गाईघाटमा अन्तिम अवस्थामा चलेको कब्डी ४ को प्रदर्शन सन्तोष जनक
पूर्णपुष्टि, जेष्ठ २५
गाईघाटमा पनि सोमवार बाट कब्डी ४ प्रदर्शनमा आएको छ । नेपालभर १३ गते बाटै संञ्चालनमा आएको उक्त फिल्म प्राविधिक समस्याको कारण गाईघाटमा भने निकै ढिलो गरिकन चल्यो । गाईघाटमा फिल्मलाई कसरी चलाउने भन्ने टुंगो नलाग्दा समयमै प्रदर्शनमा ल्याउन नसकेको हल संचालक बताउँछ । फिल्मलाई समयमै ल्याएर चलाउन सकेको भए राम्रै हुने अनुमान संञ्चालक पक्षले गरे ।
फिल्म र निर्माता बिच फिक्समा चलाउने या प्रसेन्टेजको आधारमा चलाउने भन्ने कुरा टुंगो नलाग्दा फिल्म समयमै चलाउन नसकिएको सुभलक्ष्मी हल गाईघाटका म्यानेजर भिम प्रसाद पोखरेलले जनाए । पोखरेलले अहिले फिल्म निर्माता र हललाई आधा आधा हुनेगरी चलाईरहेको जनाए । गाईघाटमा कब्डी ४ समयमै चल्न नसकेकाले दर्शकहरुले बाहिर गएर भएपनि फिल्म हेरिसकेको जनाए ।
गाईघाटका दर्शकहरु लाहान, धरान इटहरी जस्ता सहरमा गएर फिल्म हेर्न भ्याईसकेको म्यानेजर पोखरेलले जनाए ।...








