Friday, August 7News That Matters

Month: ४ वर्ष अगाडि

माइक्रोबस पल्टिदा महिलाको मृत्यु

माइक्रोबस पल्टिदा महिलाको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, जेष्ठ २४ रुपनी–राजविराज सडकखण्डअन्तर्गत सप्तरीको रायपुरस्थित पाँच किलोमा आज माइक्रोबस पल्टिदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपनी गाउँपालिका–१ रायपुर बस्ने ६५ वर्षीय तारावतीदेवी यादव रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । दुर्घटनामा गम्भीर घाइते भएकी तारावतीको उपचारको लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सो दुर्घटनामा परी केही व्यक्ति घाइते भएका छन् । उनीहरुको रायपुरस्थित युनिक अस्पतालमा उपचारको लागि भर्ना गरिएको प्रहरीले जनाएको छ । लहानबाट राजविराजतर्फ आउँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०२७७ नम्बरको मोइक्रोबस तीव्र गतिका कारण दुर्घटनामा परेको जनाइएको छ । (रासस)...
४ दिनदेखि हराएकी बालिको शव मकैबारीमा भेटियो

४ दिनदेखि हराएकी बालिको शव मकैबारीमा भेटियो

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेठ २४ गते । चार दिनदेखि हराइरहेकी एक बालिकाको शव मकैबारीमा फेला परेको छ । सुर्खेतको गुर्भाको नगरपालिका–५ की सात वर्षीया गृष्मा विकको शव घर नजिकैको मकैबारीमा फेला परेको हो । शुक्रबारदेखि नै हराएकी गृष्माको शव मंगलबार बिहान घरदेखि पाँच सय मिटर तल मकैबारीमा भेटिएको प्रहरीले जनाएको छ । बालिकको शव मकैबारीमा देखेपछि स्थानीवासीले प्रहरीलाई खबर गरेका थिए । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले अनुसन्धानका लागि सोही ठाउँका एक जना २० वर्षीय युवकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालसहितको सुरक्षा निकायको टिम पनि घटनास्थलमा पुगेको छ । घटनाबारे थप अनुसन्धान भयरहेको प्रहरीको भनाइ छ । गुर्भाकोट नगरपालिका–५ का वडाध्यक्ष लालबहादुर पुनका अनुसार गृष्मा आफ्नी हजुरआमासँग बस्दै आएकी थिइन् । बालिकाको बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका गरिएको छ । उनका...
बालेन  शाहको निर्णयलाई उयदपुरबाट पनि समर्थन, बेलकाको रंगमहल होटलले  प्रयोगमा ल्यायो शार्वाजानिक शौचालय

बालेन शाहको निर्णयलाई उयदपुरबाट पनि समर्थन, बेलकाको रंगमहल होटलले प्रयोगमा ल्यायो शार्वाजानिक शौचालय

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ २४ बालने साहाको राम्रो कार्यलाई समर्थन गर्ने भन्दै उदयपुरको एक होटलले आफुले प्रयोग गर्ने शौचालयलाई सार्वजानिक शौचालयको रुपमा प्रयोग गर्ने भएको छ । उदयपुरको बेलका नगरपालिका ६ मा रहेको रंगमहल होटलले आफ्नो शौचालयलाई सार्वाजानिक रुपमा प्रयोग गर्न दिने जनाए । काठमाण्डौँ महानगरपालिकाले बैशाख ३० गते बसेको कार्यापालिकाको पहिलो बैठकले यस्तो निर्णय गरेका थिए । उक्त महानगरमा युवा नेतृत्व वालेन साहा निर्वाचित भए सँगै काठमाण्डौँको सरसफाई र फोहोर व्यवस्थापनको बिषयमा केन्द्रीय रहेर बैठक वसिएको थियो । मेयर साहाको निर्णयलाई पास गर्दै सार्वजानिक स्थलमा रहने होटल, रेष्टुरेन्ट, पेट्रोल पम्प लगायतको शौचालयलाई सार्वजानिक शौचालयको रुपमा प्रयोग गर्न सकिने कुरा रेष्टुरेन्ट, चेन होटल व्यवसायीसँगको कुराकानीका क्रममा कुराकानी भएका थिए । सोही निर्णयलाई देशैभरबाट समर्थन गर्दै आईरेहको छ । यसै शिल...
नेपालगञ्जको सात क्यासिनोमा छापा, छ जना पक्राउ

