ष नेपाल

गठबन्धनले जनताको विश्वास जित्दै आएको छ : अध्यक्ष नेपाल

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख २५ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनले जनताको विश्वास जित्दै आएको बताउनुभएको छ । पाँच दलीय गठबन्धनद्वारा आज पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले अहिलेको लोकतान्त्रिक र वामपन्थी गठबन्धन इतिहासको लामो कालखण्डमा खारिँदै आएको र प्रत्येक मोडमा आफ्नो विचार र व्यवहारबाट नै जनताको विश्वास जित्दै आएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “गठबन्धन गरेर हामीले राम्रो र सही काम गरेका छौँ । कांगेस र कम्युनिष्ट मिलेर नै विसं २००७ र विसं २०४६ सालको परिर्वतन गरेका हौँ । विसं २०६२ को जनआन्दोलन सफल पारेर गणतन्त्र स्थापना गर्दै संविधानसभाको चुनाव र संविधान निर्माण गरेर घोषणा पनि गठबन्धनबाट नै सम्भव भएको हो ।” पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले दक्षिणपन्थी र संविधान विरोध...
गठबन्धन राष्ट्रिय आवश्यकता हो : सभापति देउवा

गठबन्धन राष्ट्रिय आवश्यकता हो : सभापति देउवा

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख २५ नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताउनुभएको छ । पाँच दलीय गठबन्धनद्वारा आज पोखरामा आयोजित बृहत् चुनावी सभालाई सम्बोधन गर्दै उहाँले गठबन्धनलाई बलियो बनाएर लैजानुपर्छ भन्नुभयो । गठबन्धन कांग्रेसका लागि सबैभन्दा बढी आवश्यक भएको जनाउँदै उहाँले भन्नुभयो, “गठबन्धन बन्नु अघि हाम्रो कस्तो अवस्था थियो, आज कांग्रेसको नेतृत्वमा सरकार छ सबै पार्टी मिलाएर बसेको छ ।” गठबन्धनमा शङ्का, उपशङ्का गर्नुपर्ने अवस्था नरहेको जनाउँदै उहाँले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी ) अध्यक्ष माधव नेपाल एवं गठबन्धनका दलले उदार भएर कांग्रेसलाई सहयोग गरेका छन्”, भन्नुभयो । उहाँले गठनबन्धनले छ महानगरमध्ये तीनवटा महानगरको नेतृत्व कांग्रेसलाई दिएको बताउनुभयो । महानगर मात्र नभई हरेक ...
घुस लिएको अभियोगमा प्रहरी नायब निरीक्षक महतोविरुद्ध मुद्दा

घुस लिएको अभियोगमा प्रहरी नायब निरीक्षक महतोविरुद्ध मुद्दा

Breaking News 3, समाचार
पूर्णपुष्टि, वैशाख २५ गते । घुस लिएको अभियोगमा बागलुङमा कार्यरत प्रहरी नायब निरीक्षक रुपनारायण महतोविरुद्ध मुद्दा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महतोविरुद्ध घुस लिएको अभियोगमा भ्रष्टाचारको मुद्दा जायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी नायब निरीक्षक महतोविरुद्ध ३८ हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा आइतबार मुद्दा दायर गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । महतोले आफ्नो कार्यक्षेत्र र जिम्मेवारी तथा कार्यरत कार्यालयको कार्य प्रकृतिभन्दा बाहिर गई पदीय हैसियतको दुरुपयोग गरी लेनदेनको मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिँदा लिदै अख्तियारको टोली उनलाई पक्राउ गरेको थियो ।...
हिमचितुवा घिमिरेद्वारा बक्सिङमा विश्व रेकर्ड

