Tuesday, July 7News That Matters

Month: ४ वर्ष अगाडि

खुकुरी प्रहार गरी बुवाआमाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

खुकुरी प्रहार गरी बुवाआमाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, वैशाख २३ गते । खुकुरी प्रहार गरी बुवाआमाको हत्या गरेको अभियोगमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ गोटी थाङ्गा बस्ने २५ वर्षीय आइतराज लिम्बुलाई खुकुरीसहित बिहीवार साँझ प्रहरीले पक्राउ गरेको हो । उनले ७० वर्षीय बुवा बीर्ख बहादुर लिम्बु र ७२ वर्षीया आमा थिपरानी लिम्बुको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीमाथि प्रहरी चौकी लेलेपबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तप्लेजुङले जनाएको छ ।...
मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख २३ धनकुटाको साँघुरीगढी गाउँपालिका–३ स्थित सडक खण्डमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ३८ बर्षीय इन्द्र बहादुर याखा रहेका छन् । हिजो राती पौने १२ बजे साँघुरीगढी–३ कुशेटारबाट घर फर्कदै गरेका याखाले चलाएको को.२८प ७४७१ नम्वरको मोटरसाईकल अनियन्त्रित भई सडकबाट ५०० मिटर तल झरी दुर्घटना हुँदा याखाको घटना स्थलमा नै मृत्यु भएको हो । दुर्घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय राजारानीबाट थप अनुसन्धान भईरहेको छ ।...
गठबन्ध भएको पालिकामा जित पक्का : सुरेश राई

गठबन्ध भएको पालिकामा जित पक्का : सुरेश राई

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख २३ गते । माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा संघीय सांसद सुरेश राई हिमालले उदयपुरमा चुनावी तालमेल भएको पालिकामा गठबन्धनले जित्ने भएको बताए । केन्द्रीय सदस्य राईले गठबन्धनको जित सुनिश्चित रहेको बताएका हुन् । गठबन्धन गरेका दलका नेता तथा कार्यक्रर्ता उम्मेदवार जिताउन इमान्दार भएर लागि रहेकाले अब उदयपुरमा गठबन्धनलाई कसैले रोक्न नसक्ने बताए । उनले भने “उदयपुरमा गठबन्धनलाई कसैले हराउन सक्दैन । गठबन्धन अगाडी बढ्यो बढ्यो ।” पछिल्लो समय गठबन्धप्रति उदयपुरमा जनसमर्थन बढ्दै गएको छ । “गठबन्धनप्रति भ्रम छर्न विपक्षीले भरमज्दुर प्रयास गरेपनि अब जनताले त्यस्ता भ्रमको खेती गर्नेलाई चुनावमार्फत रछयानमा पुर्याइदिने छन् ।” सांसद राइले भने । उदयपुरमा माओवादी कांग्रेस र एकिकृत समाजवादीको तीनदलीय गठबन्धन बनको छ । भने कटारीमा माओवादी, नेपाली कांग्रेसको दुइदलिय गठबन्धन छ । त्रियुगा र चौदण...
ट्रकमा मोटरसाईकल ठोक्किदा चालकको मृत्यु

ट्रकमा मोटरसाईकल ठोक्किदा चालकको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख २३ झापाको कनकाई नगरपालिका–३ स्थित पुर्व पश्चिम राजमार्गमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ उर्लाबारी नगरपालिका–७ का ५६ बर्षीय बुद्धकान्त सुबेदी रहेका छन् । हिजो राती १० बजे सडक छेउमा रोकि राखिएको ना.६ख ९०७९ नम्बरको ट्रकमा को २३ प ४०४७ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका सुबेदीलाई उपचारको लागी बि एण्ड सि अस्पताल बिर्तामोड लगिएकोमा अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेको हो । उक्त ट्रक र चालक मोरङ सुन्दरहरैचा–६ का ३१ बर्षीय हर्क बहादुर दर्जीलाई ईलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको छ भने घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।...
आगलागीबाट छोरीको मृत्यु, बुबाआमा घाईते

