Friday, August 7News That Matters

Month: ४ वर्ष अगाडि

त्रियुगाका नवनिर्वाचित मेयर बस्नेत भाकल पुरा गर्न खोटाङ पुगे

त्रियुगाका नवनिर्वाचित मेयर बस्नेत भाकल पुरा गर्न खोटाङ पुगे

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ २१ गते । उदयपुरको त्रियुगा नगरपालिकाका नवनिर्वाचित मेयर बसन्त बस्नेत आफ्नो भाकल पुर गर्नका लागि खोटाङका शक्तिपीठहरुमा मपुगेका छन् । नगरको मेयर हुन पाउँ भनि शक्तिपीठहरुमा गरेको भाकल पुरा गर्न बस्नेत खोटाङका विभिन्न स्थानहरुमा पुगेका हुन् । बस्नेतको आफनो पुख्यौली थलो सापातेल लगाएतका स्थानमा पुगेर भाकल बुझाउने पारिवारिक श्रोतले जनाएको छ । विहीबार निजी सवारी साधनमा गाईघाटबाट हिडेका बस्नेतले कटारी, घुर्मी हुदै हलेसी महादेवको दर्शन, दिक्तेल रुपाकोट मझुवागढी स्थित कालिका भगवतीको दर्शन गरिसकेका छन । विजयी हुने वित्तिकै खप्तरी बस्नेतको कुल मन्दिरमा पुगेका मेयर बस्नेत सोमबार सम्म नगरपालिका फर्कने बुझिएको छ ।...
कटारी नगरकार्यपालिकाको चुनावमा आठौँ जना एमालेका उम्मेदवार विजयी

कटारी नगरकार्यपालिकाको चुनावमा आठौँ जना एमालेका उम्मेदवार विजयी

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेष्ठ २१ उदयपुरको कटारी नगरकार्यपालिकाको चुनावमा एमालेका आठ जना उम्मेदवारहरु विजयी भएका छन । आज भएको निर्वाचनमा महिला सदस्यतर्फ एमालेबाट चुनाव लडेका देवी कुमारी घिमिरे, भगवती अधिकारी, सम्झना मगर, गिता कुमारी गिरी र मेलिना श्रेष्ठ विजयी भएका छन । यस्तै दलित अल्पसङख्यक सदस्यतर्फपनि एमालेकै मन्जु कुमारी राई दनुवार, हेम कुमारी विश्वकर्मा र जितेन्द्र रसाईली विजयी भएका छन । नगरकार्यपालिकाको चुनावमा एमाले विजयी भएसँगै काटारी नगरपालिकामा एमालेले बहुमत पुर्याएको छ भने मेयर जितेको गठबन्धनभने अल्पमतमा परेको छ ।...
सबै प्रकारका विभेदको अन्त्य गर्दै समृद्ध राष्ट्र निर्माणमा जुट्नुस् : प्रधानमन्त्री देउवा

सबै प्रकारका विभेदको अन्त्य गर्दै समृद्ध राष्ट्र निर्माणमा जुट्नुस् : प्रधानमन्त्री देउवा

Breaking News 2, समाचार
काठमाण्डौँ, जेष्ठ २१ प्रधानमन्त्री शेरबहादुर देउवाले सबै प्रकारका विभेदको अन्त्य गर्दै समृद्ध राष्ट्र निर्माणमा जुट्न सबैलाई आह्वान गर्नुभएको छ । १७औँ जातीय भेद्भाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस–२०७९ को अवसरमा अन्तर पार्टी दलित महिला सञ्जाल र दलित महिला केन्द्रलगायतका सङ्घ÷संस्थाद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले सामाजिक न्यायमा आधारित सभ्य समाज निर्माणको निम्ति दलित समुदायले भोग्दै आएको जातीय भेदभाव तथा छुवाछूत अन्त्यको व्यवहारिक रुपमै कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “जातीय भेदभाव तथा छुवाछूत भनेको घृणित, सामाजिक रुपमा अनैतिक, अमानवीय, कानुनीरुपमा गम्भीर अपराधपूर्ण कार्य हो, यसको अन्त्यसँगै सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो ।” नेपाली कांगे्रसका सभापति देउवाले सबै प्रकारका विभेदको आआफ्नो ठाउँबाट प्रतिवाद गर्दै कानुनको प्रभा...
खाडीबाट फर्केर गाउँमा भैँसीपालन, मासिक चार लाख आम्दानी