हिमचितुवा घिमिरेद्वारा बक्सिङमा विश्व रेकर्ड

Breaking News 3, खेलकुद, समाचार
काठमाण्डौँ, बैशाख २५ बक्सिङ प्रतियोगिताको अपराजित यात्रामा रहनुभएका बक्सर अविरल घिमिरेले ‘हिट प्रोफेसनल किक बक्सिङ प्रतियोगिता’ मा विश्व रेकर्ड कायम गर्नुभएको छ । लगातार १४ औँ पटकसम्म हिट प्रतियोगितालाई आफ्नो पक्षमा ल्याई युवापुस्ताका चर्चित बक्सर हिमचितुवा घिमिरेले विश्व रेकर्ड बनाउन सफल हुनुभएको हो । जापानको नायोगा सहरस्थित ‘नायोगा कंग्रेस सेन्टर इभेन्ट हल’मा शनिबार साँझ सम्पन्न सो प्रतियोगितामा हिमचितुवाले थाइल्याण्डका बक्सर विला साकलेकलाई दोस्रो राउण्डमा नै रिङमा ढाल्नुभएको थियो । उहाँहरु दुवै ‘के वान के प्रोफेसनल किक बक्सिङ’ भिडन्त गरिसकेका अनुभवी खेलाडी हुनुहुन्छ । सिमुरा डोजोको ५०आँै वार्षिकोत्सका अवसरमा आयोजित सो प्रतियोगितामा हिमचितुवाले तीन राउण्डको कूल १६ मिनेटको खेलमा साकलेकलाई १२ मिनेटमा ढालेका हिमचितुवाका प्रशिक्षक देव घिमिरेले जानकारी दिनुभयो । बक्सर देवसहित जापानी बक...
गाडीमा १७ वर्षीया किशोरी बलात्कृत, किशोरीको बुवाले कुटपित गर्दा चालकको मृत्यु

गाडीमा १७ वर्षीया किशोरी बलात्कृत, किशोरीको बुवाले कुटपित गर्दा चालकको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, वैशाख २५ गते । काठमाडौंबाट ईलाम आएकी एक १७ वर्षीया किशोरी गाडी भित्रै बलात्कृत भएकी छिन् । किशोरीलाई बलात्कार गरेको आरोपमा बा.५ ख ५९८२ नम्बरको गाडीका सहचालक नुवाकोट वेलकोटगढी नगरपालिका–१३ बस्ने १८ वर्षीय एक किशोरलाई प्रहरीले शनिवार पक्राउ परेको छ । किशोरीलाई वैशाख २० गते राति इलाम नगरपालिका–७ मा पुग्दा गाडीका अन्य यात्रु झरेपछि किशोरले बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कार गरेपछि किशोर फरार रहेका थिए । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनालाई लिएर पीडित किशोरीको बुवाले कुटपिट गर्दा गम्भीर घाइते भएका सोही गाडीका चालकको मृत्यु भएको छ । नुवाकोट तारेकेश्वर गाउँपालिका–२ वगुवा बस्ने ३४ वर्षीय दिपक ढुंगानाको मृत्यु भएको हो । उनको बिएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । कुटपिट गर्ने व्यक्तिलाई...
निर्वाचनमा खटिने सुरक्षाकर्मी र म्यादी प्रहरीको निधन भएमा परिवारलाई २० लाख सहयोग

निर्वाचनमा खटिने सुरक्षाकर्मी र म्यादी प्रहरीको निधन भएमा परिवारलाई २० लाख सहयोग

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख २५ सरकारले स्थानीय तहको निर्वाचनका लागि सुरक्षामा खटिएका सुरक्षाकर्मीको मृत्यु भएमा निजका आश्रित परिवारलाई रु २० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । गृहमन्त्री बालकृष्ण खाणको प्रस्तावमा आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन अवधिभर सुरक्षामा खटिने म्यादी प्रहरीसहित सुरक्षाकर्मीको मृत्यु भएमा निजका आश्रित परिवारलाई रु २० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ । उक्त सहायता नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग तथा म्यादी प्रहरीको हकमा लागू हुनेछ । त्यस्तै बैठकले निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मीको उपचारमा लागेको खर्च पनि सरकारले व्यहोर्ने निर्णय भएको गृहमन्त्रीको भनाई उद्धृत गर्दै प्रेस संयोजक मधुसुदन भट्टराईले जानकारी दिनुभयो । बैठकले हिमाली जिल्लामा खटिने म्या...
पुनःनिर्माणको आशमा हुलाक प्रशिक्षण केन्द्र

