Friday, August 7News That Matters

Month: ४ वर्ष अगाडि

यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

Breaking News 2, समाचार
काठमाडौँ, जेष्ठ २३ हाल नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव तथा पश्चिमी भूभागमा स्थानीय वायुको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले प्रदेश १, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बली भई प्रदेश १, बागमती र गण्डकी प्रदेशको केही स्थानमा वर्षा भइरहेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकाको आकाश बिहानैदेखि बदली छ, कतिपय क्षेत्रमा हल्का वर्षा भइरहेको छ । दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश १, बागमती र गण्डकी प्रदेशको केही स्थानमा तथा मधेस प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहने महाशाखाले जनाएको छ । रासस...
चार दिन पश्चात नेपाल आइपुग्ने मनसुन

चार दिन पश्चात नेपाल आइपुग्ने मनसुन

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेठ २२ गते । नेपालमा चार दिनपछि मनसुन प्रवेश गर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपालमा अहिले मनसुन प्रवेश नभए पनि मनसुनी गतिविधिको प्रभावले बदली र वर्षा भइरहेको छ । अबको दुई÷चार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्ने विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् हिरा भट्टराईका अनुसार अबको केही दिनभित्रै देशको पूर्वी भेगको मेची अञ्चल आसपास क्षेत्रबाट मनसुन सुरु हुनेछ । ‘अहिले प्रि–मनसुन र मनसुनको सुरुआती चरणको ट्रान्जिसन फेजमा रहेको छ, अबको दुई÷चार दिनभित्रै नेपालमा मनसुन भित्रिनेछ,’ उनले भने । प्रदेश नम्बर १, मधेस र बागमती प्रदेशका कतिपय स्थानमा आज र भोलि वर्षा भए पनि पश्चिमी भेगमा भने वर्षाको सम्भावना नदेखिएको मौसमविद् भट्टराईले बताए । देशको पूर्वी भेगबाट मनसुन प्रवेश गरी क्रमशः पश्चिमतर्फ विस्तार हुन्छ। जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधि...
चर्चाको केन्द्रमा निजगढ : वातावरण कि विकास !

चर्चाको केन्द्रमा निजगढ : वातावरण कि विकास !

Breaking News 3, समाचार
काठमाण्डौँ, जेष्ठ २२ झण्डै २८ वर्षदेखि सर्वाधिक चर्चामा रहेको राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया त सुरु भयो तर, विवादरहित हुन भने सकेन । वातावरणको विषयलाई लिएर करिब तीन वर्षदेखि मुद्दा मामिलामा अल्झिएको उक्त आयोजनालाई हालै सर्वोच्च अदालतको आदेशले निर्माण प्रक्रिया अघि नबढाउन भनेपछि यो विषय थप तरङ्गित भएको छ । सर्वोच्च अदालतको पूर्ण फैसला आइसकेको छैन । विमानस्थल निर्माणलाई लिएर वातावरण कि विकास भन्ने बहस चुलिएको छ । देशको अर्थतन्त्रको विकासका लागि महत्वपूर्ण आधारका रुपमा लिइएको निजगढ आयोजनालाई अघि बढाउने सरकारको योजना छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहतको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले यो आयोजनालाई अघि बढाउने लक्ष्यसहित छलफल चलाइरहेको छ । सरकारले पनि राष्ट्रिय महत्वको आर्थिक विकासमा दुरगामी असर पार्ने आय...
विश्व वातावरण दिवसमा मेची क्याम्पसमा मिनी म्याराथोन र वृक्षारोपण

