Friday, August 7News That Matters

Month: ४ वर्ष अगाडि

गाईघाटमा सगरमाथा इन्स्योरेन्सद्धारा आगलागीले क्षती पुगेका सवारी धनी राईलाई ४० लाख वरावरको रकम हस्तान्तरण

गाईघाटमा सगरमाथा इन्स्योरेन्सद्धारा आगलागीले क्षती पुगेका सवारी धनी राईलाई ४० लाख वरावरको रकम हस्तान्तरण

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ २४ सगरमाथा इन्स्योरेन्स कम्पनी गाईघाट शाखाले आगोले जलेर क्षती पुगेको सवारीका धनिलाई ४० लाख बराबरको भुक्तानी प्रदान गरेको छ । मंगलबार गाईघाट स्थित सवारी धनी किसन राईको घरमै कम्पनीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो । कम्पनीले सवारी बिमा दावी भुक्तानी बापतको रकम प्रदान गरेको गाईघाट शाखा प्रमुख धन वहादुर कटुवाल (डिवी) ले जनाए । गएको माघ १९ गते राती १ बजेको समयतीर राईको गाडीमा आगोलागि पूर्ण क्षती पुगेका थिए । सोही क्षती वापतको रकम ४ महिना पछि कम्पनीले धनीलाई बुझाएको छ । त्रियुगा नगरपालिका ११ पुरानो सब्जी बजार स्थित किसन राईको करिब ५२ लाख बराबरको स्कारपियो जलेर नष्ट भएका थिए । स्कारपियो सँगै एउटा मोटरसाईकल समेत जलेर नष्ट भएका थिए । सवारी धनी राईले विमा वापतको रकम पाएकोमा खुसी व्यक्त गरेका छन् । उनले ढिलै भएपनि रकम प्रदान गरेर आफ्नो मन जित्न सकेको भन्दै सगरम...
कर्मचारी संगठनको प्रदेश १ मा काशीराज

कर्मचारी संगठनको प्रदेश १ मा काशीराज

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेठ २४ गते । नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठन प्रदेश १ को अध्यक्षमा मोरङ्गका काशीराज पराजुली निर्वाचितन भएका छन् । उदयपुरको सदरमुकाम गाईघाटमा २२ र २३ गते सम्पन्न पहिलो अधिवेशनको बन्दशत्रले पराजुलीको अध्यक्षतामा २६ सदस्य सर्वसहमत प्रदेश कमिटी चयन गरेको हो । संगठनको उपाध्यक्षमा उदयपुरका फडिन्द्र विश्वकर्मा, महिला उपाध्यक्षमा झापाकी भिमा भट्टराई रहेका छन् । त्यसैगरी महासचिबमा सुनसरीका रेवती पोखरेल, सचिवमा झापाका राजु गिरी, मोरङ्गका रमेश खतिवडा, ओखलढुंगाका प्रवल घिमिरे र कोषाध्यक्षमा झापाका ठमेन्द्र पौड्ेल सर्वसहमत चयन भए । त्यस्तै सदस्यहरुमा तारावीर खड्का, दुर्गाबहादुर थापा, चन्द्रप्रकाश पोखरेल, कृष्ण रुचाल, वेन्जना गुरुङ्ग, कल्याणी राई, पम्फा घले, महेश खनाल, निकेश भट्टराई, प्रदिप अधिकारी, टिकाराम सुनवार, डिल्ली नेपाल, प्रदिप चौलागाई, अनिल पोखरेल, शंकर आचार्य, राम...
दुना, टपरीबाट आम्दानी गर्दै डवरीका महिला