पुनःनिर्माणको आशमा हुलाक प्रशिक्षण केन्द्र

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख २५ सरकारी भवन बनाउने जिम्मेवारी पाएको सहरी विकास तथा भवन निर्माण विभागसँगै जोडिएको हुलाक प्रशिक्षण केन्द्रको भूकम्पले क्षतिग्रस्त भवन वर्षौंदेखि पुनःनिर्माण हुन सकेको छैन । भवन विसं २०७२ वैशाख १२ गतेको भूकम्पअघिदेखि नै जीर्ण बनिसकेको थियो । भूकम्पपछि त भवनका धेरै संरचना क्षत्विक्षत भएका छन् । भूकम्पले पूर्णरुपमा क्षति पुगेको भवन कोरोना महामारी अघि नै बनाउने तयारी भएको थियो । तर महामारीका कारण केन्द्रको भवन निर्माण सरकारको प्राथमिकतामा पर्न सकेन । भवन भूकम्पले क्षतिग्रस्त भएपछि हाल कार्यालय परिसरमा प्रि–फ्याबको संरचना निर्माण गरेर काम चलाइएको केन्द्रका मुख्य प्रशिक्षक सविता कार्की बताउनुहुन्छ । भूकम्पले भत्किएका संरचनाको पुनःनिर्माणका लागि गठन भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको छ वर्षे कार्यकालमासमेत केन्द्रको भवन प्राथमिकतामा पर्न सकेन । प्राधिकरणले गत पुसमै छव...
उदयपुरमा कर्मचारी लागे मतदातस्थल तर्फ

उदयपुरमा कर्मचारी लागे मतदातस्थल तर्फ

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख २५ गते । उदयपुरमा निर्वाचन सम्पन्न गराउने जिम्मा पाएका मतदान अधिकृत र सहायक मतदान अधिकृत मतदान स्थल जान थालका छन् । निर्वाचनमा मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुर्ला निर्वाचन कार्यालय उदयपुरले निर्वाच सम्पन्न गराउने प्रयोगात्मक ज्ञान सहितको लातिम दिइसकेको छ । मतदान स्थल जाने कर्मचारीले मतदानको दिनका लागि अगाडीदेखि नै आवश्यक तयारी गर्ने छन भने उम्मेदवार तथा राजनीतिक दलहरुसँग आवश्यक समन्वय गरी निर्वाचन सम्पन्न गर्ने वातावरण बनाउने निर्वाचन अधिकारी खेम कोइरालाले जानकारी दिनुभयो । यसरी जने मतदान अधिकृतले निर्वाचनका लागि आवश्यक सामाग्री, मदपत्र, मतपेटिका लगाएतका सामाग्रीसमेत लिएर गएका छन् ।...
मनोविज्ञानसम्बन्धी पुस्तक प्रकाशन

मनोविज्ञानसम्बन्धी पुस्तक प्रकाशन

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख २५ नेपाली मनोविज्ञानमा समसामयिक अनुसन्धान र मनोविज्ञानमा समसामयिक अभ्यास समेटेर ‘नेप्लिज साइकोलोजी ः पहिलो खण्ड’ प्रकाशनमा ल्याइएको छ । नेपाली सन्दर्भमा मनोविज्ञान र सम्बद्ध विज्ञानका अनुसन्धान, अभ्यास र शैक्षिक पक्षमा रुचि राख्नेलाई लक्षित गरी त्रिवि केन्द्रीय मनोविज्ञान विभागले सो पुस्तक प्रकाशन गरेको हो । यस पुस्तकमा नेपाली मनोविज्ञानमा समसामयिक अनुसन्धान, नेपाली मनोविज्ञानमा समसामयिक अभ्यास र नेपाली मनोविज्ञानमा व्यक्ति र व्यक्तित्व गरी चार वटा खण्डमा नेपाली मनोविज्ञानको इतिहास, उन्नति र विकासकालगायतका गरी २३ वटा लेखलाई विभाजित गरिएको छ । पुस्तक विमोचन गर्दै विभागको प्रमुख प्रा डा नन्दिता शर्माले मनोविज्ञानको इतिहास, विकास, उन्नति, समसामयिक अनुसन्धान र अभ्यासलाई बाहिर ल्याउन पुस्तक उपयोगी रहेको बताउनुभयो । उहाँले यस पुस्तक मनोविज्ञान क्षेत्रमा कोशेढुङ्गा भ...