विश्व वातावरण दिवसमा मेची क्याम्पसमा मिनी म्याराथोन र वृक्षारोपण

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेठ २२ गते । झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको वातावरण विज्ञान विद्यार्थी समाजले आज मिनी म्याराथन (सडक दौड) र वृक्षारोपण गरेको छ । विश्व वातावरण दिवसको अवसरमा समाजले मिनी म्याराथन र वृक्षारोपण गरेको हो । क्याम्पस परिसरबाट शुरु भएको पाँच किलोमिटर लामो मिनी म्याराथन क्याम्पसमोड–सगरमाथाचोक–संगमचोक–जनताचोक–गणेश मन्दिर–मेची अस्पताल हुँदै पुनः मेची क्याम्पस पुगेर सम्पन्न भएको थियो । म्याराथनमा करिब एक सय जनाले सहभागिता जनाएका थिए । मिनी म्याराथनमा पुरुषतर्फ माने हास्दा प्रथम, विवेक रिजाल द्वितीय, लक्ष्मीप्रसाद रिजाल तृतीय भए भने महिलातर्फ सुस्मिता राई प्रथम, समीक्षा यादव द्वितीय र नमुना आङ्बो लिम्बू तृतीय हुनुभयो । त्यस्तै, क्याम्पस परिसरमा विभिन्न प्रजातिका २५० थान बिरुवा रोपिएको छ । कार्यक्रमका प्रमुख अतिथि भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले म्याराथनको उद्घा...
दुर्घटनामा घाइते भएका राप्रपा नेता श्रेष्ठको उपचारको क्रममा मृत्यु

दुर्घटनामा घाइते भएका राप्रपा नेता श्रेष्ठको उपचारको क्रममा मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, जेष्ठ २२ मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता जीवनकुमार श्रेष्ठको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारस्थित आफ्नै घर अगाडि शुक्रबार प्रदेश १–०५–००१ प ६८३७ नं को मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । नेता श्रेष्ठको उपचारका क्रममा आज काठमाडौँस्थित न्यूरो अस्पताल बाँसबारीमा ५८ वर्षको उमेरमा मृत्यु भएको हो । मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएपछि हेलिकोप्टर चार्टर गरेर शुक्रबार नै अस्पताल पु¥याइएका नेता श्रेष्ठलाई अस्पतालले तीन दिनपछि आज मृत घोषणा गरेको राप्रपाका केन्द्रीय सदस्य रवीन चाम्लिङले जानकारी दिनुभयो । अस्पतालले नेता श्रेष्ठलाई मृत घोषणा गरेपछि आजै काठमाडौँस्थित पशुपति आर्यघाटमा लगेर दाहसंस्कार गर्ने तयारी गरिएको पारिवारिक स्रोतले जनाएको छ । नेता श...
त्रियुगामा बाँध पुनःनिर्माण नहुँदा गाईघाट बजार उच्च जोखिममा

त्रियुगामा बाँध पुनःनिर्माण नहुँदा गाईघाट बजार उच्च जोखिममा

Breaking News 1, समाचार
काठमाण्डौँ, जेष्ठ २२ उदयपुरको त्रियुगा नगरपालिका–११ बरुवा नदीस्थित ढिम्कीको तटबन्धन समयमा पुनःनिर्माण नहुँदा गाईघाट बजार उच्च जोखिममा परेको छ । मर्मतसमेत नहुँदा वर्षायाम सुरु भएसँगै दैनिक वर्षाको कारण नदीको बहाव बढ्दै जान थालेपछि जिल्लाको सदरमुकाम गाईघाट बजारसहित आसपासका क्षेत्र उच्च जोखिममा परेको हो । त्रियुगा–११ नंवर वडास्थित शिवालय टोल, साकेला टोल, ढिम्कीसहित आसपासका बस्ती क्षेत्रमा निर्माण गरिएको पुराना र कच्ची तटबन्धन तथा बाँध बर्षाको कारण भत्कन थालेको छ । अहिलेसम्म पनि यीनको मर्मत तथा पुनःनिर्माणमा कसैले चासो देखाएको पाइदैन । वर्षायाम सुरु भएसँगै दैनिक वर्षाको कारण बरुवा नदीको बहाव निरन्तर बढ्न थालेपछि पुराना कच्ची बाँध तथा तटबन्धन भत्कने खतरा बढ्दै गएको कारण यस क्षेत्र आसपासका स्थानीय चिन्तित भएको ढिम्कीका जगत कार्की बताउनुहुन्छ । “तटबन्धन पुनःनिर्माण नै गर्नुपर्ने हो, तर मर्...
चितवनमा एक वर्षमा जङ्गली जनावरको आक्रमणमा २२ जनाको मृत्यु

