Tuesday, July 7News That Matters

Month: ४ वर्ष अगाडि

छाङ्गरु र तिङ्करमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री पठाइयो

छाङ्गरु र तिङ्करमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री पठाइयो

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख २६ आसन्न निर्वाचनका लागि व्याँस गाउँपालिका–१ को छाङ्गरु र तिङ्करमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री,कर्मचारी र सुरक्षाकर्मी पठाइएको छ । जिल्लाको सबैभन्दा विकट क्षेत्र रहेको सो स्थानमा नेपाली सेनाको हेलिकप्टरमार्फत सुरक्षाकर्मी पठाइएको हो ।जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले छाङ्गरु र तिङ्करमा हेलिकप्टरमार्फत निर्वाचनमा प्रयोग हुने सामग्री, निर्वाचन अधिकृत तथा सुरक्षाकर्मी पठाइएको जानकारी दिनुभयो । तिङ्करको छायालेकमा रहेको प्रहरी चौकीका लागि आवश्यक सामग्री पनि हेलिकप्टरमार्फत लगिएको उहाँले बताउनुभयो । (रासस)...
भरतपुरमा धारिलो हतियार प्रहारगरी युवकको हत्या

भरतपुरमा धारिलो हतियार प्रहारगरी युवकको हत्या

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख २६ भरतपुर महानगरपालिका– ७ कृष्णपुरमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरिएको छ । भरतपुर महानगरपालिका–७ कृष्णपुरको नगर प्लटिङमा आइतबार साँझ अज्ञात समूहको आक्रमणबाट भरतपुर–१२ मिलनचोक बस्ने अन्दाजी ३० वर्षीय अनिल परियारको मृत्यु भएको हो । घाइते परियारको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीले घटनाको विषयमा अनुसन्धान सुरु गरिएको बताउनुभयो । (रासस)...
आफैँले पालेको राँगाले हान्दा बुबाको मृत्यु, छोरी घाईते

आफैँले पालेको राँगाले हान्दा बुबाको मृत्यु, छोरी घाईते

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख २६ सुन्दरबजार नगरपालिका–४ का ४४ वर्षीय खुमबहादुर मौरतीको आफैँले पालेको राँगाले हान्दा मृत्यु भएको छ । राँगोले हानेर गम्भीर घाइते उनको बेँसीशहर स्थित जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुरमा लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदिश रेग्मीका अनुसार राँगाले शनिबार खुमबहादुरकी १९ वर्षीया छोरी रविनालाई समेत घाइते बनाएको थियो । उनीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । थप घटना हुन नदिनका लागि प्रहरीले राँगा गोली हानेर मारेको छ । सो राँगोले केही दिनअघिबाटै दिमाग ठीक नभएको सङ्केत गरे पनि आफैँले पालेको राँगोले केही नगर्ला भनेर राँगो समात्न जाँदा सो घटना हुन पुगेको स्थानीयवासीको भनाइ छ । (रासस)...
४ जना म्यादी प्रहरीको मृत्यु, ४८ बर्खास्त

४ जना म्यादी प्रहरीको मृत्यु, ४८ बर्खास्त

Breaking News 3, समाचार
पूर्णपुष्टि, वैशाख २६ गते । आसन्न स्थानीय तह निर्वाचन सुरक्षामा खटिएका चार जना म्यादी प्रहरीको ज्यान गएको छ । आचरणविपरीत गतिविधि गरेको कसुरमा ४८ म्यादी प्रहरी बर्खास्त भएका छन् । ७ सय ५३ स्थानीय तहमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य चयनका लागि वैशाख ३० गते शुक्रबार) मतदान हुँदैछ । निर्वाचन सुरक्षाकै लागि १ लाख म्यादी भर्ना भएका थिए । भर्ना भएका म्यादीलाई चैत २८ गतेबाट एक हप्ताको सुरक्षा तालिम प्रदान गरि प्रहरी जवानसरह सेवा सुविधासहित सम्बन्धित जिल्ला प्रहरी कार्यालय मातहत रहने गरी ४० दिनको ड्युटीमा खटाइएको छ । प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक (एसएसपी) विष्णुकुमार केसीका अनुसार निर्वाचन तालिम लिएर ड्युटीमा खटिएकामध्ये चार जनाको मृत्यु र ४ ८जना आचरणविपरीत काम गरेको कसुरमा बर्खास्तमा परेका हुन् । सिन्धुपाल्चोक र नुवाकोटमा खटिएका योगेन्द्र न्यौपाने र दुर्गासिं बस्नेतको दुर्घटनामा परी...
गाईघाटमा आज कांग्रेसको चुनावी सभा : गगन थापाबाट सम्वोधन

