Friday, August 7News That Matters

Month: ४ वर्ष अगाडि

गाईबस्तु चराउन गएका  दुई जनाको चट्याङ लागेर मृत्यु

गाईबस्तु चराउन गएका  दुई जनाको चट्याङ लागेर मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, जेष्ठ २६ वर्षासँगै परेको चट्याङ लागेर सप्तरीको बोदेबर्साइन नगरपालिका–३ मधुवनमा आज दुई जनाको मृत्यु भएको छ । गाईबस्तु चराउन गएका ५६ वर्षीय रामजी यादव र ८० वर्षीय सत्यनारायण यादवलाई चट्याङ लागेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । वर्षा भइरहेको बेला एउटै छातामा ओत लागेका दुवैमाथि चट्याङ परेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बोदेबर्साइनले जनाएको छ । यता घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । (रासस)...
सगरमाथा हाईवे अन्तरर्गत जनकराज राई, मार्ग हलेसीलाई १ करोड २२ लाख बजेट

सगरमाथा हाईवे अन्तरर्गत जनकराज राई, मार्ग हलेसीलाई १ करोड २२ लाख बजेट

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ २६ हिमाल, पहाड र तराईलाई छोटो दुरी बाट जोड्ने उदेश्येले निर्माण भैरहेको विस्तारीत सगरमाथा हाईवे सडकको स्तरउन्नतीले फड्को मार्दै गएको छ । यो हाईवेले उदयपुरको मुर्कुची, पुवाँरे, बास्बोटे कुनाई बाट सुनकोसी नदी तरेर हलेसी मन्दीर हुँदै हिमाली जिल्लाहरु ओखलढुंगा, सोलुखुम्वु जस्ता महत्वपूर्ण ठाउँ सम्म पुग्न सहज र छरितोको भुमिका खेल्ने छ । सोहि स्तरउन्नतीलाई अगाढी बढाउने भन्दै सगरमाथा हाईवे अन्तर्गत हलेसी स्थित जनकराज राई मार्ग सडकलाई केन्द्रीय सरकार र प्रदेश सरकागरले १ करोड बढी बजेट बिनियोजन गरिदिएको छ । उक्त बजेट बिनियोजनका लागि बिषेशगरी संघिय समाजवादी पार्टी खोटाङका युवा नेता अन्जिल हांङ राई सहितको व्यक्तिहरुले पहल गरेको छ । जनता समाजबादी बिद्यार्थी युनियन १ न प्रदेशको अध्यक्ष समेत रहेका किराँतीले प्रदेश सरकार र केन्द्रीय सरकारलाई बजेटको बारे पहल गर्न भुमिका खेल्दै बिभिन्न ...
अवैधरुपमा भन्सार छली गरेको २५ लाखबढीको सामान बरामद

अवैधरुपमा भन्सार छली गरेको २५ लाखबढीको सामान बरामद

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेठ २६ गते । मोरङको छुट्टा छुट्टै दुई स्थानबाट अवैधरुपमा भन्सार छली गरी नेपाल ल्याउदै गरेको समान प्रहरीले बरामद गरेको छ । विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले २५ लाख ६९ हजारको अवैध सामान बरामद गरेको हो । प्रहरीले हिजो बेलुका बिराटनगर महानगरपालिका–१२ स्थितबाट अबैधरुपमा भन्सार छली चोरी पैठारी गरी नेपाल तर्फ ल्याउदँै गरेको अन्दाजि १ लाख ९४ हजार मुल्य बरावरको बिभिन्न प्रकारका लत्ता कपडाहरु बरामद गरेको हो । त्यस्तै, बिराटनगर–६ स्थित केसलिया रोडबाट ना.४ ख १६७८ नम्वरको टकमा अन्दाजी मुल्य २३ लाख ७५ हजार मुल्य बरावरको ५०० बोरा मकै अवैध रूपमा भन्सार छलि भारतबाट नेपाल ल्याउदैँ गरेको अवस्थामा चालकसहित नियन्त्रणमा लिएको हो । बरामद गरिएका उक्त सामग्रीहरु आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाएको जिल्ला प्रहरी कार्यालय मोरङ...
उदयपुरको बेलही र चौदण्डीगढी जोड्ने त्रियुगा पुल मर्मत नहुँदा स्थानीयलाई सास्ती

