Tuesday, July 7News That Matters

Month: ४ वर्ष अगाडि

आचारसंहिता उल्लङ्घनमा आयोगको कडाइः दल, मन्त्री, नेता र उम्मेदवार पनि स्पष्टीकरणमा

आचारसंहिता उल्लङ्घनमा आयोगको कडाइः दल, मन्त्री, नेता र उम्मेदवार पनि स्पष्टीकरणमा

Breaking News 3, राजनीति, समाचार
काठमाण्डौँ, बैशाख २४ यही वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनको तयारी अन्तिम चरणमा पुग्दै गर्दा निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनविरुद्ध पनि कडाइ गरिरहेको छ । दैनिकरुपमा निर्वाचन बुलेटिनमार्फत विविध सूचना सम्प्रेषण गरी जानकारी र चेतावनी दिँदै आएको आयोगले आफैँ अनुगमनसमेत गरेर स्पष्टीकरण माग्ने तथा आचारसंहिताविपरीत भएका गतिविधि नियन्त्रण गर्ने काम गरिरहेको छ । आयोगले विभिन्न दल, मन्त्री, नेता तथा उम्मेदवारलाई समेत स्पष्टीकरण माग गर्दै आचारसंहिता कार्यान्वयन गर्न आदेश दिइरहेको छ । प्राप्त विवरणमा आचारसंहिता उल्लङ्घनका घटना भने ठाउँठाउँमा भइरहेकै छन् । आयोगका अनुसार केही दिनअघि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कैलाली जिल्लाको कैलारी गाउँपालिका–७ को मुक्त कमैया बस्तीमा निरीक्षणका क्रममा जाँदा पीडित परिवारलाई रु पाँच हजार राहत दिने प्रक्रिया अघि बढाएको भनी जान...
वैदेशिक रोजगारीमा पठाउने भन्दै कन्सलटेन्सीको आडमा करोडौँ ठगी

वैदेशिक रोजगारीमा पठाउने भन्दै कन्सलटेन्सीको आडमा करोडौँ ठगी

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख २४ वैदेशिक रोजगारीमा पठाउने भन्दै कन्सलटेन्सीले ठगी गरिरहेको भेटिएको छ । आकर्षक रोजगारीको प्रलोभन देखाउँदै सर्वसाधारणबाट ठूलो रकम असुल गरेको भेटिएपछि वैदेशिक रोजगार विभागले त्यस्ता कन्सलटेन्सीविरुद्ध मुद्दा दायर गर्न थालेको छ । विभागले पछिल्ला दुई दिनमा रु सात करोड १६ लाख आठ हजार ८०० बिगो माग दाबी गर्दै ठगीमा संलग्न विभिन्न कन्सलटेन्सी सञ्चालकविरुद्ध वैदेशिक रोजगार न्याधीकरणमा मुद्दा दायर गरेको हो । उनीहरुले वैदेशिक रोजगारीका लागि क्यानडा, पोर्चुगल, स्पेन, फ्रान्सहित युरोपका मुलुक तथा माल्टामा पठाउने भन्दै ठगी गरेका विभागले जनाएको छ । कास्कीको माछापुच्छ्रे« गाउँपालिका वडा नं १ बस्ने ३१ वर्षीय सदीक्षा गुरुङ र खिनशोभा गुरुङले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भन्दै कुमार गुरुङसँग रु ४१ लाख ४२ हजार ५०० ठगी गरेका थिए । विभागले गत चैत २४ गते सदीक्षालाई पक्राउ गरे...
अन्नपूर्ण पदमार्गमा युरोपियन पर्यटक अधिक