चितवनमा एक वर्षमा जङ्गली जनावरको आक्रमणमा २२ जनाको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, जेष्ठ २२ चितवन राष्ट्रिय निकुञ्ज र आसपासका मध्यवर्ती क्षेत्रमा घाँस दाउरा गर्न तथा बस्तु चराउन गएका २२ जनाको जङ्गली जनावरको आक्रमणबाट मृत्यु गएको छ । चालू आर्थिक वर्षमा निकुञ्ज सुरक्षामा खटिँदा, घाँस दाउरा गर्न जाँदा, पूजा गर्न जाँदा, पर्व मनाएर घर फर्कदै गर्दा जङ्गली जनावरको आक्रमणमा परी विभिन्न समयमा उनीहरुको मृत्यु भएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालू आर्थिक वर्षमा सबैभन्दा बढी बाघको आक्रमणबाट मानवीय क्षति भएको छ । बाघको आक्रमणबाट १३ जनाको मृत्यु भएको छ । यस्तै गैँडाको आक्रमणबाट छ र जङ्गली हात्तीको आक्रमणबाट तीन जनाको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा जङ्गली जनावरको आक्रमणमा परी १२ जनाको मृत्यु भएको थियो । त्यसमध्ये गैँडाको आक्रमणमा चार, बाघको आक्रमणमा चार, जङ्गली हात्तीको आक्रमणमा दुई, गौरी गाईको आक्रमणमा एक र बँद...
सार्वजनिक ऋणको भार १८ खर्ब ४८ अर्ब, वित्तीय व्यवस्थाको हिस्सा बढ्दै

सार्वजनिक ऋणको भार १८ खर्ब ४८ अर्ब, वित्तीय व्यवस्थाको हिस्सा बढ्दै

Breaking News 3, आर्थिक, समाचार
काठमाण्डौँ, जेष्ठ २२ तपाईको टाउकामा ऋणको भार कति छ ? उत्तर पनि तपाईसँगै छ । व्यक्तिगत कारोबारका लागि लिइएको ऋणको हिसाब व्यक्तिगतरुपमा नै हुन्छ । त्यसको जिम्मेवार पनि तपाई नै हो । तर, देशले लिएको ऋण तपाई हामी सबैको गन्तीमा हिसाब गर्दा के कति पुग्यो होला रु आम मानिसको चासो स्वभाविकरुपमा रहन सक्छ नै । सरकारले सार्वजनिक गरेको पछिल्लो विवरणानुसार हरेक नेपालीको टाउकामा रु ६३ हजार ३१० बराबरको ऋणको भार परेको छ । अर्थमन्त्री जनार्दन शर्माले यही जेठ १४ गते प्रतिनिधिसभामा पेश गर्नुभएको आर्थिक सर्वेक्षणअनुसार नेपालको कूल सार्वजनिक ऋण रु १८ खर्ब ४८ अर्ब १९ करोड बराबर पुगेको छ । यो नेपाली जनताले तिर्नुपर्ने ऋण भने होइन । तर, सरकारले तिर्ने ऋण भने अवश्य नै हो । आर्थिक सर्वेक्षण २०७८र७९ अनुसार गत फागुन मसान्तसम्म सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब १९ करोड पुगेको हो । कूल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋणको मा...
नेपाल बार एशोसियसन उदयपुरको अध्यक्षमा निरौला

नेपाल बार एशोसियसन उदयपुरको अध्यक्षमा निरौला

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ २२ गते । नेपाल बार एशोसियसन उदयपुर ईकाईको १६ औँ अधिवेशन र २७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । अधिवेशनले नयाँ कार्यासमितिका पदाधिकारीहरु निरविरोध निर्वाचित गरेको छ । उदयपुर बार ईकाईको अध्यक्ष पदमा मोहनकुमार निरौला निर्वाचित भएको हो । यता उपाध्यक्षमा भक्तबहादुर दनुवार, सचिवमा सुमित्रा कोईराला र कोषाअध्यक्षमा दिपक बस्नेत निर्वाचित भएका छन् । सदस्यहरुमा दुर्गाकृष्णन पाखरेल, लक्ष्मी नारायण चौधरी, केदारबहादुर कटुवाल,कञ्चन श्रेष्ठ र कृष्णबहादुर खत्री निर्वाचित भएका हुन् । पार्षद सदस्यमा कृषण बहादुर बस्नेत, गणेश प्रसाद दाहाल र ब्रहमदेव चौधरी चयण भएको छ ।...
सुनको मूल्य प्रतितोला रु ९७ हजार ९००

सुनको मूल्य प्रतितोला रु ९७ हजार ९००

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेठ २२ गते । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार ९०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९८ हजार ५०० मा कारोबार भएको पहेंलो धातु आज प्रतितोला रु ६०० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ४०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९८ हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार २७५ तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८५१ डलर आसपास कारोबार भइरहेको छ ।...