गाईघाटमा आज कांग्रेसको चुनावी सभा : गगन थापाबाट सम्वोधन

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख २६ गते । गाईघाटमा आज नेपाली कांग्रेस उदयपुरले चुनावी सभा गर्दैछ । गाईघाटको पिपलचोकमा दिनको साढे ११ बजेदेखि चुनावी सभा सुरु हुनेछ । नेपाली कांग्रेस उदयपुरको आयोजनामा स्थानिय निर्वाचन विशेष विशाल जनसभाको सम्वोधन कांग्रेसका प्रखर वक्ता गगन थापाले गर्ने छन् ।  
उदयपुरमा १८ बहिनी अगाडी मोटरसाईकल दुर्घटना : १ को मृत्यु, १ गम्भिर

उदयपुरमा १८ बहिनी अगाडी मोटरसाईकल दुर्घटना : १ को मृत्यु, १ गम्भिर

Breaking News 1, समाचार
पूर्णपुष्टि, वैशाख २६ गते । उदयपुरको त्रियुगा नगरपालिका–३ को १८ बाहिनी गेट अगाडी मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना भएको छ । आईतवार राति ८.२० बजे मोटरसाईकल दुर्घटना हुँदा सवार एकको मृत्यु भएको छ, भने चालक गम्भिर घाईते भएका छन् । त्रियुगा नगरपालिका–१ पूर्व टोल जोगिदह बस्ने २५ वर्षीय भुपेन्द्र चौधरीको मृत्यु भएको हो, भने सोही ठाउँका १७ वर्षीय अभिषेक चौधरी घाईते भएका हुन् । मोतिगडाबाट जोगिदह तर्फ जादैँ गरेको प्रदेश १–०५–००१ प ४४६८ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा चालक अभिषेक र सवार भुपेन्द्र गम्भिर घाईते भएका थिए । घाईते दुवैको उपचारको लागि जिल्ला हस्पिटल गाईघाट लगिएकोमा अस्पतालले भूपेन्द्रलाई मृत घोषित गरेको हो । अभिषेकको अवस्था गम्भिर रहेकोले अस्पतालले उनलाई रेफर गरि बिराटनगर पठाएको छ ।...
उदयपुरमा आचारसंहिताको उल्लघंनको पर्यो उजुरी

उदयपुरमा आचारसंहिताको उल्लघंनको पर्यो उजुरी

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख २५ उदयपुरमा आचारसंहिता उल्लघन गरेको भन्दै उजुरी परेको छ । उजुरी परेसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुरले जिल्लामा निर्वाचन आचारसंहिता उल्लघंन गर्ने विरुद्ध कडा रुपमा प्रस्तुत हुने बताएको छ । जिल्लामा आचारसंहिता अनुगमन समितिले आज एक विज्ञप्ती जारी गर्दै आचारसंहिता उल्लघंन भएको मौखिक तथा लिखित उजुरी परेकोले समितिले अनुगमनलाई तिव्रता दिने बताएको छ । विज्ञप्तीमा भनिएको छ “मतदानको दिन नजिकिदै जाँदा हुनसक्ने आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्न अबको दिनमा समितिबाट अझ कडाईको साथ विशेष अनुगमन गरी उल्लघंनकर्तालाई कसुरको मात्रा अनुसार उम्मेदवारी रद्ध हुने सम्मको कानुनी वयवस्था स्मरणका लागि पुन सबै सरोकारवालामा हार्दिक अनुरोध गरिन्छ ।...
उदयपुरमा निर्वाचनको तयारी अन्तिम चरणमा

