Tuesday, July 7News That Matters

Month: ४ वर्ष अगाडि

दुई पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

दुई पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख २४ बारामा दुई पेस्तोलसहित भारतीय नागरिक पक्राउ परेका छन् । सिम्रौनगढ नगरपालिका–१० बसवरीया टोल भएर नेपाल आउँदै गरेको बिआर ०१सि१ ३१६१ नम्बरको मोटरसाइकललाई जाँच गर्दा चालक र त्यसमा सवार दुवै जनाको कम्मरमा एक–एक वटा पेस्तोल बरामद भएको हो । पक्राउ पर्नेमा मोतीहारी जिल्ला पूर्वी चम्पारण लौखान निवासी २३ वर्षीय पप्पुकुमार यादव र सोही ठाउँ भेलवा निवासी २२ वर्षीय अखलेष कुमारसिंह रहेकोे सशस्त्र प्रहरी बल मुख्यालय मधेस प्रदेश बर्दिबासका प्रमुख प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ठाडामगरले जानकारी दिनुभयो । पक्राउ परेकाको साथबाट अटोमेटिक चाइनिज पेस्तोल एक थान, त्यसमा प्रयोग हुने दुई गोली र कटुवा पेस्तोल एक थान, त्यसमा प्रयोग हुने दुई गोली बरामद गरिएको उहाँले बताउनुभयो । यसरी पक्राउ परेका यादव र सिंहलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाइएको मगरले बताउ...
राधेराधेमा सञ्चालनमा आयो, ‘वान डे थ्री डी आर्ट म्युजियम’

राधेराधेमा सञ्चालनमा आयो, ‘वान डे थ्री डी आर्ट म्युजियम’

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख २४ आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले भक्तपुरको मध्यपुरथिमि राधेराधेमा आजदेखि ‘वान डे थ्री डी आर्ट म्युजियम’ सञ्चालनमा आएको छ । भक्तपुरको राधेराधेमा सञ्चालनमा आएको उक्त म्युजियमको आज वरिष्ट हास्य कलाकार मनोज गजुरेलले उद्घाटन गर्नुभयो । एउटै कोठाबाट जल, जमिन, वन, वन्यजन्तुजस्ता विभिन्न प्रकारको रोमाञ्चक आर्ट हेरेर तस्वीर तथा भिडियो खिच्दै पारिवारिक मनोरञ्जन लिन सक्ने गरी भक्तपुर बालकोट निवासी सुन्दर बिष्टसहितको संयुक्त टोलीको लगानीमा युवाले म्युजियम सञ्चालनमा ल्याएका हुन् । आर्ट म्युजियमभित्र छिरेपछि एउटा नौलो र छुट्टै संसारको अनुभूति गर्न सकिन्छ । सञ्चालक बिष्ट भन्नुभहुन्छ, “विदेशमा धेरै प्रयोगमा आए पनि नेपालमा मैले भित्र्याएको थ्री डी आर्ट म्युजियममा मानिसलाई छुट्टै संसारमा गएको अनुभूति हुन्छ, यहाँ प्रवेश गरेपछि जलपक्षीदेखि वन्यजन्तुसम्म देख्न पा...
प्रतिगमनका कारण गठबन्धन : लक्ष्मी परियार

प्रतिगमनका कारण गठबन्धन : लक्ष्मी परियार

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख २४ नेपाली काग्रेसको केन्द्रिय सदस्य लक्ष्मी परियारले केपी ओलीले देशमा प्रतिगमन ल्याउन खोजेकोले गठबन्धन बनेको बताउनु भएको छ । आज रोतामाई गाउँपालिकाको भुट्टारमा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै परियारले प्रतिगमन लाई परास्त गर्न गठबन्धन आबस्यक भएको भन्नुभयो । उहाँले भन्नुभयो “केपी ओलले जनमतको दुरुपयोग गरी देशलाई प्रतिगमन तर्फ लग्दै परिवर्तन उल्टाउन लागेका थिए । “केपी ओलीको प्रवित्तृलाई परास्त गर्न गठबन्धन आबश्यक पर्यो ।” केन्द्रिय सदस्य परियारले आफ्नो संम्बोधन अधिकांश समय केपी ओली र उनको सरकारले गरेको गलत कामको बिषयमा खर्च गर्नुभएको थियो ।...
गठबन्धनका कारण रौतामा सुर्यमा ग्रहण : हिमाल कार्की

