Tuesday, July 7News That Matters

Month: ४ वर्ष अगाडि

नीति तथा कार्यक्रम र बजेटमा खाना पकाउने ऊर्जाको प्राथमिकता

नीति तथा कार्यक्रम र बजेटमा खाना पकाउने ऊर्जाको प्राथमिकता

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख २७ सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि अन्तिम तयारी गरिरहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ ३ गते संसद्को अधिवेशन आह्वान गर्नुभएको छ भने सरकारले जेठ ७ गते आगामी आर्थिक वर्ष २०७९र०८० का लागि नीति तथा कार्यक्रम र १५ गते वार्षिक बजेट ल्याउने गरी गृहकार्य सुरु गरिसकेको छ । साउन १ गतेदेखि नै बजेट कार्यान्वयन गर्ने गरी जेठ १५ गते बजेट ल्याउन थालेको सातौँ वर्षमा चल्दै छ । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनलाई लक्षित गरी राजनीतिक पार्टीहरुले सार्वजनिक गरेका घोषणापत्र एवं प्रतिबद्धतापत्रहरुमासमेत उल्लेख भएका र वर्तमान सरकार गठन भएपछि सार्वजनिक गरिएको साझा अवधारणाको मर्मअनुसार आम नागरिकका जनजीविकाका विषयलाई नै नीति तथा कार्यक्रम र बजेट आउने प्रष्ट छ । पछिल्लो समय रुस–युक्रेन युद्धले खासगरी इन्धनका क्षेत्रमा पारेको प्रभावबाट बजारमा भएक...
सीमा नाका आजदेखि बन्द हुँदै

सीमा नाका आजदेखि बन्द हुँदै

Breaking News 3, समाचार
  काठमाण्डौँ, बैशाख २७ यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बाँके र बर्दियाको भारतसित जोडिएको सीमा नाका आज रातिदेखि बन्द हुने भएको छ । भारतसँग जोडिएका बाँके र बर्दियाका सीमा नाका ७२ घण्टाका लागि बन्द गर्न लागिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिनुभयो । यही शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित बनाउनका लागि भन्दै आज राति १२ बजेदेखि वैशाख ३० गते राति १२ बजेसम्मका लागि सीमा नाका बन्द गरिने उहाँले बताउनुभयो । यसअघि खुला सीमाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले निर्वाचनअघि ७२ घण्टासम्म सीमा नाका बन्द गर्ने निर्णय भएको थियो । दुई पक्षीय बैठकले निर्वाचनको ४८ घण्टा अघि दुई देशका सीमा क्षेत्रमा मदिराको बेचविखन र सेवनमा रोक लगाउने निर्णय भएको थियो । बाँकेसँग भारतको सीमा जोडिएको क्षे...
सीता उत्पत्ति दिवस मनाइँदै

सीता उत्पत्ति दिवस मनाइँदै

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख २७ प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ ।त्रेता युगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायण लगायत वैदिक दर्शनका धर्मग्रन्थ एवं पुराणमा वर्णन गरिएको छ । भगवान् विष्णुको छैटौँ अवतारका रुपमा अयोध्याका राजा दशरथका पुत्रका रुपमा श्रीरामको जन्म हुने भएपछि लक्ष्मी सीताका रुपमा उत्पत्ति हुनुभएको वर्णन विभिन्न ग्रन्थमा गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । सीतालाई सत्यवती, पतिव्रता एवं आदर्श नारीका रुपमा सम्मान गरिन्छ । अयोध्याका राजा दशरथका छोरा राजकुमार रामसँग विवाह भएपछि पितृ आज्ञा पालना गर्न राम वनवास जाँदा सँगै जानुभएकी सीताले रा...
भारोत्तोलनकी खेलाडी सञ्जु चौधरी बन्द कोठाभित्र झुण्डिएको अवस्थामा फेला

भारोत्तोलनकी खेलाडी सञ्जु चौधरी बन्द कोठाभित्र झुण्डिएको अवस्थामा फेला

Breaking News 3, समाचार
पूर्णपुष्टि, वैशाख २७ गते । भारोत्तोलनकी खेलाडी सञ्चु चौधरी बन्द कोठाभित्र झुण्डिएको अवस्थामा मृत फेला परेको छ । चौधरी बिहान साढे ६ बजे कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेको जिल्ला पहरी परिस, ललितपुरका एसपी सिद्धिविक्रम शाहले बताए । प्रारम्भिक तथ्य हेर्दा चौधरीले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको शाहले बताए । हालसम्म घटनास्थलमा सुसाइड नोट भने भेटिएको छैन । प्रहरीले प्रारम्भिक घटना जाँच मुचुल्का बनाइसकेर शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लैजाने तयारी गरेको प्रहरीले जनाएको छ । सन् २०१९ को डिसेम्बरमा नेपालमा आयोजित १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालगञ्जकी सञ्जुले ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन् । उनी प्रशिक्षकको घरमा बसेर १९ औं एसियाली खेलकुदको तयारी गरिरहेकी थिइन् ।...
रुकुम(पूर्व) मा महिलाको शव फेला

