Friday, August 7News That Matters

Month: ४ वर्ष अगाडि

सम्बन्धविच्छेदले बढ्दैछ ‘बालश्रम’

सम्बन्धविच्छेदले बढ्दैछ ‘बालश्रम’

Breaking News 3, समाचार
काठमाण्डौँ, जेष्ठ २२ श्रीमान्–श्रीमतीबीचको मनमुटाव तथा अन्तरकलहका कारण हुने सम्बन्धविच्छेदले बालश्रमको समस्या बढ्न थालेको छ । बाबुआमाबीच बिग्रेको सम्बन्धको प्रत्यक्ष असर बालबालिकामा पर्ने देखिएको छ । बाबुआमाको साथ टुटेपछि जीवन गुजारा गर्न उनीहरु श्रम गर्न बाध्य हुने गरेका छन् भने अर्कातिर बालापनमा बाबुआमाको मायाको अभावमा उनीहरु गलत सङ्गतमा समेत लाग्ने गरेका छन् । खास गरेर समाज हुने व्यथितिले बालश्रमलाई प्रशय दिँदा त्यसको शिकार बालबालिका हुने गरेका छन् । सामाजिक सञ्जाललगायतका प्राविधिको गलत प्रयोगका कारण पनि अधिकांशको पारिवारिक सम्बन्धमा दरार सिर्जना भएको देखिन्छ । बाबुआमा एकापसमा अलग भएपछि बाबुले कान्छी आमा ल्याउने, आमा अरुसँग विवाह गरेर जानुले पनि कतिपय बालबालिका साहाराविहीन बन्न पुगेका छन् । अभिभावकले गर्ने गलत व्यवहार र क्रियाकलापले कलिलो मस्तिष्कमा नकारात्मक धारणाकोसमेत विकास हुन...
चार देशीय ‘पोखरा आर्ट क्याम्प’ हुने

चार देशीय ‘पोखरा आर्ट क्याम्प’ हुने

Breaking News 3, मनोरञ्जन, समाचार
काठमाण्डौँ, जेष्ठ २२ चार देशका कलाकारहरूको सहभागितामा पोखरामा बृहत् आर्ट क्याम्प आयोजना गरिने भएको छ ।गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा आगामी भदौ ३१ देखि असोज ४ गतेसम्म हुने ‘पोखरा आर्ट क्याम्प’मा नेपालसहित भारत, बङ्गलादेश र इरानका झण्डै १०० कलाकारको सहभागिता रहने आयोजक अन्तर्राष्ट्रिय जलरङ समाज ९आइडब्लुएस० नेपालले जनाएको छ । कोभिड–१९ सङ्क्रमणका कारण ललितकलाका गतिविधि भर्चुअलमा सीमित भइरहेको सन्दर्भमा सङ्क्रमण न्यून भएसँगै उक्त कार्यक्रम भौतिक उपस्थिति गर्न लागिएको हो । महामारीले पर्यटनसहित ललितकलाका कार्यक्रमसमेत नराम्ररी प्रभावित भएको थियो । यसका कारण कला पर्यटन ठप्प हुन पुगेको थियो । अब भने विस्तारै कला पर्यटन प्रवद्र्धन गर्दै कलामार्फत नेपालको पहिचान विश्वव्यापीरूपमा पु¥याउने प्रयास थालिएको शनिबार साँझ आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका संयोजक आइडब्लुएस नेपालका अध्यक्...
यात्रुबाहक बस खोलामा खस्दा नौ जनाको मृत्यु

यात्रुबाहक बस खोलामा खस्दा नौ जनाको मृत्यु

Breaking News 2, समाचार
काठमाण्डौँ, जेष्ठ २२ भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा यात्रुबाहक बस खस्दा नौ जनाको मृत्यु भएको छ भने १६ जना गम्भीर घाइते भएका छन् । ट्राफिक प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नंको बस आज बिहान करिब पौने ५ बजे रोहिणी पुलबाट खोलामा खसेको हो । चौतीस जना यात्रु सवार बस खोलामा खस्दा घाइते भएकाहरूको भैरहवास्थित मेडिकल कलेज र भीम अस्पताल भैरहवामा मृत्यु भएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो । (रासस)...
गाडीको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