दुना, टपरीबाट आम्दानी गर्दै डवरीका महिला

Breaking News 3, समाचार
काठमाण्डौँ, जेष्ठ २४ वन–जङ्गलमा खेर जाने सालको पातबाट दुना, टपरी बनाउँदै आएका महिला निकै खुसी भएका छन् । घोराही उपमहानगरपालिका–१७ डवरीका महिलाले दुना, टपरी बनाएर बिक्री गरी राम्रो आम्दानी गर्दै आएका छन् । उनीहरुले तीन वर्ष अघिदेखि दुना, टपरी बनाएर बिक्रीमार्फत आम्दानी गर्न थालेका हुन् । त्रिशक्ति दुना, टपरी उद्योग स्थापना गर्दै सामूहिक रुपमा दुना तथा टपरी बनाउने काम गर्दे आएको समूहको अध्यक्ष उमा रावतले बताउनुभयो । विसं २०७४ मा इपिआरसी नेपालले गाउँका महिलालाई दुना, टपरी बनाउने तालिम दिएको थियो । तालिमपश्चात १० महिलाको समूह बनाएर काम थालेको अध्यक्ष रावतले बताउनुभयो । “तालिम सकिएसँगै महिलाले समूह गठन गर्दै दुना, टपरी उद्योग घरेलुमा दर्ता ग¥यौँ, उद्योग दर्तापछि घरेलु तथा साना उद्योगले ८० प्रतिशत अनुदानमा दुना, टपरी बनाउने मेसिन समूहलाई प्रदान गरेको थियो, सोहीबाट उत्पादन गर्दै आएको थिय...
जग्गा विवादमा कुटपिट हुँदा एकको मृत्यु

जग्गा विवादमा कुटपिट हुँदा एकको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, जेष्ठ २४ जग्गाको नाप नक्साको विषयमा कुटपिट हँुदा आदर्श कोतवाल गाउँपालिका–६ मा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा निवासी ६३ वर्षीय प्रभुप्रसाद कुसवाहा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । छिमेकी रामप्रवेश महतो र किशोरी कुसवाहाका परिवार तथा मृतकका परिवारबीच जग्गाको विषयमा झगडाले कुटपिटको रुप लिँदा रामप्रवेश पक्षधरले कुसवाहालाई कुटपिट गर्दा सख्त घाइते उनको वीरगञ्जस्थित नेशनल मेडिकल कालेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो । । कुटपिटमा सम्लग्न किशोरी र रामप्रवेशलाई पक्राउ गरी थप अनुसन्धान थालिएको उहाँले बताउनुभयो । मृतक कुसवाहा अवकाश प्राप्त रेन्जर हुन् । (रासस)...
एक हप्तादेखि हराएका बालकको शव फेला

एक हप्तादेखि हराएका बालकको शव फेला

Breaking News 3, समाचार
काठमाण्डौँ, जेष्ठ २४ धनुषामा एक हप्तादेखि हराइरहेका एक बालकको शव फेला परेको छ । बालकको शव धनुषा र महोत्तरीको सीमामा फेला परेको हो । एक साताअघि सर्लाहीको कबिलासी नगरपालिका–७ गैर बजार घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–८ मा छाप्रोमा बसिरहेका जियासरण बरहीका ६ वर्षीय छोरा राँकी बरही बेपत्ता भएका थिए । जनकपुरधाम–२२ र महोत्तरीको पिपरा गाउँपालिका–६ वसविट्टीस्थित दूधमती नदीको छेउको पानी भएको झाडीमा सोमबार राति बालकको शव फेला परेको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिनुभयो । बरहीको परिवार घुमन्ते जीवन बिताइरहेका थिए । बालकको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बालकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ । (रासस)...
कक्षा १२ को परिक्षामा एकजना नक्कली परीक्षार्थी पक्राउ

कक्षा १२ को परिक्षामा एकजना नक्कली परीक्षार्थी पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ २४ गते । जनकपुर उपमहानगरपालिका–४ स्थित मिथिला इन्स्टिच्यूट अफ टेक्नोलोजीमा सञ्चालन भइरहेको कक्षा १२ को अर्थशास्त्र विषयको परीक्षामा एकजना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । धनुषाको मिथिला नगरपालिका–३ बस्ने १९ वर्षीय कुलदीप महतो सोमबार बिहान पक्राउ परेका हुन् । धनुषाको मिथिला नगरपालिका–३ बस्ने नन्द किशोर महतोको ठाउँमा कुलदीपले परीक्षा दिइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट सक्कली प्रवेश पत्र र अर्थशास्त्र विषयको उत्तर पुस्तिकाको प्रतिलिपि बरामद गरेको छ ।...
छोरीले नै गरिन् बाबुमाथि बलात्कारको उजुरी

