Tuesday, July 7News That Matters

Month: ४ वर्ष अगाडि

बागी उम्मेदवारका कारण पार्टी पराजित भए कसैलाई छुट हुदैन : प्रधानमन्त्री देउवा

बागी उम्मेदवारका कारण पार्टी पराजित भए कसैलाई छुट हुदैन : प्रधानमन्त्री देउवा

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख २६ नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आउने चुनावमा बागी उम्मेदवारका कारण पराजित भएमा पार्टीले छुट नदिने बताउनुभएको छ । धनगढीमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले बागी उम्मेदवारकै कारण पराजित भएमा पार्टीले बागी उम्मेदवारलाई कारबाही गर्ने बताउनुभएको हो । चुनावमा उठेका पार्टीका बागी उम्मेदवारलाई आ–आफ्नो उम्मेदवारी फिर्ता लिएर पार्टीका उम्मेदवारलाई विजयी गराउन उहाँले आग्रह गर्नुभयो । प्रधानमन्त्री देउवाले वर्तमान संविधानले जथाभावीरुपमा संसद् विघटन गर्ने प्रावधान प्रधानमन्त्रीलाई नदिएको भए पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बिनाकारण संसद् विघटन गर्दा आफूसहित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका तत्कालीन नेता माधव नेपालले विरोध गरेको बताउनुभयो । उहाँले भन्नुभयो ‘‘संसद् भङ्ग गर्ने ...
२५०० मत अन्तरले जित्छु : नरेन्द्र कु. राउत

२५०० मत अन्तरले जित्छु : नरेन्द्र कु. राउत

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख २६ उदयपुरको चौदण्डीगढी नगरपालिकाको प्रमुख पदका लागी माओवादी र एकिकृत समाजवादीको तर्फबाट उम्मेदवारी दिनुभएका नरेन्द्र कुमार राउतले २५०० भन्दा बढी मत अन्तरले जित्ने बताउनु भएको छ । चौदण्डीगढीनगरका जनताले आफुलाई प्रमुख बन्न अनुरोध गरेकोले यो चुनावमा आफुले जित सहजै निकाल्ने भन्दै राउतले चौदण्डीगढीलाई पर्यटकीयस्थल बनाउने धारण राख्नुभयो । आफुले भ्रष्टचार नगर्ने भन्दै विकासका लागी आफु उम्मेदवार बनेको भन्दै उँहाले भन्नुभयो “सुशोसन र विकास नै गठबन्धनको एजेन्डा भएकाले जनताको गठबन्धनलाई विश्वाश गरेर भोट दिनुहुन्छ ।” प्रमुख पदका उम्मेदवार राउतले आफुले जितेपछी चौदण्डीगढीलाई पर्यटकको गन्तव्यस्थल बनाउने समेत बताउनुभएको थियो ।...
ने.क.पा.को सरकारले ५ वर्ष टाउकोले टेकेर हिड्यो : गगन थापा

ने.क.पा.को सरकारले ५ वर्ष टाउकोले टेकेर हिड्यो : गगन थापा

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख २६ नेपाली काग्रेसका महामन्त्री गगन थापाले नेपाल कम्युनिष्ट पार्टीको सरकारले ५ वषमा टाउकोले टेकेर उल्टो हिडेका बताउनुभएको छ । नेपाली काग्रेस त्रियुगा नगरकमिटिले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै थापाले विगतमा जनतालाई स्थिर सरकार दिने भनेर कम्युनिष्टले चुनाव जितेपनी जनतासँग गरेको वाचा पुरा नगरेको बताउनुभयो । थापाले भन्नुभयो “केपी ओलीले प्रचन्ड, माधव लगाएतलाई पाखा लगाउन खोज्ने बहानामा पटकपटक संसद विघटन गरी जनताको विश्वाश तोडेको हुन् । “महामन्त्री थापाले केपी ओलीले ५ वर्ष गफ गरेर बिताएकोले अब विकासका लागी नेपाली काग्रेसलाई भोटदिनुपर्ने भन्दै मत माग्नु भएको थियो । सो कार्यक्रममा त्रियुगा नगरपालिकामा नेपाली काग्रेसका तर्फबाट प्रमुख पदमा उम्मेदवारी दिएका बसन्त बस्नेत र उपप्रमुखमा उम्मेदवारी दिनुभएकी सरिता राईले आफ्ना प्रतिवद्धता पेश गर्नुभएको थियो ।...
कुटपिटको आरोपमा गाउँपालिका अध्यक्षका उम्मेदवार पक्राउ