गठबन्धनका कारण रौतामा सुर्यमा ग्रहण : हिमाल कार्की

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख २४ प्रदेश एकका भौतिक पूर्वाधार मन्त्री तथा नेपाली काग्रेस उदयपुरका सभापति हिमाल कार्कीले काग्रेस, माओवादीको गठबन्धनका कारण रौतामाईमा सुर्यमाथी ग्रहण लागेको बताउनु भएको छ । आज भुट्टारमा आयोजित गठबन्धनको चुनावी सभामा बोल्दै मन्त्री कार्किले रौता गा.पा.मा अब सुर्यको ग्रहण नहट्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो “माओवादी र काग्रेस मिलेसँगै रौतामा अब सुर्यमा ग्रहण लागिसक्यो । बैशाख ३० सम्म सुर्यले ताप दिन सक्दैन । उहाँले भन्नुभयो”गठबन्धनको चुनावी सभामा बोल्दै माओवादी केन्द्रका प्रदेश सदस्य महन खत्रीले प्रतिगमन विरुद्ध लाग्नुपर्दा गठबन्धन बनेको धारण राख्नुभयो । रौतामाई गाउँपालिकको हजारौ जनताको उपस्थितिमा भएको गठबन्धनको चुनवी सभामा गठबन्धनका तर्फबाट अध्यक्ष पदका उम्मेदवार विरेन्द्र मगर र उपाध्यक्षका प्रत्यासी भुपेन्द्र क्षेत्री थापाले आफ्ना प्रतिवद्धता राख्नु भएको थियो ।...
धरानवासीलाई तत्काल खानेपानी व्यवस्था गर्ने जिम्मा मेरो : स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ

धरानवासीलाई तत्काल खानेपानी व्यवस्था गर्ने जिम्मा मेरो : स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख २४ धरान उप–माहानगरपालिकाका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले पार्टीका नेतृत्वले विकास गर्न नसक्ने कुरा प्रस्टाएको छ । दलको उम्मेदवारीले जिते भोली धरान माहानगरपालिका जस्ताको तस्तै रहने र नयाँ परिवर्तन हुनेमा आफु कतिपनि विश्वास्त नरहेको भन्दै राई आफैले पनि स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दिएको छ । राईले दलको आसेपासे र कार्यकर्ताहरुकै लागि सरकारको ठुलो बजेट दुरुपयो हुने हँदा चाहे जस्तो सोँचे जस्तो काम जनताहरुको लागि नहुने जनाए । उनले दलहरुले आसेपासे, पार्टी, आफनो नेता कार्यकर्ता, ठेकेदार र आफन्तहरुलाई पोस्नकै निमित्त पनि धेरै जताको कर व्यक्तिमा जाने हुँदा विकास भने जस्ताको तस्तै रहने जनाए । राईले आफु धरानको पुरानो वासिन्दा समेत रहेको जनाउँदै त्यहाँको जनताको आवश्यकहरु ग्रास लेभल बाटै थाहा भएको र ती आवश्यकता पुरा गर्न आफुले स्वतन्त्र उम्मेदवारी दिएको जनाएको छ । पहि...
रामधुनीमा स्वतन्त्र उम्मेदवारी दिएका पौडेलले गरे आत्महत्या