गाडीको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, जेष्ठ २२ पनौती–बनेपा सडकखण्डअन्तर्गत पनौती नगरपालिका–५ आइटी पार्क नजिकै गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएकोे छ । शनिबार राति पनौतीबाट बनेपातर्फ आउँदै गरेको बा७३प ७५०२ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक नारायण थापाले बताउनुभयो । उहाँका अनुसार मृत्यु हुनेमा सिन्धुपाल्चोक जिल्ला बलेफी गाउँपालिका–६ बस्ने अन्दाजी वर्ष २८ का फुलकाजी तामाङ छन् । घटनापश्चात उपचारका लागि धुलिखेल अस्पताल लैजाँदै गर्दा उनीको बाटोमै मृत्यु भएको र शव अस्पतालमै रहेको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक थापाका अनुसार ठक्कर दिएर फरार रहेको सवारीसाधनको खोजी भइरहेको छ । (रासस)...
नवजात शिशुको मृत्यु पश्चात कोशी अस्पताल तनावग्रस्त

नवजात शिशुको मृत्यु पश्चात कोशी अस्पताल तनावग्रस्त

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ २२ गते । कोशी अस्पतालमा नवजात शिशुको मृत्यु पश्चात अस्प्ताल तनावग्रस्त बनेको छ । मोरङको बेलबारी–७ निवासी २४ वर्षीया स्वितमा प्रधानको नवजात शिशुको गए राति मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको हो । प्रधानले शुक्रबार राति ८ बजे छोरीलाई जन्म दिएकी थिइन् । डेलिभरी नर्मल थियो । डेलिभरीपछि नवजाजत शिशुको मुखमा दिशा परेको भन्दै उपचार गर्न लगियो । तर, राति ११ बजे भने शिशुको मृत्यु भएको खबर आयो । प्रधानका श्रीमान् दीपेन्द्र श्रेष्ठका अनुसार डिस्चार्ज पेपरमा ‘स्टील बर्थ’ भनेर लेखिएको थियो । ‘स्टील बर्थ’ अर्थात मरेको बच्चा जन्मिएको हो । डिस्चार्ज पेपरमा मरेको बच्चा जन्मिएको कसरी लेखियो भनेर बुझ्न खोज्दा चिकित्सक र अस्पताल प्रशासनसँग भेट्न नपाएको उनीहरूको भनाइ छ ।...
उदयपुरमा करेन्ट लागेर एकको मृत्यु

उदयपुरमा करेन्ट लागेर एकको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेठ २२ गते । उदयपुरमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । जिल्लाको चौदण्डीगढी नगरपालिका–४ बसाहा स्थित घुम्तेली टोलका स्थानीय ४७ वर्षीय धनकुमार राईको शनिवार रातीको करिब ९ बजे करेन्ट लागेर ज्यान गएको हो । घरमा भएको विद्युतीय तार हटाँउन खोज्दा एक्कासी करेन्ट लागि घाईते भएको राईलाई उपचारको लागि बेल्टार स्थित चौदण्डीगढी अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको चिकित्सकले घोषणा गरेको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक डम्बर विश्वकर्माले बताए । आफ्नै निर्माणाधीन नयाँ घरको लागि मिस्त्रीहरुले बेलुका काम गरेर त्यतिकै छाडेको वायरिङको तार हटाउँने क्रममा करेन्ट लागेको प्रहरीले जनाएको छ ।...
नौ खर्ब ८४ अर्ब खर्च हुँदा पूँजीगत खर्च ३४ प्रतिशत मात्र