खाडीबाट फर्केर गाउँमा भैँसीपालन, मासिक चार लाख आम्दानी

Breaking News 3, समाचार
काठमाण्डौँ, जेष्ठ २१ म्याग्दीका एक युवाले संस्कृत साहित्यको ‘उद्यमेन सिद्धयन्ती कार्याणी वा मनोरथै’ अर्थात् उद्यमद्वारा नै आफ्ना सम्पूर्ण कार्य र मनोरथहरु ९चाहना० पूरा गर्न सकिन्छ भन्ने उक्तिलाई व्यावहारिकरुपमा नै चरितार्थ गरी दिनुभएको छ । १० वर्ष अरबको खाडीमा पसिना बगाएर गाउँमा फर्किनुभएका म्याग्दीको बेनी नगरपालिका–७ कुरिलाखर्कका ३८ वर्षीय युवा सुरेश ढुङ्गानाले पेशा, परिश्रम र पैसालाई जीवनसँग जोडेर सम्पन्नता र प्रशन्नताको महक प्राप्त गर्नुकासाथै परिश्रम गर्ने हो भने विदेशमाभन्दा बढी आफ्नो गाउँघरमा नै कमाउन सकिन्छ भन्ने गतिलो सन्देश दिन पनि सफल हुनुभएको छ । “प्रायः नेपाली युवा विदेश जान मरिहत्ते गर्छन् । विदेश जान भएको घरजग्गासमेत धितो राखेर ऋण लिन्छन् । गाउँमै रहेका आयआर्जनका सम्भावनालाई लत्याएर विदेशको रिमझिममा रमाएको कल्पना गरी ‘मनको लड्ड घिउसँग खाएको’ भ्रममा आफ्नो जिन्दगीका उर...
खोलामा बालुवा निकाल्न गएका सरदारको डुवी मृत्यु

खोलामा बालुवा निकाल्न गएका सरदारको डुवी मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि , जेष्ठ २१ मोरङको कटहरी गाउँपालिका–७ स्थित लोहन्द्रा खोलामा डुवी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ३९ बर्षीय जोगलाल सरदार रहेका छन् । हिजो बेलुकी ५ बजे लोहन्द्रा खोलामा बालुवा निकाल्न गएका सरदारको पानीमा डुवी मृत्यु भएको हो । पानीमा डुवी बेहोस अवस्थामा आफन्तले फेला पारेका सरदारको उपचारको लागि अस्पताल लैजाने तयारी गर्दा घरमा नै मृत्यु भएको हो । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।...
अध्यक्ष दाहालसँग काठमाडौँ महानगरप्रमुख बालेन्द्रको भेट

अध्यक्ष दाहालसँग काठमाडौँ महानगरप्रमुख बालेन्द्रको भेट

Breaking News 1, समाचार
काठमाण्डौँ, जेष्ठ २१ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आज भेटवार्ता गर्नुभएको छ । ललितपुरको खुमल्टारस्थित दाहाल निवासमा भएको भेटवार्तामा उहाँले अध्यक्ष दाहालसँग काठमाडौँ महानगरको समग्र विकासका सन्दर्भमा कुराकानी गर्नुभएको छ । महानगरको विकासका सन्दर्भमा विभिन्न राजनीतिक दलका प्रमुखहरुसँग भेटवार्ता गर्ने क्रममा उहाँले आज अध्यक्ष दाहालसँग भेटघाट गर्नुभएको हो । भेटमा प्रमुख शाहले आफू स्वतन्त्र भएकाले सबै दलसँग काम गर्न सजिलो रहेको जानकारी दिँदै फोहर व्यवस्थापनलगायतका कामको थालनी भएको जानकारी गराउनुभएको अध्यक्ष दाहालका प्रेस सहयोगी सूर्यकिरण शर्माले जानकारी दिनुभयो । अध्यक्ष दाहालले माओवादी पार्टीले पनि युवालाई समेटेर अघि बढेको र यसपालीको स्थानीय तह निर्वाचनमा पनि युवाहरु नै बढी विजयी भएको जानकारी दिँदै युवाक...
सिलिण्डर ग्यास पड्किदा बालिकाको मृत्यु