रामधुनीमा स्वतन्त्र उम्मेदवारी दिएका पौडेलले गरे आत्महत्या

Breaking News 3, समाचार
पूर्णपुष्टि, वैशाख २४ गते । सुनसरीको रामधुनी नरपालिका–८ को वडा अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका गणेश पौडेलले आत्महत्या गरेका छन् । पौडेलले आत्महत्या गरेको प्रहरीले जनाएको छ । पौडेलले छुट्टै प्यानल बनाई स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले नेपाली कांग्रेसका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका थिए । पौडेलको शव आफ्नै घरपछाडी शनिवार बिहान भेटिएको थियो । तीन दिनअघि मात्र पौडेल अपहरणमा परेको भन्दै खोजीका लागि परिवारजनले प्रहरीमा उजुरी दिएकोमा सोको भोलिपल्टै सम्पर्कमा आएका पौडेलले आफू साथीको घरमा बसेको बताएका थिए ।...
उदयपुरमा दलहरु आक्रमक प्रचार–प्रसारमा

उदयपुरमा दलहरु आक्रमक प्रचार–प्रसारमा

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख २४ गते । स्थानीय तहको निर्वाचनका लागि मतदानको दिन नजिकिदै जादाँ जिल्लामा राजनीतिक दलको प्रचार–प्रसार आक्रमक बन्दै गएको छ । मतदातालाई आफ्नो पक्षमा पार्न पनि दलहरुले घरदैलो कार्यक्रम , कोणसभादेखि सवारीसाधन मा ठूलो आवाजमा गित बजाउदै मत माग्न थालेका छन् । अर्को दलको भन्दा ठूलो र्याली गर्ने, ठूला–ठूला व्यानर टाङ्नेदेखि घर–घरमा झण्डा राखेर आफ्नो शक्ति देखाउन लागि परेका छन् । जिल्ला स्थित सबै उम्मेदवार ले चुनाबमा आफ्नो बिजय हुने भन्दै प्रचारप्रसार मा ठुलै रकम खर्च गरिरहेको देखिन्छ ।प्रचारप्रसार भन्दै गाडी , मोटरसाइकल र्याली गर्ने, मतदाताको घरमा जुलुश सहित गएर आफूलाइ अरु उम्मेदवारको भन्दा बढी जनताले समर्थन गरेको देखाउन खोजेका छन । मतदातालाई प्रभाव पार्न उम्मेदवारले प्रतिवद्धता एवम घोषणापत्र मार्फत समृद्धि, रोजगारी लगायतका एजेण्डालाई प्रमुखताका साथ अगाडी सारेर घर–घरमा पुगिरहे...
त्रियुगा नगर उपमाहानगरपालिका बन्ने तयारीमा छ,  त्यस्को लागि हाम्रो जित आवश्यक : उम्मेदवार चौधरी

त्रियुगा नगर उपमाहानगरपालिका बन्ने तयारीमा छ, त्यस्को लागि हाम्रो जित आवश्यक : उम्मेदवार चौधरी

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख २४ त्रियुगा नगरपालिकामा गठबन्धन बाट मेयर पदका उम्मेदवार रहेका वलदेव चौधरीले त्रियुगा नगरपालिकालाई उपमहानगरपालिका बनाई शहर विकास गर्न आफ्नो उम्मेदवारी रहेको जनाएको छ । पूर्व मेयर समेत रहेका चौधरीले केहि समय अघिबाटै उपमाहानगरपालिकाको धाराण ल्याउँदै आएका थिए । उनले त्रियुगालाई उपमाहानगर बनाउने आधारहरु आफुले तय गरिसकेको भन्दै त्यसको प्रक्रिया र कार्यन्वयन गर्न आफ्नो नेतृत्व आवश्यक रहेको जनाए । हाल नगरपालिका रहेको त्रियुगालाई उपमाहानगरपालिका बनाउन त्यसको मापदण्ड र आधारहरु विकास, जनसंख्या, भौतिक पूर्वधार, एजेण्डा र नगरवासीहरुको आवश्यक अनुसार उपमाहानगरको प्रस्ताव भैसकेको उम्मेदवार चौधरीले जनाए । उनले त्यस्का लागि १६ वटै वडाहरुमा विकासको काम र आवश्यक कामहरु भएको जनाए । उपमहानगरपालिका सँगै त्रियुगामा शैक्षिक हव, स्वास्थ्य, कृषि, पर्यटनलाई लाई मुख्य एजेण्डा बनाईएको जनाए । ...
रुकुम(पूर्व) मा मादकपदार्थ सेवन, बिक्री वितरण पूर्ण रुपमा बन्द