रुकुम(पूर्व) मा महिलाको शव फेला

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख २७ रुकुम(पूर्व) मा एक महिलाको शव फेला परेको छ । पुथाउत्तरगङ्गा गाउँपालिका–११ मा सोमबार ३९ वर्षीया जुनमाया बुढाको शव फेला परेको हो । सोही वडाको उपल्लो सेरा घर भएकी बुढाको शव स्थानीयवासीले जङ्गलमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले प्रहरी टोली घटनास्थलमा पुगेको जानकारी दिनुभयो । शव परीक्षणका लागि रुकुम(पूर्व) अस्पताल ल्याइँदैछ । शव परीक्षणको रिपोर्ट आएपछि मात्र घटनाबारे सत्यतथ्य खुल्ने डाँगीले बताउनुभयो । प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ । (रासस)...
पाल्पामा पत्रकार, शिक्षक र स्वास्थ्यकर्मी चुनावी मैदानमा

पाल्पामा पत्रकार, शिक्षक र स्वास्थ्यकर्मी चुनावी मैदानमा

Breaking News 3
काठमाण्डौँ, बैशाख २७ पाल्पामा स्थानीय तहको निर्वाचनमा पत्रकार, शिक्षक र स्वास्थ्यकर्मी चुनावी मैदानमा छन् । यही वैशाख ३० गते हुने निर्वाचनका लागि जिल्लामा गाउँपालिका अध्यक्ष र वडाध्यक्षमा उनीहरु उम्मेदवार बनेका छन् । नेपाल पत्रकार महासङ्घ पाल्पाका निवर्तमान अध्यक्ष राजेशकुमार अर्याल नेकपा ९एमाले०बाट तानसेन नगरपालिका–९ को वडाध्यक्षमा उम्मेदवार बन्नुभएको छ । एमालेबाटै तानसेन–८ मा सोमनाथ अर्याल र ओमप्रकाश गैरे बगनासकाली गाउँपालिका–५ को वडाध्यक्षको उम्मेदवार बन्नुभएको छ । बगनासकाली गाउँपालिका अध्यक्षमा स्वतन्त्रबाट अम्बिका पाण्डेले उम्मेदवारी दिनुभएको छ । आसन्न निर्वाचनमा दुई प्रधानाध्यापक र दुई स्वास्थ्यकर्मी राजिनामा दिएर चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । माथागढी गाउँपालिकामा एमालेबाट पालिका अध्यक्षमा सिअहेबबाट राजिनामा दिनुभएका यमबहादुर चिदी र उपाध्यक्षमा अनमीबाट राजिनामा दिनुभएकी ...
वडाध्यक्षका उम्मेदवार चौधरीको निधन

वडाध्यक्षका उम्मेदवार चौधरीको निधन

Breaking News 2, समाचार
काठमाण्डौँ, बैशाख २७ दाङको तुलसीपुर उपमहानगरपालिका–१७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको निधन भएको छ । नेकपा (एमाले) बाट उम्मेदवार बन्नुभएका चौधरीकोे काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा गए राति निधन भएको एमाले तुलसीपुरका अध्यक्ष माधव वलीले जानकारी दिनुभयो । बघौसी निवासी ५३ वर्षीय चौधरी मिर्गौला र कलेजो सम्बन्धि रोगबाट पीडित हुनुहुन्थ्यो । यसअघि उहाँ तुलसीपुर–१७ को वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । चुनाव प्रचारकै क्रममा चौधरी एक्कासी बिरामी पर्नुभएको हो । उहाँलाई उपचारका लागि दुई पटक नेपालगञ्जस्थित भेरी अस्पताल भर्ना गरिएको थियो । त्यहाँ सञ्चो नभएपछि थप उपचारका लागि काठमाडौँको त्रिवि शिक्षण अस्पताल लगिएको थियो । (रासस)...
रोल्पाको गङ्गादेवमा माओवादी र काग्रेस कार्यकर्ताबीच झडप : तरुणदलका वडाध्यक्ष घाइते

रोल्पाको गङ्गादेवमा माओवादी र काग्रेस कार्यकर्ताबीच झडप : तरुणदलका वडाध्यक्ष घाइते