आगलागीबाट छोरीको मृत्यु, बुबाआमा घाईते

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख २३ भोजपुरको षडानन्द नगरपालिका–१४ बिहिबारे बजार स्थितमा आगलागि हुँदा बालिकाको जली मृत्यु भएको छ भने उनका बुवा, आमा दुवै जना जली घाईते भएका छन । हिजो बेलुका ७ बजे स्थानीय खेममणी तामाङको ढुंगा माटोले बनेको टिनको छानो भएको २ तले घरमा आगलागि भई घर पुर्णरुपमा जली नष्ट हुँदा निजको २ बर्षीया छोरी रेश्मा तामाङ आगोले जली घटनस्थलमा नै मृत्यु भएको हो । घर धनी खेममणी तामाङ, निजको श्रीमती मिना तामाङलाई आगोले पोली घाईते भएकोमा उपचारको लागि स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरान लगिएको छ । उक्त आगो फस्ट राईफल गण दिङ्लाबाट खटिएको नेपाली सेनाको टोली, नेपाल प्रहरी र स्थानियको सहयोगमा राती साढे २ बजे नियन्त्रण लिएको हो । आगलागिबाट खेममणी तामाङ र अर्जुन तामाङ समेतको २ वटा घर र घरमा भएको किराना पसल र कपडा पसल समेत पुर्णरुपमा जली नष्ट हुँदा अन्दाजी २ करोड ६० लाख २३ हजार बरावरको क्षति ...
पूर्वी चीनमा कार र तीन ट्रक एकापसमा ठोक्किँदा ५ जनाको मृत्यु, ३ घाइते

पूर्वी चीनमा कार र तीन ट्रक एकापसमा ठोक्किँदा ५ जनाको मृत्यु, ३ घाइते

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, बैशाख २३ पूर्वी चीनको आन्हुइ प्रान्तको जिएसु काउन्टीको राजमार्गमा कार र तीन ट्रक एकापसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । दिउँसो १:५० बजे भएको दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको थियो भने आकस्मिक उपचारपछि अर्का एक जनाको मृत्यु भएको थियो । घाइते तीन जनाको स्थानीय अस्पतालमा उपचार भईरहेको र अहिले अवस्था सामान्य रहेको बताइएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । (रासस)...
इटहरीमा साइकल चढेर भोट माग्दै : मेयर उम्मेदवार पौडेल

इटहरीमा साइकल चढेर भोट माग्दै : मेयर उम्मेदवार पौडेल

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख २३ गते । इटहरी उपमहानगरपालिकामा गठबन्धनबाट मेयर पदमा उम्मेदवारी दिएकका हेमकर्ण पौडेल साइकल चढेर चुनावी प्रचारमा रहेका छन् । गठबन्धनका उम्मेदवारसहित पौडेल घर दैलो कार्यक्रममा साइकल चढेर हिनेका हुन् इटहरीको मेयरको कडा प्रतिस्प्रर्धीको रूपमा हेरिएका पौडेलले विभिन्न माध्यमबाट चुनावी प्रचार प्रसार गरिरहेका छन् । उनले इटहरी १० आँपझोकी चोकमा फरक तरिकाले चुनावी प्रचार गरेका छन् । जनताको भावनासँग जोडिएको साइकलमा सवार गरेर उनी घरदैलो कार्यक्रममा सहभागी भएका हुन् । जनताको भावनाको प्रतिनिधित्व हुने भएकाले साइकलमा सवार गरेको पौडेलले बताएका छन् । उनले भने” साइकल हाम्रो ग्रमिण भेगको प्रमुख सवारी साधन हो, विकासका आधारभूत कुराहरू प्राप्त नभएको स्थानमा आउदा साइकलमा आउनु राम्रो हुन्छ भन्ने लागेर आएको हो ।” त्यसै गरी इटहरीमा बर्षाैँ देखि रहेका समस्यालाई समाधान गर्ने प्रतिबद्ध गरेको समेत ...
मोरङको बेलबारीमा मेयर उम्मेदवारको गाडी आगजनी