अन्नपूर्ण पदमार्गमा युरोपियन पर्यटक अधिक

Breaking News 3, पर्यटन, समाचार
काठमाण्डौँ, बैशाख २४ दुई वर्षपछि मनाङमा पर्यटक बढ्दै गएका छन् । हिमाली जिल्ला मनाङमा गत वर्षको साउन महिनादेखि हालसम्म छ हजारभन्दा बढी युरोपियन पर्यटक भित्रिएको जनाइएको छ । अन्नपूर्ण पदमार्गमा पदयात्राका लागि करिव दश महिनाको अवधिमा जिल्लामा छ हजार पाँच सय ८४ जना युरोपियन पर्यटक आएका हुन् । युरोपियन देशमध्ये पनि सबैभन्दा बढी फ्रान्सबाट ८०१ पर्यटक यहाँ आएका छन् भने जर्मनबाट ६९९, इजरायलका ५९८, बेलायतका ४४५ र भारतबाट ४२८ जना पर्यटक भित्रिएका छन् । अप्रिलमा मात्रै दुई हजार ३८२, मार्चमा एक हजार २३१ पर्यटक भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो । थोराङ्ला हुँदै तिलिचो ताल पुगेर लार्के मार्ग कटाउँदै मुक्तिनाथ निस्किने हुँदा विदेशी पर्यटकका लागि अन्नपूर्ण पदमार्ग मुख्य गन्तव्यको स्थल बनेको छ । यहाँ हरेक दिन ७७ विदेशी पर्यटक अन्नपूर्ण पदयात्राका लागि ...
श्रीलङ्काका राष्ट्रपतिद्वारा सङ्कटकाल घोषणा

श्रीलङ्काका राष्ट्रपतिद्वारा सङ्कटकाल घोषणा

Breaking News 3, समाचार, संसार
काठमाडौं, वैशाख २४ गते । आर्थिक तथा राजनीतिक रुपमा सङ्कटमा फसेको श्रीलङ्कामा फेरि सङ्कटकाल घोषणा गरिएको छ । गत शुक्रबार मध्यरातदेखि लागू हुनेगरि सङ्कटकाल घोषणा गरिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । राष्ट्रपति गोटावाय राजापाक्षले आर्थिक तथा राजनीतिक सङ्कटलाई व्यवस्थापन गर्न सङ्कटकाल लागू गर्नु परेको स्पष्ट पार्नु भएको छ । आर्थिक तथा राजनीतिक सङ्कटका विरुद्धमा जनआक्रोश र आन्दोलन बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्न सरकारले सङ्कटका घोषणा गरेको हो । उहाँले सार्वजनिक सुरक्षा र जीउ धनको रक्षाका लागि सङ्कटकाल लगाउनु अत्यावश्यक भएको राजपत्रमा प्रकाशित सूचनामा जनाइएको छ । आन्दोलनकारीहरूले ढुवानी तथा आवत जावत समेत अवरोध गरेको र कतिपय सेवा प्रवाहमा समेत समस्या उत्पन्न भएकोले अवरोध हटाउन र सेवा प्रवाहलाई सहज गराउन सङ्कटकाल लगाउनु परेको उहाँको भनाई छ । सरकारले सङ्कटकाल घोषणा गरेर जनताको...

मोटरसाइकल दाइजो नदिएको विषयलाई लिएर विवाद : बेहुला पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, वैशाख २४ गते । दाइजोमा मोटरसाइकल नदिएको भन्दै विवाद गरेको आरोपमा झापाबाट एक जना बेहुलाई प्रहरी पक्राउ गरेको छ । झापा गाउँपालिका–४ बस्ने २८ वर्षीय बेहुला डेबिट चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । चौधरीको मेचीनगर नगरपालिका–१५ बस्ने पुष्पलाल राजबंशीकी छोरीसँग विवाह हुँदै थियो । तर चौधरीले विवाहमा मोटरसाइकल दाइजोमा नदिएको भन्दै विवाद गरेको आरोप छ । विवाद गरेको भन्दै पुष्पालालले उनीविरूद्ध प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । त्यसरी जाहेरी परेपछि प्रहरीले चौधरीलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए । प्रहरीले चौधरीमाथि विवाहमा लेनदेन गर्न नहुने सम्बन्धी कसूरमा अनुसन्धान अघि बढाएको । चौधरीलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको छ । त्यही कार्यालयबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
उदयपुर खेलकुदद्धारा खेलकुद संघ तथा सम्बन्धित सरोकारवालाहरुलाई छलफलको लागि आह्वान