नौ खर्ब ८४ अर्ब खर्च हुँदा पूँजीगत खर्च ३४ प्रतिशत मात्र

Breaking News 3, समाचार
काठमाण्डौँ, जेष्ठ २१ हरेक वर्ष सरकारले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दा पूँजीगत खर्च बढाउने विषयलाई प्राथमिकतामा राखेको हुन्छ । विशेषगरी बजेट बनाउने अर्थ मन्त्रालयको हरेक दिनकै चासो विकास निर्माणको काम प्रभावकारी होओस् भन्ने नै रहन्छ । सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवलाई बोलाएर नियमित बैठक एवं छलफल पनि हुन्छ । समस्याको पहिचान र समाधानका उपाय पनि खोजिन्छ । तर अवस्था जहिल्यै त्यही । नेपालको विकास निर्माणको कामले गति लिन नसकेकामा सरकारी, गैरसरकारी निकाय तथा सम्वद्ध सरोकारवालाको ध्यान पनि आकर्षित भएकै छ । तर अवस्था जहिल्यै त्यही रहने प्रवृत्ति देखिँदै आएको छ । सरकारले राष्ट्रिय गौरव, रणनीतिक महत्वका राष्ट्रिय प्राथमिकता प्राप्तदेखि ‘गेम चेञ्जर’ परियोजनाको रूपमा धेरै आयोजनाको सूचीकरण पनि गरेको छ । संसदीय समितिहरूले पनि यसमा नियमित चासो व्यक्त गरिरहेकै छन् । सरकारलाई आवश्यक ...
सामुदायिक वनमा वनफल टिप्न रुख चढेका बालकको लडेर मृत्यु

सामुदायिक वनमा वनफल टिप्न रुख चढेका बालकको लडेर मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, जेष्ठ २१ धनगढी उपमहानगरपालिका–७ देवरिया सामुदायिक वनमा रुखबाट लडेर एक जना बालकको आज मृत्यु भएको छ । सामुदायिक वनमा वनफल (कुसुम) टिप्न रुख चढेका सोही ठाउँका श्यामलाल चौधरीका १४ वर्षीय छोरा विवेक चौधरीको रुखबाट लडेर मृत्यु जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिनुभयो । रुखबाट लडेर घाइते भएका चौधरीको धनगढीस्थित नवजीवन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रानउ जोशीले बताउनुभयो । यस्तै मृतक चौधरीसँगै लडेर घाइते भएका १८ वर्षीय भाष्कर जोशीको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको जनाइएको छ । (रासस)...
ट्रकको ठक्करबाट अटो चालकको मृत्यु

ट्रकको ठक्करबाट अटो चालकको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, जेष्ठ २१ धादिङको थाक्रे गाउँपालिका–१ सिम्लेमा ट्रकले अटोलाई ठक्कर दिँदा आज अटो चालकको मृत्यु भएको छ । काठमाडौँबाट गजुरीतर्फ आउँदै गरेको ना६ख १२७२ नंको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश०३–००१ह १८१७ नंको अटोलाई ठक्कर दिँदा अटो चालक नीलकण्ठ नगरपालिका–५ खाल्टे घर भई बेलकोटगढी निवासी ३५ वर्षीय कमल श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । दुर्घटनापछि राजमार्ग अवरुद्ध भएको छ । पीडित पक्षले क्षतिपूर्ति र ट्रक चालकलाई कारबाहीको माग गर्दै सिम्लेमा पृथ्वी राजमार्ग अवरुद्ध गरिरहेका हुन् । (रासस)...
उदयपुरका पाँच खेलाडी प्लानिङ ब्वाइज ‘बी’ डिभिजनमा बढुवा

उदयपुरका पाँच खेलाडी प्लानिङ ब्वाइज ‘बी’ डिभिजनमा बढुवा

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, जेठ २१ गते । रेलिगेसनमा परिसकेको ओसिस क्लबमाथि सानदार जित निकाल्दै प्लानिङ ब्वाइज युनाइटेड क्लब सहिद स्मारक ‘बी’ डिभिजनमा बढुवा भएको छ । ‘बी’ डिभिजनमा उक्लन जित्नैपर्ने खेलमा ओसिसलाई ५–० को भारी अन्तरले तथा अर्काे खेलमा आरसी ३२ फुटबल एकेडेमीले स्पोर्ट्स एकेडेमी साँगासँग गोलरहित बराबरी खेलेपछि प्लानिङ बी डिजिनमा उक्लन सफल भएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार भएको एकपक्षीय खेलमा प्लानिङको जितमा फागु राम थारुले ह्याट्रिक पूरा गर्दा अर्जुन कुमार राना र ओम प्रकाश चौधरीले समान एक गोल गरे । फागु रामले खेलको तेस्रो, आठौं र १६ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । अर्जुन कुमार रानाले ५३ औं मिनेटमा तथा ओम प्रकाहले ८२ औं मिनेटमा गोल गर्दै प्लानिङलाई ‘सी डिभिजन लिगको अन्तिम खेलमा सानदार जित दिलाउँदै दोस्रो डिभिजनमा बढुवा गराए । राष्ट्रिय क्लब प्लानिङ ब्...