कुटपिटको आरोपमा गाउँपालिका अध्यक्षका उम्मेदवार पक्राउ

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख २६ कुटपिटको आरोपमा डिलाशैनी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)बाट अध्यक्ष पदका उम्मेदवार लोकेन्द्र रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ । डिलाशैनी–५ विनाबस्ती घर भई पुर्चौंडी बहुमुखी क्याम्पसमा कार्यरत सहप्राध्यापक रामदत्त जोशीमाथि राना र माओवादी केन्द्रका कार्यकर्ताले कुटपिट गरेको आरोपमा नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो । स्वतन्त्र उम्मेदवारका पक्षमा प्रचार गरेको भन्दै रानाले कुटपीट गरेको आरोप लागेको छ । कुटपिटबाट जोशीको घुँडामा चोट लागेको र उहाँको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । कुटपिटमा संलग्न अध्यक्षका उम्मेदवार राना र घाइते पक्षबीच गोकुलेश्वर प्रहरी चौकीमा छलफल भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । (रासस)...
राप्रपाबाट वडा सदस्यमा उम्मेदवारी दिएका राइनमाथि कुटपिट

राप्रपाबाट वडा सदस्यमा उम्मेदवारी दिएका राइनमाथि कुटपिट

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख २६ गते । स्थानीय तह निर्वाचनमा धनुषा र रुकुम पश्चिममा आफ्नो पार्टीका उम्मेदवारहरुमाथि कुटपिट गरिएको भन्दै राष्ट्रि प्रजातन्त्र पार्टीले आपत्ति जनाएको छ । चुवानी प्रचार–प्रसार अभियानमा प्रमुख मोहन श्रेष्ठले सोमवार विज्ञप्ति जारी गर्दै धनुषा जिल्लाको सबैला नगरपालिका–४ का राप्रपाका वडा सदस्ययका उम्मेदवार समशुल राइन मियामाथि नेकपा एमालेबाट सांघातिक हमला भएको भन्दै निन्दा गरेका छन् । मियामाथि एमालेले उमेदवारी फिर्ता लिन दबाब दिएको र मियाले पार्टीको पक्षमा दृढतापूर्वक प्रचार गर्ने अडान लिएपछि उनीसहित परिवारका ७ जना सदस्यमाथि सांघातिक हमला भएको विज्ञप्तिमा उल्लेख छ । घटनामा संलग्नलाई पक्राउ गरी कडा कारबाही गर्न र घाइतेको उपचारको लागि प्रबन्ध गर्न राप्रपाले माग गरेको छ । यसैगरी रुकुम पश्चिम जिल्लाको मुसिकोट नगरपालिका–१ मा राप्रपाका वडा अध्यक्ष पदका उम्मेदवार लिलिबिर बिसीलाई ...
कञ्चनजङ्घा आरोहणका क्रममा भारतीय नागरिकको निधन

कञ्चनजङ्घा आरोहणका क्रममा भारतीय नागरिकको निधन

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख २६ विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल आरोहणका क्रममा एक भारतीय नागरिकको निधन भएको छ । आरोहणका क्रममा आठ हजार २०० मिटरको उचाइमा पुग्दा ५२ वर्षीय नारायणन अयरको निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार मृतक आठ हजार ५८६ मिटरको उचाइमा रहेको कञ्चनजङ्घा हिमाल आरोहणका लागि पायोनिर एड्भान्चर प्रालिबाट गएका थिए । मृतकको शव उद्धारका लागि टोली परिचालन गरिएको पायोनिर एड्भान्चर प्रालिका कार्यकारी निर्देशक निभेश कार्कीले जानकारी दिनुभयो । (रासस)...
उदयपुरमा सञ्चालित कालोपत्रेको काममा काँग्रेस बाँधक

उदयपुरमा सञ्चालित कालोपत्रेको काममा काँग्रेस बाँधक

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख २६ गते । उदयपुर जिल्लामा सञ्चालित कालोपत्रेको काममा नेपाली काँग्रेसले बाधा सृजना गरेको छ । स्थानीय तहको चुनाव नजिकिएसँगै दलहरुको चुनावी अभियान तीव्र रुपमा चलिरहेको छ । त्रियुगा नगरपालिकामा आचारसंहिता लागू भए अघि नै सम्झौताहरुको कामहरुमा समेत नेपाली काँग्रेसले प्रहरी लगाएर अवरोध गर्ने गरेको हो । त्रियुगा नगरपालिकाद्वारा बोलपत्र आव्हानको सूचना २०७८ असार २४ गते तीन वटा टेण्डरको सूचना एकै पटक निकालेको देखिन्छ । टेण्डर प्रक्रियामा परफेक्ट कन्ट्रक्सन इमाडोल ललितपुरले पाएको देखिन्छ । त्रियुगा नगरपालिका वडा नं. १२ स्थित डिएमगेट लक्ष्मीपुर सडक कालोपत्रे निर्माण कार्यको लागि ३९ लाख ६२ हजार ४८५ रुपैया, वडा नं. ११ पिपल चोकदेखि गाईघाट दिक्तेल सडक बरुवा पुलसम्मको सडक मर्मतको लागि ५१ लाख ६४ हजार १० रुपैया र वडा नं. १० राधाकृष्ण मन्दिर हुँदै जिल्ला अस्पताल गेटसम्मको सडक कालोपत्रे निर्...
आरुबारीस्थित पानीपोखरीअघिको सडकमा पानी जम्दा आवागमनमा कठिनाइ