Breaking News 1, समाचार
काठमाण्डौँ, बैशाख २७ रोल्पाको गङ्गादेव गाउँपालिका–५ मा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका कार्यकर्ताबीच गए राति झडप भएको छ । झडपमा परी कांग्रेसका दुई कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेमा कांग्रेस तरुणदलका वडाध्यक्ष मानबहादुर बुढामगर र सोही वडाका २० वर्षीय कमल बुढामगर छन् । माओवादी केन्द्रका कार्यकर्ताले कांग्रेसका कार्यकर्तामाथि खुकुरी प्रहार गरी शक्त घाइते बनाएको कांग्रेस गङ्गादेव गाउँपालिकाका कार्यकर्ता सुनिल वलीले जानकारी दिनुभयो । तरुणदलका वडाध्यक्ष बुढामगरको अवस्था गम्भीर छ । उहाँलाई थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज लगिएको छ । घटनापछि प्रहरी नायब उपरीक्षक विनोद घिमिरे नेतृत्वको टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थमन जिसीले जानकारी दिनुभयो । घटनाको थप विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो । (रासस)...
चौदण्डीगढीमा मेरो कुनै प्रतिस्पर्धी छैन, अन्य उम्मेदवारहरु ब्याक हटे हुन्छ: कालु लामा

चौदण्डीगढीमा मेरो कुनै प्रतिस्पर्धी छैन, अन्य उम्मेदवारहरु ब्याक हटे हुन्छ: कालु लामा

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख २६ नेकपा एमालेबाट चौदण्डीगढी नगरपालिकाका प्रमुख पदका उम्मेदवार रहेका कालु लामाले आफ्नो कुनै प्रतिस्पर्धि नरहेको जनाएको छ । उनले कांग्रेस, गठबन्धन लगायतका उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिएर आफुलाई सामुहिक रुपमा मेयर बनाउन अनुरोध गर्दै प्रतिस्पर्धिहरुलाई कम्जोरीको संज्ञा दिएको छ । उनले पछि चुनाव हारेर मुख लुकाएर मोवाईल स्वीच अफ गरेर वस्नु पर्ने अवस्था आउने जनाउँदै उम्मेदवारी फिर्ता लिन आग्रह गरेको हो । उनले अन्य पार्टीको नभई एमाले पार्टीको उम्मेदवार रहेको कुरा सचेत गराउँदै चुनावमा आफ्नो जित शुनिश्चत रहेको जनाएको छ । उनले अन्य उम्मेदवारहरुलाई सोत्तर पारेर आफुले नगर प्रमुखको स्थान ओगट्ने जनाए । लामाले गाउँको विकास र सहरको व्यवस्थापन गर्नेै आफ्नो प्रमुख योजना रहेको हुँदा जनताहरुको आवश्यकता यी कुराहरुमै सम्बन्धित रहने जनाए । चौदण्डीगढीलाई नेपालको उदाहरणीय पालिका...
बेलकामा जित सुनिश्चित : गठबन्धनका उम्मेदवार अशोक कार्की

बेलकामा जित सुनिश्चित : गठबन्धनका उम्मेदवार अशोक कार्की

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख २६ उदयपुरको बेलका नगरपालिकामा गठबन्धनको जित सुनिश्चित रहेको गठबन्धनका प्रमुख उम्मेदवार अशोक कार्कीले बताउनुभयो । अशोक कार्कीले भन्नुभयो “बेलकाका जनताले यो चुनावमा तानशाहिलाई भोट हाल्नुहुन्न “उहाँले भन्नुभयो ” एमालेको सरकारले नगरमा भ्रष्टचार गरेकोले जनताले यो पटक हामीलाई भोट दिनुहुन्छ ।” बेलकाको कोशी टप्पुका जनतालाई माफियासँग मिलेर उठिवास लगाउनेलाई जनताले चुनाव मार्फत सवक सिकाउने भन्दै बेलकामा आफुले ठुलो मत अन्तरले जित निकाल्ने अशोक कार्कीले बताउनुभयो । यस्तै बेलकाका गठबन्धनका तर्फबाट उपप्रमुखमा उम्मेदवारी दिनुभएका मनोज तामाङले नगरभित्र ५ वर्षको विचमा एमालेको सरकारले गरेको भ्रष्चारको फाईल खोल्ने बताउनुभयो । उहाँले भन्नुभयो “हामी चुनाव जितेपछी नगरमा भएको भ्रष्टचारको छानविन गरी भ्रष्चारीलाई जेल पठाउँछौ ।”...