नेपालगञ्जको सात क्यासिनोमा छापा, छ जना पक्राउ

Breaking News 2, समाचार
काठमाण्डौँ, जेष्ठ २४ प्रहरीले एकैपटक नेपालगञ्जका सात क्यासिनोमा छापा मारेको छ । क्यासिनोमा नेपालीका लागि प्रवेश निषेध गरे पनि क्यासिनोमा प्रवशे गरी जुवा खेलाउने कार्य भएको उजुरी आएकाले छापा हानिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । प्रहरीले क्यासिनोमा छापा मार्दा नेपालगञ्जस्थित धम्बोझी चोक नजिक रहेको होटल सिटी प्यालेसभित्र सञ्चालनमा रहेको सिटीइ गेमिङ क्लब क्यासिनोबाट पुनः छ जना नेपालीलाई पक्राउ गरिएको उहाँले बताउनुभयो । उनीहरूलाई कानुनअनुसार कारबाही हुने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । यसअघि पनि आइतबार होटल सिटी प्यालेसभित्र सञ्चालित सिटीइ गेमिङ क्लब क्यासिनोबाट नेपालगञ्जका सात नेपाली युवालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । नेपालको कुनै पनि क्यासिनोमा विद...
चट्याङले लागेर एकको मृत्यु

चट्याङले लागेर एकको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, जेष्ठ २४ मकवानपुरको मनहरी गाउँपालिका–६ हिलेदमारमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३७ वर्षीया जमुनामाया मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो । प्रनाउ कार्कीका अनुसार सोमबार साँझ साढे ६ बजेको समयमा वर्षासँगै आएको चट्याङ लागेर मोक्तानको घटनास्थलमै मृत्यु भएको हो । उनको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा राखिएको जनाइएको छ । (रासस)...
सामुदायिक विद्यालयलाई विद्यार्थीबाट शुल्क नलिन अन्तरिम आदेश

सामुदायिक विद्यालयलाई विद्यार्थीबाट शुल्क नलिन अन्तरिम आदेश

Breaking News 1, समाचार
काठमाण्डौँ, जेष्ठ २४ उच्च अदालत सुर्खेतले सामुदायिक विद्यालयमा भर्ना गर्दा विद्यार्थीहरुबाट अनिवार्य शुल्क नलिन अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालतका न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र पुनमसिंह चन्दको संयुक्त इजलासले निवेदनको अन्तिम टुङ्गो नलागेसम्म समाजसेवी, दान दातव्य दिई धर्म गर्न चाहने स्थानीयवासी, बक्सिस, पुरस्कारलगायत रकमबाहेक विद्यार्थीबाट शुल्क नलिन आदेश दिएको हो । अदालतले वैशाख २३ गते अन्तरकालीन अन्तरिम आदेश जारी गर्दै अन्तरिम आदेशका लागि छलफल गर्न दुवै पक्षलाई जेठ १० गते बोलाएको थियो । दुवै पक्षको बहस सुनेपछि सोमबार अदालतले विद्यार्थीबाट कुनै प्रकारका शुल्क नलिन आदेश सुनाएको हो । आदेशमा भनिएको छ, “आमनेपाली नागरिकका सन्तानले आठ कक्षासम्म अनिवार्य निःशुल्क पढ्नु पढाउनुपर्ने र कक्षा नौदेखि १२ सम्म निःशुल्क पढ्न पाउने हक सुनिश्चित हुनुपर्ने विषयलाई नजरअन्दाज गर्न मिल्दैन ।” ...
सामूहिक बलात्कारको आरोपमा सात पक्राउ