छोरीले नै गरिन् बाबुमाथि बलात्कारको उजुरी

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेठ २४ गते । आफ्नै छोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा लमजुङको राइनासबाट एकजना पुरुष पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय लमजङका निमित्त प्रहरी प्रमुख एवम् सूचना अधिकारी प्रहरी निरीक्षक जगदीश रेग्मीका अनुसार बालिका आफै प्रहरी कार्यालय आएर उजुरी दिएपछि उनका बाबुलाई पक्राउ गरेको हो । आइतबार बिहान ४ बजेतिर घरबाट पक्राउ गरिएका उनलाई लमजुङ जिल्ला अदालतबाट सोमबार सात दिनको म्याद थप गरी थप अनुसन्धान थालिएको रेग्मीले बताए । प्रहरीका अनुसार ४५ वर्षीय बाबुले आफ्नै १६ वर्षीया छोरीलाई घरमा कोही नभएको बेला जबर्जस्ती करणी गरेको आरोप लागेको छ । प्रहरीका अनुसार मद्यपान गरी स्थानीय चुनावका बेला र चुनावपछि समेत गरी आफूलाई दुईपटक करणी गरेको पीडितले बयान दिएकी छन् । प्रारम्भिक बयानकै क्रममा उनले दुईपटकसम्म करणी गरेको स्वीकार गरेको अनुसन्धानमा खटिएका एक प्रहरीले बताए ।...
जङ्गलमा एक पुरुष मृतावस्थामा फेला

जङ्गलमा एक पुरुष मृतावस्थामा फेला

Breaking News 3, समाचार
काठमाण्डौँ, जेष्ठ २४ दोलखाको भीमेश्वर नगरपालिका–२ को जङ्गलमा एक पुरुष मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार सोही वडा निवासी २८ वर्षीय बुद्धिमान तामाङको शव फेला परेको हो । मृतक तामाङ जेठ २१ गतेदेखि घरपरिवारबाट सम्पर्कविहीन तामाङको शव आज बिहान नजिकैको जङ्गलमा फेला परेको प्रहरीले जनाएको छ । मृतक तामाङको अनुहार तथा शरीरको विभिन्न भागमा चोटपटक देखिएकाले भिरबाट लडेर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनास्थलमा प्रहरीको टोली पुगी स्थलगत अध्ययन गरेको र थप अनुसन्धान भइरहेको कार्यालयका प्रहरी निरीक्षक राजेश सिग्देलले बताउनुभयो । मृतको शव हाल चरीकोटस्थित पशुपति स्मिृत अस्पतालमा राखिएको छ । (रासस)...
कटुवा पेस्तोल सहित १ जना पक्राउ

कटुवा पेस्तोल सहित १ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेष्ठ २४ सुनसरीको हरिनगरा गाउँपालिका४ स्थितबाट कटुवा पेस्तोल सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत अररिया बबुवान पन्चायत घोर्नाथानाका २७ बर्षीय ओम प्रकाश पाल रहेका छन । बिशेष सुचनाको आधारमा आज राती साढे १ बजे जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी निरीक्षकको टोलीले हरीनगरा ४ का डोमी मेहताको घरमा पाहुना आएका पालको द्यच् घढव् टडघछ नम्वरको मोटरसाईकलको डिकि भित्र प्लास्टिकमा बाँधी लुकाई राखेको कटुवा पेस्तोल १ थान र ३ राउण्ड गोली सहित बरामद गरेको हो । कटुवा पेस्तोल सहित पक्राउ परेका पालको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।...
लागुऔषध सहित ३ जना पक्राउ

लागुऔषध सहित ३ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेष्ठ २४ झापाको मेचीनगर नगरपालिका–६ स्थितबाट २ जना र सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थितबाट १ जना लागुऔषध सहित पक्राउ परेका छन । हिजो दिउँसो इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल आउदै गरेका मेचीनगर–७ का २५ बर्षीय अर्जुन बाँतर र मेचीनगर–६ का २५ बर्षीय दावा तामाङ १ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । त्यस्तै सुनसरीको अस्थायी प्रहरी चौकी नडाहाबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र–५ सिमरबनका ५९ बर्षीय रत्न माझीलाई १६३ ग्राम गाँजा सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्वन्धमा प्रहरीले थप अनुसन्धान गरी रहेको छ । (रासस)...