उदयपुरको बेलही र चौदण्डीगढी जोड्ने त्रियुगा पुल मर्मत नहुँदा स्थानीयलाई सास्ती

Breaking News 1, समाचार
काठमाडौं, जेठ २६ गते । भाँचिएको पुल मर्मत नहुँदा वर्षा लागेसँगै त्रियुगा नदीको बहाव बढ्न थालेपछि सुन्दरपुर र बेलही क्षेत्रका बासिन्दालाई त्रियुगा नदी आवत्जावत् गर्न सास्ती भोग्नु परेको छ । सुन्दरपुर र बेलही जोड्ने चौदण्डीगढी नगरपालिका– ५ सिवाइस्थित त्रियुगा नदीको पुल गतवर्ष असार महिनामा भाँचिएपछि अहिलेसम्म मर्मत हुन सकेको छैन । एक वर्ष अगाडि त्रियुगाको बाढीका कारण भाँचिएको पुलको पिलर अहिलेसम्म पनि पुनःनिर्माण नभएपछि वर्षा लागेसँगै त्रियुगा नदीमा पानीको बहाव बढेका कारण स्थानीयवासीलार्ई आवतजावत गर्न कठिन भएकोे बेलहीका बासिन्दा अनुप चौधरी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,“सुन्दरपुरदेखि बेलही आउन तथा चौदण्डी नगरपालिको कार्यलय बेल्टार बजार पुग्न त्रियुगा नदी तर्न बाध्य छौँ, पानीको बहाव बढ्न थालेपछि गाउँका पुरुष कपडा खोलेर पौडी खेल्दै ज्यानको बाजी लगाएर नदी तर्न बाध्य छन् ।” पौडीखेल्न नसक्ने म...
१५ वर्षीया किशोरीले गरिन १६ दिने शिशुको हत्या : गर्भधारण गराउने युवक मुस्ताङमा

१५ वर्षीया किशोरीले गरिन १६ दिने शिशुको हत्या : गर्भधारण गराउने युवक मुस्ताङमा

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेठ २६ गते । एक १५ वर्षीया किशोरीले १६ दिने नवजात शिशुको हत्या गरेको गरेकी छिन् । दाङमा सो किशोरीलाई गर्भधारण गर्भवती बनाउने युवन मुस्ताङ रहेको खुलेको छ । बुधबार राप्ती गाउँपालिका–३ निवासी १५ वर्षीया दलित समुदायकी अविवाहित एक किशोरीले आफ्नो १६ दिने शिशुलाई सेफ्टी टयाङ्घीमा फालेर हत्या गरेको घटना बाहिरिएको थियो । त्यसलगत्तै प्रहरी नियन्त्रणमा रहेकी किशोरीले आफुलाई गर्भधारण गराउने पुरुषका बारेमा बताएकी हुन् । उनले आफुलाई सोही वडाका स्थानीय युवक २२ वर्षीय विकास घर्तीमगरले गर्भधारण गराएको बताएकी छिन् । घर्तीमगर अहिले रोजगारीका सिलसिलामा मुस्ताङमा रहेको र उनलाई झिकाउने तयारी भैरहेको दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए । घरको आर्थिक अवस्था दयनीय रहेको र सुत्केरी अवस्थामा आवश्यक पौष्टिक आहरा नपाएका कारण किशोरीको स्वास्थ्य अवस्था कमजोर भएको छ । किशोरीलाई अहिले प्रहर...
ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु

ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु

Breaking News 3, समाचार
काठमाडौं, जेठ २६ गते । तेह्रथुममा ट्र्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । म्याङलुङ नगरपालिका–१ को भित्री सडकखण्डमा म्याङलुङबाट तमोर नदीतर्फ जाँदै गरेको प्रदेश१–०२–००३त ४९८ नंको ट्र्याक्टर गए राति आफैँ अनियन्त्रित भई सडकबाट करिब १०० मीटर तल झरी दुर्घटना भएको थियो । दुर्घटनामा ट्र्याक्टर चालक फेदाप गाउँपालिका–५ इसिबुका २६ वर्षीय रविन खापुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । रासस...
दाहसंस्कारमा गएका दुई युवाको डुबेर मृत्यु

दाहसंस्कारमा गएका दुई युवाको डुबेर मृत्यु

Breaking News 3, समाचार
काठमाडौं, जेठ २६ गते । बाँकेको राप्ती नदीमा दाहसंस्कारका लागि गएका दुई युवाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । हुम्ला सिमिकोट–८ घर भई हाल नेपालगञ्ज–१ धम्बोझीमा भाडामा बस्दै आएका १८ वर्षीय त्रिबल शाही र लेकराज छन्तेल आज बिहान राप्ती नदीमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार बुधबार घरबेटीको दाहसंस्कारमा गएका उनीहरू घर नफर्केपछि साँझ ६ बजे खोजतलास गर्दा नदीको छेउमा दुई जोर कपडा र एक थान मोबाइल फेला परेको थियो । पौडी खेल्ने क्रममा नदीमा बेपत्ता भएको आशङ्का गरिएको छ । बिहीबार बिहानै खोजतलासमा खटिएको प्रहरी टोलीले डुडुवा गाउँपालिका–४ स्थित सिधनियाघाट राप्ती नदीमा उनीहरूको शव फेला पारेको हो । हुम्लाबाट अध्ययनका लागि नेपालगञ्ज आएका उनीहरूले यसै वर्ष यहाँस्थित धम्बोझी माविबाट कक्षा १...
मेघ गर्जन र चट्याङसहित वर्षा

मेघ गर्जन र चट्याङसहित वर्षा

Breaking News 3, समाचार
काठमाडौं, जेठ २६ गते । नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भूभागमा स्थानीय वायुको प्रभावका साथै भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावका कारण अहिले प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहको छ । प्रदेश १ र मधेसका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ । राजधानी काठमाडौँ उपत्यकामा बिहानैदेखि हल्का वर्षा भइरहेको छ । उपत्यकामा पूर्ण रुपमा बदली छ । दिउँसो प्रदेश १, मधेश प्रदेस, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । का...
पोखरीमा डुबेर बालिकाको मृत्यु

पोखरीमा डुबेर बालिकाको मृत्यु

Breaking News 2, समाचार
काठमाडौं, जेठ २६ गते । महोत्तरीको जलेश्वर नगरपालिका–३ खैरा गाउँमा बुधबार साँझ पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय किशोर सदाकी छोरी ६ वर्षीया आँचल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । बालिकाको शव परीक्षणका लागि गए राति प्रादेशिक अस्पताल जलेश्वर लगिएको प्रहरीले जनाएको छ । रासस...
दुई करोडको अवैध सामान बरामद

दुई करोडको अवैध सामान बरामद

Breaking News 1, समाचार
काठमाडौं, जेठ २६ गते । पर्साका विभिन्न स्थानबाट प्रहरीले करिब रु दुई करोड बराबरको औषधि, लत्ताकपडालगायत सामग्री बरामद गरेको छ । प्रहरीले उक्त सामग्री बोकेको तीन ट्रक नियन्त्रणमा लिएको छ । ट्रक नियन्त्रणमा लिएर चालकलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिनुभयो । वीरगञ्ज महानगरपालिका–१० घण्टाघरबाट विभिन्न सामग्री बोकेको बा५ख ८६५८ र लु२ख ५३४९ नम्बरको ट्रक तथा वीरगञ्ज–८ माईस्थानबाट विभिन्न किसिमका औषधि, लत्ताकपडालगायत सामग्री बोकेको ना४ख ४३०१ नम्बरको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । रासस...