रुकुम(पूर्व) मा मादकपदार्थ सेवन, बिक्री वितरण पूर्ण रुपमा बन्द

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख २४ रुकुम(पूर्व) मा यहीँ वैशाख २५ गतेबाट मादकपदार्थ सेवन र बिक्री वितरणमा रोक लगाइने भएको छ । स्थानीय तहको चुनावलाई लक्ष गरेर जिल्लाभरी नै २५ गतेदेखि मत परिणाम घोषणा नहुँदासम्म पूर्णरुपमा मादकपदार्थ सेवन एवं बिक्री वितरणमा रोक लगाउने निर्णय आज जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकले गरेको हो । बैठकले मतदानका दिन सबै मतदानस्थलमा तोकिएको क्षेत्र भित्र मोबाइल प्रयोग नगर्न र साथमा लिइ नआउन अनुरोध गर्नाका साथै अत्यावश्यक वस्तु एवं सेवाको आपूर्ति व्यवस्था सहज बनाइराख्न पनि भनेकोे छ । स्वास्थ्य, खानेपानी, टेलिफोन, विद्युत्, अस्पतालबाट दिइने अत्यावश्यक सेवाहरु निरन्तररुपमा उपलब्ध हुने व्यवस्था मिलाउन र कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले जनस्वास्थ्यका मापदण्ड पालना गरी निर्वाचन गतिविधि सञ्चालन गरउने निर्णय गरिएको छ । वैशाख ३० गते मतदानका दिन अनुमति प्राप्त गरेका सव...
विक्री भएर फर्काइएको कमल पोखरीमा ५० वर्षपछि कमलको फूल

विक्री भएर फर्काइएको कमल पोखरीमा ५० वर्षपछि कमलको फूल

Breaking News 2, समाचार
काठमाण्डौँ, बैशाख २४ ‘वरिपरि लामोलामो झाडी, बीचमा दबदबे हिलो, त्यसमाथि घाँसैघाँस, डिलमा जथाभावी फालिएको फोहोर’, तीन वर्ष अघिसम्म त्यहीँ दृश्य देखिने मध्यपुरथिमि नगरपालिका–८ बोडेस्थित ऐतिहासिक पलिस्वाँ पुखुः अर्थात् कमल पोखरीमा अचेल कमलको फूल फक्रेको देखिन्छ ।व्यक्तिका नाममा दर्ता भई पटकपटक किनबेच भएको ऐतिहासिक यो पोखरीले आफ्नो स्वरुप लेला भन्ने कल्पना पनि नगरेका यहाँका बासिन्दा यतिखेर खुसी छन् । आफ्नै टोलको यस पोखरीमा झण्डै ५० वर्षपछि कमलको फूल फुलेको देख्दा मनै फुरुङ्ग भएको स्थानीयवासी शकुन्तला श्रेष्ठ बताउनुहुन्छ । आज बिहान पोखरीको बारमा समातेर कमलको फूल हेर्दै गर्नुभएको उहाँ दबदबे चौरमा परिणत भएको यो पोखरी फेरि सुन्दर होला, यसरी कमलको फूल फुल्ला, डुङ्गा चढ्न पाइएला भनेर कल्पना पनि गरेको थिइन तर अहिले पोखरीले पुनर्जीवन पाएर फूल फुलेको देख्दा खुसी लागेको छ । “गरे के सकिदैन रैछ ररु, ...