उदयपुर खेलकुदद्धारा खेलकुद संघ तथा सम्बन्धित सरोकारवालाहरुलाई छलफलको लागि आह्वान

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, बैशाख २४ उदयपुर जिल्ला खेलकुद विकास समितिले जिल्लामा रहेको खेलकुद संघ तथा खेलकुद संग सम्बन्धि सरोकारवालाहरुलाई छलफलको लागि आह्वान गरेको छ । समितिका अध्यक्ष पर्वत दाहालको हस्ताक्षर पत्रमा जिल्लामा रहेको बिभिन्न खेलकुद संघका सम्बन्धित व्यक्तिहरुलाई छलफलका लागि आह्वान गरेको उदयपुर जिल्ला खेलकुद विकास समितिको कार्यालय प्रमुख प्रकाशराम राईले जनाए । राईका अनुसार आउँदो जेष्ठ २२ गते देखी २८ गते सम्म गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि सम्वन्धित व्यक्तिहरु सित आवश्यकीय छलफल गर्नु पर्ने भएकाले अनिवार्य आह्वान गरिएको राईले जनाए । छलफल पछि तत्कालै खेलाडीहरु छनोटका प्रक्रियालाई अगाडी बढाउनु पर्ने हुँदा उक्त छलफलमा अनिवार्य सहभागीका लागि आह्वान गरिएको राईले जनाए । गण्डकी प्रदेशमा आउँदो जेष्ठ २२ देखी करिब ३६ ओटा खेलकुद प्रतियोगिता स...
२ वर्षसम्म उम्मेदवार बन्न नपाउने गरी आयोगले गर्यो विद्यार्थीलाई कारबाही

२ वर्षसम्म उम्मेदवार बन्न नपाउने गरी आयोगले गर्यो विद्यार्थीलाई कारबाही

Breaking News 2, शिक्षा, समाचार
पूर्णपुष्टि, वैशाख २४ गते । लोक सेवा आयोगको परीक्षा दिन गएका एक जना विद्यार्थीलाई दुई वर्षसम्म उम्मेदवार हुन नपाउने गरी कारबाही गरेको छ । कर्णाली प्रदेशको प्रदेश लोक सेवा आयोग वीरेन्द्रनगर सुर्खेतले दैलेख आठबीस नगरपालिका–९ का लोकराज सिंजापतिलाईे परीक्षामा दुई वर्षसम्म सहभागी हुन बञ्चित गरेको हो । १७ वैशाखमा सञ्चालन भएको खुला÷समावेशी प्रशासन सेवा सहायकस्तर पाँचौ तहको एकीकृत वस्तुगत लिखित परीक्षामा सिंजापतिले परीक्षाको मर्यादित विपरीत काम गरेको प्रदेश लोक सेवा आयोग वीरेन्द्रनगर सुर्खेतले जारी गरेको सूचनामा उल्लेख छ । आयोगका अनुसार आफूलाई प्राप्त प्रश्नपत्रको फोटो खिची सिंजापतिले मोबाइलमार्फत सोही दिन सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । २२ वैशाखमा बसेको आयोगको बैठकले सिंजापतिलाई आगामी २ वर्षसम्म सञ्चालन हुने सबै तहको परीक्षामा उम्मेदवार हुन नपाउने गरी रोक लगाउने निर्णय गरेको प्रवक्ता बु...
हवाना होटलमा विस्फोटहुँदा गर्भवती तथा बच्चासहित १८ को मत्यु