सिलिण्डर ग्यास पड्किदा बालिकाको मृत्यु

Breaking News 1, समाचार
काठमाण्डौँ, जेष्ठ २१ खाना पकाउने सिलिण्डर ग्यास पड्किदा तनहुँमा आज एक बालिकाको मृत्यु भएको छ । मिृत्यु हुनेमा जिल्लाको भीमाद नगरपालिका–९ च्यानडाँडा निवासी शिवनारायण क्षेत्रीको १२ वर्षीय छोरी सुभेक्षा केसी क्षेत्री रहेकी छिन् । सिलिण्डर ग्यासमा अचानक आगलागी भई पड्किदा बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताउनुभयो । मृतकको शव दमौली अस्पतालमा परीक्षणका लागि पठाइएकोे उहाँले जानकारी दिनुभयो । (रासस)...
गिभ पावर संस्थाद्धारा म्याग्दीका १५ ठाउँमा सौर्य ऊर्जा जडान

गिभ पावर संस्थाद्धारा म्याग्दीका १५ ठाउँमा सौर्य ऊर्जा जडान

Breaking News 1, समाचार
काठमाण्डौँ, जेष्ठ २१ गिभ पावर संस्थाले म्याग्दीका १५ भन्दा बढी बस्ती, स्वास्थ्य, शैक्षिक संस्था र सिँचाइ आयोजनामा सौर्य ऊर्जा जडान गरेको छ । अमेरिकाबाट आएका संस्थाका प्रतिनिधिले आफँै श्रमदान गरेर सौर्य ऊर्जा जडान गरेका हुन् । केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा नपुगेको र लघुजलविद्युत् परियोजना निर्माण गर्न सम्भव नभएका दुर्गम बस्तीका साथै विद्यालय र शैक्षिक संस्थामा विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्थाका लागि सोलार जडान गरेका हुन् । मङ्गला गाउँपालिका–३ बान्द्रेमा म्याग्दी नदीको पानी तानेर सिँचाइ गर्न पाँच किलोवाट क्षमताको सोलार जडान गरेका छन् । यसअघि मालिका गाउँपालिका–५ देवीस्थान र रघुगङ्गा गाउँपालिका–६ को पाखापानी स्वास्थ्यचौकीमा ७.३७ किलोवाट क्षमताको सोलार जडान गरेका थिए । बान्द्रेका सन्तोष गिरीले सौर्य ऊर्जा जडान गरेर म्याग्दी नदीको पानी ११५ मिटरमाथि रहेको नहरबाट १३ घरधुरीको ...
ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

Breaking News 1, समाचार
काठमाण्डौँ, जेष्ठ २१ रुकुम (पूर्व) मा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । जिल्लाको सिस्ने गाउँपालिका–४ स्थित दादीङमा ट्र्याक्टरमा सवार दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ । वडा नम्बर ४ कै कोम्बोटबाट गिट्टी लोड गरेर दादीङतर्फ आउँदै गरेको रा१त १६१६ नम्बरको ट्र्याक्टरमा सवार दुई जनाको शुक्रबार साँझ दादीङ रोडमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) ले जानकारी दिएको छ । मृत्यु हुनेमा सिस्ने–४ दादीङकै १५ वर्षका आकाश बुढा र सोही ठाउँकै ५० वर्षीया नन्दी बुढा रहेको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) का प्रहरी निरीक्षक एवं सूचना अधिकारी कृष्ण खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार दुई जना घाइते भएका छन् । घाइतेकोे रुकुम(पूर्व) अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक खत्रीले बताउनुभयो । चालकको भने नाम ठेगाना नखुलेको र फरार रहेको प्रहरीले बताएको छ । प्रहरी निरीक्ष...
केही स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना

केही स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना

Breaking News 3, समाचार
काठमाण्डौँ, जेष्ठ २१ देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म पूर्वपश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ । सो प्रणालीहरुको प्रभावले प्रदेश नं १, मधेस प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली भई प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । हाल देशको प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भई प्रदेश नं १ र मधेस प्रदेश प्रदेशको थोरै स्थानमा मेघ गर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको छ । देशका पहाडी ...