सामूहिक बलात्कारको आरोपमा सात पक्राउ

Breaking News 3, समाचार
  काठमाडौं, जेठ २३ गते । बाँकेमा १६ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा सात जना पक्राउ परेका छन् । सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा वैजनाथ गाउँपालिकाका सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधसुदन न्यौपानेले जानकारी दिनुभयो । फेसबुकमार्फत चिनजान भएका १७ वर्षका हेमराज थारुले आफ्नो जन्म दिन मनाउन भन्दै भेट्न बोलाएपछि आएकी किशोरीलाई हेमराजलगायत सात जनाले सामूहिक बलात्कार गरेकोे प्रहरीले जनाएको छ । किशोरीलाई सुरुमा बाँके–बर्दियाको सिमाना मानखोलाको जङ्गल र त्यसपछि वैजनाथस्थित एक टहरामा लगेर बलात्कार गरेको बताइएको छ । मानखोलाको जङ्गलमा पाँच जना र टहरामा लगेर दुई जनाले बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरीले हेमराज, निराजन थारु, विक्रान्त थारु, प्रवीण थारु, राजकुमार थारु, विश्वनाथ थारु र निर्देश थारुलाई विभिन्न ठाउँबाट पक्राउ ग...
लोहोरो प्रहार गरी श्रीमान्को हत्या

लोहोरो प्रहार गरी श्रीमान्को हत्या

Breaking News 3, समाचार
काठमाडौं, जेठ २३ गते । दाङमा एक महिलाले श्रीमान्को हत्या गरेकी छिन् । अचार पिस्ने ‘लोहोरो’ प्रहार गरी घोराही उपमहानगरपालिका–१४ मा कोठा भाडा लिएर बस्ने भारत बलरामपुर घर भएकी ३७ वर्षीया गायत्री नेपालीले ३३ वर्षीय श्रीमान् पङ्कज गुप्ताको हत्या गरेको प्रहरीले जनाएको छ । आज बिहान उनले लोहोरो प्रहार गर्दा गुप्ताको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । हत्याको आरोेपमा प्रहरीले गायत्रीलाई पक्राउ गरी अनुसन्धान थालेको छ । श्रीमान्ले रक्सी खाएर आफूलाई कुटपिट गरेपछि त्यसको प्रतिकार गर्न खोज्दा यस्तो घटना भएको श्रीमतीले प्रहरीसमक्ष बयान दिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताउनुभयो । रासस...
झापामा करेन्ट लागेर एकको मृत्यु

झापामा करेन्ट लागेर एकको मृत्यु

Breaking News 2, समाचार
काठमाडौं,जेठ २३ गते । झापाको गौरीगञ्ज गाउँपालिका–५ फत्तेपुर बस्ने १७ वर्षीय रोहितसिंह गनगाईको करेन्ट लागेर आज मृत्यु भएको छ । छिमेकीको विवाहमा जेनेरटरको तार खोल्ने क्रममा करेन्ट लागेर गनगाई घाइते भएका थिए । घाइते उनलाई उपचारका लागि दमकस्थित आम्दा अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिनुभयो । रासस...
आईतबार बिदा दिने निर्णय खारेज

आईतबार बिदा दिने निर्णय खारेज

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ २३ सरकारले आईतबारको विदालाई ख्यारेज गरेको छ । वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले इन्धन खपत कम गर्न भन्दै हप्तामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो । उक्त निर्णय जेठ १ गतेदेखि कार्यान्वयनमा आएको थियो । तर हप्तामा दुई दिन बिदा दिने निर्णय व्यवहारिक नभएको भन्दै विभिन्न पक्षबाट आलोचना भइरहेको थियो । त्यस्तै संघीय सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय कार्यान्वयन गरे पनि स्थानीय तहहरूले भने अवज्ञा गर्दै आएका थिए । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले आइतबारको बिदा खारेज गर्ने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले जानकारी दिए । उक्त निर्णय आगामी असार १ गतेदेखि लागू हुने श्रेष्गले बताए ।...