आरुबारीस्थित पानीपोखरीअघिको सडकमा पानी जम्दा आवागमनमा कठिनाइ

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख २६ मेलम्ची खानेपानी आयोजनाबाट ल्याइएको पानी जम्मा गरी ग्राहकका धारामा वितरण गर्न गोकर्णेश्वर नगरपालिका–९ आरुबारीमा बनाइएको पानीपोखरीअघिको सडकमा पानी जमेर आवतजावतमा समस्या भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेको पानी पोखरीअघिको सडकको खाल्डो नपुर्दा केही दिनदेखि दैनिक भइरहेको वर्षाका कारण सडकमा पानी जमेर सवारी साधन र यात्रु आवतजावतमा समस्या भएको हो । बौद्ध र जोरपाटीबाट आरुबारी हुँदै गोकर्ण, सुन्दरीजल, कपनलगायत स्थान जाने यो सडकमा आवतजावत गर्न समस्या भएको यात्रु रमिता लामाले गुनासो गर्नुभयो । सडकमा बनेको गहिरो खाडलमा पानी जमेका कारण स्कुटर तार्न समस्या भएको उहाँले सुनाउनुभयो । सडकमा जमेको पानी जाने निकास पनि नभएकाले यात्रु र सवारी साधान समस्यामा पर्ने गरेका छन् । राष्ट्रिय गौरवको आयोजना भए पनि काम गर्दा ध्यान नदिँदा ...
मान्छेलाई आक्रमण गर्ने चितुवा स्थानीयवासीले मारे

मान्छेलाई आक्रमण गर्ने चितुवा स्थानीयवासीले मारे

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख २६ स्याङ्जाको हरिनास गाउँपालिका–६ क्याक्मी कोटथोक गाउँमा मान्छेलाई आक्रमण गर्ने चितुवालाई स्थानीयवासीले मारेका छन् । आज बिहान बस्तीमा चितुवा छिरेसँगै स्थानीयवासीले धपाउन खोज्दा एक्कासि मान्छेमाथि आक्रमण गरेको स्थानीयवासी रेशम गोतामेले बताउनुभयो । घर नजिकै पातीको झ््याङमा लुकेको चितुवालाई धपाउन खोज्दा स्थानीयवासी दुर्गाबहादुर गोतामेलाई आक्रमण गरेको उहाँले बताउनुभयो । मान्छेमाथि चितुवाले आक्रमण गरेपछि स्थानीयवासीले काठको दाउराले टाउकामा हानेर मारेका हुन् । चितुवाको आक्रमणबाट हरिनास–६ कोटथोक बस्ने ४३ वर्षीय दुर्गाबहादुर गोतामे घाइते हुनुभएको छ । आफ्नो ज्यानको सुरक्षा गर्नेक्रममा गोतामेको कान, टाउको र हातमा चोट लागेको छ । उहाँलाई स्थानीय स्वास्थ्यचौकीमा सामान्य उपचारपछि थप उपचारका लागि भीमाद लगिएको छ । मान्छेलाई आक्रमण गर्ने चितुवा मरेपछि प्रहरी र इलाका वन कार्याल...
स्थानीय चुनावको लागि मतपत्रलगएतका सामग्री जिल्ला हुँदै मतदान केन्द्रमा पर्याईदै

स्थानीय चुनावको लागि मतपत्रलगएतका सामग्री जिल्ला हुँदै मतदान केन्द्रमा पर्याईदै

Breaking News 3, राजनीति, शिक्षा, समाचार
पूर्णपुष्टि, वैशाख २६ गते । आसन्न स्थानीय तहको निर्वाचनका लागि देशभर मतपत्र ताथ आवश्य सामग्री मतदान केन्द्रसम्म पुर्याउने काम भईरहेको छ । चनावको लागि आवश्यक पर्ने सबै सामग्री जिल्ला पुगिसेको र जिल्लाबाट मतदान केन्द्रसम्म पुर्याउने काम तीव्र रुपमा भईरहेको निर्वाचन आयोगले जनाएको छ । मतपत्रसहितका ५८ प्रकारका सामग्री केन्द्रसम्म पुर्याउने काम भइरहेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । चुनावको लागि आयोगले १ करोड ९४ लाख थान मतपत्र छपाएको छ । निर्वाचनमा आयोग, जिल्ला निर्वाचन कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, मतदान स्थल र मतदान केन्द्रमा गरी २ लाखभन्दा बढी कर्मचारी चुनावमा खटाइएको छ । देशका ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २ सय ७६ नगरपालिका र ४ सय ६० गाउँपालिका गरी कुल ७ सय ५३ पालिकामा ३५ हजार २ सय २१ पदका लागि आउँदो शुक्रवार मतदान हुँदैछ ।...