हवाना होटलमा विस्फोटहुँदा गर्भवती तथा बच्चासहित १८ को मत्यु

Breaking News 1, समाचार, संसार
काठमाण्डौँ, बैशाख २४ हवानाको साराटोगा होटलमा शुक्रबार भएको शक्तिशाली विस्फोटमा एक गर्भवती महिला र बच्चासहित १८ जनाको मृत्यु भएको क्युबाली राष्ट्रपति कार्यालयको प्रशासनले शनिबार जनाएको छ। “क्युबाका राष्ट्रपति मिगुएल डियाज(क्यानेलले साराटोगा होटल दुर्घटनाको सामनामा देखाइएको ऐक्यबद्धताका लागि मित्र राष्ट्रहरूलाई धन्यवाद दिनुभएको छ। बैठकमा घोषणा गरिएको प्रारम्भिक तथ्याङ्कअनुसार उक्त घटनामा एक गर्भवती महिला र बच्चासहित १८ जनाको मृत्यु भएको थियो । क्युवाली अधिकारीहरूले यसअघि विस्फोटमा परी नौ जनाको मृत्यु भएको र ४० जना घाइते भएको बताएका थिए। (रासस)...
खोटाङमा दलित महिला वडा सदस्यको मृत्यु

खोटाङमा दलित महिला वडा सदस्यको मृत्यु

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख २४ गते । खोटाङमा दलित महिला वडा सदस्यको ज्यान गएको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेकी ४९ वर्षीय कमला परियारको रक्तचापको समस्याले ज्यान गएको हो । उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट दलित महिला वडा सदस्यमा निर्वाचित भएकी थिईन् । रक्तचापले बेहोस अवस्थामा स्वास्थ्य संस्थामा पु¥याएलगत्तै परियारको ज्यान गएको एमाले हलेसी तुवाचुङ नगर कमिटि अध्यक्ष डिल्ली चाम्लिङले जानकारी दिए । २०३० सालमा जन्मिएकी परियार एमाले नगर कमिटी सदस्य तथा अनेमसंघ जिल्ला कमिटी सदस्य थिईन् । उनका श्रीमानसहित तीन छोरा र दुई छोरी छन् ।...
युनिभर्सिटी आर्ट ग्यालरीमा रहेको नवौँ शताब्दीको पार्वतीको मूर्ति नेपाललाई फिर्ता गर्दै अमेरिका

युनिभर्सिटी आर्ट ग्यालरीमा रहेको नवौँ शताब्दीको पार्वतीको मूर्ति नेपाललाई फिर्ता गर्दै अमेरिका

Breaking News 2, समाचार
काठमाण्डौँ, बैशाख २४ संयुक्त राज्य अमेरिकाको कनेक्टिकट राज्यस्थित येल युनिभर्सिटी आर्ट ग्यालरीले आफ्नो स्थायी सङ्ग्रहमा रहेको नवौँ शताब्दीमा बनेको ढुङ्गाको पार्वतीको मूर्ति नेपाललाई फिर्ता गर्ने भएको छ । उक्त मूर्ति नेपाललाई फिर्ता गर्नेसम्बन्धी सहमतिपत्रमा न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावास र येल युनिभर्सिटी आर्ट ग्यालरीबीच शुक्रबार हस्ताक्षर भएको महावाणिज्य दूतावासले जनाएको छ । विसं २०३२ मा भक्तपुरको गोलमाडीस्थित वीरभद्रेश्वर महादेव मन्दिरबाट उक्त मूर्ति हराएको थियो । सात वर्षअघि येल युनिभर्सिटी आर्ट ग्यालरीलाई एक जना दाताले उक्त मूर्ति प्रदान गरेका थिए । उक्त मूर्ति नेपालको भए÷नभएको सम्बन्धमा ग्यालरी र नेपालको पुरातत्व विभागले बेग्ला–बेग्लै अनुसन्धान गरेका थिए । न्यूयोर्कस्थित महावाणिज्य दूतावासले आर्ट ग्यालरी र पुरातत्व विभागसँगको समन्वयमा मूर्ति नेपाल फिर्ता गर्नेछ । (रास...