मोरङको बेलबारीमा मेयर उम्मेदवारको गाडी आगजनी

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख २३ गते । मोरङको बेलबारी नगरपालिकाबाट मेयर पदको उम्मेदवार रहेका खेमप्रसाद गौतमको गाडीमा आगजनी भएको छ । गौतमले राप्रपाबाट मेयर पदको दिएका थिए । बेलबारी–२ स्थित घरमै पार्किङ गरेर राखेको अवस्थामा बा १२ च ९३८४ नम्बरको कार आज बिहानपख आगजनी भएको प्रहरीले जनाएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मेयरमा उम्मेदवारी दिएका गौतमले पार्टीको झण्डा तथा मेयर र उपमेयरका उम्मेदवारको फोटोसहितको ब्यानर राखेर उक्त कार प्रयोग गर्दै आएका थिए । प्रहरीले आगजनीमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ समेत गरेको छ । सुन्दरहरैंचा नगरपालिका–१२ का अन्दाजी २८ वर्षीय सुवास पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका पाण्डे कांग्रेसका स्थानीय कार्यकर्ता हुन् । सीसीटीभी क्यामेरा फुटेजका आधारमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले ...
वीरेन्द्रनगरमा उम्मेदवारलाई मतदाताको प्रश्न : घण्टाघरको सुई कहिले घुम्छ ?

वीरेन्द्रनगरमा उम्मेदवारलाई मतदाताको प्रश्न : घण्टाघरको सुई कहिले घुम्छ ?

Breaking News 2, समाचार
काठमाण्डौँ, बैशाख २३ सुर्खेतको वीरेन्द्रनगरस्थित घण्टाघरको घडीको सुई १० वर्षदेखि घुम्दैन । यहाँ रहेका चारवटै घडीले १०ः५० को समयमात्र देखाउँछन् । विसं २०७४ मा निर्वाचित स्थानीय जनप्रतिनिधिले आफ्नो कार्यकालको पाँच वर्ष बिताउँदैछन् । उनीहरुले पनि घण्टाघरमा नयाँ घडी राख्न सकेनन् । यसपटकको स्थानीय तह निर्वाचनमा तिनै नेता र उम्मेदवारलाई मतदाताले सोध्ने गरेका छन्, “घण्टाघरको सुई कहिले घुम्छ ” प्रमुख राजनीतिक दलहरूले आफ्ना प्रतिबद्धतामा ठूल्ठूला आश्वासन देखाए पनि मतदाता भने जिल्लाको पहिचान बनेको पर्यटकीयस्थलमा घण्टाघरमा कम्तीमा घडी चलाउनुपर्ने माग गरिरहेका छन् । वीरेन्द्रनगरमा घरदैलो गरिरहेका दलहरू विशेषगरी नेपाली कांगे्रस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवारलाई यही प्रश्न मतदाताले दोहो¥याउने गरेका छन् । वीरे...
डुबानमा पर्दै आएका मतदाता भन्छन्, ‘पुल बनाउनेलाई मत दिन्छौँ’

डुबानमा पर्दै आएका मतदाता भन्छन्, ‘पुल बनाउनेलाई मत दिन्छौँ’

Breaking News 1, समाचार
काठमाण्डौँ, बैशाख २३ वर्षौँदेखि डुबान र कटानको समस्या भोग्दै आएका धनुषाको धनुषाधाम नगरपालिका–४ रामपुरका मतदाताले बलुवा खोलामा पुल बनाइदिने उम्मेदवारलाई आफ्नो मत दिने बताएका छन् । बलुवा खोलामा पुल निर्माण नहुँदा वर्षायाममा डुबान र कटानको समस्या भोग्दै आएका धनुषाधाम नगरपालिकाको सरसा, रामपुर, लवटोलियासहित एक दर्जनभन्दा बढी गाउँका स्थानीयवासी जोखिमपूर्णा यात्रा गर्न बाध्य छन् । कामविशेषले धनुषाधाम बजारसम्म आवतजावत गर्ने सो क्षेत्रका स्थानीयवासी एकातिर खोलामा पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् भने अर्कातिर खोला गहिरो भएकाले बाढीका बेला सवारीसाधन नै भासिने जोखिम छ । “गाउँदेखि धनुषाधाम बजारसम्म पुग्न समस्या छ”, रामपुरकी सीतादेवी यादवले भन्नुभयो, “पुल नहुँदा कतिपयले जोखिम उठाएरै खोला तरेर बजारसम्म पुग्छन् भने कतिपयले घुमाउरो बाटोको प्रयोग गरेर पुग्ने गरेका छन् ।” सुक्खायाममा केही...