उदयपुरमा निर्वाचनको तयारी अन्तिम चरणमा

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख २५ उदयपुरमा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचनमा खटिने कर्मचारीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन कार्यालयले तालिम समेत दिईसकेको छ । मुख्य निर्वाचन अधिकृत दिपक खनालका अनुसार बौशाख २७ गतेसम्ममा प्रत्येक मतदाता स्थलमा कर्मचारी पुग्नेछन् । उहाँका अनुसार भोली बोशाख २६ गतेभित्र कार्यालयले सबै कर्मचारीलाई तोकिएको क्षेत्रमा पठाईनेछ । यस्तै जिल्लामा आचारसंहिता विपरित गतिविधी भईरहेको उजुरी परेको भन्दै अनुगमनलाई तिव्रता दिने तयारी गरिरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाको आचारसंहिता अनुगमन समितिले विज्ञप्ती जारी गर्दै आचारसंहिता उल्लघन गरेको भेटिए उम्मेदवारी खारेज गर्नेसम्मको चेतावनी दिएको छ ।...
निर्वाचन देश दुर्घटना हुनबाट रोक्ने अवसर हो : अध्यक्ष लिङ्देन

निर्वाचन देश दुर्घटना हुनबाट रोक्ने अवसर हो : अध्यक्ष लिङ्देन

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख २५ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले तीनै तहको निर्वाचन देशलाई दुर्घटनाबाट रोक्ने अवसरको रूपमा लिनुपर्ने बताउनुभएको छ । अध्यक्ष लिङ्देनले आज हेटौँडामा आयोजित चुनावीसभालाई सम्बोधन गर्नुहुँदै उहाँले देशको आर्थिक अवस्था घुँडा टेक्ने अवस्थामा पुगेको बताउँदै तीन तहको निर्वाचन देशलाई दुर्घटनाबाट रोक्ने अवसरको रूपमा लिनुपर्ने बताउनुभयो । उहाँले म मात्र सुध्रेर नहुने बताउँदै कांग्रेस, एमाले र माओवादी पनि सुध्रिन जरुरी रहेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “यसबाट थाहा हुन्छ कि उहाँहरू जनताबाट कति टाढा भइसके ।” राप्रपाका केन्द्रीय उपाध्यक्ष बुद्धिमान तामाङले हेटौँडा उपमहानगरपालिकामा यहाँका नेता र निर्वाचित जनप्रतिनिधिले डोजर र जग्गा पल्टिङको मात्र विकास गरेको टिप्पणी गर्नभयो । उहाँले आफूले हेटौँडामा स्वास्थ्यको समस्या धेरै समय अघिबाट देखेको तर यहाँका ...
त्रियुगाको उपमेयरको उम्मेदवार बिरुद्द अनर्गल प्रचार गर्ने पक्राउ

त्रियुगाको उपमेयरको उम्मेदवार बिरुद्द अनर्गल प्रचार गर्ने पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख २५ नेपाली काङ्ग्रेसको त्रियुगा नगरपालिकाको उपप्रमुखको उम्मेदवार सरिता राई बिरुद्द अनर्गल प्रचार गरेको भन्दै प्रहरीले एक जनालाइ पक्राउ गरेको छ । उपप्रमुखको उम्मेदवार सरिता राइको फोटो लागुऔषध प्रयोग गरिरहेको ब्यक्ति सँग इडिट गरि जोडेर भ्रम फैलाएको आरोपमा गाइघाट बस्ने डिकेन राईलाइ प्रहरिले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यलय उदयपुरले काङ्ग्रेसका उम्मेद्दार राई बिरुद्ध सामाजिक सन्जाल मार्फत अफवाह फैलाएको भन्दै उजुरी परेपछी पक्राउ गरिएको जनाएको छ । पक्राउ परेका राइले उपप्रमुखको उम्मेदवारको फोटो लागुऔषध प्रयोग गरिरहेका ब्यक्तिसँग जोडेर यस्ताले कसरी नगरमा लागुऔषध नियन्त्रण गर्छ्न भन्दै सरिता राइले लागुऔषध प्रयोग कर्तालाइ सरक्षण गरेको लेखेका थिए । जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी सन्तोष आचार्यका अनुसार डिकेन राईलाइ पक्राउ गरि सोधपुछ गर्ने कार्य भैरहेको बताएका छन ।...